May 26, 2010

रविन कुमार नाल्बोसंगको अन्तरवार्ता

मेची अञ्चल ताप्लेजुङ जिल्ला अन्तर्गत नाल्बु गा.बि.स.वडा नं.५ चाम्ब्रुङमा बि.सं.२०३२ फाल्गुन ४ गते जन्मनु भएका रविन कुमार नाल्बो(लिम्बु) हाल हङकङमा सपरिवार बसोवास गरी रहनुको छ । पाटन बहुमुखी क्याम्पसबाट प्रमाण पत्र तहसम्मको शिक्षा ग्रहण गरि हङकङ आउनु भएको हो वहाँले पहिले कोरीया ताई क्वान दो चुङ दो क्वान नेपाली समूहमा ८ वर्षसम्म आवद्ध भएर ३ डन सम्मको खेल उपाधि लिई सक्नु भएको छ । त्यसपछि आफैले कोरीया ताई क्वान दो चुङ दो क्वान सम्वद्ध भएर एभरेष्ट ताई क्वान दो एकेडेमी स्थापना गरे पाश्चात ४ डनको उपाधि पनि हाँसील गरेर ब्यावसायीक र सामाजिक सेवामा निर्लिप्त भएर लाग्नु भएको छ । एभरेष्ट ताई क्वान दो एकेडेमी स्थापनाको चारौ बर्षको क्रममा झण्डै २००भन्दा बढी नेपाली तथा गैरनेपालीहरु ताई क्वान दो खेलको प्रशिक्षण लिई रहेकाछन् । तेस्रो,चौथो अन्तर्राष्ट्रिय ताई क्वान दो च्याम्पियनसीपमा रजत र कास्य पदक समेत प्राप्त गरी सक्नु भएको छ । नेपाली महासंघ हङकङले सन् २००८ र २००९ मा कदर पत्र र मेडल साथै नेपाली पदक तेस्रोले विभूषीत हुनु भएको छ । र किरात यक्थुङ चुम्लुङ हङकङले पनि सम्मान पत्र दिएको छ । हङकङमा भएका ताइ क्वान दो च्याम्पियनसीपहरुमा अफिसियल जज र रेफ्रीको भूमिका पनि असल तरिकाले पूरा गरी सक्नु भएको छ । यिनै दिग्गज खेलाडी गुरुसंग लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरीएको छ ।
१.ब्यवहारीक काम,सामाजिक कामसंगै खेलकुदको समयलाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
हङकङ जस्तो ब्यस्त ठाउँमा सम्पूर्ण काम गर्नु पर्ने भएकोले ब्यवहारीक काम,सामाजिक कामसंगै खेलकुदको समयलाई आफ्नो कर्तब्य सम्झेर निरन्तर रुपले अगाडी बढ्ने काम गरी रहेको छु । विशेष खेलकुदमा ताई क्वान दोलाई ,सामाजिक तथा पेशागत रुपले हङकङमा अङगाली रहेको छु । त्यसै भएकोले यी सारा कामहरुको तालमेल मेरो आन्तरीक इच्छाशक्तीले भएको हो ।
२.तपाईले ताई क्वान दो खेलको चार डन लिई सक्नु भएको ब्यक्ति हुनु भएकोले यो खेलमा प्राप्त गर्नु भएको अनुभव छोटकरीमा बताई दिनु होस् ?
खासगरी म ताई क्वान दो खेलमा लागेको लगातार १२ बर्षपुग्यो । र यहाँ लाग्नुको प्रमुख कारण यस प्रकार छ । सबै भन्दा पहिले खेलले शारीरीक,मानसिक,बौद्धिक र नैतिक,आत्मरक्षा र ब्यतित्व बिकास गर्दछ तसर्थ यीनै कारणले आकषिर्त गरेर यता लागेको हुँ । त्यहि अनुरुप मैले यस क्षेत्रबाट यी सबै कुरा सिक्ने ,जान्ने अवसर पाए । जस्ले गर्दा आज म आफ्नै खुट्टा उभ्न सक्ने सक्षम ब्यक्ति भए । र यस शिक्षालाई हङकङमा बसोबास गर्नुहुने नेपाली तथा गैरनेपालीहरुमा बाड्ने काम एभरेष्ट ताई क्वान दो एकेडेमी स्थापना गरेर हङकङको बिभिन्न स्थानहरुमा प्रशिक्षण कक्षाहरु सञ्चालन गरीरहेको छु । युवा युवती देखि लिएर प्रौढ सम्मका ब्यक्तिहरुलाई कुलतबाट बचाउँन साथै आत्मरक्षा, शारीरीक,मानसिक,बौद्धिक र नैतिक र ब्यक्तित्व बिकासको लागि यो कार्यमा निरन्तर लाग्दै आएको छु । र आज सम्म मैले प्राप्त गरेका अनुभवहरु यिनै नै हुन् ।
३.ताई क्वान दो खेलमा लागेर आज सम्ममा तपाईले कुनै पदक तथा सम्मानहरु प्राप्त गर्नु भएको छ ?
यस ताई क्वान दो खेलमा लागेर सन् २००३ मा अमेरीकामा भएको तेस्रो अन्तर्राष्ट्रिय ताई क्वान दो च्याम्पीयनसीप इस्पायरीङ खेलमा सबै भन्दा पहिले रजत पदक प्राप्त गरे साथै सन् २००५ सालमा चौथौं अन्तर्राष्ट्रिय ताई क्वान दो च्याम्पीयनसीप इस्पायरीङ खेलमा पनि मैले काश्य पदक प्राप्त गरेको थिए । च्याम्पीयनसीप होस्टिङ कमिटीको सदस्य र आर्थिक सहयोग विभागको अध्यक्ष समेत भएको थिए । यस क्षेत्रमा क्रियाशील रुपले लागेको हुँदा किरात याक्थुङ चुम्लुङ हङकङले सन् २००५ मा सम्मान पत्र र नेपाली महासंघ हङकङव्दारा सन् २००८ मा कदर पत्र साथै मेडल र सन् २००९ मा नेपाली तेस्रो पदकव्दारा सम्मानित भएको छु ।
४.ताई क्वान दो खेलकुद क्षेत्रमा लाग्नुको प्रमुख कारण के हो ?
खासगरी म ताई क्वान दो खेलमा लाग्नुको प्रमुख कारण शारीरीक,मानसिक,बौद्धिक र नैतिक,ब्यक्तित्व बिकासको लागि नै हो । साथै यसक्षेत्रबाट सामाजिक प्रतिष्ठा र सम्मान पनि प्राप्त गर्न सकिने भएकोले खेल क्षेत्रबाट अगाडी बढेको हुँ । हङकङ ताई क्वान दो एसोसीएसनबाट एड्भान्स कोच (प्रशिक्षक)गरेको छु साथै क्वैलिफाइड रेफ्रीको रुपमा पनि काम गरी रहेको छु । वल्ड ताई क्वान दो फेडेरेसन कुकीवनबाट अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स सन् २००७ मा पुरा गरी सकेको छु ।
५.ताई क्वान दो खेलले मानिसको जीवनमा कस्तो प्रकारको प्रभाव पार्दछ ?
ताई क्वान दो खेलले मानिसको जीवनमा सकारात्मक प्रभाव पार्दछ । जस्तो की नेपालको ताई क्वान दो खेल क्षेत्रलाई फर्केर हेर्दा सबै भन्दा पहिले सन् १९८८ को साउथ कारीया सिउल ओलम्पीकबाट बिधान लामाले कास्य पदक प्राप्त गरेका थिए । जस्ले गर्दा सिङगो नेपाललाई बिश्वभरी चिनाएका छन् । त्यसरी नै बिश्वलाई नेपाल चिनाउनेहरुमा राज कुमार राइ,सीता राइ,सङगीना वैद्य,रेनुका मगर,दीपक बिष्ट आदि हुन् । तसर्थ ताई क्वान दो खेलले मानसम्मान साथै बौद्धिक,नैतिक,शारीरीक र मानसिक,ब्यक्तित्व बिकास गर्ने भएकोले मानिसको लागि ज्यादै महत्वपूर्ण कुरा हो । राष्ट्रलाई बिश्वमा चिनाउदा देशले पनि उच्च सम्मानका साथ आर्थिक पुरस्कार दिने भएकोले खेलाडीको जीवनस्तरलाई धेरै सहयोग पुर्याएको छ । ताई क्वान दो खेलले गर्दा बैदेशीक रोजगार,बैदेशीक आत्मसम्मान साथै अन्य बिभिन्न अवसर समेत पाएका छन् ।
६.तपाई ताई क्वान दो खेलको गुरु हुनु भएकोले अन्य कार्यक्षेत्रमा पनि गुरुको चरित्र प्रदर्शन गर्नु हुन्छ की हुन्न ?अथवा खेल र कार्य क्षेत्रमा गुरुले निभाउनु पर्ने भूमिका वेग्लै हुन्छ ?
म एउटा ताई क्वान दो खेलको गुरु भएको नाताले के भन्न चाहन्छु भने खेल र कार्य क्षेत्रमा चरीत्र प्रदर्शन गर्नु पर्नेमा केहि फरक पर्दछ । किनकी ताई क्वान दो खेल अनुसारको निति नियम र निर्देशन पालना गर्नुपर्ने भएकोले त्यहि अनुरुप गुरुले आफ्नो चरीत्र प्रदर्शन गर्नु पर्दछ । साथै कार्यक्षेत्रमा कम्पनीको निति नियम र निर्देशन अनुसार बिभिन्न ओहदामा रहेर काम गर्नु पर्ने हुँदा त्यहि अनुरुप नै काममा प्रस्तुत हुनु पर्दछ । खेल र कामको प्रकृति नै फरक भएकोले परिस्थिती अनुसार म प्रस्तुत हुने गर्दछु ।
७.तपाई लिम्बुवानको लिम्बु खेलाडी भएको नाताले हाल नेपालमा लिम्बुवान स्वायत राज्यको कुरा आईरहेको छ यस बारेमा तपाईको बिचार के छ ?
म एउटा लिम्बुवानको लिम्बु खेलाडी भएको नाताले हाल नेपालमा लिम्बुवान स्वायत राज्यको कुरा आईरहेकोलाई सकारात्म रुपले हेरी रहेको छु । र त्यसको लागि सहयोग गर्नुपर्ने मानसिक तथा आर्थिक सहयोग पूर्णरुपले गरी नै रहेको छु । नेपालको इतिहासलाई पल्टाएर हेर्दा लिम्बुवान राज्य छुट्टै भएको देखिन्छ । तर शासकहरुले यस राज्यलाई तहसनहस गरी नामेट गराएका थिए । र पनि लिम्बुहरुको भाषा,धर्म,संस्कार,संस्कृति,लिपि कहिल्यै लोप भएर गएन । शायद यसकै कारणले होला लोकतन्त्रको आगमन पाश्चात लिम्बुवान शब्दले पुनर्जन्म पायो । त्यसैले अव म के भन्न चाहन्छु भने लिम्बुवान स्वायत राज्य नेपाल सरकारबाट नै घोषणा होस् । साथै अव बन्ने लिम्बुवान स्वायत राज्य लिम्बुहरुको मात्र नभएर गैरलिम्बुहरुको पनि हो । यसैले लिम्बुवानलाई सारा लिम्बुवानबासीहरुले माया गरौं ।
८.तपाईले हङकङमा एभरेष्ट ताई क्वान दो एकेडेमी समेत खोलेर खेलको बिकास र शिक्षा दिईरहनु भएको छ त्यसैले यस संस्थाको कार्य र उदेश्य के होला ?
एभरेष्ट ताई क्वान दो एकेडेमीको प्रमुख कार्य भन्नु नै ताई क्वान दो खेलको बिकास गर्नु हो । साथै यस संस्थाले खेलाडीहरुको मानसीक,बौद्धिक,शारीरीक,नैतिक र ब्यक्तित्व बिकास गर्ने कार्यमा लागि रहेको छ । खेलबाट नै सामाजिक र ब्यावसायीक सेवा गर्न सकिने भएकोले नेपाली तथा गैरनेपाली खेलाडीहरुमा यिनै उदेश्यहरु राखेर खेल प्रशिक्षण कार्य गर्दै आएको छ । यसै क्रममा हङकङ नेपाली महासंघले सन् २००८ म प्रशिक्षकलाई कदर पत्र प्रदान गरेको थियो भने २००९ मा संस्थालाई नेपाली तेस्रो पदकले समेत सम्मान गरेको थियो ।
९.तपाईले खेल क्षेत्र नै रोज्नुको कारण के होला ?यदि खेल क्षेत्रमा नलाग्नु भएको भए कुन क्षेत्रलाई रोज्नु हुन्थ्यो होला ?
म एक प्रकारले सानै देखि खेल खेल्नमा मरीहत्ते गर्थे । त्यसवेला मलाई खेलबाट समाजसेवा वा ख्याती कमाईन्छ भन्ने कुरा थाहा थिएन तर पनि खेलप्रति ज्यादै आकर्षित थिए । खासगरी म सानो छदा बिना हतियार बलियो हुन मन लाग्थ्यो । साथै माध्यमिक विद्यालय जादा ताप्लेजुङमा मैले औपचारी कराते खेल प्र दर्शन गर्ने मौका पाए । त्यसपछि क्याम्पस अध्यायन गर्दा काठमाडौंमा मैले औपचारीक रुपले ताई क्वान दो खेल खेल्ने र सिक्ने अवसर पाएको थिए । नेपालमा रहदा समय अभावले गर्दा ताई क्वान दो खेललाई निरन्तरता दिन सकिन । तर हङकङ अगमन पाश्चात भने कोरीया ताई क्वान दो चुङ दो क्वान हङकङको नेपाली समूहको प्रशिक्षार्थी र प्रशिक्षक भएर झण्डै ८ वर्ष त्यहा आवद्ध भए ।त्यसपछि भने मैले एभरेष्ट ताई क्वान दो एकेडेमी खोलेर यो खेलको प्रशिक्षण दिने कार्य पनि गर्दै आएको छु । हाल यो एकेडेमी चौथौं बर्षा प्रवेश गरीसकेको छ । म सानो छदाको खेल खेल्ने सपना अहिले आएर वास्तबिकतामा परिणत भएको छ । खेल नै मेरो सपना भएकोले खेल क्षेत्र रोजेको हुँ । यदि खेल क्षेत्रमा नलागेको भए नेपाल भने राजनितिक नेता नै हुन्थे होला । किनभने सानो छदा पनि राजनितिक गतिविधीलाई रुचाउथे । हङकङमा पनि खेललाई नरोजेको भए सामाजिक सेवा तिर खुलेर लाग्थे होला । खासगरी यहाँ मैले खेलबाट नै समाजिक सेवाको कार्य गरी नै रहेको छु ।
१०.ताई क्वान दो खेल क्षेत्रमा आउनु हुने नयाँ पुस्ताका खेलाडीहरुलाई कस्तो प्रकारको सल्लाह र सुझाव दिन चाहनु हुन्छ ?
ताई क्वान दो खेलको शुरुआत हुँदा मार्सल आर्टको रुपमा खेलिदै आएको थियो । तर पछि गएर पूर्णरुपले स्पोर्टको रुपमा परीणत भयो । त्यसपछि भने बिश्व कै लोकप्रिय खेलको रुपमा खेल्न थालियो । यो खेलको स्तर र महत्व दिनप्रति दिन स्तरीय बन्दै गयो जस्ले गर्दा बिश्वभरीमा १३४ देशबाट झण्डै १ करोड ८० खेलाडीहरु र ५० लाख भन्दा बढी प्रशिक्षकहरु मात्र रहेकाछन् । यसरी खेलाडीहरु दिनानु दिन वृद्धि हुनुको प्रमुख कारण मानसीक,नैतिक,वौद्धिक,शैक्षिक,ब्यक्तित्व र आर्थिकको समेत बिकास गर्ने भएकोले यो खेलमा लाग्नको लागि नयाँ पुस्ताका खेलाडीहरुलाई प्रेरीत गर्न चाहन्छु । यो खेलको भविष्य अहिले भन्दा पनि अझ गुणात्मक रुपले वृद्धि हुदै जाने भएकोले यो खेलको मुल्य र मान्यता बिश्वभरीमा नै उच्च रहेको छ । त्यसैले ताई क्वान दो खेल क्षेत्रमा लाग्न नयाँ पुस्ताका खेलाडीहरुलाई सल्लाह र सुझाव दिन चाहन्छु ।
११.तपाई हङकङमा रहनु भएकोले नेपालको वर्तमान राजनैतिक परिस्थितिलाई एउटा खेलाडी हैसियतले कसरी मुल्याङकन गर्दै हुनुहुन्छ ?
म अहिले हङकङमा रहे पनि नेपालप्रतिको मायाँ र स्नेह नेपाल रहनु हुने नेपालीहरुको जति नै छ । सायद बिदेशी भूमिमा बसीएकोले होला नेपाल प्रतिको माया झन प्रगाढ भएर आएको छ । खासगरी नेपाल दुइ ढुङगा बिचको तरुल भने पनि हुन्छ । दुइ बिश्व कै शक्तिसाली देशहरुको बिचमा रहेर राजनैतिक खिचलो मचाउनु निक्कै अशुभ कार्य हो किनकी भोलि गएर राजनैतिक तानातानले गर्दा राष्ट्रको नाम नै नामेट भएर जान सक्छ । त्यस कारण नेपालका ठुला साना सबै राजनैतिक पार्टीहरु एकजुट भएर राष्ट्रको हितमा अगाडी बढ्न जरुरी छ । र नेपालमा शान्तिको अमनचयन कायम गरी सारा नेपालीहरुको बाच्ने अधिकार सुरक्षित गर्नु पर्दछ । तब मात्र नेपालले बिकासतिर फड्को मार्ने सुअवसर प्राप्त गर्दछ । नेपाली नागरिकहरुको सम्पूर्ण हकअधिकार सुरक्षित गरी शैक्षिक,आर्थिक,नैतिक बिकास भएको म हेर्न चाहन्छु । जस्को लागि नेपालको राजनैतिक पार्टीहरुले प्रमुख भूमिका खेल्नु पर्दछ । चीन र भारत बिच राजनैतिक समन्वय कायम गरी अघि बढ्नु पर्दछ । तब मात्र नेपालको सार्वाङगीण बिकासको ढोका खुल्दछ । अहिलेको राजनैतिक परिस्थिति सकरात्मक र नकरात्मक दुबै पक्ष बिच गुज्रिरहेको छ । त्यसैले दुवै पक्ष मिलेर राष्ट्रको लागि अगाडी बढ्नु नै उचित ठान्दछु ।
१२.एउटा ताई क्वान दो खेलाडी गुरुको आँखाले खेल र जीवनलाई कसरी हेर्नु हुन्छ ?
एउटा ताई क्वान दो खेलाडी गुरुको हैसियतले म खेललाई मानिसको जीवनको अत्यान्तै जरुरी अथवा नभई नहुने कुराको रुपमा हेर्दछु । किनभने खेलले मानिसको ब्यक्तिगत जीवनलाई बिकास गर्न सहयोग गर्दछ । खेलले खासगरी शारीरीक,मानसिक,बौद्धिक,नैतिक,आत्मरक्षा,ब्यक्तित्व र आर्थिक हिसावले पनि अगाडी बढ्न मद्दत गरेको छ । ताई क्वान दो खेल ओलम्पीकको लोकप्रिय खेल मध्ये एकमा पर्दछ । र यो खेल बिश्व कै धेरै भन्दा धेरै मानिसहरुले खेल्ने गरेका छन् । मानिसको शारीरीक बिकासको लागि खेल ज्यादै आवश्यक पर्दछ । त्यसैले खेललाई मानिसको लागि नभई नहुने कुराको रुपमा हेर्दछु । किनभने बिश्वका मानिसहरु कुनै न कुनै खेलमा आवद्ध भएका हुन्छन् । मानिसले जन्मे देखि अन्त्य सम्ममा महान कार्य गरेका हुन्छन् । जस्तै बैज्ञानिक,पाइलट,डाक्टर,इन्जिनियर,राजनेता,अभिनेता,भविष्यवेत्ता,मनोवैज्ञानिक,भूगर्भशास्त्री र अर्थशास्त्री आदि बन्छन् । त्यसरी नै खेलले गर्दा पनि मानिस लोकप्रिय खेलाडी रुपमा प्रस्तुत हुन सक्दछ । जस्तै राष्ट्रलाई चिनाउने खेलाडीहरु हुन्छन् । यसकारणले गर्दा मानिसको जीवनलाई खेलाडी गुरुको आखाले हेर्दा ज्यादै भिन्न रुपले देख्दछु ।
१३.यस खेलमा लाग्नको लागि कसैको प्रेरणा छ की ? साथै खेलमा प्राप्त गर्नुभएको श्रेय कस्लाई दिन चाहनु हुन्छ ?
खासगरी यस खेलमा लाग्नको लागि कसैको प्रेरणा छैन भन्दा पनि हुन्छ । म आफै त्यागी भएर लागेको हुँ । सुरुमा यस खेललाई अङगाल्दा कसैले पनि खेल क्षेत्रमा लाग्नको लागि प्रोत्साहन दिएनन् । बरु हतोत्साह गर्न खोजे तर मैले आफ्नो लक्ष्यमा पुग्नको लागि निरन्तर पाइला चाली रहे । जस्ले गर्दा म आज यस स्थानलाई ग्रहण गर्न पुगे । खेल क्षेत्रमा लागेर प्राप्त गरेको श्रेय खासगरी मेरो परिवारलाई दिन चाहन्छु । किनभने मेरो घर परिवारको सम्पूर्ण काम मेरी श्रीमति एक्लैले पुरा गरी दिएर सारा समय निकाली दिन्थिन् । त्यहि समयको सदुपयोग गर्दै खेल क्षेत्रबाट यस्तो उपलब्धि प्राप्त गरेको हुँ । यदि घरको सरसहयोग नहुने हो भने मेरो खेलको सपना अवश्य पुरा हुने थिएन ।
१४.लिम्बुवान ब्लगको माध्यमबाट बिश्वभर छरिएर रहनु भएका पाठकहरुलाई केहि सन्देश दिन चाहनु हुन्छ ?
सर्वप्रथम यस ब्लगमा मलाई आफ्नो दुइ शब्द राख्ने मौका दिनु भएकोमा तपाई टंक सम्वाहाम्फेलाई धन्यवाद दिन चाहन्छु । र बिश्वभर छरिएर रहनु भएका मेरा साथीभाइ सम्पूर्ण सुभचिन्तकहरुलाई र्सबप्रथम कुनै पनि खेलमा लागेर खेलको बिकासमा जुनसुकै देशमा वा स्थानमा रहेर पनि योगदान दिन सक्नु हुनेछ । खासगरी खेलले ब्यक्तित्व,नैतिक,वौद्धिक,शारीरीक,मानसिक,आत्मरक्षा र आर्थिक बिकासमा सहयोग पुर्याउने भएकोले यस क्षेत्रमा लागेर तपाईहरु सधै अगाडी बढी रहनुहोस् । जहाँ रहे पनि हाम्रो देश नेपाल र नेपालीलाई माया गर्नुहोस् । खेल अहिले समयसापेक्ष सवैले खेल्नु नै उचित ठान्दछु ।

Apr 16, 2010

नवराज सुब्बासंगको अन्तरवार्ता

म मातृभाषामा पनि लेख्छु र मातृभाषालाई पनि उत्तिकै माया गर्छु ।
कवि,गीतकार तथा गायक नवराज सुब्बा हाङपाङ आठर्राई जिल्ला ताप्लेजुङमा जन्मनु भएको हो । उहाँले एम.ए. (नेपाली), एम.पी.एच (जनस्वास्थ्य) शिक्षा ग्रहण गरिसक्नु भएको छ भने विद्यावारिधि गर्ने क्रममा हुनुहुन्छ ।जीवन मेरो शब्दकोशमा -कवितासंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,जनस्वास्थ्य पाटा, बाटा र अनुभूति -लेखसंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,राजबंशी समुदायको स्वास्थ्यस्थितिको अध्ययन, स्वास्थ्य सुधार कार्यक्रम लगायत जनस्वास्थ्य क्षेत्रका अध्ययन अनुसंधान सम्बन्धी ६ वोटा पुस्तकहरू प्रकाशित भैसकेका छन् ।वाणी प्रकाशन विराटनगर, नवरङ्ग साहित्य प्रतिष्ठान झापा, नेपाली भाषा एवम् ब्याकरण संरक्षण प्रतिष्ठान विराटनगर, नाट्येश्वर नृत्यकला प्रशिक्षण केन्द्र विराटनगर, किराँत याक्थुङ चुम्लुङ विराटनगर, नेपाल रेडक्रस, स्वाजन साहित्यिक समाज काठमाडौ, नेपाल जनस्वास्थ्य संघ, नेपाल स्वास्थ्य ब्यवसायी परिषद्मा समेत संलग्न हुनुहुन्छ ।गोरखादक्षिणबाहु, विज्ञान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित खुला रेडियो क्वीज प्रतियोगिता तथा पूर्वान्चल क्षेत्रिय स्तरको निवन्ध प्रतियोगिता साथै अन्तर्राष्ट्रिग वेवक्याम कविता गोष्ठिमा प्रथम पुरस्कार समेत ग्रहण गरिसक्नु भएको छ ।उनै बहुप्रतिभाशाली ब्यक्तिसंग लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।
१.घरयासी काम, जागीर र लेखनलाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
म प्राथमिकताका आधारमा समय व्यवस्थापन गर्दै काम, जागिर र लेखनको तालमेल मिलाउँछु । मेरो हालको प्राथमिकता राष्ट्रसेवा अर्थात् जागिर हो त्यसबाट बचेको समय लेखन अर्थात् सिर्जनामा उपयोग गर्छु ।
२.लेखन क्षेत्रतिर लाग्नुमा कसैको प्रेरणा छ कि ? लेखन क्षेत्र नै रोज्नुको प्रमुख कारण के हो ?
प्रथमतः लेखनमा प्रेरणा दिने मेरो मन नै हो । मनले मलाई चूप लागेर बस्न दिँदैन । सामाजिक दायित्व अर्को महत्वपूर्ण प्रेरणाको श्रोत हो । मलाई जन्म दिने हुर्काउने जगत र मानवजातिलाई मैले पनि केही गरेर मात्र मर्नुपर्छ भन्ने दायित्वबोध अनि धरतीको धुकधुकी अर्थात् देशको पुकार मेरो लेखनका प्रेरणा हुन् ।
३.तपाई गीत,संगीत,गायन र साहित्य यी सबै क्षेत्रमा लम्किरहनु भएको छ त्यसमा कुन क्षेत्रले बढी सन्तोष मिले झैं लाग्छ ? सन्तुष्टि हुनुको कारण के हो ?
साहित्य र संगीत कलाकै पाटाहरू हुन् । भावनाले कहिले साहित्य अनि कहिले संगीत खोज्छ । यसैले कहिले कोर्छु कविता, कहिले गजल कहिले निबन्ध । यतिमा म आफू निथ्रन्न क्यार ! आफूलाई व्यक्त गर्न कहिले गीत पनि लेख्छु अझै चित्त बुझदैन र कहिलेकाहीँ आफै गीत गाउँछु र नाच्छु । मलाई सबै बिधाले उत्तिकै सन्तुष्टि दिन्छन् । तैपनि संगीतमा डुब्दा मलाई कता कता इश्वरको बोली गुञ्जिए जस्तो लाग्छ र सरगमले लठ्ठ बनाउँछ ।
४.लिम्बुवान शव्द खासगरि लिम्बुजातिसंग जोडिएको छ तर अबका दिनहरुमा लिम्बुवान शब्दलाई कसरी परिभाषा गर्न जरुरी छ होला जस्तो लाग्छ ?
लिम्बूवान जातीविशेष भन्दा माथि छ । यो एउटा सिङ्गो सँस्कृति, भूगोल र इतिहास हो ।
५.तपाई लिम्बुवान क्षेत्रको लिम्बु तर मातृभाषामा साहित्य नलेखेर नेपाली भाषाबाट नै साहित्य लेख्दै हुनुहुन्छ के मातृभाषामा साहित्य लेख्नु पर्छ जस्तो लाग्दैन ? र मातृभाषामा साहित्य लेख्न कतिको जरुरी सम्झनु हुन्छ ?
जीविकोपार्जन, व्यक्तित्व विकास र मुलुकको विकासमा लाग्दा कमसेकम एउटा साझा सम्पर्कभाषा चाहिन्छ नै । हामीले खस भाषालाई नेपाली भाषा तथा राष्ट्रभाषा भन्यौ । मलाई लाग्छ लिम्बू भाषा पनि नेपाली भाषा नै हो यसको संरक्षण र प्रबर्धन गर्ने पहिलो दायित्व लिम्बूजातिको हो दोश्रो सरकारको र तेस्रो सबैको दायित्व हो । लिम्बूभाषा मात्र हैन लोपोन्मुख कुनै पनि भाषा र संस्कृतिलाई हामी सबैले संरक्षण गर्नुपर्छ । के लेख्ने, किन लेख्ने, कसलाई लेख्ने, कसरी लेख्ने भन्ने कुराको हेक्का लेखकले राख्नुपर्दछ । भाषा भनेको माध्यम हो, साधन हो । भाषालाई साध्य मानेर अतिवादी सोंच राख्नु व्यवहारिक हुँदैन । आज कतिपय लिम्बूलाई लिम्बूभाषा सिकाउन नेपाली वा अंग्रेजी भाषाको सहयोग लिनुपर्ने यथार्थ हाम्रो सामु छँदैछ । हामीले नेपाली, अग्रेजी, हिन्दी भाषा सिक्यौं, बोल्यौ, लेख्यौ र त आज मातृभाषाको महत्व बुझ्यौं । यसैले ढिलै भए पनि म मातृभाषामा पनि लेख्छु र मातृभाषालाई पनि उत्तिकै माया गर्छु ।
६.अग्राधिकार र आत्मनिर्णयको अधिकार तथा जातिय स्वायत्तताको अवधारणा अवको नयाँ संविधानमा उल्लेखित भएर आउनु पर्छ भन्ने ती जातिहरुको माग छ यसलाई अहिलेको संविधानसभाले कतिको मनन् गर्लान् जस्तो लाग्छ ?
मुलुकको अखण्डता र राष्ट्रिय एकतामा खलल नपर्ने गरि जातिहरूको मागलाई सम्बोधन गरिनुपर्छ यो समयको माग हो । म आशावादी छु ।
७.साहित्यकार नवराज सुब्बालाई नवराज सुब्बाले नै हेर्दा कस्तो देख्नु हुन्छ ?
आफैलाई देखेर म पनि कहिलेकाहीँ छक्क पर्छु । म किन सधैं यत्ति हतारोमा । अलि आराम गर्न किन मन मान्दैन । अनन्त सिर्जना किन फुर्फुराइरहन्छन् । कहिले आफैसित दिक्क लाग्छ अनि कहिले आफैलाई दया लाग्छ ।
८.संविधान जारी गर्नु पर्ने दिन अव कति पनि छैन अर्कातिर राजनैतिक खिचातानी पनि त्यसरी नै बढी रहेको छ त्यसैले नयाँ संविधान जारी हुन्छ भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ?
समुन्द्र मन्थन भनेको सायद यही होला । अमृत निस्केला आशा गरौं ।
९.एउटा साधारण मान्छे र एउटा साहित्यकार बीचको सम्वन्ध कस्तो हुनुपर्छ होला ?
"खुकुरी भन्दा कर्द लाग्ने" भने जस्तै साधारण मान्छे भनेको पिता हो साहित्यकार पुत्र हो । साहित्यकार आफूले जीवन र जगत सबै बुझेको ढोंग गर्छ र सबैलाई सिकाउन खोज्दछ, साधरण मान्छे उसका कुरा सुन्छ, गुन्छ र मुसुमुसु हाँस्छ । कतिपय कुरा चित्त नबुझे पनि विवाद गर्दैन ।
१०.साहित्यकारहरुले आदर्शमात्र लेख्ने गर्छन् भन्छन् तर तपाई आदर्शवान मात्रै हुनुहुन्छ कि व्यवहारीक पनि हुनुहुन्छ ?
जीवनमा आदर्शको कुरा गर्दा सबैले यसलाई आआफ्नो ढँगले हेर्छन् र बताउँछन् । सत्य र जगतलाई व्याख्या गर्ने दार्शनिक र सिद्धान्तकारहरू भन्दा हामीलाई साहित्यकारहरुले देखेको वा लेखेको आदर्श नै सुन्दर लाग्छ । एउटा आदर्श विनाको जगत त्यसमा पनि मानवजगत त असम्भव नै हुन्छ । साहित्य भोगेर लेखेको राम्रो हो । कमसेकम देखेर लेखेको ठिकै हो । कल्पनाको पनि सापेक्षित सीमा हुन्छ । कल्पना गर्दै लेखिने साहित्यमा सिर्जना र सकारात्मक गुण अन्तर्निहित भएमा त्यो पनि ग्राह्य हुन्छ तर नकारात्मक सोंचले कल्पना गरिएमा त्यसलाई अग्राह्य र अव्यवहारिक मान्नुपर्ने हुन्छ । जस्तै डाँडा वारिपारि बस्ने दुइ पे्रमीहरुले विछोडमा " मैं पंक्षी भए उडीमा आउँथें" भनेर गीत नगाएको भए सायद मानिसले यति चाँडो हवाईजहाज बनाइसक्ने थिएनन् होला । विश्वास गर्नुस् नक्कले आदर्श जस्तो छैन मेरो कवित्व जो म जस्तै यथार्थ र व्यवहारिक पनि छ ।
११.वर्तमान राजनैतिक परिस्थितिलाई कसरी दृष्टिपात गरिरहनु भएको छ ? र साहित्यमा राजनितिक विषयबस्तु आउनु पर्छ कि पर्दैन होला ?
दृष्टिपात गर्ने फ्रेम कत्रो लिने हो यसमा निर्भर हुन्छ यसको विश्लेषण र निष्कर्ष। एकदशकको फ्रेममा राखेर हेरेमा राजनीतिक परिस्थिति उत्साहजनक छ अनि एक वर्षो फ्रेममा राखेर हेर्ने हो भने यो अलि कम उत्साहजनक छ । साहित्यमा राजनीतिक विषयवस्तु आउँदैमा डराउनु पर्दैन तर यसमा कलात्मकता, शिष्ठता, सालिनताको पहिरन चाहिन्छ । विचारको भारी सिर्जनालाई बोकाएमा यो बढी बौद्धिक साहित्य कम हुनसक्छ । सिद्धान्तबाट प्रभावित रचना नारा हुन सक्छन् यदी यसका कलात्मकता, सुन्दरता र शिष्ठताको ख्याल राखिएन भने । संक्षेपमा, भावनाको लोली हृदयको बोली नै साहित्य हो ।
१२.अवका नयाँ पुस्ताका साहित्यकारहरुले कस्तो प्रकारको साहित्य लेखनलाई अंगाल्न आवश्यक छ होला ? तपाईको सल्लाह सुझाव केहि छ की ?
साहित्यकारका थुप्रै जिम्मेवारी छन् । समाजलाई बाटो देखाउने, समय र समाजको चित्रण गर्ने आदि । जसरी राजनीतिको केन्द्रविन्दु जनता हुन्छ साहित्यको केन्द्रविन्दु मानव हुनुपर्छ । यही नाता नै साहित्यले जन्माएको नाता हो ।
१३.साहित्य पढ्न लेख्न प्राय सबैले रुचाउँछन् जस्तै नेता,मन्त्री,कर्मचारी र सर्वसाधरण वास्तवमा तिनै मान्छे सरकारमा पुग्छन् तर सरकारी नितिमा साहित्यलाई बढवा दिन कन्जुस्याँइ गर्छन् यसो गर्नुको प्रमुख कारण के होला जस्तो लाग्छ ?
साहित्य प्राथमिकताको सूचीमा नपर्नुमा अरुलाई मात्र दोष दिएर पन्छिन मिल्दैन यसमा साहित्यजगत आफै पनि केही हदसम्म दोषी छ । साहित्यिक सामग्री जीवनोपयोगी हुन् यिनले पाठकको श्रोत र समयको बर्बादी नगरुन् । जीवन र जगतलाई तलतिर हैन माथि उचालुन् तब राज्यले पनि बाध्य भएर यस्ता साहित्यिक सामग्रीहरुको प्रबर्धन गर्न बाध्य हुनुपर्छ ।
१४.जीवनलाई तपाई कसरी परिभाषा गर्नु हुन्छ ? तपाईको जीवनमा घटेका केहि अविस्मरणिय क्षणहरु छन् कि ? छन् भने बताई दिनुहोस् न ।
आशा र जीवन सिक्काका दुइ पाटाहरु हुन् । पहिलो अनलाइन वेभक्याम विश्व कविता प्रतियोगितामा २०६४ मा मैले आशै नगरेको फल प्राप्त गरें । अनायाश प्रथम स्थान पाउँदा एकसाथ खुशी र अचम्म महसूस गरें ।
१५.लिम्बुवान ब्लगस्पोट डटकमबाट संसारभर छरिएर रहेका पाठकहरुलाई केहि सन्देश दिन चाहनु हुन्छ ?
इतिहासको यो कालखण्डमा सबैभन्दा बढी माया र ममता कतै यदी कसैले खोजेको छ भने त्यो नेपाल र नेपालीले तपाईसँग खोजेको छ । मनन् गरौं । धन्यवाद !

Oct 19, 2009

विक्रम सुब्बासंगको अन्तरर्वार्ता

“गणतन्त्रको खेती कविता आन्दोलान” अझै जारी छ - विक्रम सुब्बा

विक्रम सुब्बाको वैयक्तिक विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रश्न १. गणतन्त्रको खेती कविता आन्दोलन कविता सुरु गर्नु भएको थियो । मुलुकमा गणतन्त्र आईसक्यो । यो आन्दोलन विर्सजन गर्नु भयो कि जारी छ ?
प्राविधिक रुपमा, प्रश्नमा भनेजस्तो ‘मुलुकमा गणतन्त्र आइसक्यो’ भनिहाल्न मिल्दैन । जबसम्म ‘गणतान्त्रिक सम्बिधान’ बन्दैन तबसम्म गणतान्त्रिक राज्यसञ्चालन प्रणाली सँस्थागत हुँन थाल्दैन । तसर्थ “गणतन्त्रको खेती कविता आन्दोलान” अझै जारी छ भन्नु पर्छ । तर अहिले आएर परिस्थिती फेरिएको छ आन्दोलनको रुप पनि फेरिएर “होसियार” भएको छ । यसको आसय हो - अझैपनि गणतन्त्रतिर उन्मुख नगराएर मुलुकलाई अर्कैतिर लैजान कसैले खोज्लान ! होसियार है ! भनि नीति निर्माता तथा सबै प्रबुद्ध पाठकहरूलाई सचेत गराउँनु हो । गणतन्त्रले सम्बिधान मार्फत सँस्थागत रुप पाईसकेपछि (पाउला भन्ने बिश्वासका साथ) “गणतन्त्रको खेती कविता आन्दोलान”लाई पनि विधिवत विसर्जन गर्ने विचार छ । त्यसको लागि काम पनि हुँदैछ । हेरौँ, हाम्रो मुलुक ‘नेपाल’कै रुपमा रहिरहे एउटा कार्यक्रम नै गरेर “गणतन्त्रको खेती कविता आन्दोलान”को विसर्जन गरौँला ।
२. गणतान्त्रिक नेपालमा कवि साहित्यकारका इच्छा आकांक्षा पुरा भए त ?
यो प्रश्नको जवाफमा एउटा ठट्ठा सुनाउँनु उचित लाग्यो । एकपल्ट एकजना कविलाई स्वर्गमा ईन्द्र महाराजको दरवारबाट बोलावट आएछ । ईन्द्र महाराजले आफ्ना सबैभन्दा राम्री अप्सराहरूको लस्करै कविको समुन्ने लस्करै बसाएर देखाएछन् । कविलाई स्वागतका माला पहिर्‍याईसकेपछि कवि कुर्सिमा बसेपछि उनलाई एक प्याला सुरा पनि टकर्‍याईयो । कविले प्यालाबाट एक सुरुप तानेर प्याला टेवलमा राख्नेबित्तिकै ईन्द्र महाराजले सोधेछन् - ‘मेरो दरवारका सुन्दरी अप्सराहरु कस्ता लागे कविजी?’ कविले जवाफमा भनेछन् - ‘यी मेरा सामुन्नेका अप्सराहरूलाई मैले यिनलाई हेरि सकेँ । यी सुन्दर छन् । तर यी भन्दा अझ सुन्दरीहरू चाहीँ कहाँ छन् नि?’ अर्थात कवि साहित्यकारहरू हाल उपलब्ध सौन्दर्यमा मात्र अल्झेर बस्ने जातका मानिस होइनन् । कविहरूको सौन्दर्यको भोक ईन्द्र महाराजले पनि पुरा गर्न सक्दैनन् । जुनदिन कविहरूको इच्छा आकांक्षा पुरा हुन्छ त्यो दिन दुनियाँको उन्नति प्रगतीमा ‘स्ट्यागनेशन’ आउँछ । कवि हुनु भनेको आजिवन प्रतिपक्षमा बस्नु हो । अर्थात, समाजमा वा मुलुकमा जे जति बेथिती छन् तिनको खोज तलास गरेर उजागर गर्दै ‘के गरेर गर्छौ मुलुकको अवस्था सुधार गर’ भनि देखाइदिनु कविको नित्य काम हो । यो काम रोकियो भने समाज वा मुलुक यथास्थितीमा जकडिन्छ । यो भनेको समाज वा मुलुक ‘अघि बढ्नु’को विपरितार्थ हो । त्यसैले, सच्चा ‘कवि वा साहित्यकारहरूको इच्छा आकांक्षा पुरा भयो’ भन्ने हुँदैन । भाट कवि वा साहित्यकारहरुको हकमा मात्र ‘इच्छा आकांक्षा’ पुरा हुने कुरा होला ।
३. एकताका तपाई छोटा कविता (छोक) अभियानमा सक्रिय हुनहुन्थ्यो । अहिले चर्चा छैन नि त्यो छोड्नु भयो कि?
‘छोक’ अभियानले नेपाली कवितामा आफ्नै ठाउँ बनाइसकेको छ । अहिले केयौँ कविहरू मेरो अभियान वा छोक अवधारणाको कुरै नगरी छोक लेख्दैछन् । मैले छोक थालेपछिको पुस्ताका के कति कविले छोक लेख्न थाले भन्ने कुरा कसैले अध्ययन गरे त्यो प्रष्ट हुन्छ । मैले आफैले के बोलुँ ?
४. तपाईंको मन पर्ने विधा कुन हो किन ?
मलाई मन पर्ने विधा कविता, बायोग्राफी र दर्सन शास्त्र हुन् । मानिसका भनुभूतिहरू कवितामा नै सबैभन्दा मिहिन किसिमले सशक्त रुपमा प्रकट हुन्छन् । मलाई मनको तस्विर जस्तो लाग्छ कविता र मन पर्छ । वुद्धले ‘भावनामय पञ्या’ भनेको पनि यही हो जस्तो लाग्छ । किनभने आफैले सशरिर वा अनुभूतिको तहमा जीवनका अनेक पाटाहरू भोगेर मात्र राम्रो कविताको सृजना गर्न सकिन्छ ।
बायोग्राफी पनि वुद्धले ज्ञानको एक स्रोतको रुपमा उल्लेख गरेको ‘सुत्तमय पञ्या’ हो । मानिसले जे जस्तो जीवन भोग्छ वा अनुभव गर्छ त्यसको यथार्थ दस्ताबेज हो योग्राफी । त्यो दस्ताबेज पुस्तौँ पुस्ताका निम्ती ज्ञान दिने बेज्जोड शैक्षिक सामग्री नै भएर रहिरहन्छ । मेरो विचारमा रामायण, महाभारत, बाइबल, कुरान वा मुन्धुम जस्ता महान ग्रन्थहरू पनि तात्कालिन समय-ग्राफी हुन् जसले पुस्तौँ पुस्तासम्म त्यतिखेरको समाज कस्तो थियो भनेर सूचना वा ज्ञान निरन्तर दिइरहन्छन् । त्यस्तै गरेर महात्मा गान्धीको वायोग्राफी होस् वा नेल्शन मण्डेलाको Long Walk to Freedom ले, बिपी कोइरालाको ‘जेलजर्नल’ले होस् वा परमहंस योगानन्दको ‘योगी कथामृत’ले, बाराक ओबामाको Dream from My Father र The Audacity of Hope ले होस् वा कर्ण शाक्यको ‘सोच’ले, यी पुस्तकले तात्कालिन समयमा उपरोक्त समाज के कसत् थियो भन्ने बारेमा थुप्रै कुरा सबिस्तार बताउँछन् । अर्थात, पछिको समाजलाई ‘हिजोको हाम्रो समाज कस्तो थियो’ भनेर बूझ्न यिनले मद्दत गर्छन् । कुनै पनि समाजले आफ्नो ‘हिजो’लाई राम्ररी बुझे मात्र आफ्नो ‘आज’लाई बुझ्न सक्छ । र, जुन समाजले आफ्नो ‘विगत’ र ‘वर्तमान’लाई राम्रोसँग बुझ्न सक्छ त्यसले मात्र आफ्नो ‘भविष्य’को बारेमा स्पष्टसँग ‘सोच्न’ सक्दछ । जुन समाजले आफ्नो ‘भोलि’ कस्तो हुनु पर्छ भनि स्पष्टसँग सोचेर काम गर्न सक्छ त्यही समाज कतै अलमल नगरी प्रगतिमा अघि बढ्दछ ।
दर्शन शास्त्रले यो जीवन के हो? यो चराचर संसार के हो र कसरी चल्छ? यो समाज के हो र किन फरक फरक किसिमले चल्छ? भन्नेजस्ता जस्ता थुप्रै गंभीर प्रश्नहरूको जवाफ दिन खोज्छ । यस्ता गंभिर प्रश्नहरूको जवाफलाई आधार मानेर चल्नेहरूको समाज सभ्य हुन्छ । अर्थात जीवनलाई, जगतलाई, समाजलाई ठीक ढंगले बुझ्न दर्शन शास्त्रले मद्दत गर्दछ । जसले जीवन, जगत र समाजलाई ठीक ढंगले बुझ्दछ उसैले नेतृत्व लिए मात्र समाजको गतिशीलता सही दिशातिर अग्रसर हुन्छ ।
५. गणतन्त्र अघि र पछिका साहित्य लेखनमा के फरक पाउनु भएको छ ?
‘गणतन्त्र अघि र पछि’ भन्ने बेला भइसकेको छैन । माथि नै मैले भनेँ - ‘गणतान्त्रिक सम्बिधान’ नबनेसम्म मुलुक ‘ट्रान्जिस्नल फेज’मा छ । अझै पनि हामीले जोडतोडका साथ लागेर साँच्चैको ‘गणतान्त्रिक सम्बिधान’ बनाउँनु छ । ‘यो मेरो सम्बिधान हो’ भनेर मुलुकका सबैले मन पराएको सम्बिधान नै नयाँ नेपाल वा ‘गणतन्त्र नेपाल’को सही आधार हुन सक्दछ । यही पृष्ठभूमिमा टेकेर निरंकुश राजतन्त्र ढल्नु अघि र पछिको समयसिमालाई लिएर हेर्ने हो भने निरंकुश राजतन्त्र ढल्नु अघि के माओवादी, के कांग्रेस, के एमाले सबैको अर्जुन-तीर निरंकुस राजतन्त्रका विरुद्ध ताकिएका थिए । अहिले कोही गणतन्त्रलाई सँस्थागत गर्नु पर्छ भनेर लागेका छन् भने कोही ‘शिरपेचबिनाको राजा’का रुपमा सकृय छन् । जनजन आफ्नो समस्याहरूले किचिएर मुक्तीका लागि चिच्याइरहेछन् । मुलुकै कतै हराउला भन्ने त्रास छ । तसर्थ अहिलेको साहित्य यिनै चिन्ता र चाहनाहरुलाई केन्द्रविन्दुमा राखेर लेखिएको देखिरहेछु पढिरहेछु । अर्थात इमान्दार साहित्यकारहरू अहिले पनि ‘गणतन्त्र नल्याई थकाइ मारौला’ भनि खवरदारी गरिरहेछन् । म अहिलेको साहित्यलाई खवरदारी साहित्य भन्दछु ।
६. अबका लेखकले कस्तो साहित्य लेख्नु पर्छ ?
लेखकले जहिले पनि जीवन लेख्ने हो, आफ्नो समाज लेख्ने हो, आफ्नो देश लेख्ने हो र आफुले बाँचेको युग लेख्ने हो । जीवन, समाज देश कहिले राजाको निरंकुश शासनमुनि पिसिएको बेला त्यसबाट मुक्ति पाउन लागिपरेका जनतालाई उत्साह थप्न सघाउँने गरी साहित्य लेखिन्छ । आफुले बाँचेको युग पनि कहिले हस्तक्षेपकारीहरूको दबदबामा चल्ने अवस्था आउँछ, मुलुकको अस्तित्व नै खतरामा पर्छ र त्यस्तो बेला मुलुकलाई जोगाउँन प्रत्साहित गर्ने साहित्य लेखिन्छ । अहिले आएर सन् २०१५ सम्ममा नेपाललाई भारतमा गाभ्ने रणनीति मुताबिक ‘र’ ले काम गरिरहेको छ भनि पुस्तकै पढन (एक उदाहरण: जासुसीको जालो विदेशी गुप्तचरको नेपाल चलखेल, पृष्ठ २-६०, सरोजराज अधिकारी २०६५, प्रकाशक: सुनिता भट्टराई) पाइन्छ । अझ के पनि हल्ला सुनिन्छ भने नेपाल सरकारको टप लेवलका अफिसरहरू नै करिव दुइ हजारको संख्यामा ‘र’ कै “ग्र्याण्ड डिजाइन” अनुसार नेपाललाई भारतमा गाभ्ने कसरतमा छन् अरे । किनभने ‘र’ को विश्लेषणमा संबिधान सभाको यो ‘ट्रन्जिस्नल फेज’ जस्तो सुवर्ण अवसर फेरि आउँने छैन । यही धमिलो पानीमा माछा मार्नै पर्छ’रे । अब नेपालले भारत र चीनसँगको मित्रतालाई सन्तुलित ढंगले अघि बढाउँन नसके ‘नेपाली’ भन्ने शब्द मात्र संसारभरि रहला तर ‘नेपाल’ भन्ने शब्द दुनियामा कहीँ नहुन पनि सक्छ । यस्तो अवस्थामा गर्लफ्ण्डसितको माया-पिरतीका कुरा भन्दा मुलुकको मायामा कविता वा साहित्य रचिनु पनि स्वाभविकै हुने भो ।
७. तपाईले आफ्नो मातृ भाषामा कुनै कृति लेख्नु भएको छ ?
मैले लिम्बु भाषामा कुनै कृति लेखेको छैन । एकचोटी एउटा कविता “आलुङमा ही:म” अर्थात ‘मलाई विरक्त चल्छ’ भन्ने शिर्षकको कविता रचेर प्रज्ञा प्रतिष्ठानमा वाचन गरेको थिएँ । त्यो कविता पनि कहाँ पुग्यो ? पत्तो छैन ।
८. तपाईंका अहिलेसम्म प्रकाशित भएका वा प्रकाशोन्मुख कृति के के रहेका छन्?
मेरा अहिले सम्म प्रकाशित वा प्रकासोन्मुख (नेपाली र अंग्रेजी भाडामा) कृतिहरु माथि परिचयमा उल्लेख भएका छन् । ९. तपाईंका कृतिले वा तपाईं आफैले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नु भएको छ कि ?
छैन छैन । एकचोटी व्यथित काव्य पुरस्कार दिने प्रस्ताब आएको हो । मैले ‘नलिने गरेको’ कुरा राखे पछि कुरै सिद्धियो । त्यस्तै गरेर प्रज्ञा प्रतिष्ठानको सदश्यका रुपमा एकचोटी मेरो नाम चयन भएको थियो त्यो आफै बदर भयो । अर्थात, मैले कुनै पुरुस्कार नलिने निधो गरेको छु । पुरस्कारको निम्ती होइन ‘समाजको रुपान्तरणका निम्ती साहित्य लेखनु पर्छ’ भन्ने मेरो मान्यता हो । सोझै वा घुमाउरो रुपमा पुरस्कारमा खरिद बिक्रीको पनि गंध आउँछ जसले लेखकभित्रको ‘प्रतिपक्ष’ तत्व भुत्ते हुन्छ र उसले सम्झौता गर्न थाल्छ । जब साहित्यकारले सम्झौता गरेर लेख्न थाल्छ तब त्यो साहित्य होइन ‘चाकडी’मा परिणत हुन्छ । मेरो कविता पढेर केही मानिसलाई मात्र समाज परिवर्तनका लागी थोरै पनि उर्जा दिए त्यही नै पुरस्कार हो । सम्मान गर्दै कसैले माला वा खादा लगाइदिएको चाहीँ ग्रहण गर्ने गरेकोछु ।
१०. अब बन्ने संविधानमा मातृ भाषाको बारेमा कुनै कुरा किटानिसाथ लेखियोस् भन्ने ठान्नु हुन्छ ?
संबिधान सभा कुनै पनि मुलुकको जीवनमा पटकपटक नघट्ने घटना र मौका दुबै हो । अब बन्ने संविधानको पूर्वशर्तका रुपमा ‘संबिधान सबै नेपालीका लागी स्वीकार्य हुनु पर्दछ’ भन्ने अवधारणाबाट निर्देशित हुनु पर्दछ जस्तो लाग्छ । यसरी हेर्ने हो भने संबिधान सभामा पार्टीगत रुपमा चुनिएर आउँने मात्र होइन अन्यको पनि सहभागिता हुनु पर्थ्यो । जस्तो त्यहाँ नागरिक समाजको सहभागिता हुनु पर्थ्यो, कुनै पार्टीको झण्डा नबोकी महिलाको मात्र सवालमा लाग्ने एक्टिभिष्टहरुको प्रतिनिधित्व हुनु पर्थ्यो, कुनै पार्टीको झोला नबोक्ने तर जनजाती-सवालको झण्डा बोक्नेको पनि सहभागिता हुनु पर्थ्यो, आफ्नै हकहितको कुरा गर्ने दलीतहरूको सहभागिता हुनु पर्थ्यो । जुन हुन दिईएन । अब संबिधान सभाले उल्लेखित क्षेत्रका आवाज र सवालहरू समेट्न सक्नेछैन । तपाइँनै हेर्नोस् मधेशको सवाल उठाउँने पार्टी मात्र तीन चार वटा भए तर महिला, जनजाती र दलितको सवाल उठाउँने त कोही भएनन् । यो एक ठूलो ऐतिहासिक भूल कांग्रेस, एमाले र माओवादीले गरेकाछन् जसको नकारात्मक असर मुलुकले पछिसम्म भोग्नु पर्नेछ ।
मिहिन किसिमले अध्ययन गरे थाहा हुन्छ - अब बन्न लागेको संबिधान सिरिफ ‘पार्टी’हरू र ‘मधेश’वादीहरूको संबिधान बन्दैछ । किनभने नागरिक समाजको, महिलाको, जनजातीको र दलीतको झण्डा उठाउँने संबिधान सभामा कोही छैनन् । पार्टीभित्रबाट संबिधान सभामा पुगेका महिला, जनजाती र दलितहरूले पार्टीको लाईनभन्दा पर गएर आफ्नो हकहितका कुरा गर्न थाले पार्टीको “ह्वीप” लाग्छ । त्यसैले अहिले संबिधान सभामा पुर्‍याइएका महिला, जनजाती र दलितहरूले साँचो अर्थमा महिला, जनजाती र दलितहरूको प्रतिनिधित्व गर्दैनन् बरु ती त झुक्याउँनका लागी सृंगारिक प्रतिनिधित्व (Ornamental representation) गराएईएका कठपुतली मात्र हुन् । यो मुलुक पार्टीहरु र मधेशवादीहरुको मात्र पनि होइन क्यारे । यो मुलुक त सम्पूर्ण नेपालीको हो र यो मुलुकको संबिधान पनि पार्टीहरूले मन पराएको ‘राम्रो’ संबिधान होइन सम्पूर्ण जनताले ‘हाम्रो’ भनि अंगिकार गरेको संबिधान हुनु पर्थ्यो । जुन अब हुन सक्दैन । अर्थात, ‘पार्टीहरू’ र ‘मधेश’वादीहरूले बनाएको संबिधान मार्फत नागरिक समाजको, दलितको, महिलाको र जनजातीको सवालहरूको सम्बोधन अब हुन सक्दैन । किनभने पार्टीहरू ‘खस’ जातिको कब्जामा छन् तिनले ‘खस’ जातिकै हितलाई ध्यानमा राकेर ‘मनुस्मृती’कै आधारमा संबिधान लेख्नेछन् जसले महिलालाई, दलितलाई र जनजातीलाई दबाएरै राख्ने दार्शनि आधार दिन्छ । ‘मधेश’वादीहरू हिन्दु अतिवादिको प्रतिनिधित्व गर्दछन् र तिनले ‘वौद्ध’को, किरातको, जैनको, ईशाइ र मुस्लिम आदीको हित संविधानमा समायोजन गर्न खोज्ने कुरै भएन । अझ सुन्छु ‘मधेश’वादिहरू त भारतका हिन्दु अतिवादीको प्रायोजनमा संचालित छन अरे । छनक पनि उस्तै छ । ‘हिन्दी’ भाषा कै कुरा लिउँ । ‘हिन्दी’ यस्तो अनौठो भाषा हो जुन दुनियामा कसैको पनि मातृ भाषा होइन । तर मधेशवादीहरू ‘हिन्दी’ भाषालाई ‘नेपाली’ सरह ‘लिङ्ग्वाफ्राङ्का’ को रुपमा संबिधानमा राख्नु पर्छ भन्दैछन् । यो त झनै खतरनाक कुरा भयो । अबको युगमा बन्दुकले सके बन्दुकले, बन्दुकले नसके व्यापारले, व्यापारले नसके केमिकल वारले (जस्तो कि अहिले स्वाइन फ्लु अमेरिकाले केमिकल बमको रुपमा बनाएर परिक्षण गरेको भन्ने पनि सुनिन्छ), कतै भाषा र साहित्यले (जस्तो कि नेल्शन मण्डेलाले भनेका थिए - ‘बृटिशहरुले दक्षिण अफ्रिका पस्दा बाइबल र अंग्रेजी भाषा दिए । हामीले आँखा चिम्लेर बाइबल र अंग्रेजी भाषा थाप्यौँ । आँखा खोलेर हेर्दा बाइबल र अंग्रेजी भाषा हाम्रो हातमा थियो तर हाम्रो मुलुक बृटिशहरुको हातमा थियो ।‘) साम्राज्य फैलाउँनेहरू सकृय छन् । फेरि कुरा अब बन्ने संबिधानको, यसले महिला, जनजाती, ईसाइ, मुस्लिम, नागरिक समाज आदीको सवाल नसमेटेपछि महिलाले, जनजातीले, दलितले, ईशाइले, मुस्लीमले र नागरिक समाजले त्यो संबिधानप्रति असहमति जनाउँनेछन् । अर्थात संबिधान जन्मिँदै इनबिल्ट असहमतिहरू लिएर जन्मिनेछ । त्यो भनेको संविधानले नै अशान्तिको विऊ मुलुकमा रोप्नेछ । कस्तो विडम्बना ! दुनियाँभरि संविधान लेखनको उद्देश्य ‘शान्ति’ प्रत्याभूत गर्नु हुन्छ, नेपालमा संविधान लेखनको उद्देश्य ‘अशान्ति’ प्रत्याभूत गर्नु भइरहेछ ।
माथि उल्लेखित बृहद पृष्ठभूमिमा मतृभाषाको सवाललाई पनि हेर्नु पर्दछ । ‘गणतन्त्र’को छहारीमा बस्ने र ‘मतृभाषाको अधिकार’ कसैले पाउँदैन भन्ने कुरा त आइएलओ १६९ र यूएनड्रिप वा बेजिङ १० जस्ता अन्तर्राष्ट्रिय कानूनहरूकै बिपरित हुन्छ । यसो भएमा नेपाल सरकारले अन्तर्राष्ट्रिय कानूनका आधारमा सजाय भोग्नु पर्ने हुन्छ । किनभने यी सबै अन्तरार्ष्ट्रिय कानूनहरूमा नेपालले सहमती जनाएर सहीछाप गरिसकेकोछ । तर यस सवालको अर्को पाटो पनि रहेको कुरालाई भुल्नु हुन्न । त्यो के हो भने - मातृभाषामा लेख्न पढ्न दिने तर ती मातृभाषामा पढिने र लेखिने विषयवस्तु चाहीँ मानव अधिकार असम्मत, जनजातिको अधिकार विरोधी, महिला अधिकार बिटुल्याउँने किसिमका भए त ‘मातृभाषा’को प्रयोग पनि झन विषालु किसिमले भएको ठहरिन्छ । अर्थात, ‘लिम्बुवान’ हुने तर लिम्बुहरूले अधिकार नपाउँने, ‘मिथला’ हुने तर मैथिलहरूले अधिकार नपाउँने, ‘थरुहट’ हुने तर थारुले अधिकार नपाउँने किसिमको ‘गणराज्य’हरू बनाए त फेरि पनि त्यहाँ अशान्ति हुन्छ नै । त्यसैले, अब बन्ने संबिधानमा मातृभाषा र सबैको अधिकारलाई अंतरिम संबिधानमाभन्दा पनि प्रष्ट रुपमा किटान गरिनु पर्छ । तर शंक के छ भने ‘खस भाषा’ र ‘हिन्दी भाषा’को मात्र वकालत गर्ने, अरुको मातृभाषाको अधिकार सुन्नै नचाहने ‘पार्टीहरू’ र ‘मधेशवादीहरु’का बाँदर थुन्ने चिडिया घरजस्तो संविधान सभाले जनजातीको, महिलाको, दलीतको अधिकारको कुरा संबिधानमा समेट्न सक्दैनन् जसले फेरि मुलुकमा अशान्तिको विऊ रोपिने पो हो कि ? त्यसो भए ‘नेपाल’मा दीर्घकालिन रुपमै ‘अशान्ती’ एक सँस्कार भएर रहने छ । जुन देशमा ‘अशान्ति’ भइरहन्छ त्यो देशलाई अरुले हेप्छन्, उन्नती र विकास ज्यादै सुस्त हुन्छ र विस्तारै भारतजस्तो मुलुकले भारतमै ‘विलय होउ’ भनि प्रस्ताव गर्ने आधार मिल्छ ।
११. नेपाली भाषामा लेखिरहेका मातृ भाषि लेखकलाइ के सल्लाह दिनु हुन्छ ?
प्रथम त ‘नेपाली भाषामा’ र ‘मातृ भाषि लेखक’ भन्ने तपाइँको शव्दावलीहरूको प्रयोग मिलेन । तपाइँजस्तो प्रवुद्ध व्यक्तीले यसरी सब्दावली प्रयोग गरेर महिन किसिमले विभेदि कुरा गर्नु असोभनिय कुरा हो भन्ने ठान्दछु । यसमा मेरो आपत्ति छ । यी शब्दावलिहरूको प्रयोग भित्र ‘खस’ भाषालाई चाहीँ ‘नेपाली’ भाषा र नेपालको अन्तरिम संविधानले नै ‘राष्ट्र भाषा’को रुपमा स्वीकारी सकेको अन्य सबै भाषाहरूलाई चाहीँ ‘मातृभाषा’ भनि पश्चगामी सोच झल्किन्छ जुन अब असंबैधिनक कुरा पनि हो । यो असंवेदनशीलताप्रति मेरो समवेदनशील कमेण्ट हो । ‘खस’ भाषा (तपाइँले ‘नेपाली भाषा’ भनेको)मा लेखिरहेका अन्य भाषाका लेखकहरू (तपाइँले ‘मातृभाषि’ भनेका)हरू दुइ किसिमका छन् । पहिलो किसिमकाले आमाको दूध पुरै विर्सेर ‘हिन्दु’ अवधारणा र मिथकको वरिपरि बसेर साहित्य सृजना गरे वा आफ्नो कुराहरू सम्प्रेशण गरे वा त्यो गर्न कुनै कारणवश वाध्य भए । यस कोटीमा भूपि शेरचन, कृष्णचन्द्रसिं प्रधान जस्ता केही जनजाति लेखकहरू पर्दछन् । दोस्रो किसिमकाहरू सचेत रुपमा आफ्नै जातीय ‘अवधारणा’ र ‘मिथक’हरू र समाजका अन्य सबै सँस्कृति समेतको फ्युजन गरेर साहित्य सृजना गर्न जुटेका देखिन्छन् । जस्तै सूर्गालाल श्रेष्ठ, वैरागी काइँला । हाल ए पछिल्लो पुस्ताका असंख्य कवि लेखकहरु यस धारको मोर्चामा डटेका छन् र यो एउटा कसैले पनि रोक्नै नसक्ने आन्दोलनका रुपमा अघि बढीरहेछ । पहिले पहिले रामायण, महाभारतको पात्रसँग मिल्ने नाम राखेर काव्य रचना गरे मात्र त्यो ‘काव्य’ ठहरिन्थ्यो । तर रायनको गिति काव्यको नाम राई भाषाको ‘सिम्मा’ शव्द सबैले मन पराए । त्यस काव्यका नायकको नाम ‘ड्याङसु’ कति मजाले सुहायो । हुँदा हुँदा अमर तुम्याङले ईमानसिं चेमजोङलाई नायक बनाएर सिरिजोङगा लिपीमा महाकाव्य णे ळैकीशखै । मैथली, मगर, गुरुङ, थारू, नेवार, शेर्पा, तामाङ, राई लगायत नेपालका सबैजसो राष्ट्र भाषाहरूमा आज गीतका क्यासेट धमाधम निस्किरहेछन् र चलचित्र समेत फटाफट निर्माण भइरहेछन् । अब बल्ल नेपालका बिभिन्न राष्ट्र भाषामा नेपालको जातीय विविधताको मोजेकका रुपमा सही तस्विर आउँन थालेकोछ । यही प्रवृत्तिले नै ‘नेपाली साहित्य’को साँचो रुप ग्रहण गर्नु बाहेक अर्को बिकल्प छैन । त्यसैले सबै जातका लेखक, साहित्यकार र कविहरूले आफ्नै जातीय (दार्शनिक) अवधारणा, कथा, सवाल, मिथकहरू, बिम्बहरू, प्रतिकहरू, उपमाहरुको प्रयोग गरेर साहित्य सृजना गर्नु पर्दछ । यसरी मात्र साँचो अर्थमा नेपाली साहित्य नेपालको साझा साँस्कृतिक धरोहरका रुपमा विकसित हुनेछ ।
१२. अबका दिनमा मातृभाषा र तिनका साहित्यलाई कसरी विकाश गर्नु पर्ला ?
ओहो, फेरि ‘मातृ भाषा’? नेपालका कुनै पनि राष्ट्र भाषा र तिनको सहित्यको विकाश आफ्नो भाषा बोल्ने लेख्ने समुदाय आफैले गर्छ । अरुले त बंग्याउँने वा गलत तरिकाले प्रयोग गर्ने मात्र हुन् । हो, मुलुकका सबै राष्ट्र भाषाको विकासमा प्राविधिक सहयोग गर्ने सरकारको दायित्व हो । जस्तै: ती भाषाहरूमा लिखित कविता, कथा, उपन्यास, व्याकरण, निवन्ध र लोक सहित्य पढनु पर्ने गरी विश्वविद्यालयहरूका कोर्समा राख्ने व्यवस्था सरकारले गर्नै पर्छ । ती भाषाहरुको विकासका निम्ती प्रज्ञा प्रतिष्ठानमा सरकारले छुट्टै विभाग राख्नै पर्छ । अब बन्ने प्रान्तहरुमा बिभिन्न भाषामा सरकारले स्कुल देखि कलेजसम्म पठनपाठन सन्चालन गराउँनै नीति अबलम्बन गर्नै पर्छ । सरकारले स्कुल देखि कलेजसम्म बिभिन्न भाषामा पठनपाठनका लागी चाहिने पाठ्य पुस्तकहरू तैयार गराउँने नीति अबलम्बन गर्नै पर्छ । बिभिन्न भाषामा विद्यावारिधी गर्नेलाई विशेष कोष खडा गरी सहयोग दिनै पर्छ । बिभिन्न भाषामा अनुसन्धान गर्नेहरूका लागि सरकारले विशेष कोष स्थापना तथा सञ्चालन गर्ने पर्छ । बिभिन्न भाषामा प्रकाशित हुने पत्रिकाहरूलाई बिजुली, फोनको बिशेष सुबिधाका साथै प्रिन्टिङप्रेश स्थापना गर्नेलाई भन्सार तथा कर छुटको विशेष सहुलियत सरकारले दिनै पर्छ । बिभिन्न भाषाका पत्रकारहरूलाई बस भाडादेखि हवाइजहाजको भाडामा र औषधि उपचारमा विशेष सहुलियत सरकारले दिनै पर्छ । बिभिन्न भाषामा रेडियो तथा टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रसारणका निम्ती सरकारले विशेष सहयोग दिनै पर्छ । यत्ति गरे नेपालका बिभिन्न राष्ट्र भाषा तथा तिनको साहित्यको विकाश हुँदै जान्छ । तपाइँ नै भन्नोस त सरकारले यत्ति मात्र गरे भाषा र साहित्यमा लाग्ने कतिले रोजागारि पाउँछन्? यसरी हाम्रो आफ्नै मुलुकका भाषा र साहित्यले केही मानिसलाई पाल्छ र यही मुलुकमा तामाङ विशेषज्ञ, लिम्बु विशेषज्ञ, गुरुङ विशेषज्ञ, थारु विशेषज्ञ, नेवार विशेषज्ञ, शेर्पा विशेषज्ञ, मैथिली विशेषज्ञ, चेपाङ विशेषज्ञ, दनुवार विशेषज्ञ, लेप्चा विशेषज्ञ सयौँको संख्यामा उत्पादन हुनेछन् । यसरी हाम्रै मुलुकका भाषाले केही मानिसको हैसियत उठाउँन ठोक योगदान गर्नेछन् । तर के गर्ने? लाजै मर्नु त तब हुन्छ जब पटक पटक कुनै गोरो छाला भएको मानिस नेपाल आउँदा ‘त्यो त तामाङ विशेषज्ञ हो’ वा ‘त्यो त नेपाल विशेषज्ञ हो’ भन्दै सरकारले सम्मान गर्छ र त्यो फिरंगीको मुखबाट आफ्नै मुलुकका बारेमा पुराण सुन्न पर्छ । कस्तो बिडम्बना हो यो? सकारात्मक सोच राखेर ‘सबै भाषाको उत्थान नै नेपाली भाषा र साहित्यको उत्थान हो’ भन्ने कुरा सबैभन्दा पहिले स्वीकार गरे तिनको उत्थान गर्ने उपाय जत्ति छन् र नेपाली साहित्यले पक्रेको दिशा पनि यही हो ।
१३. तपाई प्रायः विदेश भ्रमणमा गैरहनु हुन्छ । पछिल्लो समयमा बेलायतमा हुनुहुन्थ्यो । त्यहाँ नेपाली साहित्यका लागि के कस्ता गतिविधि भएको देख्नु भयो ?
हो, म यसपाली १ महिना आफन्तहरूसँग भेटघाटमा बेलायत गएर आएँ । मैले त्यतिबेला संलग्न नहुने नै निर्णय गरेर साहित्यिक गतिविधीहरुमा सामेल भइन । त्यहाँ गएको खबर पनि ज्यादै थोरैलाई मात्र गरेँ । बेलायतको ४०० किलोमिटरजति भाइ मैत लिम्बुले घुमाए तर कहीँ कतै पनि ‘औपचारिक’ कार्यक्रमले डिष्टर्व गरेन । त्यसैले ‘बेलायतमा नेपाली साहित्य’को गतिविधी बारे ताजा कुरा मैले थाहा पाइन । तथापि, त्यहाँ नेपाली भाषा र साहित्य फष्टाइरहेको सूचकका रुपमा नेपाली भाषाकै साप्ताहिक पत्रिकाहरु पढेँ । जसमा कथा र कविता पनि छापिएका थिए । नेपाली भाषामै टिभी च्यानेल पनि चलिरहेको रहेछ जसमा नेपालीहरूको जीवन र उनका जल्दाबल्दा सवालहरुका साथै नेपाली गीत-संगीत पनि प्रसारण हुँदो रहेछ । त्यहाँ मेरा आफन्त गुरुङ परिवारलाई भेट्न रेरिङ जाँदा मलामी जस्तो पनि हुनु पर्‍यो । एउटा चिहानको लागि तीन हजार पाउण्ड तिरेर (तमुँधीँको संयोजनमा) जमिन किनेको र गुरुङ विधीमै गाजाबाजा बजाउँदै अन्तेष्ठी गर्दा गुरुङ बाजागाजा सुनेर बेलायती गाईहरु चर्दाचर्दै तर्सेर ठाडो पुच्छर लाएर भागेको, पsssssर पुगेपछि फेरि आफ्ना कान ठाडो पारेर ती गाईहरू बाजा बजेको ठाउँ नजिक आएको तर बाजा बजेको सुन्ने बित्तिकै फेरि तर्सेर ठाडो पुच्छर लाएर भागेको देखेँ । मैले आशफोर्डमा लिम्बुहरूको किरात याकथुङ चुम्लुङ यूकेले सन् २०१४ सम्ममा आफ्नो माङहिम (मन्दिर) निर्माण सम्पन्न गर्ने योजना बनाएर अभियानमा लागेको सुनेँ । घुम्दाघुम्दै मैले हिन्दु मन्दिरहरू पनि विम्बलेमा देखेँ । बेलायत पुगेपछि नेपालीहरूले ख्रिश्चियन धर्म ग्रहण गरेको पनि पाएँ । बेलायत बसोबास गर्ने नेपालीहरूका पेसागत पक्षको सोधखोज गर्दा विभिन्न पेशामा संलग्न नेपालीहरु रहेको कुरा त्यहाँका जानिफकारहरुले जानकारी दिएका छन् । जस्तै १) एउटा सानो समुह नेपाली डाक्टरहरुको रहेछ; २) नर्श पेसामा नेपाली दिदीबहिनीहरू निक्कै रहेछन्; ३) सेक्युरिटी सेवामा कार्यरत भूपू बृटिस सेनाहरूको एउटा ठूलो जमात रहेछ; ४) लरी ड्राभरहरूको पनि एउटा सानो जमात रहेछ; ५) फाट्टफुट्ट आफ्नै व्यापार (रेष्टुरेण्ट वा प्रोभिजनल पसल) चलाउँनेहरू पनि रहेछन्; ६) बेलायती सेनामा (बिएनओ समेत) संलग्न नेपालीहरूको बलियो जमात पनि रहेछ; ७) अध्यनका निम्ती गएकाहरूको पनि एउटा जमात रहेछ; ८) दुइ-चार जना प्राध्यापन पेसामा पनि संलग्न नेपालीहरू रहेछन्; ९) एकजना (हाल दुई जना) राजनीतिमा पनि लागेर कौन्सिलर (नेपालको वडा अध्यक्षजस्तो) समेत भएका नेपालीहरु पाइए; र अन्तमा ९) एउटा ठूलो जमात लेबर काममा संलग्न रहेछ ।
त्यहाँका नेपालीहरूको शिर ‘घर’को र ‘कार’को ‘मोडगेज’के किचेको हुँदो रहेछ । त्यसै गरेर श्रीमान-श्रीमती दुबैले काम गर्नु पर्ने भएकोले बच्चाहरुको हेरचाह बा-आमाले गर्न नभ्याउँदा कि त टिभी, कि त कम्पयुटरले बेबी शिटरको काम गरिदिँदा रहेछन् । जसले गर्दा बा-आमाले भन्दा टिभि, कम्प्युटर र त्यहीँको स्कूलले सिकाएको सँस्कार बच्चाहरुको रगतमा पसिसकेको देखियो । छिप्पिएर गएका नेपाली महिला-पुरुषहरू ‘नेपालै फर्केर आनन्दसँग आफ्नै मातृभूमिमा मर्ने’ कुरा त सोच्दा रहेछन् तर त्यहाँको रिनमै भए पनि प्राप्त सुख-सुविधा गुमाउँन पनि सकिन्न कि भन्ने दुबिधामा रहेछन् । टिन एजमा बेलायत छिरेकाहरु पनि ‘नेपाली थिङकिङ ईङलिस ह्याबिट’को चेपाईमा परेका रहेछन् । दुधे बालक अवस्थामै बेलायत छिराइएकाहरूको ‘बोली र स्वाभाव सबै अंग्रेजी, अनुहार मात्र नेपाली’ जस्तो देखिँदो रहेछ । कम पढेकाहरुले पनि अंग्रेजी बोल्ने कोर्स गरेर लेबरको काम गरिरहेका रहेछन् जसले गर्दा घरको मुल व्यक्तीमा आर्थिक भार अलि कम हुँदो रहेछ र अलि अलि कमाउँने छोराछोरीहरूसँको बा-आमाको सोचाई पनि सकारात्मक हुँदो रहेछ । केटाकेटीको शिक्षा र स्वस्थ्य पुरै निशुल्क भएकोले पनि बेलयात धेरैको निम्ती आकर्षक रहेछ । अझ बुढेसकालमा सरकारले नै हेरचाह गरिदिने सुबिधा भनेजस्तै रहेछ । दुइवटा कुकुर पाल्ने बृटिशले कुकुरकै भत्ताले खान पुर्‍याउँदो रहेछ । दुइजना बच्चाकी समगल मदर भयो भने पनि मज्जाले पुग्ने भत्ता पाउँदा रहेछन् । जिपिएस (टमटम)को प्रयोगले गर्दा पोष्टकोड हाले पछि त्यसैले चाहेको घरमै पर्‍याउँदो रहेछ जसले गर्दा गाडी चलाउँन सजिलो रहेछ । ट्राफिक पुलिसको काम सडकमा जडान गरिएका लाखौँ क्यामराले गर्दा रहेछन् । कसैले ट्राफिक नियम मिचे क्यामेराले खिचेर ३ दिन भित्र प्रमाण सहित फाइन घरमा आइपुग्दो रहेछ । ३ वा ४ चोटी गल्ति गरेपछि ड्राइभिं लाइसेन्स नै खोसिने रहेछ । यो जस्तो ठूलो सजाय त्यहाँ केही नहुने रैछ । लरी हाँक्नेले तोकिएको समयसिमा पुगेपछि १ घण्टा आराम गर्‍यो कि गरेन? भन्ने समेत क्यामराले अनुगमन गर्दो रहेछ । नगरेको पाइए उही कडा सजाय । बेलायत बस्नेहरुको स्वास्थ्य समस्याको रुपमा ‘मोटोपना’ रहेछ । त्यहाँ बढी मासु र बोसोयुक्त खाना खाँदा रहेछन् जसले गर्दा कोलेष्ट्रोल बढेकाहरुको संख्या धेरै रहेछ । खाना पनि सबै तैयारी सुपर मार्केटमा पाइँदो रहेछ । घरमा सिर्फ ततायो खायो । बेलायतको आर्थिक अबस्था अहिले रिरेसशनले गर्दा निकै अपठ्यारोमा परेको रहेछ । जसलाई अहिले ‘स्टेरोइड’मा बाँचेको अर्थव्यवस्था भन्दा रहेछन् । रिसेशनले पनि यूकेलाई सन २०११ सम्मै दु:ख दिने देखिन्छ भनि पत्रपत्रिकामा पढन पाईयो । सन २०१० को लागी यूकेले १७० बिलियन पौण्ड रिण नलिए देशै नचल्ने अवस्था रहेछ । सबै विचार गर्दा (एकजना अर्थशास्त्रीको विचारमा) सन् २०१०मा कर बढाउँनु बाहेक उपाय छैन । त्यसैले भूपु लाहुरेहरूको पेन्शिन बढाउँने कुरामा पनि बृटिश सरकारले असमर्थता देखाउँने सम्भावना देखियो । यही आर्थिक र मानसिक परिस्थितीमा बाँचेको नेपाली जीवनशैली र बेलायती-नेपाली साहित्य पनि यसैको वरिपरि घुमेको होला भनि अन्दाज गरेकोछु । कवि टंक वनेमले चाहीँ बर्मिङघमको घरैमा बोलाए र उनको श्रीमती तथा छोरासँग पारिवारिक वातावरणमा सहित्यबारे केही कुराकानी भयो । जसबाट मैले बेलायतमा नेपाली साहित्य लेख्नेहरूले सबैभन्दा धेरै कविता लेख्दो रहेछन् भनि थाहा पाएँ ।

Sep 5, 2009

देवेन्द्र सुर्केलीसँगको कुराकानी

कोशी अञ्चल तेह्रथुम जिल्ला ओयाकजुङमा वि.सं. २०३८ साल फागुन महिनामा साहित्यकार देवेन्द्र सुर्केलीले यस धरतीमा पहिलो पटक आँखा खोल्नु भएको हो । विभिन्न पत्रपत्रिकाको सम्पादन साथै विभिन्न संघसंस्थमा आवद्ध रहेर क्रियासील भैरहनु भएको छ । खासगरि हाल मलेसीयामा विश्वविद्यालयको शिक्षा आर्जन गर्न जानु भएको हो । र त्यहाँ रहेर पनि साहित्य लेखनमा उनको हात निरन्तर चलिरहेको छ । त्यसैको कदर स्वरुप उनलेअन्तर्राष्ट्रिय पुरस्कार समेत पाउँन सफल हुनु भयो। उनै प्रखर साहित्यकार देवेन्द्र सुर्केलीसँग लिम्बुवान ब्लगका ब्लगर टंक सम्वाहाम्फेले कुराकानी गरेको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ । देवेन्द्र सुर्केलीको वैयक्तिक विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।
१.हाल मलेसिया बसार्इको दिनचर्या तपाईको कसरी चलिरहेको छ ? समग्रमा मलेसियामा बसोबास गर्ने नेपालीहरूको स्थिति कस्तो छ ?
मलेसियामा मेरो जीवनयापन सामान्य रुपमै चलिरहेको छ । बिहान उठेदेखि नेपाली समाचार सुन्ने, पढ्ने र सम्पादन गर्नेदेखि लिएर मलेसियामा भएगरेका गतिविधिहरुको संकलन गर्ने कार्यमै दिन बितिरहेको छ । समग्रमा मलेसियामा बसोबास गर्ने नेपालीहरुको स्थिति बिचबाट नै बगेको छ । धेरै राम्रो पनि छैन । धेरै नराम्रो पनि छैन ।
२.मलेसियामा अध्ययनको क्रमसँगै नेपाली साहित्यलाई निरन्तर लेखिरहनु भएको छ यसरी विदेशमा रहेर पनि साहित्य लेख्नुपर्छ भनेर केले घचघच्याउँछ ?
बास्तवमा प्रवासको बसाइँ एकदम साहित्यिक माहौलभित्र रहेको हुन्छ । कम्पनीको होस्टलमा साहित्य हुन्छ । मेसिनमा साहित्य हुन्छ । घरको अभाव सुनेर साहित्य जन्मन्छ भने पूर्वपश्चिमका नेपालीहरुको एकापसमा मिलेर बस्दाको क्षणले पनि साहित्य जन्माइरहेको हुन्छ । म अध्ययनको क्रममा मलेसियामा रहेता पनि रोजगारीको निमित्त मलेसिया आएका नेपालीहरुसँगै सँधै रहन्छु । उनीहरुको मायाप्रेम, स्नेह, परस्पर सहयोग, दुःखपीडा इत्यादिले नै साहित्य लेखनमा घच्घच्याईरहन्छ ।
३.केहि समय अगाडी मलेसिया रहेर पनि नेपाली साहित्यमा निरन्तर क्रियासिल रहनु भएकाले पुरस्कार पनि पाउनुभयो यसलाई कसरी लिनु भएको छ ?
निश्चय नै म धेरै भन्दा धेरै खुशी हुनुपुगेको छु । किनभने मलेसियामा साहित्य फस्टाउँदो छ । फस्टाउँदो साहित्यको परिधिभित्र मैले मलेसियाको नेपालीहरुको विचमा ऐतिहासिक अन्तर्राष्ट्रिय पुरस्कार पाएको छु । यसले के देखाएको छ भने मलेसियामा रही अर्कालाई बेचेको समयलाई उवारेर गरिएको सिर्जनाको उचित मुल्याकंनको शुरुवात भयो भन्ने लिएको छु ।
४.तपाईको नयाँ कृति नआएको केहि समय भयो त्यसैले नयाँ कृति ल्याउँने तरखरमा पो हुनुहुन्छ कि ?
मेरो दुर्इ कृति पहिले नै प्रकाशित भएका थिए । मलेसिया आएर पनि एक कृतिको तयारी गरेको छु । तर प्रकाशन कहिले गर्ने भनेर समय पर्खिरहेको छु ।
५.तपाई कवि तथा गीतकार मात्र नभएर साहित्यका विभिन्न विधामा कलम चलाई रहनु भएको छ यसरी विभिन्न विधामा कलम चलाउँदा तपाईलाई कस्तो महसुस हुन्छ ?
साहित्यको विभिन्न विधामध्ये कविता, गीत, कथा, उपन्यास, निबन्ध, मुक्तक इत्यादि पर्ने भएकोले र यी सबै कुरा लेख्ने भएकोले साहित्यकार हुन पुगेका हुन् । जसरी कथालाई बढि प्राथमिकता दिनेलाई कथाकार, गजललाई प्राथमिकता दिनेलाई गजलकार भनेझै सम्पूर्ण विधालाई समेट्न सके पूर्ण साहित्यकारको पंक्तिमा पर्न सकिन्छ । मैले पनि सबै विधालाई लेख्ने कोशिषमा छु, तर पनि कविता, गीत, गजल र कथाभन्दा अन्यमा पुगिहाल्न सकेको छैन । भरसक विभिन्न विधामा कलम चलाउन पाए आफूलाई पूर्ण साहित्यको बाटोमा लागे भन्ने महसुस हुनेछ ।
६.समाजको लागि एउटा लेखकको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ ? र, तपाई किन लेख्नु हुन्छ ?
साहित्य समाजको दर्पण हो, वा साहित्यले समाज डोर्‍याउँछ भन्ने कुराहरु धेरै पुराना भए । साहित्यले सँधै समाजको आलोचना, समालोचना गरिरहेको हुन्छ । जसले अपूर्ण सामाजिक तत्वहरुलाई पूर्ण बनाउँछ भने समाज चलाउने व्यक्ति, परिवारको मनोवृति नयाँ शिराबाट चलाउन हरदम कोशिष गरिरहेको हुन्छ । लेखकले त्यही गर्छु वा लेख्छु भनेर लेखिरहेका हुँदैन तर लेखनी विषयवस्तु त्यसरी नै निकाली रहेको हुन्छ । जहाँसम्म मेरो लेखनीको सोधाई छ, म चाही बढि समाजमा घटिरहेको तर प्रस्फुरण नगरिएको विषयबस्तु खोज्नु रुचाउँछु ।
७.साहित्यको अलवा वेभ सञ्चारकर्मी पनि हुनुहुन्छ यसमा तपाईलाई कुनै कठिनाईहरू आईपर्दैन ? अथवा साहित्य लेख्नमा वाधा पार्दैन ?
विशेषतः मेरो पेशा पूर्णरुपमा पत्रकारितातर्फ खिचिएको छ । थोरै ग्राफिक डिजाइनतर्फनमोडिएको होइन तर बढि चाही पत्रकारिताले जीतेको छ । घटनालाई छिटो रुपमा प्रस्तुत गर्दा समाचार बन्ने र त्यही घटनालाई विस्तृत पार्दा साहित्य बन्ने भएकोले कुनै घाटा पर्दैन । बरु सहयोग पुगिरहेको हुन्छ ।
८.मलेसिया बसेर नेपालको राजनैतिक वर्तमान परिस्थितिलाई कसरी मुल्याङकन गरिरहनु भएको छ ?
नेपालको राजनीतिलाई नजिकबाट बुझ्न त प्रवास आउनपर्ने रहेछ । किनभने यहाँ सबै क्षेत्र, जाति, प्रदेशका मानिससँग प्रत्यक्ष सम्बन्ध राख्न सकिन्छ । देशको अवस्था कस्तो छ, देशलाई कसरी समिकरण गर्दा सजिलो हुन्छ भन्ने कुरा यहाँ प्रत्यक्ष बुझ्न सकिन्छ । अहिले नेपालको अवस्था तरल रहेको छ । तरलतामा बगिरहेको कारण जहाँ खाल्डो पर्‍यो त्यही जाकिने अवस्था छ । प्रवासमा हुनेहरुले नेपालको अर्थतन्त्रलाई सकेसम्म धानिरहेका छन् ।
९.तपाई लिम्बुवानको लिम्बू साहित्यकार हुनु भएकोले हालको संघीय लिम्बुवानको विषयलाई कसरी विश्लेषण गर्नु हुन्छ ?
धेरै पछिसम्म राज्यको स्वरुपमा रहेको एकमात्र भूभाग भनेको लिम्बुवान हो । फेरि संघात्मक स्वरुपमा पुनर्संरचना गर्दा पनि पहिले लिम्बुवान दिनुपर्ने हुन्छ । अहिले चलिरहेको देशको पुनर्संरचना विषयहरु जाति, भाषा, प्राकृतिक सम्पदा, भौगोगिक अवस्थाको आधारमा संघात्मक बनाउने सम्बन्धमा जातिको आधारमा संघात्मक राज्य हुने पहिलो अवसर लिम्बुवानलाई दिइनुपर्छ ।
१०.बिदेशमा रहेर लिम्बूभाषाको सर्वाङगीण विकास गर्न हामीजस्ता लिम्बू साहित्यकारहरूले कस्तो भूमिका निभाउँन सकिएला ?
संसारका सबै कुनामा रहेका लिम्बूहरुले लिम्बूवानको लागि जुट्नुपर्नेछ । भोलीको लिम्बुवान स्वायत्त राज्य स्थापना भएको खण्डमा विभिन्न मुलुकमा रहेका इन्जिनियर, डाक्टर, लेक्चरल, लिम्बुवानलाई नमुना राज्यको रुपमा खडा गर्नको लागि अहिलेदेखि नै तयारी अवस्थामा रहनुपर्दछ भने लेखक, साहित्यकारहरुले लिम्बुवानको साहित्यिक धरातलको आवश्यक तर्जुमा गर्दे लैजादा राम्रो होला ।
११.यो संसारमा जन्म लिनुलाई कसरी लिनु भएको छ ?
पहिलो प्राकृतिक नियम मानेको छु मैले जन्मलाई । त्यसपछि आउँछ सफलता र असफलताको कुरा । सृष्टिले एउटा खोक्रो शिशुको रुपमा जन्म दिएको हुन्छ, त्यसपछि नै मर्दा सफलता पाएर या असफलता भएर मर्छ । जन्मदेखि मृत्युसम्मको कुरा यति हुन् ।
१२.संसारमा सवैभन्दा माया लाग्ने बस्तु के हो तपाईको ? र जीवनमा गरुँगरुँ लागि रहने कुरा के हो ?परिवार र आफ्नो भूमि । किनभने विदेशका केही विकसित ठाउँमा पुगेपछि त्यो ठाउँले लोभ्याउनको सट्टा आफ्नो गाउँठाउँमा कहिले यस्तो बन्ला भनेर पिरलो लाग्न थाल्छ ।
१३.लिम्बुवान ब्लगस्पोट डटकमको तर्फवाट संसारभर छरिएर रहेका पाठकहरूलाई केही शन्देस दिन चाहनु हुन्छ कि ?
सबैभन्दा पहिले सकारात्मक सोँच राखौ भन्ने कुरा दिन चाहन्छु । केही नकरात्मक कुरा नै भएता पनि त्यहाँ सकारात्मक पक्ष छ कि छैन भन्ने कुरा खोजियो, विस्तारै सकारात्मकताले जित्दै जानेछ भन्ने कुरा नेपालमा रहनुहुने र संसारभर रहनुहुने पाठकहरुमा बाँड्न चाहन्छु ।

कोशी अञ्चल तेह्रथुम जिल्ला ओयाकजुङमा वि.सं. २०३८ साल फागुन महिनामा साहित्यकार देवेन्द्र सुर्केलीले यस धरतीमा पहिलो पटक आँखा खोल्नु भएको हो । विभिन्न पत्रपत्रिकाको सम्पादन साथै विभिन्न संघसंस्थमा आवद्ध रहेर क्रियासील भैरहनु भएको छ । खासगरि हाल मलेसीयामा विश्वविद्यालयको शिक्षा आर्जन गर्न जानु भएको हो । र त्यहाँ रहेर पनि साहित्य लेखनमा उनको हात निरन्तर चलिरहेको छ । त्यसैको कदर स्वरुप उनलेअन्तर्राष्ट्रिय पुरस्कार समेत पाउँन सफल हुनु भयो। उनै प्रखर साहित्यकार देवेन्द्र सुर्केलीसँग लिम्बुवान ब्लगका ब्लगर टंक सम्वाहाम्फेले कुराकानी गरेको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।

१.हाल मलेसिया बसार्इको दिनचर्या तपाईको कसरी चलिरहेको छ ? समग्रमा मलेसियामा बसोबास गर्ने नेपालीहरूको स्थिति कस्तो छ ?

मलेसियामा मेरो जीवनयापन सामान्य रुपमै चलिरहेको छ । बिहान उठेदेखि नेपाली समाचार सुन्ने, पढ्ने र सम्पादन गर्नेदेखि लिएर मलेसियामा भएगरेका गतिविधिहरुको संकलन गर्ने कार्यमै दिन बितिरहेको छ । समग्रमा मलेसियामा बसोबास गर्ने नेपालीहरुको स्थिति बिचबाट नै बगेको छ । धेरै राम्रो पनि छैन । धेरै नराम्रो पनि छैन ।
२.मलेसियामा अध्ययनको क्रमसँगै नेपाली साहित्यलाई निरन्तर लेखिरहनु भएको छ यसरी विदेशमा रहेर पनि साहित्य लेख्नुपर्छ भनेर केले घचघच्याउँछ ?बास्तवमा प्रवासको बसाइँ एकदम साहित्यिक माहौलभित्र रहेको हुन्छ । कम्पनीको होस्टलमा साहित्य हुन्छ । मेसिनमा साहित्य हुन्छ । घरको अभाव सुनेर साहित्य जन्मन्छ भने पूर्वपश्चिमका नेपालीहरुको एकापसमा मिलेर बस्दाको क्षणले पनि साहित्य जन्माइरहेको हुन्छ । म अध्ययनको क्रममा मलेसियामा रहेता पनि रोजगारीको निमित्त मलेसिया आएका नेपालीहरुसँगै सँधै रहन्छु । उनीहरुको मायाप्रेम, स्नेह, परस्पर सहयोग, दुःखपीडा इत्यादिले नै साहित्य लेखनमा घच्घच्याईरहन्छ ।
३.केहि समय अगाडी मलेसिया रहेर पनि नेपाली साहित्यमा निरन्तर क्रियासिल रहनु भएकाले पुरस्कार पनि पाउनुभयो यसलाई कसरी लिनु भएको छ ?निश्चय नै म धेरै भन्दा धेरै खुशी हुनुपुगेको छु । किनभने मलेसियामा साहित्य फस्टाउँदो छ । फस्टाउँदो साहित्यको परिधिभित्र मैले मलेसियाको नेपालीहरुको विचमा ऐतिहासिक अन्तर्राष्ट्रिय पुरस्कार पाएको छु । यसले के देखाएको छ भने मलेसियामा रही अर्कालाई बेचेको समयलाई उवारेर गरिएको सिर्जनाको उचित मुल्याकंनको शुरुवात भयो भन्ने लिएको छु ।
४.तपाईको नयाँ कृति नआएको केहि समय भयो त्यसैले नयाँ कृति ल्याउँने तरखरमा पो हुनुहुन्छ कि ?मेरो दुर्इ कृति पहिले नै प्रकाशित भएका थिए । मलेसिया आएर पनि एक कृतिको तयारी गरेको छु । तर प्रकाशन कहिले गर्ने भनेर समय पर्खिरहेको छु ।
५.तपाई कवि तथा गीतकार मात्र नभएर साहित्यका विभिन्न विधामा कलम चलाई रहनु भएको छ यसरी विभिन्न विधामा कलम चलाउँदा तपाईलाई कस्तो महसुस हुन्छ ?साहित्यको विभिन्न विधामध्ये कविता, गीत, कथा, उपन्यास, निबन्ध, मुक्तक इत्यादि पर्ने भएकोले र यी सबै कुरा लेख्ने भएकोले साहित्यकार हुन पुगेका हुन् । जसरी कथालाई बढि प्राथमिकता दिनेलाई कथाकार, गजललाई प्राथमिकता दिनेलाई गजलकार भनेझै सम्पूर्ण विधालाई समेट्न सके पूर्ण साहित्यकारको पंक्तिमा पर्न सकिन्छ । मैले पनि सबै विधालाई लेख्ने कोशिषमा छु, तर पनि कविता, गीत, गजल र कथाभन्दा अन्यमा पुगिहाल्न सकेको छैन । भरसक विभिन्न विधामा कलम चलाउन पाए आफूलाई पूर्ण साहित्यको बाटोमा लागे भन्ने महसुस हुनेछ ।
६.समाजको लागि एउटा लेखकको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ ? र, तपाई किन लेख्नु हुन्छ ?साहित्य समाजको दर्पण हो, वा साहित्यले समाज डोर्‍याउँछ भन्ने कुराहरु धेरै पुराना भए । साहित्यले सँधै समाजको आलोचना, समालोचना गरिरहेको हुन्छ । जसले अपूर्ण सामाजिक तत्वहरुलाई पूर्ण बनाउँछ भने समाज चलाउने व्यक्ति, परिवारको मनोवृति नयाँ शिराबाट चलाउन हरदम कोशिष गरिरहेको हुन्छ । लेखकले त्यही गर्छु वा लेख्छु भनेर लेखिरहेका हुँदैन तर लेखनी विषयवस्तु त्यसरी नै निकाली रहेको हुन्छ । जहाँसम्म मेरो लेखनीको सोधाई छ, म चाही बढि समाजमा घटिरहेको तर प्रस्फुरण नगरिएको विषयबस्तु खोज्नु रुचाउँछु ।
७.साहित्यको अलवा वेभ सञ्चारकर्मी पनि हुनुहुन्छ यसमा तपाईलाई कुनै कठिनाईहरू आईपर्दैन - अथवा साहित्य लेख्नमा वाधा पार्दैन ?विशेषतः मेरो पेशा पूर्णरुपमा पत्रकारितातर्फखिचिएको छ । थोरै ग्राफिक डिजाइनतर्फनमोडिएको होइन तर बढि चाही पत्रकारिताले जीतेको छ । घटनालाई छिटो रुपमा प्रस्तुत गर्दा समाचार बन्ने र त्यही घटनालाई विस्तृत पार्दा साहित्य बन्ने भएकोले कुनै घाटा पर्दैन । बरु सहयोग पुगिरहेको हुन्छ ।
८.मलेसिया बसेर नेपालको राजनैतिक वर्तमान परिस्थितिलाई कसरी मुल्याङकन गरिरहनु भएको छ ?नेपालको राजनीतिलाई नजिकबाट बुझ्न त प्रवास आउनपर्ने रहेछ । किनभने यहाँ सबै क्षेत्र, जाति, प्रदेशका मानिससँग प्रत्यक्ष सम्बन्ध राख्न सकिन्छ । देशको अवस्था कस्तो छ, देशलाई कसरी समिकरण गर्दा सजिलो हुन्छ भन्ने कुरा यहाँ प्रत्यक्ष बुझ्न सकिन्छ । अहिले नेपालको अवस्था तरल रहेको छ । तरलतामा बगिरहेको कारण जहाँ खाल्डो पर्‍यो त्यही जाकिने अवस्था छ । प्रवासमा हुनेहरुले नेपालको अर्थतन्त्रलाई सकेसम्म धानिरहेका छन् ।
९.तपाई लिम्बुवानको लिम्बू साहित्यकार हुनु भएकोले हालको संघीय लिम्बुवानको विषयलाई कसरी विश्लेषण गर्नु हुन्छ ?धेरै पछिसम्म राज्यको स्वरुपमा रहेको एकमात्र भूभाग भनेको लिम्बुवान हो । फेरि संघात्मक स्वरुपमा पुनर्संरचना गर्दा पनि पहिले लिम्बुवान दिनुपर्ने हुन्छ । अहिले चलिरहेको देशको पुनर्संरचना विषयहरु जाति, भाषा, प्राकृतिक सम्पदा, भौगोगिक अवस्थाको आधारमा संघात्मक बनाउने सम्बन्धमा जातिको आधारमा संघात्मक राज्य हुने पहिलो अवसर लिम्बुवानलाई दिइनुपर्छ ।
१०.बिदेशमा रहेर लिम्बूभाषाको सर्वाङगीण विकास गर्न हामीजस्ता लिम्बू साहित्यकारहरूले कस्तो भूमिका निभाउँन सकिएला ?संसारका सबै कुनामा रहेका लिम्बूहरुले लिम्बूवानको लागि जुट्नुपर्नेछ । भोलीको लिम्बुवान स्वायत्त राज्य स्थापना भएको खण्डमा विभिन्न मुलुकमा रहेका इन्जिनियर, डाक्टर, लेक्चरल, लिम्बुवानलाई नमुना राज्यको रुपमा खडा गर्नको लागि अहिलेदेखि नै तयारी अवस्थामा रहनुपर्दछ भने लेखक, साहित्यकारहरुले लिम्बुवानको साहित्यिक धरातलको आवश्यक तर्जुमा गर्दे लैजादा राम्रो होला । ११.यो संसारमा जन्म लिनुलाई कसरी लिनु भएको छ ?पहिलो प्राकृतिक नियम मानेको छु मैले जन्मलाई । त्यसपछि आउँछ सफलता र असफलताको कुरा । सृष्टिले एउटा खोक्रो शिशुको रुपमा जन्म दिएको हुन्छ, त्यसपछि नै मर्दा सफलता पाएर या असफलता भएर मर्छ । जन्मदेखि मृत्युसम्मको कुरा यति हुन् ।
१२.संसारमा सवैभन्दा माया लाग्ने बस्तु के हो तपाईको ? र जीवनमा गरुँगरुँ लागि रहने कुरा के हो ?परिवार र आफ्नो भूमि । किनभने विदेशका केही विकसित ठाउँमा पुगेपछि त्यो ठाउँले लोभ्याउनको सट्टा आफ्नो गाउँठाउँमा कहिले यस्तो बन्ला भनेर पिरलो लाग्न थाल्छ ।
१३.लिम्बुवान ब्लगस्पोट डटकमको तर्फवाट संसारभर छरिएर रहेका पाठकहरूलाई केही शन्देस दिन चाहनु हुन्छ कि ? सबैभन्दा पहिले सकारात्मक सोँच राखौ भन्ने कुरा दिन चाहन्छु । केही नकरात्मक कुरा नै भएता पनि त्यहाँ सकारात्मक पक्ष छ कि छैन भन्ने कुरा खोजियो, विस्तारै सकारात्मकताले जित्दै जानेछ भन्ने कुरा नेपालमा रहनुहुने र संसारभर रहनुहुने पाठकहरुमा बाँड्न चाहन्छु ।

May 19, 2009

भानेन्द्रकुमार सम्वाहाम्फेसँगको कुराकानी

वि.सं. २०१९-०४-०४ मा जन्मनु भएका राजनितिकर्मी,उद्यमी तथा साहित्यकार भानेन्द्रकुमार सम्वाहाम्फे धरान नगरपालिका, वडा नम्बर १५,सुनसरी जिल्ला, कोशी अञ्चलका स्थायी वासीन्दा हुन् । तर अस्थार्इरुपले काठमाण्डौ महानगरपालिका, वडा नम्बर ३, जलढुङ्गा मार्गमा बस्दै आउँनु भएको छ । वहाँले हङ्गकङ्ग थाइलैण्ड, भारत र दक्षिण कोरिया आदि देशहरु भ्रमण गरिसक्नु भएको छ । हाल स्पार्क हाइड्रोइलेक्टि्रक कम्पनी लिमिटेड, नेपाल - अध्यक्ष तथा प्रबन्ध सञ्चालक,हिल्सडेल ग्रुप इन्कर्पोरेसन, अमेरिका - एशिया क्षेत्रिय निर्देशक,कञ्चनजङ्गा इनर्जी डेभलपर्स कं. प्रा. लि., नेपाल - अध्यक्ष फेडेरेसन इनर्जी डेभलपर्स, नेपाल - संयोजकको रुपमा कार्यरत हुनुहुन्छ । यसको अलवा शिक्षक पेशामा आठ वर्ष झण्डै एक दशक होटल, रेष्टुरेण्ट,ट्रेकिङ्ग र ब्यापार ब्यावसाय सञ्चालन गर्नु भएको थियो ।लामो समयसम्म वाम राजनीतिक कार्यकर्ताको रुपमा काम गरी विक्रम सम्वत २०४८ को आम चुनावमा सुनसरी जिल्लाको चुनाव क्षेत्र नम्बर १ मा नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाबाट प्रतिनिधिसभाको सदस्यको चुनावमा भाग लिर्इ तेस्रो स्थान समेत प्राप्त गर्नु भएको थियो । उनै गर्व गर्न लायक नायक भानेन्द्रकुमार सम्वाहाम्फेसँग लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नुभएको कुराकानीको अंश पाठकहरुको समक्ष प्रस्तुत गरिएको छ ।

१.हाल तपाई केमा व्यस्त रहनुभएको छ ? र दिनचर्यालाई बढी कुन काममा लगानी गर्दै हुनुहुन्छ ?
टंकजी, निजीक्षेत्रको जलविद्युत व्यवसायी भएको हुँदा म आफ्नो व्यवसायमा नै व्यस्त छु । आफ्नो व्यवसायलाई कसरी राम्रोसंग चलाउन सकिन्छ भनेर बढी समय मैंले आफूले प्राप्त गरेको आयोजनामा लगाउने गरेको छु ।

२.नेपालको परिवर्तित वर्तमान राजनैतिक परिस्थितिलाई कसरी मुल्याङ्कन गर्दै हुनुहुन्छ ? के यहि राजनैतिक परिस्थितिले नयाँ संविधान लेखनलाई प्रभावित पार्दैन ?
नेपालमा जे भइरहेको छ त्यो नेपाल र नेपाली जनताको लागि दुर्भाग्यको कुरा हो । वर्तमानमा घटित घटनाले नेपालको सार्वभौमसत्ता जनतामा नभई अझैं पनि सामन्त र तिनका दलाल्कै हातमा रहेको स्पष्ट्याएको छ । यो ज्यादै आपत्तिजनक कुरा हो । वैदेशिक चलखेलले त नेपालको स्वतन्त्र र स्वाधिन छविमाथि धावा बोलेको छ । यसको मतलब नेपालको राष्ट्रियता खतरामा छ भनेर बुझन गाह्रो छैन । टंकजी, नेपालमा लेण्डुप दोर्जेका अवतारहरुले जन्म लिन प्रयास गरिरहेका छन् । हुन त पहिले देखि नै कोशिश नगरेका पनि होइनन् तर यस पटक भने तिनीहरु तुलनात्मकरुपमा बढी नै शसक्त छन् । देश गम्भीर संकटमा छ । राष्ट्रलाई माया गर्ने नेपाल आमाका सपूतहरुको दह्रो उपस्थिति र सक्रियता अपरिहार्य भएको छ । वर्तमानको राजनीतिक अन्यौलले संविधान लेखनलाई जरुर प्रभावित पार्दछ । यस्तो अवस्थामा जनताप्रति समर्पित संविधान लेखिइनसक्ने सम्भावना छैन ।

३.नेपालको ऐतिहासीक परिवर्तनले नेपाली जनताहरु जति खुशी थिए अहिले आएर त्यो खुशी धेरै हद सम्म हराएर गएको छ त्यसैले अव हामी जस्तो निम्नस्तरीय जनताले यो देशको लागि कस्तो प्रकारको भूमिका खेल्न सकिन्छ होला ?
हो टंकजी, तपाईंको भनाइसंग म सहमत छु । परिस्थितिले त्यस्तै देखाएको छ । राजनीतिक पार्टी र तिनका नेतृत्वमा राष्ट्र र मातृभूम्रि्रतिको जिम्मेवारी बोध भएको पाइएको छैन । यसोभन्दा सबै पार्टी र तिनका नेतृत्व त्यस्ता छन् भन्न खोजिएका होइन तर राष्ट्र र मातृभूमि प्र ति इमान्दार पार्टी र नेताको संख्या ज्यादै थोरै छ । यहाँ त देशलाई बन्धकी राखेर भए पनि आलिशान घर अनि मन्त्री पद खान लालयित हुनेहरुकै संख्या अधिक छ । यस्तो विषम परिस्थितिमा तपाईं हामी जस्ता जनताले लेण्डुप दोर्जे बन्न हतार गरिरहेका अधमहरुलाई ठीक लगाउनुपर्छ र प्राणभन्दा प्यारो मातृभूमिलाई सिक्किम बन्नबाट जोगाउनुपर्छ चाहे वलिदान दिनु किन नपरोस् नत्र हामी आफ्नै देशमा बन्धक बनाइनेछौं र पराधिनतामा बाँच्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना हुनेछ ।

४.तपाई लिम्बुवान क्षेत्रमा पर्ने तमोर मेवा हाईड्रो इलेक्ट्रिक पावर योजनासँग सम्वद्ध ब्यक्ति हुनुहुन्छ त्यसैले यसको उदेश्य र फाईदा वारे छोटकरी वताईदिनु हुन्छ कि ?

हो टंकजी, म तमोर-मेवा जलविद्युत आयोजना अर्थात् तमोर-मेवा हाइड्रोइलेक्ट्रिक पावर प्रोजेक्टसंग सम्बन्धित छु । तमोर-मेवा मेवा जलविद्युत आयोजना विकास गर्नाको लागि इजाजतप्राप्त कम्पनीको नाम स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड हो । यो कम्पनी सार्वजनिक कम्पनी अर्थात् यो पब्लिक कम्पनी हो । यसमा इच्छा हुने जोकोहीले पनि शेयर किन्न सक्नेछन् । शेयर स्वदेशी र विदेशी एवम् विदेशमा बस्ने जोकोही नेपालीले आफूले आर्जन गरेको कमाइबाट चाहेको शेयर किन्न सक्नेछन् । म स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको संस्थापक अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुँ । वर्तमानमा पनि म यस कम्पनीको अध्यक्ष तथा प्रबन्ध सञ्चालक नै छु । यो आयोजना लिम्बुवान क्षेत्रमा पर्दछ । लिम्बुवानक्षेत्रको प्रमुख नदी तमोर र तमोरको सहायक नदी मेवा खोलामा यो आयोजना बनाइनेछ । तमोर नदीबाट ८३ मेगावाट र मेवा खोलाबाट १८ मेगावाट जलविद्युत शक्ति अर्थात् बिजुली निकालिनेछ । यसको लागत करिब १८ अरब अनुमान गरिएको छ । यस आयोजना विकास गर्न खोज्नुको उद्देश्य चाहीँ समग्र लिम्बुवानबासीलाई यस्ता खालका ठूला आयोजनाहरुमा सहभागिताको लागि अनुरोध गर्नु र समावेस गरी तिनको आर्थिक जीवनमा परिवर्तन ल्याई बिस्तारै पैसाको लागि विदेश पलायन हुनबाट रोक्ने भूमिका खेल्ने नै हो । यस आयोजनाबाट प्रत्यक्षरुपमा १५०० देखि २००० जनासम्मलाई रोजगारी दिन सकिनेछ भने अप्रत्यक्षरुपमा त ५००० बढीलाई स्वरोजगार उपलब्ध हुनसक्छ । यो आयोजनाको निर्माणबाट तमोर नदीमाथि पक्की पुल बन्नेछ जसको कारण तमोरपारिका गाउ विकास समितिहरुमा मोटर बाटो पुग्नेछ । मोटर बाटोको सहायताले त्यस क्षेत्रका सबै खाले फसल र उत्पादनले बजार पाउनेछन् । त्यस क्षेत्रमा विद्यालय, अस्पताल, खानेपानी, सञ्चार र बिजुलीको सुविधा उपलब्ध हुनेछ । गाउँमा नै सञ्चारको अत्याधुनिक इन्टरनेट सुविधा पग्नेछ । पर्यटकीय हिसाबले सम्पन्न लिम्बुवान क्षेत्रले पर्यटन व्यवसाय सञ्चालन गरी आफूलाई सम्पन्न र आत्मनिर्भर क्षेत्रको रुपमा प्रस्तुत् गर्न सक्नेछ । यस आयोजनाको सफल कार्यान्वयनका लागि अमेरिकी, रसियन, इन्डियन लगानीकर्ताहरुसंग साझेदारीको लागि सहमतिमा हस्ताक्षर भइसकेको छ । यस विषयमा बढी जानकारी लिन चाहनुहुन्छ भने tmpspark@wlink.com.np र sparkhydro@gmail.com मा email गर्नुभएमा email मार्फत विस्तृत् जानकारी दिइनेछ ।

५. संघीय लिम्बुवान स्वायत राज्यको लागि अहिले लिम्बुवानका क्षेत्रिय लिम्बुवान पार्टीहरुले चर्को वहसको रुपमा राजनैतिक रुपले अगाडी बढार्इ रहेका छन् यस प्रति तपाई धारणा कस्तो छ ?
लिम्बुवान राज्य अर्थात् प्रदेश प्राप्तिका लागि त्यस क्षेत्रमा जेजस्ता क्रियाकलापहरु, बहसहरु र आन्दोलन भइरहेका छन् ती सकारात्मक नै छन् तर लिम्बुवान राज्य अर्थात् प्रदेश प्राप्तिका लागि लिम्बुवानसम्बद्ध पार्टी तथा नेताहरुमा जुन एकता र सहकार्य हुनुपर्ने हो त्यो भएको पाइदैन । यो दुखलाग्दो पक्ष हो । यहाँ पनि ब्राहृमणवादी नीति लिनेहरु सफल बन्दै गइरहेको आभास पाइन थालिइएको छ भन्दा फरक नपर्ला । मलाई लाग्छ ब्राहृमणवादी नीतिको सार नै "फुटाउ, जुदाउ र तिनमाथि शासन गर" भन्ने नै हो । वर्तमानमा लिम्बुवान चाहनेहरु यही रोगबाट अर्थात् भाइरसबाट नराम्ररी ग्रस्त छन् । "लिम्बुवान राज्य अर्थात् प्रदेश" हामी लिम्बूहरुको नैर्सर्गिक अधिकार हो । हामीले कुनै हालतमा पनि "लिम्बुवान राज्य अर्थात् प्रदेश" पाउनैपर्छ । यसको प्राप्तिको लागि हामीले सम्झौताहीन संघर्ष लड्नैपर्छ । "लिम्बुवान राज्य अर्थात् प्रदेश" भएनभने हामी लिम्बूहरुको अस्तित्व रहनेछैन । त्यसैले "लिम्बुवान राज्य अर्थात् प्रदेश" चाहने सबै लिम्बुवानबासी, पार्टी र संघसंस्थाहरु एकढिको भएर लागिपर्नुपर्छ ।

६.तपाई राम्रो साहित्य सर्जक पनि हुनुहुन्छ त्यसैले साहित्यका पाठकहरुका लागि कुनै कोसेली पस्कने योजना छ कि ? र साहित्यलाई हेर्ने तपाईको दृष्टिकोण के हो ?

टंकजी, राम्रो प्रसंग कोट्याउनु भयो । म त्यति राम्रो साहित्य सर्जक त होइन जस्तो लाग्छ तर आत्म सन्तुष्टिको लागि कहिलेकाहीँ लेख्नेगर्छु । चाँडै पाठकहरुसमक्ष मेरो साहित्य लेखनको कोसेली स्वरुप प्रथम कविता संग्रह '---' ल्याउने योजना गर्दैछु । 'साहित्य' जीवनको सकारात्मक विकासको लागि लेखिइनुपर्छ नकि कुनै आत्मरति र व्यक्तीगत अहंको प्रदशनार्थ । साहित्यले भत्केका जीवनका खण्डहरहरुलाई जीवन्त बनाउन सक्नुपर्छ । 'साहित्य' सुबोध्य र सरल अनि सरस पनि हुनुपर्छ । 'साहित्य' वृहत्तर जीवन र विकासको लागि सिर्जिनुपर्छ । समग्रमा 'साहित्य' जीवनको दिग्दर्शन बन्नसक्नुछ ।

७.तपाई त कोरीयन मुलको नागरिकसँग विवाह बन्धनमा वाँधिनु भएको छ त्यसैले वैदेशिक जीवन साथीसँगको जीवनयापनलाई कसरी अनुभव गर्दै हुनुहुन्छ ?र नयाँपुस्ताका युवायुवतिहरुलाई यस्तो सम्वन्ध वारे तपाईको कस्तो सुझाव के छ ?
हो मैले कोरियन नागरिकसंग विवाह गरेको छु । विदेशी जीवनसाथीसंग जीवनयापन गर्नु सहज नहुने त स्वभाविक कुरा नै हो । प्रथम समस्या त भाषाकै पर्छ । धेरै कुरा दुवैपक्षले इशारामा नै बुझनुपर्ने हुन्छ । यसो गर्दा कहिले उल्टोपाल्टो पर्न जान्छ जसले असमझदारी बढ्ने सम्भावना हुन्छ । जतिसुकै भने पनि स्वदेशी महिलासंग विवाह गरे जस्तो सहज त हुँदैन । अर्को समस्या भनेको सोच्ने स्तरमा फरक पर्नाले धेरै अप्ठ्यारो पर्छ । हामी नेपालीहरुको सोच्ने तौरतरिका अन्य देशका नागरिकको भन्दा धेरै फरक छ । फेरि समाजमा घुलमिल हुनलाई झनै समस्या पर्नजान्छ । परिणामतः बाध्य भएर अलग बस्नुपर्ने जस्ता समस्याको सामना गर्नुपर्ने हुनसक्छ । केही समझदार विदेशी महिलासंग विवाह गरेको भए केही समयपछि सहज वातावरण बन्नसक्छ अन्यथा त्यस्तो वैवाहिक जीवनले चाँडै पारपाचुकेको अवस्थामा पुर्‍याउछ । यस्ता घटना प्रायः घटिरहन्छन् । म आफूले चाँही कतिपय अप्ठ्याराका बावजुद् पनि त्यस्तो स्थितिको सामना गर्नुपरेको छैन । त्यसैले यस्तो विवाह गर्नुअघि राम्ररी सोचविचार गरेर मात्र विदेशी महिलासंग वैवाहिक बन्धनमा बाँधिए पछि पछुताउनु पर्दैन भनेर नयाँ पुस्ता (जो जीवनयापनको सिलसिलामा विदेशमा जीवन गुजारा गरिरहनुभएको छ)लाई सुझाव दिन चाहन्छु ।

८. नेपाली समाजको लागि तपाई आफूलाई कसरी प्रस्तुत गर्न रुचाउँनु हुन्छ ? अथवा लेखक,उद्यमी वा राजनितिक आदिको दृष्टिकोणले हेरोस् जस्तो लाग्छ ?
पहिलो त म आफू नेपाली भएको नाताले नेपाल आमाको सपूतको रुपमा आफूलाई प्रस्तुत् गर्न चाहन्छु । मेरो शरिरभरी नेपाल आमाको माया र ममताबाट प्राप्त अन्नपानी भएकोले मेरी जननी जन्मभूमिको सेवक बन्न सकुँ र त्यस्को लागि आफूलाई खरोरुपमा उतार्न सकुँ भन्ने चाहँन्छु । मलाई समाजले कसरी हेरोस भन्दा पनि म समाजलाई कसरी हेर्छु त्यो महत्वपूर्ण जस्तो लाग्छ । म त समाजको एक सेवक मात्र हुँ । म सधैं समाजको विकास चाहन्छु । समाजको विकास भयोभने मात्र म विकसित र सभ्य सदस्य हुनेछु । समाजको सेवा गर्ने विभिन्न तरिका छन् । कसैले कलम चलाएर, कसैले उद्योगधन्दा चलाएर त कसैले अन्य कुनै न कुनै काम गरेर । म चाहीँ लेखक र उद्यमी बनेर देश र समाजको सेवा गर्न चाहन्छु ।

९.जीवनमा सवै भन्दा वढी के काम गरेर अघि बढूँ जस्तो लागेको छ ?

जीवनमा सबैभन्दा बढी देश र समाजको सेवा हुने खालका काम, उद्यम गरेर अघि बढुँ झैं लागेको छ । मेरो इच्छा नै बढीभन्दा नेपालीलाई कसरी उद्यमी बनाउन सकिन्छ भनेर कोशिश गर्नु हो । म यसका लागि निरन्तर लागिरहनेछु ।

१०.नेपालको सवैभन्दा शक्तिशाली ठाउँमा पुग्नु भएको भए नेपाललाई कस्तो बनाउँने योजना ल्याउँनु हुन्थ्यो होला ?
यदि म त्यस्तो ठाउँमा पुगेको भए नेपालीलाई रोजगार र जीवनयापनको लागि विदेश जानुपर्ने प्रथाको अन्त गर्ने उपाय खोजी नेपाललाई हरेक कुरामा आत्मनिर्भर राष्ट्र बनाउने योजना ल्याउने थिएँ । हामीसंग प्रसस्त स्रोत र साधन छन् तर तिनको सदुपयोग भइरहेको छैन । हाम्रा राजनीतिक नेता र विद्वानहरुमा राष्ट्रप्रतिको जिम्मेवारी बोध भएको देखिदैन । आफूले प्राप्त गरेको ज्ञान र अवसरलाई केवल व्यक्तिगत अहं बढाउने काममा मात्र प्रयोग भएको पाइन्छ जो नेपालको लागि दुर्भाग्यको कुरा हो भन्दा अतिशयोक्ति नहोला ।

११.तपाई नेपाली भाषाको लिम्बु सर्जक हुनुहुन्छ त्यसैले लिम्बु भाषा साहित्यको विकासको वारेमा के सोच्दै हुनुहुन्छ ?
लिम्बू भाषा र साहित्यको विकास कसरी गर्न सकिन्छ भनेर म हरपल सोचिरहेको छु । म आफू लिम्बू भएर पनि म शुद्ध लिम्बू भाषा बोल्न र लेख्न सक्दिन । यो मेरो ठूलो कम्जोरी हो । म २०४० सालसम्म शुद्ध लिम्बू भाषा बोल्दथेँ तर त्यसपछि भने मैंले जीवनयापनको क्रममा नेपाली र अंग्रेजी भाषालाई नै ज्यादा प्रयोग गर्नुपर्‍यो एकातिर भने आफ्नो गाउँठाउँ छोडेर तरार्इ झर्नुपर्‍यो जस्ले गर्दा लिम्बूभाषा प्रयोगमा आएन । परिणामतः भाषा बिर्सिदैगइयो र आज पछुताउनु परिरहेछ तर म फेरि लिम्बूभाषाको अध्ययन गर्ने योजना बनाउदै छु । त्यसो त शतप्रतिशत् भाषा बिर्सिएको चाहीँ होइन । औपचारिकरुपमा नै विज्ञहरुबाट लिम्बूभाषा सिकेर लिम्बूभाषा र साहित्यको विकासमा आफूलाई समाहित गर्ने सोँचमा छु ।

१२.अहिले सम्मको जीवन भोगाईमा कुनै अविस्मरणिय क्षणहरुले छोएका छन् कि कृपया बताई दिनु हुन्छ कि ?
जरुर टंकजी, अनगिन्ती छन् । त्यसमध्ये मैंले पढ्न थालेको र स्कूलमा प्रवेश परीक्षा दिएको क्षण चाहीँ सधैं सम्झन लायकको छ । म पहाडबाट २०२९ सालतिर झापाको कमलझोडा भन्ने ठाउँमा बाउआमासंगै बसाइँ झरें । त्यत्तिखेर मेरो उमेर त्यस्तै १० वर्षको हुनुपर्छ । कमलझोडामा २ वर्षति बसेर हामी सपरिवार मामाघर भएको झापाको गौरादह बसाइँ सर्‍यौं । मेरो काम भनेको गाईबस्तु चराउने र खेतमा जोत्ने थियो । त्यत्तिबेलासम्म मैंले औपचारिक शिक्षा शुरु गरेको थिएन । मतलब मलाई पढ्न लेख्न आउदैनथ्यो । छिमेकीका छोरीहरु नाताले मित मामाका छोरी बहिनीहरु थिए, उनीहरु स्कूल पढ्दथे । स्कूल छुट्टी भएको दिन उनीहरु पनि गाईबस्तु चराउथे । तिनताका गोठालामा गुच्चा र खोप्पी खेल्ने चलन थियो । म गुच्चा र खोप्पी खेल्ने काममा चैम्पियन थिएँ । हामी सबै मिलेर गुच्चा र खोप्पी खेल्थ्यौं । एकदिन पैसा र गुच्चा सबै मैंले जितें र सानले बहादुरी देखाएँ जो बहिनीहरुलाई पचेन । आखिरमा हामी बीच भनाभन भयो, कुटाकुटसमेत भयो । मैंले तिनीहरुलाई पिटें किनकि तिनीहरुले मलाई "कालो अक्षर भैंसी बराबर के फुटानी लडाउछस्" भने जो मलाई सहृय भएन । परिणामतः मैंले बेलुकी घरमा नराम्ररी सजाय भोग्नुपर्‍यो । झगडाको कारण बताउदा मैंले "कालो अक्षर भैंसी बराबर के फुटानी लडाउछस्" भनेकाले रिस उठ्यो अनि पिटें भनें । उनीहरुका मामा चाहीँ मास्टर हुनुहुन्थ्यो । सजाय पनि उहाँले नै दिनुभएको थियो । मेरो कुरा सुनेपछि उहाँले तँ पढ्छस् त ? भनेर सोध्नुभयो र मैंले पनि पढ्ने चाहना बताएँ । उहाँले नै मलाई उमेर १२ वर्षभइसक्यो, सानो कक्षामा पढेर काम छैन भनेर एकैचोटी ४ कक्षामा भर्ना लिनुपर्छ भन्नुभयो तर मलाई क, ख, ग जस्ता सावाँ अक्षर पनि आउदैनथियो झन् अंक आउने त कुरै भएन । भोलिपल्ट हामी स्कूल गयौं र मेरो प्रवेश परीक्षा लिइयो । मलाई प्रश्नको रुपमा क देखि ङ सम्म र ११११ मा ११११ जोड्न दिइयो जो मेरो बसको कुरै थिएन । घण्टौं बित्दा पनि मबाट सम्भव नभएपछि उनै सरले पियनलाई पानी पठाएर लेखिदिन भन्नुभएछ र पियनले मलाई त्यसै भनेर आफैले लेखिदियो अनि मैंले बुझाएँ । पास पनि भएँ । त्यसपछिका दिन मेरा लागि फलाम चपाएभन्दा पनि साह्रा भए । मैंले साह्रै मिहेनत गर्नुपर्‍यो तर मैंले मनमा र्इख लिएर रातभर सस्वर पढ्न थालें । त्यसै वर्षको वार्षिक परीक्षामा कक्षामा दोस्रो भएँ । त्यसपछिका वर्षहरुमा म सधैं कक्षामा मात्र नभई होलस्कूल फस्ट हुनथालें र हाइस्कूलसम्मको पढाइको मैंले फिस् तिर्नु परेन, जेहेन्दार छात्रवृति पाउदथेँ । त्यसैले "कालो अक्षर भैंसी बराबर के फुटानी लडाउछस्" भन्ने होच्याइपूर्ण भनाई र स्कूलको भर्नासंग सम्बन्धित घटना मेरा लागि सम्झन लायक अर्थात् अविस्मरणीय क्षणहरु हुन् ।

१३. लिम्बुवान ब्लगमार्फत संसार भर छरिएर रहनुभएका पाठकहरुलाई केहि शन्देश दिन चाहनु हुन्छ कि ?
सर्वप्रथम त लिम्बुवान ब्लगलाई विशेष धन्यबाद आफ्ना कुराहरु विश्वभर छरिएर रहनुभएका लिम्बू एवम् नेपालीहरुमा सम्प्रेशण गर्ने अवसर दिनुभएकोमा । बाध्यता र रहरले अथवा आवश्यकताले संसारका विभिन्न भागमा रहेर कार्यरत सम्पूर्ण नेपालीहरुमा मेरो न्यानो हार्दिक अभिवादन । "लिम्बुवान ब्लग" जो अहोरात्र नेपाली भाषा साहित्यको सेवामा लागिरहेको छ, यो ऐतिहासिक कदम पनि हो । यसले लिम्बुवान, नेपाल, नेपाली साहित्य र नेपालको ताजा खबर प्रसारण गरेर ज्यादै पूण्य कार्य गरेको छ जसको प्रसंसा नगरिरहन सकिदैन । तपाईहरु जहाँ भए पनि मातृभूमिलाई नबिर्सिनुहोस् । आ-आफ्ना अभीष्ट पूरा गरी आफ्नो मातृभूमि चाँडै फर्कनुहोस् । तपाईहरुको जन्मभूमिका डाडाकाँडा, पँधेरा-पाटी, द्यौराली-चौतारी तपाईहरुको शीघ्र र अर्थले पूर्ण आगमनको पर्खाइमा छन् । संसारमा आफू जन्मेको देशभन्दा ठूलो केही नहुँदोरहेछ । मलाई थाह भइसकेको छ । कुनै समय म पनि तपाईहरु जस्तै विदेशमा बाँचेको थिएँ । तपाई नेपालीहरु जहाँ भए पनि सुखी रहनुहोस्, यही मेरो शुभकामना !

Apr 6, 2009

नगेन्द्र ईङनाम "आठराईली" सँगको अन्तरवार्ता

कवि तथा गीतकार साथै पत्रकार नगेन्द्र ईङनाम "आठराईली" पौष २५, २०२५ साल भारापा ७, यक्वाडांडा, पांचथरमा पहिलो पटक यस धरती पार्इला टेक्नु भएको हो । वहाँको बाबु स्व.श्रीप्रसाद ईङनाम, आमा स्व. पबित्र लिङदेन ईङनाम, दुई भाई, एक बहिनी, श्रीमति लक्ष्मी मायां र दुई छोरा- नाम्साङ र मिराप ईङनाम हुनुहुन्छ। अध्यायनको क्रम प्राथमिक तहदेखि एस.एल.सी. त्रिमोहन मा.बि. आठराई संक्रान्ती तेह्रथुममा भयो । त्यसरी नै अध्यायनको क्रमलार्इ आईए तेह्रथुम क्याम्पस आठराई तेह्रथुमबाट र बि.ए. मेचि क्याम्पस भद्रपुर झापा तथा जि.ई.डि. लेभलको अध्यायन लाग्वार्डिया कलेज न्यूयोर्कमा पुरा गर्नु भएको छ । कवि तथा गीतकार साथै पत्रकार नगेन्द्र ईङनाम "आठराईली" लेखन तथा अध्यायनमा मात्र लिप्त नरहि बिभिन्न संघसंस्थामा साधारण सदस्य र अन्य पदभार सम्हाल्दै हाल अलाइन्स फर डेमोक्र्यसि एण्ड ह्युमन राइट्स इन् नेपाल युएसए संस्थाको महासचिव तथा किरात याक्थुङ चुम्लुङ अमेरिका (केन्द्रीय कार्य समिति) को महासचिव साथै युएस नेपाल अनलाइन डट कमको सह-सम्पादक र युएसनेपाल मिडिया सेन्टरको बिज्ञापन तथा बजार ब्याबस्थापन निर्देशकमा कार्यरत हुनुहुन्छ ।यसरी वहाँ बिभिन्न संघसंस्था र साहित्यमा लागेर हालसम्म अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनमा न्यूयोर्कमा भएका कविता प्रतियोगिताहरुमा अन्य सामान्य पुरस्कारहरु लगाएत तीनपटकको प्रथम पुरस्कार प्राप्त तथा न्यूयोर्कस्थित अप्रवासी नेपालीहरुको हितमा लडने संस्था अधिकारबाट सन २००७ को समाजसेवा सम्मानबाट सम्मानित पनि भैसक्नु भएको छ। उनै प्रतिभावान कवि तथा गीतकार साथै पत्रकार नगेन्द्र ईङनाम "आठराईली" सँग लिम्बुवानका ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानी पाठकहरुको लागि प्रस्तुत परिएको छ ।
(१) तपाईंले अमेरिका जस्तो ब्यस्त ठाउंमा रहेर साहित्य लेखन, अनलाइन पत्रकारिता,समाजसेवा साथै ब्यावहारीक समस्यालाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
- समयको अभावले हुने असहज परिस्थितिमा कामहरु प्राथमिकताको आधारमा गरेमात्र तालमेल मिल्न सक्छ । परिवारकोतर्फबाट घरायसी समस्याहरुमा हातेमालो त हुन्छन तर जीविकोपार्जनको आधार कामले गर्दा अन्य क्रियाकलापहरुको लागि समय निकाल्न अति गाह्रो हुन्छ । समय मिलेमा सामाजिक क्रियाकलापहरुहरुमा उपस्थित भईन्छ नत्र जनसम्पर्कको माध्यमबाट नै सम्भव हुनसक्ने कामहरु गरिन्छ । साहित्यकोलागि चाहिं धेरैजसो काममा आतेजाते बाटोको समयलाई सदुपयोग गरेर शब्द शब्द जोड्दै रचनाहरु पुरा गर्नुपर्ने हुन्छ ।
(२) अमेरिकामा अहिले आएर नेपालीहरुको बसाई क्रमश: बढि रहेकोछ तपाईंले अनुभव गरेअनुसार त्यहां बसोवास गर्ने नेपालीहरुको अवस्थाबारे जानकारी दिनु हुन्छ कि ? साथै याक्थुङबा दाजुभाई तथा दिदीबहिनीहरुको स्थिति कस्तो छ ?
- हामी नेपालीहरु अमेरिकामा सबै पहिलो पुस्ताका आगन्तुकहरु हौं । अफ्रिकन, युरोपियन, फिलिपिनी,भारती, चिनियां र कोरियनजस्ता पुस्तौं अघिदेखि यहां बसोबास गर्नेहरुको तुलनामा हामी हरेक पक्षमा पछाडि छौं । देशको अन्यौल भबिष्य, दण्डहीनता अनि सुरक्षित लगानिकोलागि ठाउं नपाएका केहि हुनेखनेहरु लगाएत अधिकतम नेपालीहरु यहांको ब्याबस्थित संरचनाको कारण आफ्ना भाबि सन्ततिहरुलाई सहजरुपमा यतै स्थापित गराउन सकियोस भनेर परिश्रम गरिरहेका बुझिन्छ । सबैभन्दा गह्रोचाहिं ग्रयाजुएसन मुनिका विधार्थीहरुलाई छ । चर्को पढाई शुल्कको कारण उनिहरुले अति दुख गर्नुपर्छ । हामी याक्थुङ्बा दाजुभाई दिदीबहिनीहरुकोपनि अवस्था उस्तै नै हो । हालसम्म दुईसय पचासको हाराहारिमामात्र लिम्बुहरु अमेरिकामा छौं होला । देश ठुलो भएपनि सजिलो संचार ब्याबस्था र देशका सबै राज्यहरुमा सहजरुपमा घुमफिर गर्न पाईने ब्याबस्था भएको कारण र किरात याक्थुङ चुम्लुङ अमेरिकाको माध्यमबाट सबै लिम्बुहरु सम्पर्कभित्र रहेर आपसी सहयोग र सदभावकासाथमा रहेका छौं ।
(३) हालैमात्र संयुक्त लिम्बुवान मोर्चा नेपालले ताप्लेजुङदेखि संखुवासभाको चैनपुरसम्मको लिम्बुवान जनजागरण अभियान समाप्त गरेकोछ । यसलाई तपाईंले कसरी हेरिरहनु भएको छ ?
- यो जुनसुकैपनि आन्दोलित समुहले गर्नुपर्ने शान्तिपुर्ण आन्दोलनको उत्कृष्ट माध्यम र नमुनापनि बनेको छ । लिम्बुवानवासी सम्पुर्ण दाजुभाई दिदीबहिनीहरुको साथ सहयोग र संलग्नताले नै प्रमाणित गरिसकेको छ कि लिम्बुवान नामको राज्यभित्र सबै बर्ग,जाती,भाषी र राजनैतिक समुहका नेपाली नागरीकहरु आटाएर बस्न राजी छन । लिम्बुवान नामाकरणकोलागि ऐतिहासिक, भौगोलिक भनौ या प्रादेशिक र सामाजिक आधारहरु आफैंमा बलिया त छंदैछन त्यासमापनि यसरी सबै लिम्बुवानवासीले जनाएको संलग्नताले लिम्बुवान अपरिहार्यताको बोध गराउंदछ । लिम्बुवान सुनिश्चित हुनबाट त्याहांका जनतालाई वान्चित गराउनु चाहानु भनेको जुनसुकैपनि सरकार,पार्टि र ब्याक्तिहरुको मनसाय केवल वैरभाव बढाउने र साङ्लो राजनीतिको पानीलाई धमिल्याउने कुचेष्टामात्र हो ।
(४) नेपालको राजनैतिक घटनाक्रमलाई मुल्याङ्कन गर्दा संबिधानसभामार्फत जनताले चाहे अनुरुप संघीय राज्य ब्यावस्थाको सुनिश्चितता होला भन्ने कुरामा कतिको विस्वास गर्नुहुन्छ ?
- म बिल्कुलै आशावादि छु । नेपालका सबै राजनैतीक घटनाक्रमहरुलाई मुल्याङ्कन गर्दा सबै नतिजाहरु प्रगति र जनचाहनातर्फ नै उन्मुख छन । संघीय ब्यावस्थाको त जनआन्दोलनपछिको संबिधानले नै रक्षा गरि सकेको छ । अब कस्तो आधारको हुने भन्ने कुरामा खालि पीडक बर्ग र पीडित बर्गको मानसिकता बेमेलको कारण तनाव भई रहेकोमात्र हो । हिजोको नेपालमा जसले जानिजानि वा मजबुरीले सोषण गर्‍यो त्यो पीडक बर्गलाई पालो फेर्लान कि भन्ने डर छभने जो मुलधारमा आईरहेका समुह छन पहिलेका पीडितहरु जसलाई चाहिं उनै पीडकहरुको फेरिपनि डर छ । त्यसैले कडा रुपमा प्रस्तुत भएका छन फरक यतिमात्र हो । समयसंगै यो बेमेल मानसिकताको अन्त्य हुने छ र संबिधानसभामार्फत जनचाहना अनुरुपको संघीय ब्याबस्था निश्चित भएर देश् सम्रिद्धितर्फ उन्मुख भएर जाने नै छ ।
(५) नेपाललाई विकास गर्नलाई तपाईले लिनुभएको गुरुयोजनहरु कस्ता प्रकारका छन ? नेपाली भएको हैसियतले हरेकले देश बिकासकोलागि सोच्नु आवश्यक छ कि छैन होला ?
- देशमा सबभन्दा पहिला दण्डहीनताको अन्त्य हुनुपर्छ । डण्डहीनताले नै अराजकता,भ्रष्टचारको जन्म गराउंदछभने कानूनि ब्यावधान खडा गर्दै शान्ति सुरक्षा कायम हुनपनि असम्भव गराउंदछ । कानूनको परिधिमा सबैलाइ ल्याउनुपर्छ । त्यसपछि सरकारबाट लगानिको सुरक्षा ग्यारेण्टि दिनुपर्छ जसलेगर्दा स्वदेशीबिदेशी सबै लगानिकर्ताहरुलाई भयमुक्त वातावरणमा नेपालको बिकासमा लगानि गर्नेछन । सडक र विधुत तर्फको बिकासमा नाटकीय प्रिवर्तन नल्याई नेपालको बिकासको पूर्बाधार नै तयार हुने छैन । उत्पादक क्षेत्रहरु जोगाएर रुखो जमिन भएको ठाउंमामात्र शहरिकरण गर्नुपर्छ । पर्यटन क्षेत्रको बिकास र नगदेबालिको ब्याबस्थित उत्पादन नै नेपालको बिकासका आधारहरु हुन । सबै नेपालीहरुले नेपालको द्रूत बिकासकोलागि सोच्न अत्यन्तै जरुरी छ । लाभदायक नीति र कार्यक्रमहरु लागु गराउनकोलागि सम्बन्धित निकायहरुमा दवाब दिन सक्नु पर्दछ ।
(६) तपाईं साहित्यकारपनि हुनुहुन्छ तपाईंका प्रकाशित कृतिहरु र प्रकासोन्मुख कृतिहरुको बारेमा जानकारी दिनु हुन्छ कि ?
- शुरुशुरुमा अन्य पुराना,प्रचलित र स्थापित लेखकहरुको सामुन्ने आफ्ना रचना अति फिका र निम्नस्तरका लाग्थे त्यसैले संकलन गरिएन । अनि परदेशमा बढि जीवनको समय बितेकोले साहित्यलाई साथमा लिएर जानपनि सकिएन । दुईवर्ष अघि एउटा कविता सङग्रह तयार पारेको थिएं नेपाल निस्केर प्रकाशित गर्ने बिचार थियो तर जान नपाएकोले हालसम्म एउटै कृतिपनि प्रकाशित भएका छैनन । चांडै नै मेरा संकलित साहित्यिक कृतिहरु प्रकाशन हुंदैछन ।
(७) बिदेशमा बस्ने स्रष्टाले लिम्बुवानकोलागि कस्तो प्रकारको योग्दान दिन सकिन्छ होला ?
- लिम्बुवानी जनताहरु अहिले लिम्बुवान नामाकरण गराई छाड्नको लागि खबरदारि गरिरहेकाछन । चरणबद्धरुपमा जनजागरणका कार्यक्रमहरु समापन भएका छन । लिम्बुवानवासीहरुको यो ऐक्यबद्धताले अब जस्तोसुकैपनि परिस्थितिको सामना गर्नसक्ने क्षमता तयार भयो भनेर प्रमाणित गरेको छ । बिदेशमा बसेका स्रष्टाहरुले संचारको माध्यमबाट त्याहांका सम्पुर्ण क्रियाकलापहरु प्रचार-प्रसार गर्ने, नैतिक समर्थन जुटाईदिने र अवश्यक सल्लाह सुझावहरु संकलन गरेर पठाईदिने तथा बिभिन्न लेख रचनाहरुमार्फत त्याहांका जनमानसमा जनचेतना जगाउनेजस्ता सहकार्यहरु गरेमा समयसापेक्ष योगदान पुग्नेछ ।
(८) तपाईं आफुलाई नेपाली समाजमा बढी भन्दा बढी कसरी प्रस्तुत गर्न चाहानुहुन्छ ?
- म आफु नेपाली समाजमा साहित्य सिर्जक र समाजसेवकको रुपमा प्रस्तुत हुने चाहना छ हेरौं समय र परिस्थितिले कता डोर्‍याउंछ ।
(९) साहित्यलाई अंगाल्नु तपाईको मुख्य अभिष्ट के हो ? नेपाली साहित्य लेखनको स्थितिलाई कसरी मध्यनजर गर्दै हुनुहुन्छ ? नेपाली साहित्यलाई उत्थान गर्न बिदेश बस्ने स्रष्टाहरुको भुमिका कस्तो हुनुपर्छ होला ?
- साहित्य एउटा सार्वजनिक थलो हो । यो राजनीति र ब्यापार जस्तो काहिं कोहिसंगमात्र सिमित रहंदैन । निश्वार्थ भावनाले सबैसामु प्रस्तुत हुनसकिने हुनाले थोरै भएपनि यस क्षेत्रलाई टेवा पुर्‍याउने भावना जागेर साहित्यामा कदम चालेको हो । सायद देशको द्धन्दको परिस्थितिले गर्दा होला बिगतको एक दशक हेर्ने होभने कमैमात्र कृतिहरु प्राकशनमा आए । जबकि भारतमा नेपालको आधाभन्दा कम नेपालीभाषीहरु रहेपनि त्याहांको साहित्य लेखन उच्च रहयो । बिदेशमा रहने नेपाली स्रष्टाहरुले टेकेको धरातलको साहित्यजस्तो नेपालि साहित्यलाई ढाल्ने होइन नेपालीपना मै जोगाउन सक्नु पर्छ । समय अभाव र असहज परिस्थितिमापनि साहित्यकोलागि आ-आफ्ना प्रतिभाहरुलाई निरन्तरता दिने प्रयास गर्नुपर्छ । संयुक्तरुपमै भएपनि क्रितिहरुको प्रकाशन गर्दै जानुपर्छ । नयां रचनाहरुलाई चाहे प्रिन्ट होस, चाहे अनलाईनमा होस स्थान बनाईदिनुपर्छ । जसलेगर्दा नयां सर्जकहरुलाई अघि बढ्ने मार्गहरु मिल्न सकोस ।
(१०) जीवन के हो ? तपाईंलाई जीवनमा सबैभन्दा बढी के काम गरौं जस्तो लाग्छ ?
- मानव जीवन वास्तवमा स्रिष्टिलाई शुन्दर बनाउने गहना हो । यसलाई सबैले राम्रोसंग उपभोग गर्नु जान्नुपर्दछ मलाई जीवन जीउन्जेल समाज उपयोगी सिर्जना गर्न र न्युन नै भएपनि देश तथा समाजसेवी काम गर्न मन पर्छ ।
(११) तपाईंले भोग्नु भएका कुनै त्यास्ता अविस्मरणीय क्षणहरु छन कि ?
- ब्याक्तिगत जिन्दगीका क्षणहरु त आफैंसंग छंदैछन तर साहित्यीक जीवनमा नबिर्सने दुईवटा क्षणहरु छन । सन १९९१ ताका एउटा "जीवनको गोरेटो" नामक उपन्यास लगभग तयार गरेको थिएं काठमाण्डौ जांदै गर्दा धरानको एउटा पुस्तक पसलमा सोहि नामको पुस्तक बेच्नलाई झुण्ड्याई राखेको देखें । त्यो देखनसाथ आफ्नो लेखनको लगानी खेर गएको सम्झेर बीचबजारमै रोएको थिएं । दोश्रोचाहिं गतसाल देखिनै आफ्नो पुस्तक "परदेशबाट" कविता संग्रहको तयारि गरेर कभर डिजाईनसमेत तयार भएको थियो तर सोहि नामको पुस्तक दुईवर्ष अघि नै छापिई सकेको थाहा पाएं । यो थाहा पाएको दिन साहित्य यात्राको उकालिमा चड्दै गर्दा चिप्लिएर बङलङै लडी झरेको जस्तो प्रतीत भएको क्षणपनि अविष्मरणीय रहन पुगेको छ ।
(१२) लिम्बुवान ब्लगस्पटमार्फत संसारभर छरिएर रहेका पाठकहरुलाई केहि सन्देश दिन चाहनुहुन्छ कि ?
- सर्वप्रथम त बिश्वभर रहनुभएका यस ब्लगस्पटका पाठकहरुलाई हार्दिक अभिवादन । एउटा युगान्तकारी निर्णयको मोडमा रहेको हाम्रो मुलुकको वर्तमान अवस्थामा सबै कुरोलाई थांति राखेर सबै नेपालीलाई समेट्ने संबिधान लेखन र देशलाई उत्कृष्ट संघीयताको ढांचामा स्थापना गर्न हामी सबै नागरीकले आ-आफ्नो कर्तब्य निर्बाह गरौं । सबै स्वार्थहरुलाई त्यागेर देशको अस्तित्वको लागि कम्मर कसेर लागौं । यस समयमा हामी एक भएर जुट्न सकेनौंभने न त अस्तित्वको देश रहनेछ, न त सबै मिलेर बस्ने परिबेश रहनेछ ।