Sep 16, 2008

डि.वि.पालुङवासँगको अन्तरवार्ता

मेरो आलाप गीति संग्रहमा मैले शब्दको सुन खारेको छु - डि.वि.पालुङवा

मेची अञ्चल ताप्लेजुङ जिल्ला अन्तर्गत फुङलिङ गा.वि.स.- २ मेदिवुङ जन्मनु भएका कवि तथा गीतकार श्री डि.वि. पालुङवा २०३७ साल देखि धरान नगर पालिका वडा नं.-१२ चतरालाईनमा स्थाई वासीन्दा वन्नु भएको हो ।वाल्यकाल देखि नै साहित्य लेखनमा आकर्षित हुनुहुन्थ्यो तर समयको संजोक नपरेर हो कि ? यौवन अवस्थामा कलमलाई त्यति दौडाउँनमा ध्यान दिनु भएन । हङकङ आई.डी.ले गर्दा हाल वहाँहङकङे नेपाली चाईनिज वन्नु भएको छ । त्यसो त हङकङ आउनु भन्दा अगाडी नै दक्षिण कोरीयाको अर्को वैदेशीक अनुभव पनि वहा संग सिङ्गै छ । यौवन अवस्था नाघेर ब्यवहारिक जिवन विताउँने वेलामा पालुङवा शसक्त कवि तथा गीतकार भएर नेपाली साहित्य लेखनमा हाम्फाल्नु भएको छ । हङकङको बाक्लो साहित्यिक कार्यक्रम र यहाको साहित्यिक वातावरणले गर्दा वहाको लेखनकलाले निक्कै छलाङ मारीसकेको छ । विशुद्घ साहित्यिक संस्था नेपाली साहित्य प्रतिष्ठान हङकङको क्रियाशील सदस्य हुनुहुन्छ । साथै जातिय संस्था किरात यक्थुङ चुम्लुङ हङकङ तथा लिम्वूवान राष्ट्रिय मोर्चामा समेत संलग्न हुनुहुन्छ । हालसालै आलाप नेपाली आधुनिक गीतसंग्रह हङकङबाट प्रकाशन गरे पछि वहा चर्चाको शिखरमा पुग्नु भएको छ उनै कवि तथा गीतकार डि.वि. पालुङवासंग लिम्वूवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फेले गर्नुभएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।

१)हङकङको ब्यस्त दिनाचार्यसंग यो साहित्य लेखनको परिस्थिती कसरी समायोजन गरिरहनुभएको छ ?
हङकङको ब्यस्तदिनचार्य एकातिर छदैछ , तर पनि एउटा सचेत नागरिकले नगरि नहुने कर्महरु धेरै हुन्छन ।यी नगरिनहुने कर्महरु मध्ये मेरो बिशेष रुचीको बिषय नै साहित्य भएकोले म सिधै यतातिर तानिएको छु । र मलाई साहित्यले जागरुक र इमान्दार बनाएको छ । अत म यतैतिर प्रेरित भएर अति साँगुरो समयलाई अलिकति पनि खेर नफाली लेखन कार्यलाइ समायोजन गर्दै आएको छु ।
-
२)हालसालै तपाइले आफनो एकल गीत लेखनमा बिभिन्न गायक गायिका र संगीतकारहरुको संयोजन गरी आलाप नेपाली गीतीसंग्रह हङकङमा बिमोचन गर्नुभयो यसको बिक्री बितरण र प्रतिक्रिया कस्तो पाउदैहुनुहुन्छ ?
हेर्नोस टंक जी यो बिक्री बितरणको जुन सवाल छ,यो एकदमै जटिल कार्य हो । यसमा मलाइ भन्दा बढी तपाईलाई अनुभव छ,जो कोही पनि यस्ता सृजनाहरु झट्टै लिन हिचकाउछन् । तै पनि एउटा Relationship र Friendship भन्ने कुरा मुख्य बिषय हो जस्तो मलाई लाग्छ , अहिले सम्म जे जति बिक्री बितरण भईरहेछ येही Relationship र Friendship को सन्जाललाइ अघि बर्ढाईरहेछु । जे होस राम्रै गईरहेकोछ , र जे जति जांदैछन् सबैतिरबाट एकदमै राम्रो प्रतिक्रियाहरु आईरहेके छन् । धेरै जसो श्रोताहरुले मलाइ फोन गरेर कसैले इमेल गरेर पनि मेरो एलबम्को प्रसंसा गरीदिनु भएको छ । यो मेरो लागी खुसीको कुरा हो , जसले मलाइ थप उत्साहित बनाएको छ ।

३)गीत र कविता सक्रियरुपले हङकङमा वसेर लेख्दैहुनुहुन्छ यसरी लेख्नुमा कसैको प्रभाव त छैन ? र यसरी गीत र कविता लेख्दा तपाई कस्तो अनुभूति गर्नुहुन्छ ?
गीत र कबिता लेख्नु कसैको प्रभाव नभएर बिशेष गरेर मलाई जीवन् र जगतले नै बढी प्रभावित बनाईरहेको हुन्छ , र हृदयको अन्तसकरणबाट स्वतस्फुर्त निस्कने अभिब्यक्तिहरुले नै मलाइ बढी चलयमान बनाइरहेको हुन्छ । र प्राय म चलिरहको हुन्छु । र जतिखेर म गीत कबिता लेख्न बस्छु त्यतिखेर म बिषय बस्तु बाहेक धेरै कुराहरु बिषिर्रहेको हुन्छु । जतिखेर गीत अथवा कबिताको बीट मार्न लाग्छु त्यतिखेर निकैपटक आत्मनविकरण गरेर बाहिर आउंछु , र एक किसिमको आनन्द, आत्मसन्तुष्टि, र मुक्तिको सुखानुभुति मलाई त्यतिखेर प्राप्त हुन्छ ।

४)गीत संगीतको वजार हङकङमा भन्दा नेपालमै ठुलो छ त्यसको लागि के सोच्दै हुनुहुन्छ ? फेरी अहिले गीति एलवम् भन्ने बित्तिकै म्यूजिक भिडियोको कुरा आउछ,त्यस वारे तपाईको योजना के छ ?
निश्चितरुपमा यो हङकङमा हामी अप्रवाशीहरुको संख्या कति नै पो छ र ? अझ त्यसमा पनि यू.के. मा Migrant भएर जानेहरुको संख्या दिनानुदिन बढिरहेको छ । फेरी अर्को कुरा यो एलवम्मा डायोस्पोरिक गीत पनि भएको कारणले पनि यस्को शन्देश आम नेपाली जनताको कान सम्म पुग्नु पर्छ भन्ने मेरो मान्यता हो । तर भने जस्तो त कहां हुन्छ र टंक जी, तै पनि म कोशिस गरिरहेछु । र यस्को लागी केही महिना पछि म नेपाल जांदैछु र नेपालमा एउटा कार्यक्रम गरेर बजार बिस्तार गर्ने योजना तर्जुमा गर्दैछु । र अर्को कुरा म्यूजिक भिडीयोको जुन सवाल छ , यो हुनै पर्छ भन्ने मान्यताबाट म अलि पर छु । जुन यी मेरा आधुनिक गीती संग्रहमा जम्मै त म भन्न सक्दिन यंहा यस्ता गीतहरु पनि छन् जो कालजयी टाइपकालाई पनि श्रब्य दृष्य नै चाहिन्छ भन्ने मलाई लाग्दैन । जस्का श्रोताहरु भिन्न प्रकारका हुन्छन् , वंहाहरु सम्म पुगोस भन्ने मेरो तीव्र इच्छा छ । तर श्रब्य दृष्यको लागी मेरो चाहना नै नभएको त कहां हो र ? त्यति गर्नलाई म आर्थिक रुपले सवल भईसकेको नै कहां छु र ?

५) तपाई लिम्बु मात्रृभाषा भएको नेपाली साहित्यकार त्यसैले आफनै मातृभाषामा गीत कबिता लेख्न कतिको जागरुक हुनु भएको छ ? के तपाई नेपालको परिबर्तित परिस्थितीले आफनै भाषाको सेवा गर्न उत्प्रेरीत गरेको छैन ?
मैले आफनै मात्रृभाषा र लिपीमा कुनै साहित्यहरु लेख्न नसके पनि नेपाली साहित्यबाटै लिम्बुवान् राज्यको सार्वभौम र अखण्डता त्येहीको आदीवासी जनजाती र जातीहरुको हातमा नै हुनुपर्छ भन्ने भावना अनुरुप सधैं यस्तै प्रकारका साहित्यहरु पहिल्यै देखि लेख्दैआएकोछु । बिभिन्न पत्रपत्रिका मार्फत प्रकाशित हुदै पनि आएको छ । यसै कुराले पनि मेरो आफनो भाषा प्रतिको मोह झल्किन्छ । र आजको परिबर्तित समयलाई हामीले चिनेर भाषाको मात्रै होइन, लिम्बुवान राज्यको विकाश कसरी गर्न सकिन्छ भन्ने कुराको चिन्ता लिम्बुवानबासी सबैमा हुनुपर्छ भन्ने मलाई लाग्दछ ।

६) हङकङमा बसेर नेपाली साहित्य लेख्नुको उदेश्य के हो ? किन लेख्नु हन्छ ? साहित्य प्रति तपाईको दृष्टिकोण के हो ?
मेरो बर्साई हङकङमै भईसके पछि हङकङमै बसेर लेख्नु मेरो बाध्यता हो । नेपाल फर्किहाल्ने स्थिती पनि आई सकेको छैन । बिदेशिनुको पीडा त छदैछ , यहां लेख्नुको उदेश्यको कुरा उठाउनु भयो , बिशेष त साहित्य लेखन मेरो रुचिको बिषय पनि हो , त्यसैले पनि म लेख्ने गर्छु । तर लेख्न बस्दा मैले देखेको सत्य र मैले भोगका अनुभूतिहरुलाई गीत र कबिता बिद्याबाट नै देश र समाजको लागी ससक्त ढंगले केही गर्न सकिन्छकी भन्ने अभ्रि्रायले कबिता र गीती बिद्यामा केन्द्रित भएको छु । साहित्य प्रतिको मेरो दृष्टिकोणको कुरा उठाउनुभयो , मलाई लाग्छ साहित्य भनेको यस्तो एउटा विशाल फूलबारी हो , यहा जो कोही पनि हांस्न सक्छ , रुन सक्छ , गाउन सक्छ, र यस्को आकाश पनि त्यतिकै फराकिलो छ । यहां जो कोही अटाउन सक्छ । यहां कुनै धर्म सम्प्रदाय अथवा कुनै वर्गको वोलवाला निशन्देह छैन ।साहित्यको यहां मैले ब्याख्या गर्दा साहित्यकै परिभाषा दिन खोजे जस्तो होला । तर म साहित्यको परिभाषा दिन त नसकुला । यध्यपी मलाई के लाग्छ भने साहित्यले जहिले पनि राम्रा कुराहरुलाई मात्र अङ्गीकार गर्ने हुदा यहां नराम्रा कुराहरु Automatically पाखा लाग्दछन् । त्यसैले पनि मेरो मुल धर्म किरांत पछिको अर्को धर्म नै साहित्य हो भन्न म मन पराउछु । र यथार्थ पनि येही हो । हालमा आएर हाम्रो दाजु भाई तथा दिदी बहिनीहरु अन्य धर्म सम्प्रदायमा समाहित भएर जांदैछन् र आफ्नो अस्तित्व पनि मेटाउदै जांदैछन् , मलाई लाग्छ यो एकदमै भ्रम र विकृत संस्कारको विकाश हो । यस्ता कुराहरुलाई रोक्नका निमित्त साहित्यले अहम् भूमिका निभाउनु पर्छ भन्ने मलाई लाग्छ , र त्यस्ता हाम्रा दाजुभाई तथा दिदी बहिनीहरुलाई पनि म येही सल्लाह र सुझाव दिएर ती त्यस्ता कुराहरुबाट टाढा रहनको लागी यसै पत्रिका मार्फ हार्दिक अपिल गर्दै अनुरोध समेत गर्न चाहान्छु । र हाम्रो जाती धर्म संस्कार संस्कृतीको विकाश गर्दै एउटा शिक्षित,सुसंस्कृत र सभ्य समाजको निर्माणको लागी साहित्य पढौं लेखौं भन्ने मेरो साहित्य प्रतिको दृष्टिकोण हो ।

७) तपाई नेपाली साहित्य प्रतिष्ठान् हङकङ तथा लिम्बुवान मुक्ति मोर्चा हङकङमा पनि आवद्ध हुनुहुन्छ , यी दुबै संस्थामा आफुलाई कसरि प्रस्तुत गर्नुहुन्छ ? वा गरिरहनु भएको छ ?
आफ्नो अस्तित्व र आत्मसम्मानलाई कसरी सुरक्षित गर्न सकिन्छ , र मान्छे भएर बांच्नुको औचित्य के हो ? भनेर बुझ्ने जो कोही एउटा सचेत नागरिकले समाजमा आफुलाई सामाजिक , आर्थिक, राजनैतिक , धार्मिक, भाषिकरुपले स्थापित गर्नको निमित्त उ सधैं त्यसकै वरिपरी घुम्न मजबुर हुन्छ । जस्लाई यस्ता कुराहरुले छुदैन, उ झन्डै मान्छे मात्रै भएर बांचेको हुन्छ , त्यसको के अर्थ रहन्छ र ? तर मलाई के लाग्छ भने मान्छे भएर अलि कति मात्रै भए पनि मान्छे जस्तो भएर बांच्नुको अर्थले मलाई जहिले पनि प्रेरित गरीरहन्छ , र नै म यी संस्थाहरु लगायत अन्य संघ संस्थाहरुमा पनि आबद्ध भई बिभिन्न क्रियाकलापहरुमा सक्रियरुपले समयलाई समायोजन गर्दै आफ्नो क्षेत्रबाट समाजमा केही योगदान पूर्याउन सकिन्छ की भनेर नै म लागीपरिकै छु । तर यहां ब्यक्तिगत अथवा पारिवारिक कुरा गर्नुपर्दा मैले मेरो सानो छोरा र श्रीमतीको समय भने जरुर चोरेको छु । यस कुराले भने मलाई कहिले कांही दोषी बाबु र पतिको रुपमा खडा गरिदिन्छ , त्यतिबेला मलाई कता कता दुःख लाग्छ । तर यी सबै कुराहरु मेरो आफ्नै लागी मात्रै गरिरहेको भने पक्कै होईन ।

८) स्वदेशमा वसेर लेख्नु र परदेशमा वसेर लेख्नुमा कस्तो भिन्नता पाउनु भएको छ ? साथै लखन्लाई कहिले सम्म निरन्तरता दिने विचार गर्नुभएको छ ?
हेर्नोस टंकजी श्वदेशमा वसेर लेख्नुको स्वाद र पीडा अर्कै हुन्छ , भने बिदेशमा वसेर लेख्दा त्यो बढि डायोस्पोरिक बन्न जान्छ , अथवा विदेशमा वसेर लेख्दा श्वदेशको माया र माटोको तिर्खा भने मन् भित्र दन्दनी सल्किरहेको हुन्छ , त्यसैले आफ्नो देश र माटो भनेको हर हर तिर्खा मेट्ने सङलो पानी हो , हामी विदेशमा वसेर लेख्नेहरु राहतको रुपमा मात्रै भए पनि लेखेर त्यो प्यास मेट्ने कोशिस गरिरहेका हुन्छौ । त्यसैले विदेशमा वसेर लेख्नुको स्वाद र पींडा नै फरक ढंगको हुन्छ भन्ने मेरो बुझाई छ । जहां सम्म निरन्तरताको कुरा छ , यो मेरो सवालमा मृत्युपर्यन्त रहिरहन्छ , किनकी साहित्य मेरो उठवसको परममित्र हो ।

९) आलाप नेपाली आधुनिक गीतीसंग्रहका गीतहरु लेख्दा आफुले कति न्याय गरे जस्तो लाग्छ ? साथै संगीत र स्वरमा कति न्याय भए जस्तो लाग्छ ? यो संग्रह निकाल्न कसैको श्रेय छ कि ?
यो मेरो आलाप गीति संग्रहमा मैले शब्दको सुन खारेको छु , र मैले शब्दको अर्थमा वहुलता खोजेको छु , किनभने आधुनिक गीत र कवितामा शब्दको सतहबाट अर्थमा सिधै हाम्फाल्दा त्यो गीत र कविताको हत्या हुन्छ भन्ने भयले म सधैं सजक रहेर आलाङकारिक प्रतिक र बिम्बमा अर्थको वहुलता लिएर एउटा इमान्दार लेखकको रुपमा उपस्थित भएको छु जस्तो मलाई लाग्छ । र यहां स्वरमा कुनै तुक छैन । यद्यपी शब्द अनुसारको संगीत भने एक दुइ वटा गीतले नपाएको मैले मुल्याङकन् गरेको छु , र मलाई के लाग्छ भने कि म एउटा नयां गीतकारको शब्दमा संगीतकार त्यति गहिर्राईमा नगएको जस्तो मैले महसुस गरेको छु । यहां श्रेयको पनि कुरा गर्नु भयो , यो एलवम निकाल्नमा कसैको श्रेय छैन । बरु म तपाईबाटै बढी पे्ररित भएर यो एलवम यसरी बाहिर आउन सफल भएको हो । जब तपाईको मनोभाव एलबम बाहिर आयो , त्यसपछि मलाई पनि यस्तो कार्य गर्न प्रेणा मिल्यो , र मैले यस्लाई पूर्ण रुप दिन सफल भएं । तर यस्को पछि दिनेश सुब्बा र दिल पालङ्वाको पनि ठूलो भुमिका छ , म वहांहरुलाई पनि कहिल्यै विर्सन सक्दिन ।

१०)नेपालमा लिम्बुवानको आन्दोलन अझै पनि टुङ्गीएको छैन तपाई आफै पनि लिम्बुवानबादी कार्यकर्ता त्यसैले अबको दिनहरुमा लिम्बुवान प्राप्तीको लागी के कस्तो पाईला हाम्रा लिम्बुवानवादी नेताहरुले चाले राम्रो होला ? तपाईको भनाई र सुझाव के छ ?
नेपालमा संबिधान सभाको चुनाव पश्चात देशले लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी सकेको छ । संबिधान निर्माण हुन बांकी नै छ , र त्यो निर्माण हुने संबिधानले लिम्बुवान राज्य पुनस्थापना हुनु पर्छ भन्ने सम्पूर्ण लिम्बुवानबासीको भावनालाई कसरी सम्वोधन गर्छ , त्यो हेर्न बांकी नै छ , र लिम्बुवान राज्य पुनःस्थापना हुनै पर्छ भन्ने हाम्रो मान्यता अनुरुप हामी दृड संकल्प लिएर हामीले हाम्रो आन्दोलनलाई अहिंसात्मक तथा शान्तीपूर्ण ढंगले अघाडी बढाईरहेका छौ । र हाम्रो चाहना पनि यो आन्दोलन शान्तीपूर्ण ढंगले समाधान हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । तर यो समस्याको समाधान त्यती सजिलै संभव देखिन्न । त्यस्को लागी हाम्रा सम्पूर्ण लिम्वुवानबादी नेता कार्यकर्ताहरुका साथै लिम्बुवानबासी लिम्बुवानबादी सभासदहरुले यो विषयलाई नेपाल अधिराज्यको मुल मुद्धाको रुपमा शसक्त ढंगले प्रस्तुत गर्न सक्नुपर्छ । साथै लिम्बुवानबादी नेता कार्यकर्ताहरुले आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर , फुटेर होईन जुटेर हाम्रो लक्ष्यप्राप्तिको लागी एक ढिक्का भई लाग्नुपर्छ भन्ने मलाई लाग्दछ । र तमाम नेपालीहरुले यो कुरामा प्रष्ट भई दिनुपर्छ भन्ने पनि मलाई लाग्दछकी ,आदीम्कालको जस्तो लिम्बुवान राज्य आजको एक्काईसौ शताब्दीमा पाच्य नहुने कुरामा हामी अस्पष्ट छैनौं र आजको युग सुहाउदो आत्मनिर्णयको अधिकार, समावेशी, बहुदलीय, संघीयबादलाई अवलम्बन गरेर लिम्बुवान राज्यलाई कसरी बैज्ञानिकीकरण गर्न सकिन्छ भन्ने परिकल्पनाबाट अभिप्रेरित भएर हामी लागी परेका कुरा तमाम नेपालीहरुमा स्पष्ट हुन म आग्रह गर्दछु । किन पनि भने लिम्बुवान राज्यको पृष्टभ्मि हेर्ने हो भने जस्तोकी त्यहांको भौगोलिक बनावट र अखण्डता, सामाजिक, आर्थिक, धार्मिक र भाषिकरुपले आफैमा समृद्ध र सार्वभौम् सम्पन्न देखिन आउछ , त्यती हुंदा हुदै पनि आदीमकाल देखि तात्कालिन् समयमा अथवा वि.स.१८३१ मा पृथ्वीनारायणशाह संग गरेका सन्धि संझौता र त्यसपछिका तत्कालिन राजा त्रिभुवन देखि वीरन्द्रको शाशनकाल सम्मका किपट प्रथा र त्यहांका राजा रजौटाहरुले शाशन गरेका अनेकौ प्रमाण र अवशेषहरु अझै पनि देख्न र पाउन सकिन्छ । यस्ता धेरै ज्वलन्त उदारणहरु हामी संग घाम जस्तै छर्लङ्ग हुंदा हंदै पनि आजको शाशन सत्ताको वागडोर सम्हालेका ती संबिधान निर्माण गर्ने मन्त्री सभासदहरुले यदी हाम्रो भावनालाई दवाउन खोजेमा त्यसको प्रतिकार गर्न हामी कुनै कसर बांकी राख्ने छैनौं ।

११)लिम्बुवान व्लगस्पो डटकम मार्फत लिम्बुवानबासीहरु र संसारभर छरिएर रहेका श्रोता तथा शुभचिन्तकहरुलाई केही शन्देश दिन चाहानु हन्छ कि ?
र्सवप्रथम त यस limbuwan.blogspot.com मार्फत विश्वभरि छरिएर रहेका तमाम नेपालीहरु माझ तपाईले मलाई आफनो धेरै कुराहरु राख्ने जुन अवसर दिनुभयो । यसको लागी तपाईलाई धन्यवाद नदिई म रहन कहां सक्छु र । र यहां मुख्य कुरा भर्खरै मैले एउटा मानबिय संबेदना बोकेको नेपाली सुमधुर आधुनिक गीती संग्रह "आलाप"नाम गरेको एलवम लिएर बजारमा आएको छु । आसा गर्न सक्छुकी यो एलवम बढी भन्दा बढी श्रोताहरुले सुनिदिएर मेरो भावनाको कदर गरी दिनुहुनेछ भन्ने कुरामा विश्वास राख्दै जजसले सुनिदिनु भएको छैन वहांहरुले पनि यो एक एक प्रति CD लिईदिएर यो एउटा छुट्टै नश्लको चित्कारलाई नजिकैबाट श्रवण गरी दिनुभएमा यस्को मुल्याङकन जरुर हुने थियो । र यस एलबममा जे जस्ता क्रिया प्रतिक्रियाहरु आए पनि म सहर्ष स्वीकार गर्ने नै छु । यहां राजनितिक प्रसंग पनि उठयो , तर साहित्यको अगाडी राजनितिक बिषय गौण हुन्छ , भन्ने मलाई लाग्दछ । किनभने राजनितिक बिषय भनेको बिशेष बर्ग, समुह, र सिद्घान्तको निती निर्देशनमा चलेको हुन्छ भने साहित्यको कुनै बर्ग समुह र सिद्धान्त नहुने भएकोले यसको संसार नै अलग्गै हुन्छ, र यो संसारमा रमाउनेहरु अलि बढी नै भावुक मात्रै हुदैनन् यहां मानवताको Relation पनि बढी हुन्छ । त्यसैले पनि साहित्यमा रुची राख्ने जो कोही पनि सभ्य, शुसिल र इमान्दार हुन्छन् भन्ने मेरो ठम्याई हो ,यो सत्य नहुन पनि सक्छ । फेरी यो क्षेत्रमा नलाग्नेहरु सभ्य र इमान्दार हुदैनन् भन्ने मेरो मतलव चाही कदापी होईन । तर साहित्यले साधा जीवन् र उच्च विचारलाई बढि प्राथमिकता दिने हुंदा यो क्षेत्रको जीवन केही हद सम्म सुखि होला भन्ने मलाई लाग्दछ । त्यसैले अन्त्यमा विश्व भरि छरिएर रहेका तमाम नेपालीहरु माझ साहित्य पढौं लेखौं र एउटा शिक्षित, इमान्दार, र सभ्य समाजको निर्माणमा जुटौं भन्ने आग्रहकासाथ मेरो भनाईको वीट मार्न चाहान्छु । धन्यवाद ।

Sep 8, 2008

भूपेन्द्र चेम्जोङसंगको अन्तरवार्ता

वि.सं. २०२२ असोज ९ गते मेची अञ्चल पान्थर जिल्ला अन्तर्गत फाकतेपमा जन्मनु भएका भूपेन्द्र चेम्जोङ्ग ले विज्ञानमा स्नातक,बि.एड साथै अंग्रेजीमा स्नातकोत्तर सम्मको अध्यायन पुरा गर्नु भएकोछ । नेपालमा रहदा लामो समय सम्म शिक्षक भएर काम गर्नुभएका चेम्जोङ्ग ले शिक्षक पेशामा मात्र आवद्घ नभइ लेखन क्षेत्रमा पनि खासगरी कविता,समसामयिक लेख र समालोचनामा सक्रिय हुनुहुन्छ । पहिले नेपाली आदिवासी जनजाती महासंघका महासचिव हुनुहुन्थ्यो भने हाल अध्यक्षको गरीमामय पदमा रहेर काम गरीरहनु भएको छ । हङकङमा पत्रकारीता र दोभाषेको काममा पनि उतिक्कै लगनशील भएर समाज सेवाको काममा लागि रहनु भएको छ । वहा हङकङवाट प्रकाशित सनराइज साप्ताहिकका सम्पादक पनि हुनुहुन्छ उनै कर्मयोगी सम्पादक भूपेन्द्र चेम्जोङ्गसंग लिम्वूवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरीएको छ ।

१.नेपाली आदिवासी जनजाती महासंघ हङकङ कहिले स्थापना भएको हो ? यो संस्था हङकङमा स्थापना गर्नुको मुख्य उदेश्य के हो ?
नेपाली आदिवासी जनजाति महासंघ विधिवत रुपमा १९९८ सालमा स्थापना भएपनि यसले जातीय संस्थाहरुलाई मात्र सदस्य दिएर महासंघको रुपमा विकसित भएको चाहि २००४ सालदेखि हो । यसको उद्देश्य हङकङमा रहेको विविध जातजातिहरुवीच समन्वय गर्ने, परम्परा तथा साँस्कृतिक आदान प्रदान गर्ने उनीहरुको भाषा,संस्कृति तथा संस्कारहरुको संरक्षण र विकास गर्ने तथा नेपालमा रहेका आदिवासी नेपालीहरुको हरेक जायज कदमहरुमा समर्थन र सहयोग गनु रहेको छ ।
२.हङकङमा नेपाली आदिवासी जनजाती महासंघको आवश्यकता किन पर्‍यो ? विदेशमा बसेर नेपालको आदिवासी जनजाती अन्दोलनलाई कसरी सहयोग पुर्‍याउँन सकिन्छ होला ?
विदेशमा रहेको नेपालीहरुमा मध्ये हङकङ मात्र एक यस्तो शहर हो जहाँ नेपाली आदिवासी जनजातिहरुको संख्या ९५ प्रतिशत भन्दा पनि वढी छ । चीनीया तथा पश्चिमेली संस्कृतिको अधिक प्रभाव भएको यो हङकङमा यहाँ वसोवास गर्न आएका नेपालीहरु चाडै ती विदेशी साँस्कृतिसंग प्रभाभित हुन स्वभाविक हो । यस प्रभावको वावजुद्ध कम्तिमा पनि यहाँका नेपाली आदिवासी जनजातिहरुलाई आफ्नो मातृभूमि भाषा,संस्कृति तथा भेषभूषा सहित आफ्नै पहिचान रहेको वोध गराउन पनि यो संस्थाको आवश्यकता परेको हो । यो आदिवासी वाहुल्य नेपाली समाजको सम्वन्ध मातृ भूमी नेपालको माटोसंग यही संस्कार तथा संस्कृति मार्फ सधै समीप्य होस र उनीहरुको पहिचान विदेशमा रहेर पनि कायम राख्न हरप्रयत्न गर्ने उद्देश्यले आदिवासी जनजाति महासंघ स्थापना गरिएको हो । नेपालको आदिवासी जनजाति आन्दोलनलाई हामीले हरेक कोणवाट सहयोग गर्न सकिन्छ । आर्थिक संकलन गरेर,राजनैतिक दवाव समूहको रुपमा हङकङमै रहेर वा व्यक्तिगत रुपमा नेपाल गएरै पनि सहयोग गर्न सकिन्छ ।
३.हालसालै हङकङमा पनि १४ औ विश्व आदिवासी जनजाती दिवश भब्यताका साथ सम्पन्न भयो यसलाई तपाईले हङकङको प्रमुखको नाताले कसरी हेर्नु भएको छ ? नेपाली आदिवासी जनजाती र हङकङका आदिवासी जनजाती विच कुनै सम्वन्ध छ ?
विश्व आदिवासी दिवस विश्वमा रहेका २५ करोड भन्दा वढी आदिवासीहरुको आदिवासी भएको नाताले आफ्नो माटो,भाषा,परम्परा,धर्म सम्वन्धि विविध अधिकारको कुरा प्रथम चोटि संयुक्त राष्टसंघमा उठेको दिन हो । हामी जहाँ गएपनि नेपालको लागि हामी आदिवासी नै हौं । हामी हङकङलाई मातृभूमिकै रुपमा स्वीकार्न अझ समय लाग्छ । तर्सथ पनि हामीले नेपाली आदिवासीको नाताले आदिवासी दिवस मनाउन सान्दर्भिक भएको छ ।आज सम्म हामी आफ्नै परम्परा संस्कार,संस्कृति मानिरहेकाछौं । आफ्नै भाषा वोलिरहेकाछौं । यसवर्षो विश्व आदिवासी दिवस भव्य हुनुमा यही मातृभूमी र आफ्नोपन प्रतिको हाम्रो अगाध आस्था र माया नै सफलताको कारण हो । हामी नेपालको आदिवासी जनजाति महासंघसंग अत्यन्तै राम्रो सम्वन्ध छ हाम्रा हरेका महत्वपूर्ण कार्यक्रमहरुको आदान प्रदान भइरहेको छ । नेपाल आदिवासी जनजाति महासंघले हाम्रा हरेक कदमहरुमा र्समर्थन जनाएको छ ।
४.यसपाली सिर्जनशील साहित्य समाज हङकङको संयोजनमा १४ औ विश्व आदिवासी जनजाती दिवसको अवसर पारी हङकङ वसोवास गरी वस्ने नेपाली आदिवासी जनजाती स्रष्टाहरुको कृतिहरु पनि प्रदर्शन गरीएको थियो यसरी प्रदर्शन गर्नुको उदेश्य के हो ? र यसपाली बढी स्रष्टाहरुलाई नै सम्मान तथा पुरस्कार दिईयो नि ?
आन्दोलन भन्ने कुरा एकै कोणवाट मात्र हाँक्दा सफल नहुन पनि सकिन्छ । सफल भएपनि सफलता ढिलो हात लाग्न सक्छ । असिंसात्मक आन्दोलनको सवभन्दा ठूलो हिस्सा लेखक वा पुस्तकहरुले वोकेका हुन्छन्। यी लेखक वा पुस्तकहरु मार्फ आम जनतालाई मानसिक रुपमा आन्दोलनको तयारीमा जुट्न ठूलो मद्दत पुग्नेहुन्छ । तर्सथ आन्दोलनको संवाहक पुस्तकहरुको विषयमा र्सवसाधारणहरुले जानकारी पाउन सकुन भन्ने उद्देश्यले यो पुस्तक प्रदर्शनी गरिएको हो । श्रष्टाहरु नै सामाजिक तथा राजनैतिक आन्दोलनका अगुवाहरुहुन । उनीहरुको भिजनले समाजलाई सही वाटोमा लग्न मद्दत पुग्छ । यही भिजनका सम्वाहक श्रष्टाहरुलाई सम्मानित गरिएको हो यसपाली ।
५.तपाई नेपालको लिम्वुवान क्षेत्रको लिम्वु भएकोले लिम्वूवानवादी नेता भएर पो आउँनु पर्ने हो किन नेपाली आदिवासी जनजाती महासंघ हङकङमा आवद्घ हुनुभयो ? त्यो क्षेत्रमा पद नपाएर पद कै लागि यो महासंघ रोज्नु भएको त होईन ? महासंघमा लागेर कति न्याय गरे जस्तो लाग्छ तपाईलाई ?
टीवीको रोग लागेको व्यक्तिलाई ज्वारो आउँछ । तर त्यो ज्वरो सीटामोल ख्वाएर निक्को हुनेवाला छैन । टीवीको औषधि नै दिनुपर्दछ । लिम्वूवान राज्य नहुनु एक अर्थमा ज्वरो हो । हामीलाई लिम्वूवान मात्र होइन,यहाँ रहेको सम्पूर्ण आदिवासी जनजातिहरुको ऐतिहासिक थलो,भाषिक वा जातीय आधारमा स्वायत्त राज्यहरु दिइनुपर्दछ भन्ने आदिवासी जनजातिमहासंघको माग हो । यही माग भित्र लिम्वूवान स्वायत्त राज्य स्वत परेन र ? आदिवासी जनजाति महासंघको माग पूराहुने वित्तिकै अन्य जातीय समस्याहरु स्वतः समाधान हुन्छन तसर्थ जनजाति महासंघमा लागेर लिम्वूवानलाई मैले अन्याय होइन पूर्ण रुपमा सहयोग गरिरहेछु । साथै तमुवान,मगरात,ताम्वासालिङ ,नेवा लगायत अन्य प्रदेशको आन्दोलनलाई पनि एकै चोटि उठाइरहेका छौ । जहाँसम्म पदको कुरा छ काम गर्नेलाई पदको आवश्यकता पर्दैन लिम्वू जातिभएको नाताले लिम्वूवानवादीहरुको हरेक जायज मागहरुमा मेरो समर्थन र सहयोग छ ।
६.तपाई साहित्यको सर्जक सामाजिक संस्थाको अध्यक्ष साथै कुशल शिक्षक र हाल आएर दोभाषे सम्मको कार्य अनुभव छ तर तपाईलाई नेपाली समाजले कुन हिसावले हेरुन जस्तो लाग्छ ? अथवा आफुलाई नेपाली समाजमा कसरी चिनाउँन चाहानु हुन्छ ?
हो पेशागत रुपमा म धेरै वटा पेशाहरुसंग संवन्धित छु तर चिनारी भने जसरी मलाई साथीभाई शुभ चिन्तकले चिन्छन् त्यसरी नै । उत्तर आधुनिकतामा कुनै कुराको केन्द्रियता हुन्न भन्छन् । शायद त्यसैले यही नै हो भन्न मलाई पनि गाह्रो लाग्यो ।
६.शाही साशनको अन्त संगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको छ यसको साथसाथै लोकतान्त्रिक सरकारको समेत गठन भैसकेको छ के यो सरकारले नेपाली जनताले चाहे अनुरुपको सम्विधान निर्माण गर्न सक्छ होला ? अझै सम्विधानसभामा सम्पूर्ण नेपाली आदिवासी जनजातीहरुको प्रतिनिधित्व हुन सकेको छैन यस वारे तपाई धारणा के छ ?
सर्वप्रथम त हामी विदेशमा वसेका नेपालीहरुले स्वदेशी नेपाली दाजुभाइ तथा दिदी वहिनीहरुलाई मुरी मरी वधाई तथा धन्यवाद दिन चाहन्छु । उनीहरुको वलिदान,संघर्ष र संकल्पको लागि । शहीदहरुको वलिदान वेगर यो २४० वर्षे निरंकुश शासन ढल्ने कुरै थिएन । गणतान्त्रिक नेपाललाई हृदयदेखि नै स्वागत गरौ सवैले । जहाँ सम्म संविधान निर्माणको कुरा छ, त्यसमा तपाई हामी सवैको हात छ । संविधान कस्तो वनाउने भन्ने कुरामा हामीले विदेशमा रहेर पनि सल्लाह र सुझाव दिन सकिन्छ । यस सरकारको विषेश गरी संविधान वनाउन नै मूख्य भूमिका भएकोले यस्ले सफलता पाउनै पर्दछ संविधान वनाउन सकिएन भने देश फेरि अर्को नराम्रो द्धन्दमा फस्न सक्छ । जसरी पनि संविधान त वनाउनै पर्दछ । तर जहाँ सम्म आदिवासी जनजातिहरुको हितकोलागि संविधान वन्ने कुरा छ त्यो चाहि वास्तवमै ठूलो प्रश्न र शंकाको घेरामा छ । किनभने नेपालका आदिवासी जनजातिहरुले जातीय,भाषिक वा क्षेत्रीयताको आधारमा स्वयत्त राज्यहरु स्थापना भएको हेर्न चाहान्छन् । तर नेपालका ठूला पार्टी भनिने कतिपय पार्टी यसको विरोधमाछन् । यस्ता विरोधी जमात अहिले संविधान सभामा उनीहरुको उपस्थिति उल्लेखनीय रुपमा रहेको छ । तसर्थ आदिवासी जनजातिहरुको हितमा संविधान वनाउन निक्कै ठूलै कसरत गर्नु पर्छ । यसको लागि हामी देश तथा विदेशमा रहेका हरेक जनजातिहरुले तन मन तथा धनले सहयोग गर्नु पर्दछ । हाम्रो पक्षको आवाजलाई गगन भेदी वनाउनु पर्दछ ।
७.संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाले गर्दा संघीय लिम्वुवान राज्य नियमत स्थापना हुनु पर्ने हैन र ? अहिले लिम्वुवानवादी नेताहरु मोर्चा कसेर लिम्वुवान कै लागि अन्दोलन गरी रहेकाछन् किन होला ? यसमा तपाईको बुझाई के छ ? अथवा लिम्वुवानको लागि हुनुपर्ने के हो ?
संघीय राज्य भन्दैमा लिम्वूवान नै स्पेसिफिक रुपमा हुनुपर्दछ भन्ने वुझाई गलत हो । संघीयता धेरै किसिमले हुन सक्छ-भौगोकि हिसावले ,जातीय हिसावले, भाषिक हिसावले वा अन्य कुनै हिसावले ।लिम्वूवान चाहि मेरो विचारमा जातीय हिसावले मागिएको स्वयत्त राज्य हो र यही नै हुनुपर्दछ । लिम्वूवान वादीहरु पनि कुनै कुनै त क्षेत्रियताको माग गरिरहेकाछन् । तर जे भएपनि लिम्वूवान भन्ने वित्तिकै लिम्वू जातिसंग गाँसिएर आएको हुनाले झट्ट सुन्दा जातीय आधारमा नै माग गरिएको हो कि भन्ने लाग्छ । माग गरिनुपर्ने पनि जातीय आधारमा नै हो लिम्वूवान परिवेशमा भने । लिम्वूवानवादी नेताहरु नेपाललाई संघीयतामा परिणत गर्दा जातीयताको आधारमा नहोला कि भन्ने डरले नै नेपाल संघीयतामा जाने निधो हुदा हुदै पनि उनीहरु मोर्चा कसेर वसेको हो कि भन्ने मलाई लाग्छ ।
८. नेपाली आदिवासी जनजातीहरुको अवस्था हङकङमा कस्तो छ ? नेपालमा आदिवासी जनजातीहरुको आन्दोलन कुन रुपले बढी रहेको छ होला ? संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले अवका दिनहरुमा आदिवासी जनजातीहरुलाई कतिको उन्मुक्ति दिन सक्ला ?
नेपाली आदिवासीहरु हङकङमा सचेत हुँदा हुँदै पनि उनीहरुलाई मुख्य गरेर रोजी रोटीको समस्याले गर्दा नेपालका आदिवासी जनजातिहरुको विषयमा त्यति घोरिएर लाग्न पाएकाछैनन् । थोरै नेपाली आदिवासीहरु यसप्रति निराशा सोच पनि राख्दछन्। हङकङमा वसेर चुप चाप पैसा मात्र कमाउने अन्य केही नगर्ने भन्ने सोचाइका मानिसहरु पनि केही मात्रामा छौ । तर अधिकांश नेपालीहरु हङकङमा भन्दा आफ्नो मातृभूमि नेपालमै लगानी गर्न चाहान्छन् । आफूले कमाएको पैसा मासिक केही न केही रुपमा नेपाल पठाइ रहेकाछन् । धेरै जनाको नानीहरु नेपालमै वसेर पढेकाछन् । यस्को मतलव नेपाली आदिवासी जनजातिहरु अन्ततोगत्व नेपाल फर्किने मनस्थितिमा छन भन्ने वुझिन्छ । नेपालमा पनि आदिवासी जनजाति महासंघले संविधानसभामा वढीसे वढी आफ्नो प्रतिनिधि पठाउनको लागि संघर्ष गरेको थियो । अंशिक रुपमा त्यो सफलता पनि हात लागेको छ । आज हाम्रा आदिवासी जनजाति सभासदहरु प्रशस्त मात्रामा संविधानसभामा पुगेकाछन् । आदिवासी जनजाति महासंघको आन्दोलन वेगर यो संभव हुने थिएन । संघीय लोकतन्त्र आफैमा साध्य चाही होइन साधन मात्र हो । आदिवासी जनजातिलाई सधै एकछत्र रैती वनाएर शासन गर्ने राजतन्त्र उन्मुलन भइसकेपछि पक्कै पनि आदिवासी जनजातिहरुले वढी आशा राखेका छन् । आदिवासीको सफलता र असफलता हामी आदिवासहरुहो लविङ,मिहिनेत तथा संघर्षमा भर पर्दछ ।
९.तपाई सनर्राईज साप्ताहिक हङकङको सम्पादक भएकोले पत्रकारीताको अनुभव कस्तो लागि रहेछ ? हाल यो पत्रिकाको अवस्था कस्तो छ ? हङकङको नेपाली समाजले कतिको पत्रपत्रिका किनेर पढेको पाउँनु भएको छ ?
विदेशको ठाउँमा केवल २० हजार नेपाली भाषीहरुको माझमा नेपाली साप्ताहिक पत्रिका चलाउनु अवश्य पनि चुनौतीपूर्ण काम हो । यहाँ धेरै जसोले दिनको उज्यालो राम्ररी नदेख्ने अवस्थामाछन् । उनीहरुले वाहिर निस्केर पत्रिका पढलान भन्ने सोच नराखे पनि भयो । जो टीन एजरहरु हङकङमै शिक्षा हासिल गरे तीनीहरुको लागि त नेपाली अक्षर भैसी गाई जे सम्झे पनि भो उनीहरुले पढने कुरा आएन ।नेपालवाट पनि दैनिक पत्र पत्रिका आउने हुनाले पत्रिकाको वजार निक्कै प्रतिस्पर्धात्मक छ । हाल सनर्राईजको अवस्थाको वारेमा हाम्रा व्यापारी महानुभावहरुले विज्ञापन दिएर सहयोग गरेकाछन्,संघसंस्था, तथा व्यक्तिहरुले विज्ञापन दिएर सहयोग गरेकाछन र पाठकहरुले पत्रिका पढेर सहयोग गरेकाछन् । जसो तसो वाँचेको छ । मैले र मेरो सहयोगी स्वतन्त्र पत्रकार चन्द्र दुमी र्राईले विना पारिश्रमि पत्रिकामा सेवा गरेकाछौं।
१०.तपाई विभिन्न संघसंस्थामा आवद्घ भएकोले हङकङको नेपाली समाज प्रति कतिको उत्तरदायी भएको महसुस गर्नु हुन्छ ? हङकङको नेपाली समाजमा पछिल्ला युवा पीडीहरुको अवस्था कस्तो देख्नु भएको छ ? हङकङको नेपाली समाज प्रति तपाई सल्लाह सुझाव के दिन चाहनु हुन्छ ?
यहाँ खोलिएका सम्पूर्ण संघ संस्थाहरु अवश्यमूलक नै छन् । तर कुनै संस्था वढी सक्रिय कुनै कम त्यतिमात्र फरक हो । जे भएपनि सवै संस्थाहरु आफ्नो द्देश्य अनुरुप उतरदायी हुनै पर्ने समूह वा जमात संग उतरदायी हुनै पर्दछ नत्र टिकी रहन सक्दैन र औचित्य नै समाप्त हुन्छ । हालका युवा पीडीहरु विशेष गरी हङकङमा हुर्के पढेकाहरुलाई आफ्नो सँस्कृति तथा परम्पराहरु सम्वन्धि ज्ञानको अभाव छ उनीहरुलाई नेपाली भाषा वोल्न आएपनि लेख्न आउँदैन । उनीहरुले आफ्नो सामाजिक परम्परा विषयमा थाहा छैन ।
एकातिर यो अवस्था छ भने अर्कोतिर स्कूल जाने विद्यार्थीहरु अभिभावकको निगरानीको अभावमा नराम्रा साथीहरुको संगतमा लागेर खराव वाटोमा समेत लाग्ने सम्भावनाहरु वढी भएको छ । यो समस्यासंग जुध्नकोलागि अभिभावक,स्कूल र सरकार तथा सामाजिक संस्थाहरु सवैको प्रयास हुनु जरुरी छ ।
११. लिम्वूवान व्लगस्पोट डटकम मार्फत लिम्वूवानवासीहरु र संसारभर छरीएर रहेका आफन्त तथा शुभचिन्तकहरुलाई केहि सन्देश दिन चाहानु हुन्छ कि ?
देशमा आफ्नो अधिकार खोज्नेवेला हो यो । असारमा धान रोपे मात्र मंसीरमा वाली उठाउन सकिन्छ । नत्र वाली नपाक्न सक्छ । यतिखेर लिम्वूवान स्वायत्त राज्य माग गर्ने र स्थापनातिर अघिवढने अति उपयुक्त समय हो । लिम्वूवान स्वायत्तता चाहने सम्पूर्ण लिम्वूरुले यतिखेर एकचोटि लिम्वूवानलाई सम्झनु पर्दछ । सक्नेले घर र्फकने वेला हो नभएपनि हरेक क्षेत्रवाट सहायोग गर्नु पर्दछ यतिवेला।,जो जो आफ्नो श्री सम्पति वेचेर विदेशतिर विमुख हुन लाग्नुभएको छ उहाँहरुले आ-आफ्नो निर्णय परिवर्तन गर्नु पर्दछ । नेपालमै वस्ने चाजो मिलाउनु पर्दछ । लिम्वू नै नभएको लिम्वूवानको के अर्थ हुन्छ । विदेश गएकाहरु पनि घर फर्को । आत्मआन्दोलन गरौं । आफ्नो भाग्य आफै निर्माण गरौं ।

Sep 3, 2008

हाङयुग अज्ञातसंगको अन्तरवार्ता

मेची अञ्चल इलाम जिल्ला अन्तर्गत इलाम नगरपालिका वडा नं. १मा २०३३ साल पौष १ गते जन्म लिनुभएका सिर्जनशील अराजक कवि हाङयुग अज्ञातले कलामा स्नातक सम्म अध्यायन पुरा गर्नुभएको छ । वहाँ सिर्जनशील अराजक साहित्यका प्रवर्तक मध्ये एक हुन् । रङ्गीन आविष्कार - २०५७,ढुङ्गामुढाको मन - २०५८,करङको हिरासत - २०६०,ककपिक - २०६१ आदि उनका कविताकृतिहरु प्रकाशन भैसकेकाछन् । साहित्य समन्वयको सम्पादन साथै हङकङको आगमन पछि सिर्जनशील साहित्य समाज हङकङको अध्यक्षको पदमा रहि साहित्य सेवामा अनवरत लागि पर्नु भएको छ । नेपाली आदिवासी जनजातीहरुको भाषा साहित्यलाई नेपाली साहित्यको मुलधारको रुपमा हुनुपर्छ र हो भन्ने वहाँको मान्यता रहदै आएको छ । नश्लवोधिय लेखनलाई सिर्जनशील अराजक समूहले मुख्य नाराको रुपमा लिदै लेखन क्षेत्रमा नौलो साहित्यको पाटालाई जनमानसमा प्रस्तुत गर्न सक्षम भैरहेको छ । उनै साहित्यका सर्जक कवि हाङयुग अज्ञातसंग लिम्वुवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फेले गर्नुभएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।

१. हङकङको व्यस्त समयसँग साहित्य लेखनको तालमेल कसरी मिलाइरहनु भएको छ ? र, हाल हङकङमा समय कसरी बिताइरहनु भएको छ ?
हङकङ आउनु दुइदिन अगाडि नेपालका वरिष्ठ कवि तथा गीतकार इश्वरवल्लभज्यूले म हङकङ जाँदैछु भन्ने थाहा पाएर मलाई केही अर्तिउपदेश दिनुभएको थियो । चीनको औपचारिक भ्रमणमा गएको बेला उहाँ हङकङ पनि निस्किनु भएको रहेछ । पहिलो कुरा उहाँले हङकङको समय घोडाजस्तो दौडिन्छ तेसैले यो समयसित तालमा ताल मिलाउन सकिएन भने पछाडि परिन्छ भन्नु भएको थियो । र, दोश्रो कुरा समुन्द्र सधैँ मुख आँ गरेर बसेको हुन्छ तेसले निल्नसक्छ, कहिलेकाहीँ तमोर र अरूणलाई पनि सम्झीनू भन्नु भएको थियो ।इश्वरवल्लभका यी दुइ वचनले मलाई हङकङको व्यस्त समयसँग लाप्पा खेल्ने आँट दिएको हो । भर्खर इश्वरवल्लभ पनि बितेछन् नेपालमा । व्यस्त समयसँग साहित्य लेखनको तालमेल मिलाउन गारो हुन्छ । तथापि, मैले उता नेपालका प्रख्यात कविलेखकहरूले व्यस्त समयसित साहित्य लेखनको तालमेल मिलाएको देखेर आएकोले यहाँ मलाई तेत्ति गारो परेन । नेपालमा व्यस्त समयसित तालमेल मिलाउनेमा विष्णुविभु घिमिरे, दिनेश अधिकारी, कृष्ण धराबासी, खगेन्द्र सङ्ग्रौला, गोविन्दराज भट्टराई प्रख्यात छन् । मलाई यतिबेला के लागिरहेको छ भने साहित्य लेखनका लागि थोरै समय पनि पर्याप्त हुन्छ । सप्पैभन्दा महत्वपूर्ण कुरा के हो भने जस्तोसुकै प्रतिकूल अवस्थामा पनि साहित्यप्रति बलियो विश्वास हुनुपर्छ । म २४ घण्टामा पाँच घण्टा सुत्छु । सुतेको बेला सपना देखेँ भने पनि म तेसलाई साहित्यको आँखाले विचारविमर्श गर्छु जागेको १९ घण्टा त म साहित्यकै विषयमा साहित्यकै वरिपरि चिन्तन गरेर बिताउँछु । यो चौबिसै घण्टा साहित्यको संसारमा खेल्ने मेरो व्यक्तित्व यौटा भो भने अर्को व्यक्तित्व छ जो सधैँ व्यवहारिक छ । त्यो व्यक्तित्व अन्य र्सवसामान्य मान्छेजस्तो काममा जाने, कोठा फर्किने, भात पकाउने खाने र सुत्ने गर्दछ । यो दुइ बेगलबेगल व्यक्तित्वहरूको तालमेल मिलाउनुका लागि लामो समयको स्थिर साधना चाहिन्छ । यी दुइ व्यक्तित्वहरूको तालमेल मिलेन भने कि त आफ्नो संसारिक जीवन चौपट हुन्छ कि त लेखन जगतमा विपद आइलाग्छ । छोटकरीमा भन्नुपर्दा हङकङको व्यस्त समय र साहित्य लेखनलाई सृजनात्मक सोच र शैलीले भरसक तालमेलको दायराभित्र ल्याउने प्रयत्न गरिरहेको छु । र, हङकङको समय पनि यीनै यस्तै कुराहरूमा बितिरहेको छ ।

२. सृजनशील अराजक समूहको कहिले स्थापना भएको हो ? यसका प्रमुख उद्देश्यहरू के के हुन् ? हाल यो समूहको गतिविधि कसरी सञ्चालन भइरहेको छ ?
सृजनशील अराजक समूह नामको कुनै सङ्गठन छैन । हामीले वि.सं. २०५२ सालदेखि नेपाली साहित्यमा यौटा सँस्कृति, यौटा धर्म, यौटा सौर्न्दर्यचेत, यौटा पक्ष, यौटा स्वभाव मात्रै हाबी भयो तेसकारण नेपाली साहित्यको विकास सोलोडोलो रूपमा भइरहेको छैन भन्न थालेका हौं । पछि २०५७ सालमा चाहिँ म र राजन मुकारूङ मिलेर नेपाली साहित्यमा 'सृजनशील अराजकताको आग्रहसम्मत्मा पाँचवटा कुराहरू प्रक्षेपण गर्‍यौं, १) वैचारिक अनेकानेक २) साँस्कृतिक वैविध्य ३) नश्लीयबोध ४) कवित्व निस्सीमता ५) र, सृजनात्मक निर्णय। यसको उद्देश्य भनेको तथाकथित् नेपाली साहित्यलाई साँच्चिकै नेपाली साहित्य बनाउनु रहेको थियो र यो आठ-नौ वर्षो अवधिमा तथाकथित् नेपाली साहित्यको परम्परागत धारणाहरू भत्किदैं नयाँ मान्यताहरू स्थापना हुँदैछन् । आदिबासीजनजातिले साहित्य लेख्न सक्दैनन् या उनीहरूले लेखेको साहित्य साहित्य होइन भन्ने ब्राम्हणवादी पुरेत वर्गका लेखकहरूको अहङ्कारलाई धेरै हदसम्म सृजनशील अराजकताको आग्रहले ध्वस्त पार्ने काम गरेको छ । नेपाली समाजजस्तै नेपाली साहित्य पनि विविधताको योग हो भन्ने मान्यता एकप्रकारले नेपाली साहित्यकार र प्राज्ञहरूमा स्थापित भइसकेको छ । अब यसलाई राज्यसत्ताले स्वीकार्न बाँकी छ । राज्यसत्ताले स्वीकार गरेपछि नेपाली साहित्य धेरैधेरै सँस्कृति, धेरैधेरै जाति, धेरैधेरै वर्ग र लिङ्गको साझा थलो हुनेछ । संविधानसभाको निर्वाचनको नतिजाले देखाएको प्रष्ट कुरा भनेको नेपालीहरूको विविध अस्तित्वलाई जसले सम्मान गर्छ उसैलाई आमजनताले स्वीकार गर्छ भन्ने हो । सृजनशील अराजकताले आग्रह गरेको नेपाली साहित्यको मोडेल र प्रचण्डपथले अग्रसर गराएको नयाँ नेपालको संघात्मक राज्यप्रणालीको बनोट झन्डै मिल्दोरहेछ । हाम्रा गतिविधिहरूको सवालमा चाहिँ कवि राजन मुकारूङ हाम्रा विचारहरूलाई मूर्त रूप दिन प्रत्यक्ष आमजनतामा पुगेर चेतना फैलाइरहनु भएको छ भने कवि उपेन्द्र सुब्बा केन्द्रमा बसेर केन्द्रलाई धक्का पुर्‍याउने काम गरिरहनु भएको छ । म भने हङकङबाट अन्तरराष्ट्रिय विचारपद्घतिको अध्ययन तथा अवलोकन गर्दै यहाँका कविहरूलाई प्रोत्साहित गर्ने काममा संलग्न छु । उता पान्थरमा सृजनशील उत्तरवर्तीहरू पनि खटिरहनु भएको छ । काठमान्डौमा रङ्गवादीहरूले अत्यन्तै त्रि्र रूपमा सृजनशील अराजकताको गतिविधिलाई बढाइरहेका छन् । यहाँ हङकङमै पनि भयवादका नाममा देश सुब्बाले आदिबासीहरूको सँस्कृति र परम्परा खोजिरहनु भएको छ । मुक्त अभियान पनि दमकबाट सञ्चालित छ । यी सप्पैलाई मैले सृजनशील अराजकताका गतिविधिहरूको रूपमा बुझेको छु ।

३.तपाइँहरूले लेख्ने साहित्यले कुन वर्गसमाज र कस्तो खाले लेखनको प्रवृत्तिलाई बढी मुखरित गर्दछ ? हालसम्म सृजनशील अराजक लेखनले समाजमा कति प्रभाव पारे जस्तो लाग्छ ?
हामीले प्रस्ताव गरेको साहित्यले छुने वर्ग भनेको उत्पीडित, उपेक्षित, आदिबासीजनजाति, मधेसी र दलितदमित वर्गसमाज हो । तेसो त हिजोका प्रगतिशील भनाउँदाहरूले पनि यही भन्थे तर उनीहरूले नारा मात्रै दिएका रहेछन् । मोदनाथ प्रश्रतिको कुरा हेरौं, ऊ आफूलाई नम्बर वन प्रगतिशील मान्छ, उत्पीडितउपेक्षित, आदिबासी तथा मधेसीको पक्षको लेखक हूँ भन्दै पञ्चायतकालभरि घुमिहिँड्यो तर हिजोआज उत्पीडिउपेक्षित वर्गलाई नै तथानाम् गाली गर्दै, दबाउँदै लेखिरहेको छ । त्यो प्रदीप नेपाल र खगेन्द्र सङ्ग्रौलाको पनि पारा उस्तै हो । डेमोक्र्याटिक लेखकहरूको सर्न्दर्भमा चाहिँ के छ भने उनीहरूले भरसक उत्पीडितउपेक्षितहरूको मुद्दालाई लेख्नै चाहदैनन्, लेखेको खण्डमा पनि भाग्यवादमा लगेर हुल्छन् । हिजोआज केही छन् यस्ता सुध्रिएका डेमोक्र्याट्सहरू, जस्तो गोविन्दराज भट्र्राई, कृष्ण धराबासी, सञ्जीव उप्रेती आदि । अब हाम्रो लेखन प्रवृत्ति भनेको चाहिँ तथाकथित् प्रगतिशील र डेमोक्र्याट्सहरूको भन्दा बेगल छ । यो प्रवृत्तिलाई चाहिँ मैले सृजनशील प्रवृत्ति भन्ने गरेको छु । यो प्रवृत्तिमा माथि नै मैले भनेँ जस्तो पाँचवटा सहमति बनाउनु अनिवार्य छ । पछि यो पाँचवटामा कसैले सृजनात्मक निर्णय गरेर केही थप्दै आउँछ भने पनि तेसलाई सृजनशील प्रवृत्ति मान्न सकिन्छ । जस्तो धर्मेन्द्रविक्रमहरूले रङ्गवाद भनेर थप्दै आए, देश सुब्बाले भयवाद भनेर थप्दै आए, भवानी तावाहरूले सृजनशील उत्तरवर्ती भनेर थप्दै आए । भोलि अरूहरू आउलान् नयाँ कुराहरू थप्दै जालान् । सृजनशील प्रवृत्तिको यो परिवर्तनशीलतालाई फोकस गर्दै कतिपय समिक्षकहरूले यो मार्क्सवादजस्तो रहेछ पनि भनेका छन् । कतिले त नन्कन्फर्मिस्ट पनि भनेका छन् । पछि समय आइपुगेपछि यो प्रवृत्तिको पुरै रूप देखिएला, अहिले विकासक्रममै छ । सृजनशील अराजकताको आग्रहले हाम्रो नेपाली समाजमा धेरै प्रभाव पारेको विश्लेषण गरिरहेको छु म । किनभने नेपाली साहित्यमा र्राई, लिम्बू, गुरूङ, मगर, तामाङ, सुनुवार, लगायत अन्य जनजाति समाजबाट विचार र सौन्दर्य भित्रिरहेको छ । नेपाली समाजमा वैचारिक अनेकानेक, साँस्कृतिक वैविध्यता र नश्लीयबोधले सुन्दर प्रभाव पारेको कारणले नै आमजनताले माओवादीलाई धेरै मतदान गरे । काङ्ग्रेस र एमालेको वैचारिक अनेकानेक, साँस्कृतिक वैविध्यता र नश्लीयबोधमा अस्पष्ट विचार भएकै कारणले आमजनताले सृजनात्मक निर्णय गर्दै उनीहरूलाई आफ्नो भारी मत दिएनन् । नेपाली समाजमा अब क्षेत्रीबाहुनले आदिबासीजनजातिहरूको अस्तित्व मान्ने, मधेसीहरूको अस्तित्व पहाडबासीहरूले मान्ने, पुरूषहरूले नारीहरूको अस्तित्व मान्ने संस्कारको विकास भइरहेको छ । सहअस्तित्वमा विश्वास गर्ने सृजनशीलहरूको यो सकारात्मक प्रभावलाई इतिहासले बिर्सिने छैन ।

४. तपाइँले नेपाली साहित्य प्रतिष्ठानको आठौं वाषिर्कोत्सवमा नयाँ लेखकको जन्मको घोषणा गर्नु भयो, त्यो कस्तो प्रकारको नयाँ लेखक होला ? को हो त्यो नयाँ लेखक र किन तपाइँले नै घोषणा गर्नु भयो ?
नयाँ लेखकको जन्म बारे कार्यपत्र प्रस्तुत गर्ने मञ्च र समय दिएकोमा नेपाली साहित्य प्रतिष्ठानको आठौं वाषिर्कोत्सवलाई र विषेशगरी कवि टङ्क सम्बाहाम्फेलाई धन्यवाद दिन चाहन्छु । उत्पीडित तथा उपेक्षित वर्ग, जाति र लिङ्गका मुद्दाहरूलाई जुन लेखकले आफ्नो लेखनमार्फत उठाएर न्यायका निम्ति पहल गर्दै नयाँ नेपाल निर्माणका लागि जनचेतनासित सहकार्य गर्दछ त्यस्तो लेखक नयाँ लेखक हो । नेपाली साहित्यमा यसरी योगदान पुर्‍याइरहेकाहरूलाई नयाँ लेखकका रूपमा पहिचान गरिकन नयाँ नेपालको राज्यसत्ताले उनीहरूबाट अरू धेरै सृजनशील साहित्यको अपेक्षा गर्दा हुन्छ । विषेशगरिकन यसप्रकारका लेखकहरू उत्पीडित तथा उपेक्षित वर्ग, जाति र लिङ्गबाट नै आइरहेका छन् । विश्वसाहित्य पढेका तथाकथित आभिजात्यवर्गका केही लेखकहरूमा पनि यो नयाँ लेखकको चरित्र पाइन्छ, यो निश्चय नै स्वागतयोग्य छ । आदिम विचारबाट मुक्ति प्राप्त गर्नु नै नयाँ लेखकको नयाँ र समयसापेक्ष यात्रामा अग्रसर हुनु हो, अग्रगामी लेखक हुनु हो । मैले नै किन नयाँ लेखकको घोषणा गरेँ भन्ने प्रश्न चाहिँ 'माओवादीले नै जनयुद्घ किन गर्‍यो -' भने जस्तै हो । तर, यसलाई अर्को ढङ्गबाट बुझ्दा भने म राज्यसत्ताबाट उपेक्षित तथा उत्पीडित जातिबाट साहित्यमा आएकोले सायद मबाट नयाँ लेखकको घोषणा भएको होला । यो मनोविश्लेषणको कुरा भयो । यसैलाई दर्शनतिरबाट व्याख्या गर्दा यसरी पनि गर्न सकिन्छ- हरेक लेखक साधन हो र हरेक लेखकहरू फेरि बेगलबेगल थोकका लागि साधन हुन् । हरेक लेखकहरूको प्रयोजन भिन्दाभिन्दै हुन्छ । मेरो सवालमा भने म सधैँ नयाँ थोकहरू बोक्ने साधनका रूपमा उपस्थित भएँ । तेही भएर पनि नयाँ लेखकको अवधारणापत्र मैले लेखेँ । तर, यसलाई अझ आमजनमानससम्म पुर्‍याउनका लागि तपाइँहरूजस्तो सृजनशील लेखकहरूको खाँचो अनिवार्य छ । नयाँ लेखक साझा अवधारणा हो, हरेक नयाँ नेपाली लेखकहरूको सिङ्गो ठहर हो । तेसो र पनि यो नयाँ लेखकको अवधारणालाई हामीले गाउँगाउँसम्मका हाम्रा पाठक र स्रष्टाहरूसम्म पुर्‍याउनु जरूरी छ । किनभने नेपाली साहित्यमा हाम्फाल्नुभन्दा अगाडि सबैले यो नयाँ लेखकको अवधारणा थाहा पाउनै पर्छ । नयाँ लेखकको अध्ययन अवलोकनबिना हाम्रो मस्तिष्कमा छ्याप्प बसेको यथास्थिति र पुरातनवादको जालो हट्ने छैन । यो नयाँ लेखक तपाइँ हामी सबै हौं जसले पुरानो ब्राम्हणवादी अहंकारी साहित्यलाई ध्वस्त गर्दै समावेशी नेपाली साहित्यको पक्षमा लेख्छ । सबैसबै नेपाली समाजहरू, सँस्कृतिहरू, धर्महरू र जीवनहरू समेटिएको साहित्य मात्रै यथार्थमा नेपाली साहित्य हो भन्ने धारणा अनुसार अब हामीले लेख्नुपर्छ । अर्जुनदृष्टिका कविताहरू मात्रै होइन काङसोरे साहसका कविताहरू पनि लेखौं, नयाँ लेखकले यसो भन्छ । नयाँ लेखक नै वास्तवमा नयाँ नेपाली साहित्यको सुत्रधार हो, नयाँ नेपालको नयाँ लेखक हो ।

५.अधिकांश नेपाली साहित्यकारहरू साहित्यको खेती मात्र गर्छन् तर पैसाको खेती गर्न भने विदेशतिरै लाग्नु पर्ने बाध्यता छ । तपाइँ के भन्नु हुन्छ यस बारे किनकी तपाइँ आफै नै डायोस्पोराको साहित्यकार बनिसक्नु भएको छ ?
पहिलो कुरा, म साहित्यलाई खेती मान्दिनँ । साहित्यको सम्बन्ध मनसित, मस्तिष्कसित हुन्छ । साहित्य ज्ञानसित हुन्छ । साहित्य लेखेर विकसित मुलुकहरूमा लेखकहरू बाँच्न सक्छन्, त्यो अलग कुरा हो । पैसाको खेती गर्न विदेशतिर लाग्नुपर्ने बाध्यताको जो कुरा छ, तेसमा पनि म असहमत छु किनभने विदेशमा पनि पैसाको खेती हुँदैन, बाँच्ने मेलोसम्म गर्न सकिन्छ । हिजोआज म पनि तपाइँहरू जस्तै हङकङमा बसेको छु । श्रम बेच्छु खान्छु । दोश्रो कुरा के छ भन्देखिन् तपाइँको प्रश्नको मर्मतिर म जान चाहन्छु । मैले धेरै अगाडिदेखि नै सुन्दै आइरहेको छु कि नेपाली साहित्यकारहरू कलम चलाएर बाँच्न सकिरहेका छैनन् । अथवा, साहित्य बेचेर नेपाली साहित्यकारहरूले पैसा कमाइरहेका छैनन् । पाश्चात्य दर्शनशास्त्र भनेको भौतिकवादतिरको छ भने पूर्वीय दर्शनशास्त्र अध्यात्मवादतिरको छ । तेसो हुँदा उता शेक्सपियरले कवितामा 'पैसालाई जीवित इश्वर' भनेर लेखेका छन् अब हाम्रो देवकोटाको पारा हेरौं, ऊ मुनामदनमा लेख्छ- सुनका थैला, हातका मैला के गर्नु धनले - यो दर्शनगत आधारहरूमा पाइने ठीक विपरित मान्यताका कारणले पनि उताका साहित्यकारहरू साहित्यलाई बेच्न सक्षम भएको हुनुपर्छ । यता हामी चाहिँ के गर्नु धनले भन्दै आर्दशले नाङ्गैभुतुङ्गै भइरहेका छौं । पैसा, धनसम्पत्ति पनि आफूलाई पुग्नेगरी जोड्नुपर्छ तर सारै नै नीच प्रकारले होइन । नेपाली साहित्यमा जम्मा तीन प्रकारका साहित्यकारहरू छन् । पहिलो प्रकारका साहित्यकारहरूसित पैसा प्रशस्तै छ, उनीहरू व्यापारव्यवसाय गर्दछन् । नेपाल टेलिभिजनको समय किनेर आफ्नो गीति एल्बमको प्रत्यक्ष प्रशारण समेत गर्नसक्छन् उनीहरू । दोश्रो प्रकारका साहित्यकारहरू सरकारी जागिर खान्छन्, या कुनै एनजिओ या कलेजमा काम गर्दछन्, या मिडियामा काम गर्दछन् । तेस्रो प्रकारका साहित्यकारहरूसित कुनै पनि नियमित रूपमा पैसा आउने काम हुँदैन । र, यो तेस्रो प्रकारका साहित्यकारहरूमा बढीजसो आदिबासीजनजातिहरू देखा परिरहेका छन् । उनीहरू जसो तसो बाँचिरहेका छन् र लेखिरहेका पनि छन् । अब यौटा प्रश्न उठ्छ पैसा कमाउनतिर नलागेर किन साहित्यतिर लागेका त यी आदिबासीजनजाति - ठीक यहीँनेर जोडिन्छ राजनैतिक मुद्दा । ब्राम्हणवादी राज्यसत्ताले सयौंवर्षेखि दबाइरहेको मानवीय चेतनालाई उकास्नका लागि पनि आदिबासीजनजातिहरू भोकै साहित्य लेखिरहेका छन् । तपाइँ हामी विदेशमा बस्ने आदिबासीजनजातिहरूले उनीहरूलाई सहयोग गर्नसक्छौं र उनीहरूलाई प्रोत्साहन गर्न सक्छौं । यौटा कोश खडा गरेर प्रतेक महिना सय डलर जम्मा गर्ने हो भने नेपालमा आदिबासीजनजाति साहित्यकारहरूको एकेडेमी बनाउन सक्छौं । हाम्रा प्रतिभाशाली आदिबासीजनजाति स्रष्टाहरूको संरक्षण गर्न सक्छौं । उनीहरूका कृतिहरूको बिक्रीवितरण गर्नसक्छौं र आर्थिक टेवा दिनसक्छौं । आफै लेख्नु मात्रै स्रष्टा होइन, स्रष्टाले आफूजस्तै अन्य स्रष्टालाई बचाउँदै र आफू पनि बाँच्दै जानु पर्छ । हामी विदेशमा बसेर साहित्य लेखिरहेका र पैसा पनि कमाइरहेका साहित्यकारहरूबाट नेपालका हाम्रा आदिबासीजनजाति लेखकस्रष्टाहरूले धेरै आशा गरिरहेका छन् । उनीहरूलाई हामीले बिर्सिनु हुँदैन । भविष्यमा आदिबासी लेखकहरूले रोजगारीका लागि विदेश जान नपरोस् । देशभित्रै रोजगारीको प्रबन्ध होस् । राज्य संघीय लोकतान्त्रीक गणतन्त्रमा गइरहेको अवस्थामा अब हामी पनि लोकसेवा आयोगको अन्तर्वार्तामा पास हुन्छौं होला । किनभने हिजो लिखितमा फस्ट नम्बर ल्याउने आदिबासी जनजातिहरूलाई अन्तर्वार्तामा अनुहार र नाक हेरेरै फेल गर्नेहरूमा पनि विभेद गर्नु भनेको आफ्नै जाति या वंशका लागि खतरनाक हुँदोरहेछ भन्ने ज्ञान पलाइसकेको छ । यसरी हामीले पनि सरकारी जागिर खाँदै नेपालमै कविता लेख्ने दिन अब चाँडै आउनेछ । अब म केही वर्षछि नै लिम्बुवान फर्कदै छु । म यो तपाइँको ब्लगबाट सबै प्रवासी स्रष्टाहरूलाई आफ्नै थातथलो फर्किनुपर्छ भन्न पनि चाहन्छु ।

Aug 31, 2008

जस राज सुब्बासंगको अन्तरवार्ता

अनेकन् बैज्ञानिक कुराहरु युमा धर्मशात्रमा छन् । - जस राज सुब्बा
कृषि बिज्ञान र लिम्बू भाषा संस्कृती अनि धर्म सम्बन्धि एकाईस ओटा अनुसन्धान्त्मक पुस्तकहरुका लेखक श्री जस राज सुब्बा मुन्धुम धर्म शात्रका कुशल ब्याख्याता पनि हनुहुन्छ । उहाँको जन्म बुबा स्व. धन बहादुर सुब्बा र आमा स्व. सुक रानी सुब्बाको कोखबाट सन १९४९ को मार्च ५ मा भएको हो । पश्चिम सिक्किमको हि. क्याङबारीमा जन्मनुभएका कृषि बैज्ञानिक तथा मुन्धुमसाबा श्री जस राज सुब्बाले कृषि बिज्ञानमा स्नातकोत्तर यानेकि M.Sc. गर्नुभएको छ । पाँच छोरीहरुका बुबा जस राजले एघार बर्षको उमेरमा र २९ बर्षो उमेरमा दुइ पटक बिवाह गर्नुभएको थियो । हाल सबै छोरीहरु आआफ्नै क्षेत्रमा स्थापीत भईसकेका छन । अध्यन अनुसन्धान तथा बैठकको सीलसीलामा उहाँले अमेरिका, यू.के र ताईवान जस्ता देशहरुको भ्रमण गरिसक्नुभएको छ ।
उहाँका कृषि बिज्ञान सम्बन्धि प्रकाशीत केहि पुस्तकहरुमा Agriculture in the hills of Sikkim (1984) , My journey to the new world (1997) र Biodiversity of Sikkim Himalayas (2002) रहेका छन् भने भाषा संस्कृती तथा धार्मिक केहि पुस्तकहरुमा The philosophy and Teachings of Yuma Samyo (1998), History and Development of Limboo Language (2002), मुजोक्लुङ खाजोक्लुङ मुन्धुम(2003), Concept of Life after Life and Funerary Practices in Yuma Samyo Tradition (2005) / History, Culture and Customs of Sikkim (2008) आदि रहेका छन् ।
बहुमुखि प्रतिभा श्री जस राज सिक्किम याक्थुङ साप्सोक सङजुम्भो तथा सिक्किमको एपेक्स नामक लिम्बू संगठनका संस्थापक हुनुन्छ भने सिक्किम बिज्ञान समाजका क्रियाशील सदस्य साथै उहाँ सिक्किमका नामूद मुन्धुम ब्याख्याता अर्थात मुन्धुमसाबा हुनुहुन्छ । साहित्यकार मिजास तेम्वेसंग गरिएको बिद्युतीय कुराकानीको सार संक्षेप पाठकहरुको लागि यहाँ प्रस्तुत गरीएको छ ।

१, आ सेवारो जे.आर सुब्बा ज्यू , हाल तपाई के गरिरहनुभएको को छ ?
सेवारो आदाङबे, सरकारी कामबाट अवकाश पाएता पनि प्रकृतिक र सामाजिक जीवनसित आज सम्म संलग्न छु । सिरिजङ्गा तेअङसीको-१७०४-१७४१) ३६ फिट अग्लो मूर्ति बनिने कार्य सुरु भईसकेको छ, युमाङ थेगु, हि.गाँउमा । त्यसको रेखदेख भईरहेको छ । मेरो पुस्तक हिस्ट्री कल्चर एण्ड कस्टमस अफ सिक्किम भरखर छापाखाना बाट निस्कीएको छ । अर्को पुस्तक द इभलुसन अफ द मेन एण्ड मोर्डन सोसाइटी इन माउटेनस् सिक्किम छापाखानामा तयार भईरहेको छ । अर्को अध्यन फामिङ्ग सिष्टम एण्ड हन्टीङ- गोदरिङ कल्चर अफ सिक्किम र मिथोलोजि अफ सिक्किम साथ साथै चलिरहेको छ । हिजआज यीनै कार्यहरुमा ब्यस्त छु ।

२, तपाई एकातीर कृषि बैज्ञानिक हुनुहुन्छ, अर्कातीर लिम्बू भाषा साहित्य तथा मुन्धुम धर्म शात्रका ब्याख्याता, यी भाषा धर्म र बिज्ञान तपाई भित्र कसरी एकाकार भएर आए ?
कृषि बिज्ञान मेरो प्रोफेशन हो । म पहाडी क्षेत्र कृषि एफ.ए.ओद्धारा आईडेन्टीफाड रिसोर्स पर्सन हुँ । भने लिम्बू भाषा साहित्य तथा युमा धर्म मुन्धुम मैले बिरासतमा पाएको हुँ । यहि परिवेशमा जन्मे, हुर्के यहि परिवेशहरुमा जीवनको जीउदो अनुभवहरु गरिरहेको छु । हामी यो प्राकृतिक जीवनमा जन्मनु भन्दा १० महिना अघिदेखि आएका छौं । यहि प्राकृतिक जीवनका अनुभवहरु गरेर एक दिन फेरि हामी हाम्रै आत्मालोकमा फर्किने छौं ।

३, हरेक बर्ष एक अथवा दुइ पुस्तकहरु लेख्दैआउनु भएको छ, तपार्इले समय कसरी मिलाईरहनु भएको छ त ?
१९८४ मा मेरो कृषि बिषयक पहिलो पुस्तक छापियो । त्यसपछि १९९७ सम्ममा पाँच ओटा पुस्तकहरु कृषि बिसयमा छापिएका छन् । युमा धर्म र मुन्धुमको बिषयमा भने मेरा पुस्तकहरु सन १९९८ देखि मात्र छाप्न सुरु भएका हुन् । तर यस बिषयको अध्यन त मलाई जबदेखि होस आयो तब देखि भएको छ । मेरो युमा येबोको यरोकतिमाले नै मलाई लेख्न पढ्न सिकाए । वहाँ त्यसताका बहुतै नामी मुन्धुमबिद यमा हुनुहुन्थ्यो । त्यस पछि मेरो बाबु साम्बोको साम्बोक्तिम्बा पनि अति मुन्धुमबिद मुख्य फेदाङमा भएर जीवनभर समाजको सेवा गरे । म यहि माहौलमा जन्मे, हुर्के यर्सथ मैले युमा धर्मशात्र अति राम्ररी अनुभव गर्ने मौका पाए । म सुरु देखि नै युमा धर्म शात्रमा अतिनै चासो लिन्थे । तर युमा धर्मप्रति कनै पनि लिखित पुस्तकहरु नभएको कारण यस बिषयमा लेख्न हाम्रो समाजले मान्दैन होला भनेर मेरो अध्यन लेखनमा १९९८ सम्म आएन । तर १९९८ मा हामीले सुक्खिम याक्थुङ सप्सक संगजुम्भो संस्था खोल्यौं । यो संस्थामा म आज सम्म संलग्न छु । यहि संस्थामा अब हाम्रो युमाधर्म, मुन्धुम इत्यादि लेख्नु पर्छ भन्ने बहस भयो र हाम्रो १९९८ सालको अधिवेशनमा मेरो पहिलो पुस्तक युमाधर्मशात्र बिषयमा प्रकाशित भयो । त्यस पछि भने यस बिषयमा अध्यन र लेखन लगातार रुपमा भईरहेको छ ।
जहा इच्छा त्यहाँ उपाय, भने झैं समय त निकाल्नु पर्छ । तर यति हो साथी संगी धेरै बनाउन सकिन्दैन । सामाजिक कार्य प्राय पत्नीले निभाउनु पर्छ आफैले भ्याइन्दैन । परिवारको ठुलो दायित्व हुन्छ, त्याग हुन्छ । अर्को कुरो कम्प्युटर भए सधैं केहि न केहि थपिरहन सजिलो हुन्छ । पहाडी क्षेत्रमा राम्रो पुस्तकालय पाइन्दैन पुस्तक किन्नै पर्यो, अध्यन अति खर्चिलो छ । तर समय समयनै हो निकाल्नु पर्छ अरु कुरोमा कटौती गरेर पनि ।

४, कृषि अनुसन्धनात्मक पुस्तक लेखन र भाषा धर्मका पुस्तक लेखनमा लेखकीय अन्तरद्धन्द हुन्न ?
बिषय बस्तु त फरक छ, यर्सथ समयको फरक पारेर अन्तरद्धन्दलाई कायम गर्नु पर्दछ । म त अध्यन र लेखन गर्दा समयको अन्तर राख्छु । जब एक बिषय शुरु गर्छु त्यो नसकि अर्को बिषय थाल्दिन ।

५, तपाईको बिचारमा धर्म के हो ? र लिम्बु जातीहरुले मान्नु पर्ने धर्मको नाम के हो ?
मेरो बिचरमा धर्म मानिसको प्राकृतिक जीवन र आत्मिक जीवन जोड्ने वा सम्बन्ध राख्ने बिषयबस्तु हो । हामी आमाको कोखमा आउनु अघि आत्मिक अवस्थामा हुन्छौ । आमाको कोखमा प्रकृतिक जीवन लिएर आयौं । प्रकृतिक जीवन (फिजीकल कन्सीयसनेस) का अनुभव लिएर फेरी हाम्रो आत्मिक जीवन (मेन्टल कनसीयसनेस) मा फर्किन्छौ । फेदाङमाले साम सामा गर्दा यो प्राकृतिक जीवनबाट निकालेर आत्मिक जीवनमा पुर्याउने गर्छ । धर्मले यी दुइ जीवनस्थरलाई जोड्ने काम गर्छ । संसारमा यी जीवनस्थर जोड्ने अनेकौ धर्म मानिने गरेका छन् । जहाँ सम्म लिम्बू जातीको कुरा छ - हाम्रा पुर्खाहरुले बुझेका, जानेका र अनुभव गरेका यी जीवनस्थरलाई जोड्ने शक्तिलाई तथा बिषय बस्तुलाई युमा धर्म (युमा सम्यो) भन्ने गरेका छन् । किराँत धर्म भन्न सुहाउदैन किन कि किराँत जातीमा र्राई र याक्खा पनि पर्छन् । अनि बिशेष र्राई जातीले युमा धर्म मान्दैनन् । हामीले हाम्रो धर्म युमा धर्म या युमा साम्यो नै मान्न पर्छ ।

६, किराँत धर्म गुरुहरु फाल्गुनन्द र ओम नन्दलाई कसरी हेरिरहनुभएको छ ?
फाल्गुनन्द हाम्रा विभूती हुन् । वहाँले हाम्रो समाजमा जागृति ल्यायन जीवन बिताए । सामाज सुधारक हुन् । आत्मनन्द पनि वहाँकै सिद्धान्तका अनुयायी हुन् । वहाँहरुसित भेटेर कुनै धर्मको वहस हुन सकेको छैन । युमा धर्मकै सिद्धान्त अपनाएका छन् भने राम्रो हो । तर सुन्नमा आउछ वहाँहरु ज्यादा हिन्दु अनुयायी छन् भनेर । जहाँ सम्म खस जातीका धर्मको सवाल आउछ, वहाँहरुले पनि हिन्दु धर्म अपनाएपछि आफ्नोपन सवै गुमाएका छन् । शाह वंशीहरुलाई राजा मानेपछि हाम्रा लिम्बू जाती पनि त्यस्तै त नहोला आउँदो समयमा भन्ने मलाई डर छ । मेरो बुझाईमा वहाँहरुले हाम्रो जातीलाई भ्रममा पारिरहेका छन् ।

७, तपाई मुन्धुम शात्र भित्रको बैज्ञानीकतालाई कसरी ब्याख्या गर्नुहुन्छ ?
पौराणिक धर्मशास्त्रीहरुमध्ये प्राय सवै धर्मशास्त्रीहरु हराउदै गईरहेका छन् । आजको दिनमा यो हिमाली क्षेत्रमा हेर्यौ भने हामी मात्र यस्तो जाती छौं जो हाम्रो पुर्खाहरुबाट पाएको (युमा धर्म) मानिरहेका छौं । यो एउटा गर्व को विषय छ । नत्रभने अरु सबै हिमाली जातीहरुले विभिन्न धर्म अपनाएर आफ्नो जातित्व नै मासिसकेका छन् - जस्तै खस, गुरुङ्ग, लाप्चे, तामाङ्ग, मगर, सुनवार इत्यादि । यसको मुख्य कारण हो आफ्नै धर्मभित्र पसेर यस भित्रका वैज्ञानिकता, प्राकृतिक जीवनसित जोडीएका धर्मशास्त्रहरु , आत्मिक जीवनसंग जोडीएका विधाहरु बुझ्ने बुझाउने अनि लिखित रुपमा नल्याउने । आउँदो पिढीहरुलाई सम्झाउने ,बुझाउने जीवनशास्त्र प्रदर्शन इत्यादी नगरेका कारण ।
जहाँसम्म युमाधर्म शास्त्रको वैज्ञानिकताको सवाल छ । यो अत्यन्त रोचक विषय छ । प्रमाणको निम्ति माउण्ट एभरेष्ट(चम्भत्लुङमा) संसारको सबै भन्दा अग्लो पहाडी चुचुरो हो भनेर बैज्ञानिकहरुले १८६० तिर मात्र पत्ता लगाए भने कसरी हाम्रा फेदाङमाहरुले मुन्धुममा हाम्रो मृतात्मालाई यस पर्वतको टुप्पा सम्म पुर्याएर पुर्खालाई सुम्पिन्छन् । प्रकृतिक जीवन देखि निकालेर आत्मिक जीवन पुर्याउदा अलि तल के२(मारालुङमा) संसारको दोस्रो उच्च पर्वतमा आएर जीउदो परिवारका आमाहरुलाई शीर उठाउछन् (चातेलुङमा) जीवन फूलबारी ढकमक्क पारेर फेरी यो धर्तीमा ल्याउछन् । हाम्रा फेदाङमाहरुले कसरी जाने कि पृथीवी एउटा घुमिरहने माटोको डल्ला हो भनेर । कसरी जाने साँचो जीवन आत्मिक जीवन हो ? प्रकृतिक जीवन राम छायाँ मात्र हो अनि आत्मिक जीवनमा फेरी र्फकनु पर्छ भनेर । कसरी जाने हाम्रो माङगेन्ना स्त्री छ या पुरुष छ भनेर जो बिख्यात मनोबैज्ञानिक जुङ्गले भर्खरै मात्र जीवनआत्मा विपरित लिङ्ग पो हुदोरहेछ भनेका छन् । कसरी जाने हामीलाई हाम्रो प्राकृतिक जीवन (फिजीकल कन्सीयस्नेस्) त्यागेर आत्मिक जीवन (मेन्टल कन्सीयस्नेस्) अपनाउनमा आठ नौं दिन लाग्छ यर्सथ हामीले मृतकको सुतक आठ नौं दिन बार्नु पर्छ भनेर । यस्ता अनेकन बैज्ञानिक कुराहरु युमा धर्मशात्रमा छन् अनि यहि अनुसार हाम्र पिता पुर्खाहरुले मानिल्याएका छन् । ती सब कसरी यस पिढीले भुल्न सक्ने र ? यस प्रकारको बैज्ञानिक र मनोबैज्ञानिक कुराहरु अरु कुनै पनि धर्ममा छैन।

८, सिक्किमेली लिम्बू भाषा साहित्यको बर्तमान स्थीतीको बारेमा केहि बताईदिनोस् न ?
सिक्किममा लिम्बू भाषा अहिले डिग्री लेवल सम्म दुइ वटा कलेजहरुमा पर्ढाईन्दैछ । यहि जुलाई महिनादेखि यी कलेजहरु सिक्किम युनिभर्सिटी अन्तरगत आउदै छन् । किन कि यो अहिले सम्म उत्तर बंगाल युनिभर्सिटीमा छ । कुनै पनि मानिस यहाँ कलेज लेवलमा लिम्बू भाषा पढ्न आउन सक्छ । उस्ले स्कुलमा लिम्बू पढ्नु पर्छ र मात्र लिम्बू पढ्न पाउछ भन्ने छैन । बेसिक देखि कलेज लेवल सम्म पढाइन्छ । स्कुलमा त लिम्बू जाती बसेका सबै ठाउँमा लिम्बू भाषा पढान्छ नै । म कलेज लेवलका पुस्तक तयार पार्ने सिलेबस समिक्षकको अध्यक्ष पनि छु ।

९, सिक्किममा जस्तो नेपालमा लिम्बू भाषा साहित्यको बिकास नहुनुमा कारक तत्व के हाला ?
नेपालमा इ सम्बत १९३० सम्म कुनै पनि जनजातीय भाषा पढ्न पढाउन बर्जित थियो नेपाली बाहेक । बल्ल बल्ल उन्नाईसौं सताब्दीको अन्तीम दशक तिरमात्र लिम्बू भाषा एच्छिक बिषयको रुपमा पढाउन शुरु गरियो श्रीजंगा लिपिमा । गोर्खाहरुको साँगुरो नीति नै नेपालमा लिम्बू भाषा साहित्यको विकासमा नहुनुको कारक तत्व हो । वाँदरहरुले आफ्नो घर पनि बनाउदैनन् र अरुलाई बनाउन पनि दिदैनन् भने झैं उनिहरुले न आफ्नै केहि विकास गरे न अरुलाई नै विकास गर्न दिए । अब नेपालमा जनजातीहरुले आआफ्नो भाषा साहित्यको विकास गर्ने राम्रो अवशर पाएका छन् ।

१०, हाल नेपालमा उठिरहेको लिम्बूवान स्वयक्त राज्यको कुरालाई तपाईले कसरी हेरिरहनु भएको छ ?
मेरो बुझाईमा भारत जस्तै नेपाल पनि बिभिन्न राज्यहरुमा जनजाती, भाषा र संस्कृति हेरी बिभाजन भई भारतका राज्यहरुले जस्तै राज्य अधिकार पाए भने लिम्बूवान स्यक्त्तताको जरुरी छैन तर यदि अघि जस्तै काठमण्डौं बाटै सबै सेन्ट्रल रुल स्वतन्त्र डेमोक्रेटिक शासनमा पनि हुने हो भने लिम्बूवान मात्र नभएर सबै जनजातीय क्षेत्रहरुले स्वात्तता पाउनु पर्छ ।

११, लिम्बू भाषा र संस्कृतीलाई जोगाई राख्न सरकारी र निजी तवरले के कस्ता पहलहरु गर्नु जरुरी देख्नुहुन्छ ?
लिम्बू भाषा संस्कृतीमात्र नभएर सबै जनजातीय भाषा र संस्कृतीलाई जोगाई राख्नको निम्ति सरकारी तथा निजि तवरले थुप्रै निस्वार्थ पहल गर्नु पर्छ । ती हुन -
(क) सरकार बाट सबै जनजातीय भाषा र संस्कृती स्कुल र कलेजमा पढाउने प्रावधान मिलाउनु पर्छ । शिक्षक नियुत्ति, पाठ्यपुस्तक तयारी, लिपि भाषा र संस्कृतीको अनुशन्धान इत्यादि । यस्ता कुराहरु गर्न निजि संस्थाहरुमा ल्याकत हँदैन ।
(ख) निजी संस्थाहरु पञ्जीकृत गर्नु पर्छ । सरकारलाई यस बिषयमा रिसोर्स पर्सन खोज्न तथा अरु सबै कुरामा सहयोग गर्नु पर्छ । नकारात्मक भावनाले होईन सकारात्मक भावनाले सरकार तथा निजी संस्थाहरुले मिलेर काम गर्नु पर्छ ।
(ग) जहा इच्छा त्यहाँ उपाय भने झैं सत्य साँचो मनले चिताए नहुने कुनै कार्य छैन । यसको निम्ति सरकार भन्दा पनि बढी समाज अघि सर्नु पर्छ ।

१२, अन्त्यमा तपाईको बाकी कुराहरु केहि छन की ?
अन्तमा संसार भर छरीएर रहेका किराँत याक्थुङवाहरुलाई मेरो शुभकामना तथा आसेवारो । तपाईहरु संग बिद्युतीय तरङ्ग मार्फत फेरी भेट्न पाऊ भनि तागेरा निङवाफूमा युमालाई कोटी कोटी आसेवा छ । साथै मिजास तेम्बे भाईलाई धन्यवाद चढाउदै तपाईहरुबाट बिदा चाहन्छु । नोगेन्रो ।

मिक्फुला लाजे इङघङबाट साभार

May 17, 2008

टंक वनेम

पहिले र अहिलेको लाहुरघर आकास धर्तीको फरक छ - टंक वनेम ।
झण्डै चार दशक अघि मैवा खोला चुम्लोक, ढुङ्गेसाँघु-८ ताप्लेजुङ्मा जन्मनु भएका साहित्यकार टंक वनेमले झण्डै ढेड दशकको समय पल्टन घरमा बिताउनु भएको थियो । वहाँले लाहुर घरबाट साहित्य चिन्तन,सामाजिक चिन्तन र अनुसाशन सिकेर अवकास लिनु भयो । हाल वहाँ वेलायतमा सपरिवार बसोबास गर्दै आउनु भएको छ भने वहाँले दुइ वटा राम्रा कृति पस्कि सक्नु भएको छ । लेखकको विशेषता भनेको नेपाली भाषा र लिम्बू भाषामा समानान्तर कलम चलाउनु हो । साहित्यको नजरले हेर्दा वहाँलाई जति राम्रो कवि भनेर चिनिन्छ त्यति नैं इतिहासविद् भनि चिन्न सकिन्छ । वहाँसंग गोरखालीको संम्बन्धमा,आदिवासीको संम्बन्धमा लोभ लाग्दो ज्ञान र अनुभव छ । त्यसो त वहाँ साहित्यका सबै विधामा उतिक्कै कलम चलाउनु हुन्छ । प्रस्तुत छ अनलाइन नेपाली साहित्य मञ्चको निमित्त शसक्त लाहुरे कवि टंक वनेम ज्यूसंग विश्वास दीप तिगेलाले गरेको हाँकाहाकी प्रश्नोउत्तर ?

१. तपाइ एक राम्रा स्रष्टा हुनुहुन्छ तर तपाई आफैले आफ्नो परिचय कसरी दिनुहुन्छ ?
सर्वप्रथम दाईलाई संम्झेर प्रश्नहरु पठाउनु भएछ धन्यवाद अनि पाठकहरुलाई बिजुली नमस्कार छ ।म एक राम्रो स्रष्टा हो वा होइन मैले मेरो परिचय दिनु भन्दा पाठक एबं श्रोताहरुले ठहर गर्ने कुरा हो । यो प्रश्नको उत्तर दिने जिम्मा पनि म उनै प्रिय पाठकहरुलाई नैं दिन चाहान्छु ।

२. यहाको कलमले मनपराउने विधा के हो - हाल सम्म यहाको के कति कृतिहरु छन् र कति उमेरका भए?
मलाई मन पर्ने विधा कविता हो । अरु कुन कुन विधामा साहित्यिक कफी गफ हुँदैछ त्यो कुरा पत्र पत्रिका भन्दा वेव साइटका पाठकहरुलाई बढी थाहा छ । कति वटा कृति र उमेर पनि सोधी हाल्नु भयो । ति दुइ जोडी कविता संग्रहका बैँस ढली सकेको छैन ।

३. तपाई एक भूतपूर्व सेना हुनुहुन्छ र हाल वेलायतमै बसोबास गरि रहनु भएको छ । आजकालका लाहूर घर र पहिलाको लाहूर घरको मुख्य फरक के छ ? त्यसको कारणहरु केके हुन ?
पहिले र अहिलेको लाहुर घर आकास धर्तीको फरक छ । हामी रुपैयाँ कमाउनकै लागि लाहुरे भएका हौं ।पहिलेका लाहुरेले माना पाउँथे अहिलेका लाहुरेले पाथी पाउँछन् । अहिलेका र्सबसाधरण जनताले सञ्चार माध्यमको जुन सुबिधा उपभोग गरि राखेका छन् । आजको दशक अगाडी थिएन । आजको लाहुर घरमा जुन स्वतन्त्रता छ तर दशक अगाडी अर्कै माहोल थियो । यो सबै समयको गति हो । बिर्सिनै नहुने अर्को कुरा हाम्रा अग्रज गोरखाली संघ सस्थाहरुले गरेको संघर्षको प्रतिफल हो ।

४. तपाइहरुको पालामा लाहूरघरमा साहित्यिक गतिविधि खासै हुदैन्थ्यो भन्ने सुनिन्छ । साहित्य सिर्जना र गतिविधि गर्न त्यसवेला तपाइ पनि खुबै डराउनु भयो होला हैन ?
माथी नैं उल्लेख भई सकेको छ कि लाहुर घरमा किन साहित्यिक गतिविधि हुदैन्थ्यो । झन हाम्रा बाजे बराजुहरु त लर्डाई गर्नकै लागि भर्ति हुन्थे । पछिल्लो पिंडीमा त्यो दुःखदायी समय नरहे पनि संञ्चार माध्यम र तिनै पुरानो सोंचको जरा गाडिएको हुँदा अहिले जस्तो परिस्थिति जन्मन सकेन । साहित्य सिर्जना गर्दा डराउने कुरो छ त्यस्तो डराउने भए मेरो साहित्यिक यात्रा धेरै पहिले थन्को लागी सक्ने थियो ।

५. साहित्य क्षेत्र पनि एउटा हल्ला गर्ने ठाँउ हो भन्छन् वास्तवमा साहित्य के हो ?
साहित्यलाई कुन रुपले ग्रहण गरिएको छ त्यसैमा भर पर्छ । अर्को कुरा साहित्य के हो भन्ने सवाल महासागर जस्तै छ त्यसको किनारमा उभेर सागरको गहिर्‍याई यति हो भन्नु जस्तै हो ।
६. सपरिवार वेलायतमा बस्दै आउनु भएको छ । साहित्य त दुःखमा सिर्जना हुन्छ भन्छन् कसरी यो क्षेत्र संग तपाइको साइनो लाग्यो ?
दुःखमा मात्र सिर्जना हुने साहित्य ब्याक्तिबादी साहित्य हो । पल्टन घर भित्र कुनै बेला त्यस्तो भएको थियो होला । तर वर्तमान लाहुरे साहित्य यो प्रलाप भन्दा धेरै माथि उठि सकेको छ । यो क्षेत्रसंग कसरी साइनो लाग्यो भन्ने उत्तरमा धेरै कुराहरु जोडिएका छन् । कुनैं दिन सुटुक्क भनौंला ।

७. वेलायतको जीवन स्तर उच्च छ र अहिले नेपालीहरुको संख्या पनि उच्चै छ भन्न सकिन्छ । वेलायतमा धेरै नेपालीहरु लेखपढको हाँक दिन्छन तर वेलायतमा नक्कली र्सर्टिफिकेटको पनि वेलावेला हल्ला सुनिन्छ । कोहि भन्छन वेलायतका प्रायः बुद्धिजिवी नेपालीहरु डेट एक्पाएर भएका हुन्छन, घरदेश र राजनीतिको बारे अनभिज्ञ हुन्छन वास्तवविकता चाहि के हो ?
वेलायतमा उच्च जीवन शैली छ कि छैना जस्ले भोगेको छ उसैलाई मात्र थाहा छ । नेपाली पढे लेखेका र हाँक दिने मान्छे को हुन ? किन वेलायतमा आएर हाँक दिएको हो ? बुद्धी जीबीको भ्रममा एक्सपाएर हुनु र नहुनुमा केहि सरोकार पनि राख्दैन । राजनिति वा अरु कुनै क्षेत्रमा केहि गर्छु भन्नेले कुनै न कुनै ठाउँमा केहि कुरामा योगदान पर्‍याएकै हुन्छ । अर्को कुरा यो साहित्यिक कफी गफमा र्सर्टिफिकेटको कुरा आयो । र्सर्टिफिकेटले साहित्य लेखिन्दैन साहित्य लेख्नको लागि हृदयको ब्याडबाट मनका रहर लाग्दै कलिला बिरुवाहरु उम्रनु पर्दछ ।

८. नेपाली साहित्यको लागि वेलायत मरुभूमि हो भन्ने कसैको अभिब्यक्ति आयो भने यहाको प्रतिक्रिया के हुन्छ ?
नेपाली साहित्यको लागि वेलायत मरुभूमि हो भन्ने आँट अब कसैले गर्न सक्दैन् । डायस्पोरिक चेतनाले जुर्मुराएका धेरै स्रष्टाहरु जन्मेका थिए/छन् । यति हो संञ्चार माध्यमको अभावले यसको गति केहि सुस्त भएको थियो । तर अब त्यस्तो हुने छैना । वेब साइटहरुमा हेर्न सक्नु हुन्छ । मुलधारमा बसेर लेख्ने स्रष्टाहरुका सिर्जना भन्दा कमसल साहित्यको खेति भएको देखिन्दैन् ।

९. केही समय यता तपाइका सिर्जनाहरु वेलायतको पत्रपत्रिकामा निरन्तर पढ्न पाइएको छ । भावि योजनाहरु केके छन् ?
एउटा स्रष्टाको धर्म नै पाठकहरुलाई नयाँ नयाँ सिर्जनाहरु पस्कदै जाँनु हो । यहि काम जारी रहने छ । पत्र पत्रिकामा निस्कने आफ्नो अभिब्याक्तिहरुको आयु ज्यादै छोटो भएकोले संग्रह गर्न योग्य सिर्जनाहरुलाई संग्रह गर्ने योजनामा छु ।

१०. आधुनिक विज्ञानको जमानामा तपाई चाहि आफ्नो लिम्बू भाषाको कविता लेख्नुहुन्छ । तपाइ कसरी यस्तो रुढीवादी तर्फप्रेरित हुनुभयो ?
मैले माथि पनि उल्लेख गरि सकेको छु । साहित्य भनेको महासागर जस्तै हो । यसको गहिर्‍याई नाप्न गाहृो छ । वर्तमान लेखिन्दै आएको साहित्यलाई सन साठीको दशकतिरै अस्विकार गरि उत्तर आधुनिकवादीहरुको विचार संसारमा फैलिएको थियो । उनिहरुको विचारमा तत्कालीन लेखिन्दै आएको साहित्यले यावत समस्याहरुको समाधान गर्न सक्दैन् । त्यस्तै नेपालमा जन्मी रहेको खस भाषाका साहित्यले समेट्न नसक्ने अरु साहित्यका फाँटहरु धेरै छन् । ति नेपाली भाषाले संगसगै डोर्‍याउन नसक्ने लिम्बू भाषा,मुन्धुम् र आख्यानहरुलाई लिम्बू भाषामा कविता लेखेर हराउन लागेको मिथक बिम्बहरुलाई जोगाई राख्नु एउटा लिम्बू साहित्यकारको धर्म हो । यहि धर्मलाई निभाएको छु । रुढीवादी मानशिकताले प्रेरित भएको भन्नु भन्दा जाडोमा भुवादार स्यालको कोट लाउँने मान्छेलाई हाँसोको पात्र बनाउँनु जस्तै हो । त्यसो हो भने त लिम्बू साहित्यमा योगदान पुर्‍याउने पदमसिं मुरिङलाको जीवनीमा आधारीत पुस्तक प्रकाशन र भिडीयो बनाउनु पनि रुढीबादीकै उपज भएन र भन्या ?

११. केही बर्षअघि केही पार्टीले जातियताको, संघियताको कुरा उठाउदा उनीहरुलाई विखण्डनकारी आरोप लाग्थ्यो । अहिले त स्वयं सरकार नै ति कुराहरु भुक्दैछन्, सारा देशनै विखण्डन तर्फजाने अवस्थामा छ । तपाई चिन्तक साहित्यकारको हैसियतले देशको भविश्य कस्तो देख्नुहुन्छ ?
रगत पानी भन्दा बाक्लो हुन्छ । रातो झण्डा फर्फाएर हिज जे भनियो त्यो बिस्तारै फेरिन्दै जाँदैछ । त्यहि भएर त मुन्धुम्को कविता फलाक्न नछोडेको हो । साहित्यकारको चिन्तन भनेको नैं त्यही गएर टुङ्गीन्छ । देस जस्तो सुकै अवस्थामा गुज्रे पनि एक दिन जनताको जीत हुन्छ हुन्छ । राजा ज्ञानेन्द्र जस्तो बाद शाहले घुँडा टेक्यो भने बिखण्डनबादी भन्नेहरुले चाँडै पुत्छर लुकाउँने छन् ।

१२. ताप्लेजुङ जिल्लाले तपाइलाई जन्मायो, हूर्कायो अहिले तपाई घरदेश देखि टाढा हुनुहुन्छ के तपाईसंग जन्मभूमिको लागि कुनै बोल्नमिल्ने, खोल्नमिल्ने केही सपनाहरु छन् की ?
स्व.बाबा सिंगराज वनेमको स्मृतिमा ६ भाइ छोराहरु र परिवारको ब्यक्तिगत लगानीमा ताप्लेजुङ जिल्लाकै दोश्रो ठूलो फुटबल (सिंगराज खेल मैदान) गिरान निमार्ण गरिएको छ । आफ्नै जग्गा उपलब्ध गराएर ठोठ्ने प्रा.बिलाई त्यही खेल मैदानमा सार्ने तयारी हुँदैछ । पुस्तकालयको ब्याबस्था र साहित्यको गतिबिधी गर्ने सपनाहरु साँचेको छु । शायद कुनै दिन त्यही बाबाको स्मृति मैदानमा कविता पाठ गदै हुने छु । त्यहाँ नेपाली साहित्यका विभिन्न साहित्यिक वादहरु मात्र नभएर फेदाङ्मा र झाक्री लयमा पनि कविता पाठ गरिने छ । तान्त्रिक एरो नचल्ने मुन्धुम्,हाक्पारे र ख्यालीहरुले गुञ्जने छ । त्यसबेला मात्र नेपाली साहित्यको कविता लेखनले पूर्णता पाएको ठान्ने छु ।

१३. साहित्यकार टंक वनेमलाई साहित्यले के दियो ?
साहित्यमा लाग्ने मान्छेहरु लिनु भन्दा दिनु भनेर अघि सरेका हुन्छन् । धेरै पाठकहरुले नचिने पनि केहि पाठकहरुले छिनेका छन् एउटा अवकास लाहुरेले नेपाली साहित्य र लिम्बू साहित्यलाई संगसंगै डोर्‍याई रहेको छ । साहित्यले दिएको उपलब्धि भनेकै यही हो ।

१४. मैले सोध्न बिषिर्एको तर तपाईले भन्नु पर्ने केही छ ?
नेपाली मानशिकतामा लाहुरेको जुन तश्विर नाची रहेको थियो त्यो तश्विरमा बौद्धिक गहनाले सजावट गरि अब अर्कै शैलीमा प्रस्तुत गर्नु पर्दछ । जसले त्यो पूरानो लाहुरेको बुर्जुवा आकृतिलाई पूर्ण रुपले परिवर्तन गर्न सकोस । धन्यवाद ।

Apr 27, 2008

सुमाया राई

पदम राई तथा गणेश राईले इमेल मार्फत लिम्वूवान डट ब्लगस्पोट डटकमलाई पठाउँनु भएको सुमाया राई, अध्यक्षय्-किरात राई यायोक्खा, केन्द्रीय कार्यसमितिको अन्तरवार्ता सान्दर्भिक लागेकोले पाठकहरुको लागि प्रकाशित गरेकाछौं ।

1.किरात राई यायोक्खाको छैटौं राष्टिय सम्मेलनको म्यान्डेट के थियो?
किरात राई यायोक्खाको छैटौं राष्टिय सम्मेलन (२०६३ पुस ८,९ र १० गते) झापाको दमकमा सम्पन्न भएको हो । यो सम्मेलनले विगतको भन्दा फरक र ऐतिहासिक निर्णय गरेको छ। यसअघि जातीय संस्थाको रुपमा भाषा, धर्म, संस्कृतिको क्षेत्रमा मात्रै काम गरिरहेको थियो। तर, छैंटौं राष्टिय सम्मेलनले पहिलोचोटि संस्थागत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालभित्र आफ्नो भूमि अर्थात् किरात स्वायत्त राज्यको माग पारित गरेको छ। जुन जनआन्दोलन २०६२/६३ को पनि म्यान्डेट हो।

2.छैटौं राष्टिय सम्मेलनदेखि अहिलेसम्मको अवधिमा के-के उपलब्धिहरू यायोक्खाले प्राप्त गरेको छ ?
किरात राई यायोक्खाले आन्तरिक संरचनामा केही परिवर्तन ल्याएको छ। दुई सय चौतीस वर्षदेखि 'एक भाषा, एक संस्कृति र एक धर्म'बाट उत्पीडनमा रहेको किरात राई समुदायलाई जातीय अधिकारको रुपमा सचेत गर्न विभिन्न भातृसंस्थाका रुपमा कलाकार, विद्यार्थी, पत्रकार, लेखक संघ निर्माण भएका छन्। चौध वटा भाषिक संस्थाहरु यायोक्खामा आवद्ध भई सक्रिय रुपमा राई जातिको हक, अधिकारका निम्ति जुट्दै आएका छन्। यसैगरी यायोक्खाले संविधानसभाबारे सचेतना तालिम, गोष्ठी सञ्चालन गर्दै आएको छ। यसका निम्ति डिडिएन परियोजनासमेत सुरु गरिएको छ। अर्को महत्वपूर्ण उपलब्धि भनेको यसै वर्ष यायोक्खाले आफ्नो भवन डेढ करोड रुपैयाँमा खरिद गर्न सफल भएको छ।

3.यायोक्खाले 'किरात स्वायत्त राज्य'को खाका तयार गरी प्रस्ताव गरेको छ। यो खाका कतिको वैज्ञानिक छ?
अब राज्यको पुनःसंरचना गर्दा जाति, भाषा, क्षेत्रका आधारमा हुनुपर्दछ। यो नेपालको अहिलेको वास्तविक यथार्थ हो। किरात राई यायोक्खाले प्रस्ताव गरेको 'किरात स्वायत्त राज्य' वैज्ञानिक र व्यवहारिक यस अर्थमा पनि छ कि ऐतिहासिक पृष्ठभूमि, जातीय सघनता, भौगोलिक अवस्थिति, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रुपले इतिहासको कालखण्डमा किरात राज्य रहेको हुँदा अब बन्ने नयाँ नेपालमा 'किरात स्वायत्तराज्य' प्रतिविम्वित हुनुपर्दछ। जो सशक्त र संवृद्धशाली पनि हुने छ । यो खाकालाई मूर्त रुप दिन यायोक्खाका महासचिव चन्द्रविक्रम राईको संयोजकत्वमा गठित सात सदस्यीय समितिले किरात स्वायत्त राज्यको अध्ययन, अनुसन्धान गरेको छ। यसको वैज्ञानिकताको सन्दर्भमा यसै अवधारणाले समेटेको छ। यसले जातीय जनसङ्ख्याको आधार, भू-बनोट, बसोबास, रहनसहन आदिलाई लिएको छ।

4.यायोक्खाले किरात स्वायत्त राज्यको प्रस्ताव गरिरहँदा लिम्बूवान र कोचिला प्रदेशको पनि कुरा उठिरहेको छ नि?
किरात स्वायत्त राज्यभित्र लिम्बुवान, कोचिला अट्न सक्छ तर लिम्बुवान र कोचिलाभित्र किरात अट्न सक्दैन। लिम्बुवान, कोचिलालगायतमा बसोबास गर्ने बहुसंख्यक समुदाय किरात भएको हुनाले 'किरात स्वायत्त राज्य' वैज्ञानिक र व्यवहारिक छ। हाम्रो हक, अधिकार, पहिचान स्थापना गर्नको लागि एक्लो लडाइँ र हिडाइँले पाउन सकिन्न। विगतको तितो यथार्थलाई हामीले बिर्सन हु्न्न। जसरी बृहत् किरात राज्यलाई तीन टुक्रा गरी ओल्लोकिरात, माझकिरात र पल्लो किरात गरेर बहादुर शाहले किरातीहरुलाई राज्यबाट विस्थापित गरे। कहिले मासिने किराती र नमासिने किराती भनेर हामी बीचको एकता र सद्भावलाई टुक्र्याएको इतिहास हाम्रो अगाडि साक्षी छ। जनआन्दोलनय्- २ त्यतिकै सफल भएको होइन। हामी सम्पूर्ण मिलेर भएको हो। जब राज्य पुनःसंरचनाको कुरा आउँछ, त्यतिखेर हामी किरातीहरु बीचको एकता अनिवार्य र आवश्यकता दुवै रहन्छ। किरात राई भाषा, कला, संस्कृति आदिको संरक्षण, विकासको कुरालाई छोडेर अहिले यायोक्खालाई संविधानसभाको चुनाव लागेको छ भनेर मान्छेहरूको आरोप पनि छ नि? त्यो एकदम ठीक हो। तर हाम्रो अस्तित्वलाई कायम गरिरहने हो भने समयअनुसार चल्न जान्नु पर्छ भन्ने पनि हो। समयअनुसार हिडिएछ भने हाम्रो अस्तित्व कायम गर्न सक्छौ नत्र भने डाइनोसरकै जस्तो भोलि हाम्रो हालत हुन सक्छ। किरात राई यायोक्खाको स्थापना किरात राईहरुको भाषा, संस्कृतिको संवर्द्धन तथा राईहरुको एकतालाई कायम गर्न भएको हो। हामीले राजनैतिक अवस्था पनि हेर्नु पर्छ। हिन्दु धर्म तथा संस्कृतिको एक्लो दबदबा रहेको जटिल अवस्थामा यायोक्खाको स्थापना भएको हो। त्यसताका साम्प्रदࠤ¾यिकतालाठˆ बढावा दिन्छ भन्ने खालको कुराहरू हुन्थे। तर अहिलेको अवस्थामा राजनैतिक सुझबुझ आएको छ। अहिले चुप लाग्यौं भने भोलि हामीमा राजनैतिक संकट आउँन सक्छ। हाम्रो पहिचान, हक, अधिकारलाई स्थापित गर्नु पर्ने अवस्था छ। जुन कुरा राजनैतिक तवरले मात्र हुन सक्छ। त्यसकारण यायोक्खाले राजनैतिक मुद्दालाई अगाडि बढाउनु पर्ने हुन्छ।

5.आगामी संविधानसभामा किरात राईहरूको कस्तो भूमिका हुनुपर्छ?
किरात राई यायोक्खा कुनै राजनैतिक पार्टी होइन। कुनै राजनैतिक पार्टीको झण्डा बोक्ने खालको पनि होइन। यो संस्था विभिन्न विचार अथवा राजनैतिक आस्था बोकेका मानिसहरूको मिलनविन्दु भएकोले आफ्नो समुदायको हकहितको निमित्त राज्यलाई कस्तो तरिकाले हामी सहयोग गर्न सक्छौ र हामी कस्तो संरचना चाहन्छौ भन्ने सन्दर्भमा हाम्रा कुराहरूमा जनमत सिर्जना गर्न सक्नुपर्छ। आगामी संविधानसभामा किरात समुदाय र आदिवासी जनजातिहरूको मुद्दालाई कुन राजनैतिक पार्टीले बढी समेट्न सकेको छ भन्ने कुरामा पनि यायोक्खाको भूमिका भर पर्दछ। साथै निर्वाचनबाट सभासद्हरू छानिएर आएपछि उहाँहरूलाई पनि एक प्रकारको नैतिक दवाब दिन सकिन्छ।

6.जनआन्दोलन भाग -२ मा किरात राई यायोक्खाको कस्तो जनसहभागिता रहेको थियो?
जनआन्दोलन २ मा पनि किरात राई यायोक्खाले अन्य जातीय संस्थाहरूभन्दा अग्रणी भूमिका खेलेको थियो। जनजाति महासंघका हरेक कार्यक्रमहरू चाहे त्यो बालुवाटार घेराऊ होस् या बन्द अवज्ञाजस्ता कुनै पनि आन्दोलनमा अग्रणी भूमिका यायोक्खाले खेलेको थियो।

7.केही समय अघि मुख्य राजनैतिक पार्टीहरूलाई यायोक्खा पदाधिकारीले भेटेको थियो। के उद्देश्य थियो त्यो भेटघाटको?
हामीले मुख्य ३ वटा पार्टीहरूलाई भेटेकै हो। त्यसमा किरात राई यायोक्खाको अवधारणासहित पार्टीका नेताहरूलाई दवाव दिइएको हो। त्यतिखेर बन्दसूचीको कुरा, समानुपातिक सिटमा उम्मेद्वारको कुराहरू चलिरहेको अवस्थामा र त्यसमा हाम्रो समुदायको उम्मेद्वारी नछुटोस् र छुट्नु हुँदैन भन्ने मूल विषय थियो। र, जुन दलले हाम्रो कुरा सुनिदिन्छ, लिइदिन्छ र व्यवहारमा पनि देखाउँछ, त्यसलाई हामी समर्थन गर्छौ भन्ने सन्देश दिनु पनि थियो।

8.अहिलेसम्मको हेराइमा कुन राजनैतिक पार्टीले किरात राईहरूको आवाजलाई बोकेका छन् जस्तो लाग्छ?
दुःखलाग्दो कुरा, कुनै पनि राजनैतिक पार्टीले किरात राईहरूलाई सम्बोधन गर्न सकेको जस्तो लाग्दैन। नेपाली कांग्रेसका उम्मेदवार चयन हेर्दा हाम्रो सन्दर्भभा टिठलाग्दो छ। नेकपा (एमाले) को सन्दर्भमा केही सिट दिएको छ तर त्यो पनि जित निश्चित छैन। यी दुईको दाँजोमा किरात राईहरूलाई नेकपा (माओवादी)ले बढी सिट दिएको छ। तर चुनावमा भर्खर आएको माओवादीहरूको उचाइँ हेर्न बाँकी नै छ।

9.तपाईं यायोक्खाको अध्यक्ष भएको हैसियतमा कुनै राजनैतिक पार्टीहरूले उम्मेद्वारको लागि अनुरोध गरेनन्?
गरेनन्। यसको लागि दुईवटै कुराहरू हेर्नुपर्ने हुन्छ। मैले गरें कि गरिनँ? मैले गर्दै गरिनँ र पार्टीहरूले पनि गरेनन्। तर हाम्रा सल्लाहकार प्रा. डा. इन्द्रजित राई र भाषिक सदस्य दुर्गा राईलाई नेकपा (माओवादी)ले उम्मेद्वार बनाएको छ। र केन्द्रीय सदस्य प्रमिला राईलाई नेपाली कांग्रेसले र आशमान राई नेकपा (एकीकृत)ले उम्मेदवार बनाएको छ। यसै प्रकार अर्का केन्द्रीय सदस्य गणेश राईको नाम माओवादीले बन्द सूचीमा पारे पनि उहाँले फिर्ता लिइसक्नु भएको छ।

10.किरात राईहरूको मूल भाषा के हो भन्ने प्रश्न गरियो भने तपाईं के भन्नु हुन्छ?
राईहरूको मूल भाषा के हो भन्ने प्रश्न नै पूरक प्रश्न होइन। तर यहाँ सरकारले राई भाषा भनी सम्बोधन गरिदिन्छ।

11.के हो त राई भाषा भनेको?
यो कुरामा हामी लड्नु पर्ने छ। राज्यलाई हामीले सिकाउने पर्ने छ। राई भाषा भनेर एउटा भाषालाई चिन्ने काम भएको छ। राईभित्रको भाषिक विविधता छ। त्यसलाई गहना, अलंकारको रूपमा हामीले लिनुपर्ने हुन्छ र राज्यले पनि त्यसरी नै सम्बोधन गर्नुपर्ने हुन्छ। भोलि राज्य सञ्चालन गर्नुपर्ने अवस्थामा एउटालाई सम्पर्क भाषाको रूपमा स्थापित गर्नुपर्ने हुन सक्छ। जबकि हामीसँग कम्तीमा २३-२४ वटा भाषाहरू प्रयोगमा आइरहेका छन्।

12.लिपिको सन्दर्भमा पनि यायोक्खा चुप छ नि?
सुरुमा सिरिजंगा लिपि राईहरूले प्रयोग गर्थे आजकाल छोडे। उक्त लिपिलाई राईहरूले चलाउन मिल्दैन? हिजोको सन्दर्भमा लिपिबारे भन्दा पनि भाषामा सबैको ध्यान गएकोले त्यसो भएको हुन सक्छ। लिपिलाई आम मान्छेहरूले प्रयोग गरेका छैनन्। तर त्यो चाहिएको खण्डमा र सबै प्रतिबद्ध भयौं भने त्यो नहुने पनि होइन। तर अहिले यसको ऐतिहासिकतालाई हेरेर विचाराधीनमै राख्नुपर्ला।

13.यायोक्खाको केन्द्रीय भवन खरिद गर्ने काम कसरी सम्भव भयो?
यायोक्खाको स्थापना साहै विषम परिस्थितिमा भएको हो। श्रद्धेय दाजु गंगाराज राईले यायोक्खालाई आफ्नै कोठामा राखेर हुर्काउनु भयो। दोस्रो सम्मेलनबाट कुलबहादुर राई एमबीईज्यूको अध्यक्षतामा नेतृत्व हस्तान्तरण भयो। उहाँले दुई कार्यकालसम्म आफ्नो घर निःशुल्क रूपमा दिएर यायोक्खाको कार्यालय सञ्चालन गर्न सहयोग गर्नु भयो। पन्ध्र जिल्लामा कार्यसमिति बन्यो। छैटौ राष्टिय सम्मलेनबाट नयाँ कार्यसमिति बन्यो। उत्ति नै खेर हामी (यायोक्खा)ले संविधानसभा सचेतना अभिवृद्धि तालिम सञ्चालन गर्नु पर्ने अवस्था आयो। सहयोगदाताबाट छुट्टै कार्यालय हुनुपर्ने शर्त आयो। जसले गर्दा हामी बाध्य भएर महालक्ष्मीस्थान, ललितपुरमा यायोक्खाको कार्यालय सार्žयौं। यो जातीय संस्थाको लागि मासिक सात हजार रुपैयाँ तिरेर बस्नु भनेको बोझै थियो। जे जस्तो भएपनि यायोक्खाको एउटा घर हुनै पर्छ भन्ने भयो। आफ्नो अस्तित्वबोध, कार्यालय सञ्चालनको लागि पनि चाहिने हाम्रो भौतिक पूर्वाधार हुनै पर्ने भएकोले यायोक्खाका उपाध्यक्ष यशोदा राईको संयोजकत्वमा सम्पूर्ण राईहरू लागेर हामीले जग्गासहितको घर किन्न सफल भएका छौं। रकम कसरी जुटाउनु भयो? सबै किरात राईहरूको सहयोगबाट हो। समाधिस्थल व्यवस्थापन समिति र किरात राई यायोक्खा केन्द्रले संयुक्त रुपमा सानोहात्तीवनमा ४ रोपनी ९ आना जग्गा पुरानो कमिटीले किनेर राखेको थियो। त्यो ठाउँ अलिक टाढा र जग्गा भिरालो ठाउँमा भएकोले त्यसलाई बेचेर उपत्यकाको तीनैवटा जिल्लालाई पायक पर्ने गरी कोटेश्वर महादेवस्थानमा घर खरिद गरिएको हो।

14.'राईकरणमा पर्यौं' भन्ने समुदायसँग किरात राई यायोक्खाको हाल कस्तो सम्बन्ध रहेको छ?
पहिलाको पुरानो कमिटीले पनि समाधानको प्रयास नगरेको होइन। भाषा, भूगोलको आधारमा हामी छुट्टै जात हो भनिरहनु भएका साथीहरूसँग पटक-पटक बैठक बस्ने प्रयास गरिएको हो। यद्यपि त्यो प्रयास आजसम्म सफल भएको छैन। हामी छुिट्टएर जानुभन्दा एक भएर बस्नु पर्छ भन्ने हाम्रो सोंच हो। कोही मान्नु भएको छ त कोही मान्नु भएको छैन। हामीले के कुरा बुझ्न जरुरी छ भने हामी शासक जाति हांै न कि शासित। त्यसैले हाम्रो अधिकार कहाँ माग्नु पर्छ भन्ने सन्दर्भमा शासन गर्ने तहसम्म हामी पुग्न सक्नुपर्छ। 'फुटाउ र राज गर' भन्ने प्रयोग पनि हामीमा भइरहेको हुन सक्छ।
आशन्न संविधानसभामा 'एक जाति एक प्रतिनिधि'को अवधारणाले त उनीहरूको माग जायज छ जस्तो लाग्दैन? यो कुरामा छाता संगठन आदिवासी जनजाति महासङ्घले पनि लबिङ गरिरहेको हो। राज्यले जनजातिसँग २२ बुँदे सहमति गरेपनि व्यवहारमा लागू भएको छैन। त्यसैले यो कुरालाई अगाडि लानुपर्छ जस्तो लाग्दैन र यायोक्खाले त जातीय जनसङ्ख्याको आधारमा हाम्रो प्रतिनिधित्व सुनिश्चित गर भनिरहेकै छ नि। जातीय जनसङ्ख्याका आधारमा किरात राई समुदाय लगभग ३ प्रतिशत पछौ।

15,भर्खरै लिम्बुवान, खम्बुवानसँग पनि राज्यले सम्झौता गरेको छ। खम्बुवानसँग यायोक्खाले कस्तो सम्बन्ध राख्दछ?
किरात राज्यभित्रको कुराहरू नै लिम्बुवान, खम्बुवान पर्दछन्। खम्बुवान माग राख्नेले किरात प्रदेशभित्र मागेका हुन्। हामीले बृहत किरात राज्यको अवधारणा दिएका छौं। खम्बुवानसँगको सहकार्य भनेको समय र परिस्थितिले मिलाउदै जाने हो। योभन्दा अघि पनि खम्बुवानका साथीहरू आएर हामीसँग कुरा गर्नु भएको हो तर उहाँहरूका सीमित एजेण्डा र ती एजेण्डाहरू माथि नै स्पष्ट नहुनु भएकोले कुरा अघि बढ्न सकेन।
16.तपाईंले भरखर हङकङ भ्रमण गरेर फर्किनुभयो। भ्रमण कस्तो रह्यो?
किरात राई यायोक्खा, हङकङ दस वर्षअघि स्थापना भएको रहेछ। आइडिमार्फत् किरात दाजुभाइ दिदीबहिनीहरू धेरै सङ्ख्यामा त्यहाँ पुग्नु भएको छ। हामी जहाँ पुगेपनि हाम्रा भाषा, संस्कृति, चालचलन बोकेर जाने भएकाले हङकङमा पनि सोही अनुरुप 'किरात राई संघको स्थापना गर्नु भएको रहेछ। ('यायोक्खा' भन्ने त्यहाँको सरकारले नबुझेर 'संघ' भनी दर्ता भएको) त्यहाँको यायोक्खाको दसौं स्थापना दिवसमा मलाईं पनि बोलाइएको हुनाले म त्यहाँ गएको थिएँ। फेब्रुअरी १६-१८ सम्म कार्यक्रमहरू भएका थिए। परदेशमा बसेर दस वर्षसम्म गरिएका कामहरू निश्चय पनि महत्वपूर्ण छन्। त्यहाँका दाजुभाइ, दिदीबहिनीहरू दिनभरी काम गरेर रातिको ३ बजेसम्म यायोक्खाको काममा सरिक हुनुभएको देख्दा हामीले पनि उहाँहरूसँग सिक्नुपर्ने जस्तो लाग्यो। उहाँहरूका लगनशीलता र कार्यकुशलतालाई हेर्दा हामीले आफूलाई मूल्याङ्कन गर्नु पर्ने जस्तो लागेको छ। स्वदेशमा जत्तिकै विदेशमा पनि जातीय पहिचानका निश्चय नै ऐतिहासिक काम हुँदैआएको छ भन्ने ठानेको छु।

17.किरात राई यायोक्खाको जिल्लागत संरचनाहरू कस्तो अवस्थामा छन्?
किरात राईहरू जागरुक अवस्थामा छन् र जातीय पहिचानको खोजीमा पनि छन्। यायोक्खाको सोह्र जिल्लामा कार्यसमिति र प्रारम्भिक कार्यसमितिहरू छन्। जिल्ला समितिहरू सुदृढ अवस्थामा छन्। त्यसमा पनि सुनसरी सबैभन्दा अग्रपंक्तिमा छ। त्यसैगरी झापा, काठमाडौं, ललितपुर, इलाम, ओखलढुंगाजस्ता जिल्लाहरू तदारुकतासाथ अगाडि बढिरहेका छन्। अरू जिल्लाहरू स्थापित हुने क्रममा छन्। भौगोलिक सुगमता र दुर्गमता जेजस्तो भएपनि चेतनाको स्तर बढेको छ। जातीय अस्तित्वका मामलामा सचेतना बढेको छ।

18.धरानमा सम्पन्न चौथो केन्द्रीय सभाको मूल एजेण्डा के थियो?
यायोक्खाको चौथो केन्द्रीय सभा यही चैत २ र ३ गते सम्पन्न भएको छ। यसको मूल एजेण्डा संविधानसभा र त्यसपछिको राज्य पुनःसंरचनाबारे यायोक्खाको धारणा बनाउनु थियो। किरात स्वायत्त राज्यको अवधारणाबारे पनि बृहत् छलफल भएको थियो। सस्थागत सुदृढीकरण, जनपरिचालन, भाषा, संस्कृतिका कुराहरू पनि भए।

19.यायोक्खाले लोकसेवा आयोगको परीक्षामा सामेल हुन चाहनेलाई तयारी कक्षा सञ्चालन गरिरहेको छ। यस्तो सोंच कसरी आयो?
आदिवासी जनजाति राष्टिय उत्थान प्रतिष्ठानले परियोजना प्रस्ताव माग गरेको थियो। यसअघि भाषा, संस्कृतिमाथि मात्र प्रस्तावना पेश गर्ने गरिएको थियो। यस पटक अलिक फरक तरिकाले जानु पर्छ भन्ने सोंच आयो। किनभने हामी राज्यसँग समावेशीको माग राख्दै आएका छौं। तर त्यो मूलधारमा कसरी छुटिरहेका छौं भन्ने सन्दर्भमा हाम्रो तयारी नै नभइरहेको अवस्था छ। त्यसैले यो विषयमा नै परियोजना प्रस्ताव गर्नु पर्छ, जसबाट राई जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने उद्देश्यले प्रस्ताव पेश गरिएको हो। र सजिलै स्वीकृत भयो। यस्तो खालको परियोजना प्रस्ताव पेश गर्नेमा हामी नै पहिलो जातीय संस्था पनि हौ। यो तालिमबाट महिलासहित ५३ जना समुदायका लोकसेवाका उम्मेदवार लाभान्वित भएका छन्। अन्तिममा तपाईंको दैनिकी कसरी चलिरहेको छ? गाह्रो कुरा हो (हाँस्दै)। कुनै त्यस्तो कार्यतालिका नै छैन। किनभने म एक आमा, श्रीमती, बुहारी र अध्यापनपेशाकर्मी महिला साथै संस्थाको जिम्मेवारी व्यक्ति पनि। भूमिका बाँडिएको छ। चुलाचौकादेखि अध्ययन अध्यापन सबै जारी छ। जसले जुनबेला ग्राहयता पाउँछ, त्यही काम गर्छु। सामान्यतः विहान ५ बजे उठ्छु। बेलुका १० बजे ओच्छ्यानमा गइसकेको हुन्छु।

Apr 17, 2008

दिनेश सुब्बा

बरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बाको जन्म दार्जिलिङमा भएको हो । वहाँको पूर्ख्यौली घर भने पाँचथरमा हो । स्नातक पूरा गरेका दिनेश सुब्बाले संगीतमा संगीत विशारद र बी म्यूजिक पुरा गरेका हुन् । हङकङ आउनु भन्दा अगाडि निशाद एल्बम निकाली सक्नु भएका संगीतकार विदेशमा बसेर पनि मनोभाव गीतिसंग्रह केही वर्ष अगाडि प्रकाशन गर्नु भएको छ । विगत १२ वर्ष देखि निरन्तर हङकङमा सपरिवार बसोवास गर्दै आउनु भएको छ । विदेशमा बसेर पनि नेपाली सुगमसंगीतको लागि डटी रहनु भएको छ । त्यहि संगीतलाई हङकङवासी नेपालीहरुमा वृद्धि गराउन हिमालय टोन्स म्यूजिक एकेडेमी खोलेर निरन्तर संगीत सेवा गरिरहनु भएको छ । उनै बरिष्ठ संगीतकार दिनेश सुब्बासंग लिम्वूवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फे संग गरिएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।
१.तपाई हाल हङकङमा के गर्दै हुनुहुन्छ ? र हङकङ जस्तो व्यस्त ठाउमा व्यवहारीक जिवनसंग गीतसंगीत कर्मलाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
संगीतप्रेमी नेपालीहरुका लागि आफ्नो मौलीक कला संस्कृति सिकाउन हिमालयन टोन्स म्युजिम एकेडेमी नामक संगीत प्रशिक्षण केन्द्र हङकङमा चलाएर वसेको छु । राम्रै तालमेल मिली नै राखेको छ ।

२.हालसालै तपाईले हङकङमा दिनेश सुब्बा एकल साझ सम्पन्न गर्नु भयो यसरी एकल साझ सम्पन्न गर्दा कस्तो अनुभूति प्राप्त गर्नु भयो ?
मेरो यो प्रथम एकल साझ त्यो पनि विदेशी भूमिमा हुदा मलाई नै अनौठो लागि रहेको छ । मैले यसरी ठुलो सफलताका साथ होला भन्ने सोचेको थिईन । सम्पूर्ण हङकङवासी गीतसंगीतप्रेमी नेपालीहरु प्रति आभारी छु ।

३.हङकङमा गीतसंगीतको अवस्था कस्तो प्रकारको छ ? र यसलाई कसरी हेरीरहनु भएको छ ?
यहा रहर गर्नेहरु धेरै छन् । तर डटेर लाग्ने थोरै छन् । संगीत साहित्यको लागि घर र समाजको वातावरणले पनि पारेको हुन्छ । हामी नेपाली समुदायमा सानै देखि सिकेर,जानेर अघि वढ्नु पर्दछ भन्ने सोच विकसित हुन सकि राखेको छैन तर त्यो सोच हङकङवासी नेपालीहरुमा पनि हुन नितान्तै आवश्यक छ । हङकङमा चाइनिज समुदायमा संगीत पनि शिक्षा जस्तै पढेर सिकेर जान्नु पर्छ भन्ने गुणहरु हामी सवै नेपालीले अनुकरण गर्नु अति नै आवश्यक छ ।

४.तपाई गीत संगीत र गायन साथै वाद्यवादन संयोजन समेत गर्नुहुन्छ त्यसैले यो पेशाको रुपमा भैरहेको छ कि छैन होला ?
मैले पेशा भन्दा पनि नेपाली समाजलाई संगीतको पारी तर्ने साघुको ब्रिजको काम गर्न चाहेको हो । तर यसो भन्दैमा हङकङ जस्तो ठाउमा आफुलाई केहि नभई समाज सेवामा लाग्न सकिन्न । समग्रमा भन्दा यो पेशा प्रति सन्तोष नै छु ।

५.तपाई गीतसंगीत र गायन क्षेत्रमा कसैसगं प्रभावित भएर लाग्नु हो कि ?
गीत संगीतमा प्रभावित भएर लागेको भन्दा पनि यो मेरो जन्मसिद्ध पाईलेको विधा होला भन्छु । किनकी सानै देखि म मा गीतसंगीतको लक्षणहरु देखा परेका थिए । जस्तै गाउनु बजाउनु भने पछि सानै देखि ललायित हुन्थे ।

६.समग्रमा नेपाली गीतसंगीतको अवस्थालाई कसरी हेरी रहनु भएको छ - यसको विकासको लागि तपाईले केहि पूर्वाधारहरु सोच्नु भएको छ कि ?
नेपाली संगीत सतहिरुपले हेर्दा राम्रो जस्तो देखिए पनि गहिर्राईमा विचलित अवस्थामा छ । यस्तो अवस्थावाट गुज्रिनु सरकार,कलाकार,मिडिया र बजार ब्यवस्थापक सवैको तालमेल चाहिन्छ । अव आशा लाग्दा दिनहरु आउदैछन् हेरौ । आशावादी हौ ।

७.गीतसंगीत तथा गायन क्षेत्रमा लाग्न चाहाने नया कलाकारहरुलाई तपाई कस्तो प्रकारको सुझाव दिन चाहानु हुन्छ ?
मेरो सुझाव भनेको कलाकारितामा इमान्दारीताको नितान्तै आवश्यकता पर्दछ । त्यस पाश्चात अध्यायन,अभ्यास,त्याग र धैर्यता चाहिन्छ ।

८.हाल सम्म तपाईले कति गीत संगीत र आफ्नो आवाजमा स्वराङ्कन गरी सक्नु भएको छ ? साथै कतिवटा संग्रहहरु प्रकाशित गरी सक्नु भएको छ ? कुनै नया संग्रहको तयारीमा हुनुहुन्छ कि ?
खासै तथ्याङ्क थाहा नभए पनि २ सय जतिमा संगीत भरी सकेको हुला र ५० वटा जतिमा स्वर दिइसकेको छु । निषाद र मनोभाव मैले संगीत दिएका गीतिसंग्रहहरु हुन् । चाडै नै आफ्नै स्वरमा एउटा एल्वम निकाल्ने सोचमा छु ।

९.लिम्वू कलाकार भएको हैसियतले तपाईको लिम्वूवान प्रतिको धारणा कस्तो छ ?
जन चाहाना र प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार सवै जात,वर्ग,धर्मले समान अवसर पाउनु पर्ने अवको समय हो । लिम्वू जाति धर्म संस्कृति भाषा समान अवसरको खातिर लागेका कुनै पनि विचार सित म सहमत छु ।

१०.गीतसंगीत तथा गायनमा यहा सम्मको सफलता पाउनमा ककस्को हात वढी छ होला जस्तो लाग्छ वा ककस्लाई वढी स्मरण गर्न चाहानु हुन्छ ?
मैले गीतसंगीत र गायन क्षेत्रमा यहा यात्रा तय गर्नुको पछाडी मेरो आफ्नो मेहनत,अध्यायन,लगनशीलता र इमान्दारीता हो । म मेरा अग्रज गुरुहरु जसवाट मैले गीतसंगीत सिके र मेरो परीवारहरुलाई जस्ले मलाई निरन्तर गीतसंगीतमा लाग्न हौसला प्रदान गर्नुभयो यति वेला वहाहरुलाई आत्मै देखि स्मरण गर्न चाहान्छु ।

११.यस क्षेत्रमा लागेर तपाईले कस्तो महसुस गरीरहनु भएको छ ? र कहिले सम्म लाग्ने विचार गर्दै हुनुहुन्छ ?
गीतसंगीत र गायन नै मेरो लागि पाइलेको जीवन हो भन्छु । अव यो उमेरमा नया जागीर खाने कुरो पनि आएन । त्यसवाट व्यवसाय गर्ने मुटु छैन राजनिती गर्ने क्षमता छैन र संगीत नै अन्तिम सम्मको शाहारा ।

१२.लिम्वूवान व्लगस्पोट डटकम मार्फत संसारभर छरीएर रहनु भएका नेपाली गीतसंगीत तथा गायन प्रेमी तपाईका श्रोता वर्गहरुलाई केहि शन्देस दिन चाहानु हुन्छ कि ?
लिम्वूवानवासी तथा सम्पूर्ण नेपाली हरुलाई नया नेपालको लागि जुटौ भन्ने आहृवान गर्दछु । सायद भोलिका दिनहरु अवश्य पनि उज्वल होला । तसर्थ आआफ्नो भाषा संस्कृतिमा सवै नेपाली रमाउन सकौ ।

Mar 28, 2008

अबिचन्द्र इङनाम लिम्बु

तेह्रथुम जिल्ला इवा गा.बि.स.वडा नं. ६ निवासी श्री अबिचन्द्र इङनाम लिम्बु हाल उहा धरान नगरपालिका १९ मा पनि पारिवरिक बसोबास गर्नु हुन्छ । उहा नेपालमा रहदा शिक्षक पेशाका साथै खेलकुद र बिभिन्न सामाजिक कार्यमा समलग्न भई कार्य गर्नुका सथै राजनैतिक क्षेत्रमा पनि उहा त्यतिकै कर्मठ ब्यक्तित्व हो । उहा अहिले हङकङ आई डि को कारण हङकङ हुनुन्छ । उहा अहिले लिम्बुवान राष्ट्रिय मोर्चाको महासचिव जस्तो गरिमामय पदमा सहेर मोर्चालाई अगाडी हाक्नेकार्य गरिरहनु भएकोछ । उनै राजनैतिक व्यक्तित्वसंग लिम्बुवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फेसंग भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।

१. हाल तपाई हङकङ जस्तो ब्यस्त ठाउमा रहेर पनि आफ्नो काम देखि बाहेक राजनैतिक कार्यकर्ताको रुपमा समेत अगाडी बढी रहनु भएको छ यो कसरी सम्भव भयो होला अथवा त्यसको तालमेल कसरी मिलाई रहनु भएको छ ?
यस षियमा म के भन्न चाहान्छु भने सर्वप्रथम मानिसको भावना, चिन्तन अनि त्यस प्रतिको लगाव हो । यदि मानिसको त्यसप्रति चिन्तन छ भने जस्तोसुकै ब्यस्तता तथा कठिनाईहरु किन नहोस उसले त्यो कार्य गरि छाडदछ तथा गर्ने कार्य जारि राख्दछ ।

२. तपाईले शिक्षक भएर सोह्रसोह्र वर्षसम्म सेवा गर्नु भयो शिक्षा र जागीरको अनुभवी भएको नाताले नेपालको शिक्षा निति र शिक्षक जागीरमा कस्तो अनुभूति प्राप्त गर्नु भयो ?
यो अत्यान्त गहन प्रश्न हो यसको ब्याख्या यतिले मात्र पुर्ण हुदैन तर म यहा सारङस मा भन्न चाहान्छु । अहिले के भईरहेको छ मलाई थाहाछैन तर म यहा आउनु अघीको अवस्थाको बिषयमा भन्नु पर्दा नेपालको शिक्षा नितीनै त्रुटि पुर्णछ त नभनौ तर शिक्षानिती र ब्यबहारिक पक्षको त्यति तालमेल मिलेको देखिदैन । नेपाल तर्राई, पहाड र हिमाली भौगोलिक बिशिष्टामा आधारित मुलुक हो भने ८० प्रतिसत भूभाग गाउनै गाउले भरिएको छ । शहरी क्षेत्र तथा तराइकै आधारमा गाउ बस्ती तथा पहाडी एवं हिमाली क्षेत्रलाई हेरेर शिक्षानिती तय गरिएको छ । त्यस्तैगरेर माथिल्लो स्तरलाई अन्य बिकसित मुलुकको दाजोमा उठाउन खोजिएकोछ यो राम्रो पक्ष हो तर त्यसलाई तल्लो स्तरबाट कसरी त्यसको आधार तयार गर्ने भन्ने बारेमा उपयुक्त ध्यान पुर्‍याईएको छैन । जसले गर्दा अधिकांस बिद्यार्थीहरले राम्रो बिषयमा उच्च शिक्षा हासिलगर्न चाहेर पनि सकिराखेका छैनन् ।
शिक्षक पेशामा कस्तो अनुभूति प्राप्त गर्नुभो भन्ने सवालमा मैले आनन्द र गौरव नै अनुभूति प्राप्त गरेको छु । तर दक्ष शिक्षकहरुको उत्पादन को निमित उपयुक्त तालिम र अन्य बिभिन्न सुबिधाहरुको अभाव छ । शैक्षिक गुणस्तर बृद्धि गर्ने हेतुले प्रावधिक शिप ज्ञान तथा ब्यवसायिक शिक्षा र उनिहरुको पेसाको सुनिश्चितता को सम्बन्धमा सरकारको ध्यान पुगेको छैन । साथै सरकारले शिक्षक पेशालाई त्यति महत्वकासाथ हेरेको देखिदैन । बिडम्वना अन्य सरकारी कर्मचारीहरुको तुलनामा पाउने सुबिधाको सवालमा हडताल आन्दोलन नगरि सरकारले आफै ब्यबस्था गर्दैन र गर्न हिचकिचाएको हुन्छ ।

३. तपाई राम्रो गीतकार, खेल प्रेमि साथै कुशल शिक्षक, राजनैतिक कार्यकर्ता त्यसैले अव यो समाजको लागि कुन नामले बढी अगाडी बढ्ने बिचार गर्दै हुनुहुन्छ ?
अहिले देश र समाजलाई कुशल राजनैतिक कर्मीको खा“चो परेको छ । देश र समाजको शेवा तथा सुरक्षा कुख्यात राजनितिज्ञ होइन एउटा कुशल राजनैतिक कर्मीहरुले मात्र गर्न सक्छन् भन्ने मेरो ठम्याई छ । म अहिले देश र समाजको निमित शेवागर्ने भाव वाट उत्प्रेरित भएकोछु । त्यसैले म एउटा कुशल राजनैतिक कर्मीको रुपमा अगाडी बढने अठोट गरेको छु । मेरो बिद्यार्थी जीवनकाल बाटै राजनितिक यात्रा सुरु भई शिक्षक रहदा पनि राजनैतिक निरन्तरतानै रहृयो । राजनैतिक क्षेत्रमा एकै थलोमा रहेर काम गरेका साथिहरु अझै आफु संगै रहेर कामगरि रहेका छन भने कति बिभिन्न पार्टी र तहमा पुग्नु भएका छन । त्यसैले पनि म उत्साहित छु ।

४. तपाई लिम्वूवान राष्टिय मोर्चाको महासचिव हुनुहुन्छ त्यसैले यो विदेशी भूमिमा रहेर कसरी यो पार्टीलाई कसरी सन्चालन गरीरहनु भएको छ ? र संघीय लोकतान्त्रिक मोर्चासंग कस्तो तालमेल गरीरहनु भएको छ ?
तपाईले एकदम राम्रो प्रश्न सोध्नुभो । यस्तो प्रश्नहरु बेला बेला अन्य मित्रहरु बाट पनि आउने गरेको छ । म यहा के स्पष्ट गर्न चाहान्छु भने राजनिती त्यो कला अनि बिज्ञान हो जसले संवृद्ध एवं सुब्यबस्थित राज्य निर्माण र संचालन गर्ने ज्ञान र शिप प्रदान गर्दछ । अर्को शब्दमा राजनिती भनेको राज्य सत्ताको वागडोरको निमित लडिने लर्डाई हो । त्यो लर्डाईको निमित जहा बसेर भएपनि आफ्नो संगठन बिस्तार, संवृद्ध र सुब्यबस्थित राज्य निर्माण गर्ने ज्ञान र शिपको आर्जन तथा आफ्नो राजनैतिक बिचारको प्रभाव जमाउन सकिन्छ भने देशमानै बस्नुपर्छ भन्ने प्रश्न आउदैन तर यसको अन्तीम अवस्थाभनेको आफ्नो राजनैतिक कर्म क्षेत्रमा उत्रनै पर्छ यसमा कुनै दुइमत छैन । तालमेलको बारेमा संघीय लोकतान्त्रिक मोर्चासंग आवस्यकता अनुसारको तालमेल भईरहेको छ । हङकङमा रहेर भन्ने सवालमा यो त्यति टाढा होईन त्यहि चाईना हो । भारत र चाईनामा के फरक ? भारतमा बसेर संगठन गर्न सकिन्छभने चाईनामाबसेर गर्न सकिदैन ? अर्को तर्फअहिले संचार र यायतले संसारलाई ज्यादै सागुरो वनाई रहेकोले टाडा तथा बिदेश भन्नेत कुरै आउदैन । यस विषयमा राजनैतिक भावाना चिन्तन र मुलुक संगको भावनात्मक सम्बन्ध चाही प्रमुख हो भन्ने मेरो मान्यता छ ।

५. खम्वूवानसंग सीमा विवाद हुदाहुदै माओवादी पार्टीले अस्तित्वमा देख्दै नदेखिएको र सुन्दै नसुनिएको कोचिला प्रदेश भनेर लिम्वूवानको तर्राईभाग सवै छुट्याउन आटिएको छ के यो कुरामा तपाई सहमत हुनुहुन्छ ?
हामी सहमत छैनौं । हाम्रो भनाई ऐतिहासिक तथ्यको अधारमा लिम्बुवान स्वयत्त क्षेत्रको स्थापना हुनु पर्दछ नकि जातिय बसोबसको आधारमा । यदि जातिय बसो वासको फरमुला लाउनेहोभने बि.सं. १८३१ को जनसंख्यालाई आधा मान्नु पर्दछ । पृथ्वी नारायण शाहले कथित लिम्बुवान एकिकरण गर्दा लिम्बुवानको भूगोल कस्तो थियो र जातीहरु को को थिए त्यसलाई आभार मानेर मान्यता दिनुपर्दछ । त्यसमा वि सं १८३१ देखि यता लिम्वूवानमा वसोवास गर्ने आप्रवासी नेपाली नागरिकहरुको प्रजातान्त्रिक हक अधिकारको लिम्वूवानमा सुरक्षित हुनु पर्दछ । यो हाम्रो दावि हो, प्राप्त नभए सम्म लडिरहने छौ । लर्डाईका बिभिन्न रुपहरु हुन सक्छन । उपरोक्त सन्दर्भमा जेसुकै भनिएको भएतापनि लिम्बुवानमा बसोबास गर्ने आप्रवासी नेपाली नागरिकहरुको हकअधिकार समानताको आधारमा लिम्बुवानमा सुरक्षित रहने छ ।

६. हालसालै संघीय लोकतान्त्रिक मोर्चा र नेपालको अन्तरीम सरकारसंग जातिय स्वायत प्रदेश पाउने भनेर एउटा सम्झौता भएको छ यसलाई कसरी हेरीरहनु भएको छ ? यो सम्झौता अन्तरीम सम्विधानले पास गरेको पनि छैन मात्र एउटा सानो सम्झौतालाई विश्वास गर्न सकिन्छ र ? सम्विधानसभाको चुनाव गराउनलाई झारो टार्न मात्र सम्झौत गरीएको त होईन ?
यसलाई हामीले सकारात्मक रुपमानै लिएका छौ । मुलुकको निमित सन्धी सम्झोता गर्ने आधिकारिक अङ्ग भनेकै सरकारहो, सरकारले ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान राज्यको सुनिश्चितता संबिधानसभाले गर्ने भनेकोछ । जहा“ सम्म झारा टार्ने काम सरकारले गर्दैन र गर्नै हुदैन यदि त्यसो गरेकोहोभने त्यो दुर्भाग्य हुनेछ । अन्तरीम सम्विधानले पास गरेको पनि छैन भन्ने सवालमा आन्तरिम संबिधान आन्तरिमनैहो यसमा सबैकुरा अटाएको हुदैन र यो एउटा कामचलाउ मात्र हो । कानून संविधान संग बाझिएमा कानून निस्कृय हुन्छ तर जनताको भावना तथा आबस्यकतालाई सम्बोधन गर्न नसक्ने प्रकारको संबिधान भएमा संबिधान संसोधन हुनर्ुपर्छ । त्यसकारण यदी ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान राज्यको सुनिश्चितता संबिधानसभाले नगरेमा त्यो संबिधान बिरुद्ध हामीले अर्को आन्दोलन गर्न बाध्य हुनेछौं ।

७. लिम्वूवान राष्टिय मोर्चागठन भएको पनि झण्डै ४ वर्षभैसकेछ यसले लिम्वूवानमा कस्तो काम गर्छ भनेर कुनै अवधारणा र विधान र्सवसाधारणमा सार्वजानिक गरेको पाईएको छैन नि ? पार्टीले सर्वसाधारण जनताको अगाडी त्यसो गर्न मिल्छ र ?
हामीले हाम्रो राजनैतिक अवधारणा नेपालमा सार्वजनिक गरिसकेकाछौ । हुनसक्छ यो सबैमा नपुगेको होला । यसलाई समय लाग्छ । तर सार्वजनिक भई सकेकोछ । त्यो हामीले कम्प्युटर बाट निकालिएको थियो । अव फेरि हामीले पुस्तक को रुपमा छपाई गरि वृहदरुपमा सार्वजनिक गर्ने सोच गरि रहेका छौ ।

८.लिम्वूवानको लागि कस्तो कस्तो एजेण्डाहरु लिएर लिम्वूवानवासीहरुमा जाने विचार गर्दै हुनुहुन्छ ?खाली सत्ताको साझेदारी मात्र बन्न खोज्नु भएको होईन ?
हाम्रो मुल एजेण्डा भनेको पृथ्बी नारायण शाहले लिम्बुवान राज्य संग सन्धी गर्दाको बखत लिम्बुवानको भौगोलिक सिमाङ्कन कस्तो थियो ? यथार्थमा त्यो लिम्बुवानको भोगोल हो । त्यस अवस्थामा लिम्बुवानमा कम जनसङख्या धेरै जङ्गल, पहाड हिमाल र तर्राईमा सबै जङ्गल थियो । त्यो अहिले ९ जिल्लामा बिभाजित गरिएकोछ । त्यसलाई लिम्बुवान स्वयत्त क्षेत्र घोषणा गर्नु पर्छ र लिम्बुवानको आदिवासी भुमिपुत्र हरुको हक सुनिश्चित गरिनु पर्छ । लिम्बुवानको आदिवासी भुमिपुत्र हरुको भाषा लिपी, धर्म संस्कार संस्कृती भेष भूसा आदीको सम्रक्षण सम्बर्धन लिम्बुवान बाट हुनु पर्छ । लिम्बुवानमा बसोबास गर्ने अन्य बिबिध जात जाती लिम्बुवान वासीहरुको सहअस्तित्व र समानताको आधारमा प्रजातान्त्रीक परिपाटी अनुरुप राज्य संचालन हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।
जहासम्म सत्ता साझेदारीको सवालछ त्यसमा राजननितिलाई कसैले ओहोदा तथा सत्ता साझेदारी संग मात्र जोडने दृष्टिकोण राख्छ भने त्यो गलत बुझाई हो । सत्ता साझेदारीको कुरा आवस्यकता समय र परिस्थित अनुसार हुने कुराहो । राजनितिलाई सत्ता राझेदारि भन्दा माथि उठेर राष्ट्रका सम्पुर्ण नागरिकहरुलाई राष्ट्रिय मुल प्रवाहमा समाहित गरि मुलुकमा शान्ति अमन्चयन तथा दिगो बिकास कायम गरि एउटा समुन्नत राष्ट्र निर्माण गर्ने मार्गदर्शनको रुपमा बुझनु आवस्यक हुन्छ । यदि मुलुकको निमित राजनैतिक दर्शन तथा त्यसका सारथिहरु नै गलत छन भने त्यो नै मुलुकको निमित वाधक हो । अहिले मुलुकलाई समुन्नत बनाउन नया अग्रगामी राजनैतिक बिचार एवं ब्यबस्थाको खाचो छ ।

९. सम्विधान सभाको चुनाव पछाडी लिम्वूवान स्वायत राज्य पूर्णरुपमा हुन्छ भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ? हुनुहुन्छ भने त्यसको आधारहरु के के हुन् त ?
हामी बिश्वस्त छौ । यदि सरकार जिम्मेवार छ र मुलुकमा शान्ति अमनचयन कायम गर्न र मुलुकलाई समुन्नत संबृद्ध वनाउन सरकार चाहान्छ भने यो कुनै आकासको फल होईन । यसको आधार भनेको नम्बर एक पृथ्बी नारायण शाहाले लिम्बुवान राज्य संग सन्धी गर्दाको बखत लिम्बुवानको भौगोलिक क्षेत्र । बि.सं. १८३१ साल र पटक पटक गरिएको संन्धी लाल मोहोर । वि सं २०४५ साल सम्म अस्तित्वमा रहेको किपट प्रथा । साथै हालसालै नेपाल सरकारले लिम्बुवानवादी पार्टीहरु संग गरेको सम्झौताहरु हुन । जसमा भनिएकोछ संबिधान सभामार्फ ऐतिहासिक तथ्यको आधारमा लिम्बुवान राज्यको सुनिश्चितता गरिने छ । यदि सरकार इमानदारिताका साथ वचनबद्ध छ भने लिम्बुवानको खाका स्पस्ट कोरिएकैछ ।

१०. एउटै लिम्वूवान क्षेत्रलाई विकास गर्न अहिले देशविदेश गरेर झण्डै एक दर्जन भन्दा वढी लिम्वूवानका पार्टीहरु खुली सकेका छन् के भोलि यी पार्टीहरुले लिम्वूवानको लागि एक भएर जानु आवश्यक छैन ? एउटै क्षेत्रको लागि यति धेरै पार्टीहरु आवश्यक छ र ?
यस सवालमा अन्य पार्टीहरुको चर्चा परिचर्चा गर्न म याहा सँन्दर्भिक ठान्दीन तर हाम्रो बिचरमा हामी सबै एक भएर जानु उपयुक्तहो र हाम्रो कार्यगत एकतामानै हाम्रो भलाई हुन्छ भन्ने रहेको छ । पार्टीहरु यतिधेरै खुल्नु आश्यक छ - भन्ने सवालमा पार्टीहरु खुल्नु अनावश्याक हो जस्तो लाग्दैन । मात्र हामीले बुझनुपर्ने कुरा केहोभने यी पार्टीहरुले बोकेको सिद्धान्त, अवधारणा एवं दृष्टिकोणहरु लिम्बुवान र लिम्बुवानबासीहरुको लागी कति उपयुक्त छन कि छैनन् भन्ने चाहि मुल बिषयहो । त्यसका साथै आफनै डमरु वजाउनका लागी मात्र पार्टी खोलिएका हुन कि सच्चा लिम्बुवानवादी भावनाबाट उत्प्रेरित भएर पार्टी संगठन गरिएको हो भन्ने कुरा बुझ्न जरुर छ ।

११. लिम्वूवान डट ब्लगस्पोट डटकम मार्फत लिम्वूवानवासी तथा संसारभर छरीएर रहनु भएका लिम्वू दाजुभाई दिदीवहिनीहरुमा केहि शन्देस दिन चाहानु हुन्छ कि ?
लिम्बुवान वासी तथा संसारमा छरिएर रहेका तमाम लिम्बुवान बासीहरुमा म के अपिल गर्न चाहान्छु भने । हामीले एकजुट भएर लिम्बुवान स्वयत्त राज्य प्राप्तीको लागी आ-आफ्नो स्थानबाट लडौ । वाहिर हुने साथिहरु सबै लिम्बुवान जार्अौ । लिम्बुवान स्वयत्त राज्य प्राप्त नभए सम्म हाम्रो लर्डाई स्थगीत नगरौ । हामी जस्तोसुकै लर्डाई लडन पनि लिम्बुवानको लागी तयार हौ । समयले लिम्बुवानको युगपुरुष तथा योद्धाहरुको जन्म गर्दै जानेछ । अहिलेनै हामी हिम्मत नहारौं । लिम्बुवानका ज्ञात अज्ञात शहिदहरुको सम्मान गरौ । लिम्बुवानमा बसोबास गर्ने सम्पूर्ण जातजातीहरु एकै हौं र समान छौ भन्ने भावनात्मक बिकास गरी हातमा हात र काधमा काध मिलाएर अघि बढौ । यसैमा हामी तमाम लिम्बुवान बासीहरुको कल्याण हुनेछ ।

जय मात्री भूमि लिम्बुवान