Aug 26, 2012

कथाकार बुद्ध चेम्जोङसंगको साहित्य बार्ता

कथाकार बुद्ध चेम्जोङ जन्म बि.सं. २०३५ साल चैत्रमा भएको छ । वहाँको जन्मस्थान कोशी अञ्चल धनकुटा जिल्ला अन्तर्गत राजारानी गा.बि.स. १ मा हो । नेपालमा स्नातक सम्मको अध्यायन समाप्त गरेर अमेरीका हानीएका कथाकारले उतै बसेर हालसालै रुपकी रानी रुपा कथासंग्रह प्रकाशन गरेर चर्चा कमार्इ रहेका छन् । चर्चा कमाउँनुको प्रमुख कारण कथासंग्रहबाट आएको रकम सामाजिक सेवामा लगानी गर्नु हो । नेपालका ठुला पत्रिकाहरुमा उनको ब्यापक चर्चा यहि कारणले भएको हो । बिभिन्न पत्रपत्रिका तथा वेभसाइटहरुमा कविता,कथा,लेख आदि धेरै प्रकाशित भएका छन् । यो कथा संग्रह नेपाली साहित्य प्रतिष्ठान हङकङले प्रकाशनमा ल्याएको हो। उनै प्रखर कथाकारसंग कुराकानी गरेको अंश यहाँहरुलागि प्रस्तुत गरेको छु । धन्यवाद । 
१.हालसालै रुपकी रानी रूपा कथा संग्रह ल्याएर पाठकहरुको हातमा पुर्याउनु भएको छ, पाठकहरुको प्रतिक्रिया के कस्तो आई रहेको छ त ? कथा लेखनमा बढी रुचि हुनुको कारण के हो ? कस्तो प्रकारको कथा लेख्न जरुरी ठान्नु हुन्छ र किन ? 
धन्यवाद, बढो सान्दर्भिक र गहन प्रश्न गर्नुभयो | हुन त भर्खरै यो "रुपकी रानी रूपा" कथा संग्रह बजारमा आएको छ तर नेपालभरका मुख्य सहरहरुमा नपुग्दै कथाहरु सकिन लाग्यो भनेर प्रकाशनका ब्यबस्थापक साथीहरुले भन्दै हुनुहुन्छ | यो सुनेर नेपाली साहित्यमा राम्रो खुराक पस्कि दियो भने पाठकहरुले खोजि खोजि पढ्छन भन्ने पूर्ण विश्वास भएको छ | विशेष गरेर नेपाल मात्र नभएर अमेरिकाको न्यु योर्क राज्यमा मात्र ६०/६५ किताबहरु बिक्री भई सकेको छ | अब अन्य राज्यतिर पनि पठाउने जमर्को गर्दैछु | साथै हंगकंग, मलेसिया, अरब राष्ट्रहरु र युरोपतिर पनि पठाउने तारतम्य मिलाउदै छु | र अहिलेको यो ग्लोबल भिलेजको अवधारणासंगै नेपाल मात्र नभएर संसारभरका साथीहरुले साह्रै समय सापेक्ष सामाजिक कथा संग्रह पस्कि दिनुभयो भनि बधाई तथा शुभकामना दिई रहनु भएको छ | अब प्रसंग बदलौ, मलाई कथा विधा नै किन रोजे भन्ने सवालमा,..... म स्कूल पढ्दादेखि नै वादविवाद तथा निबन्ध लेखनमा रुचि राख्दथे | सायद त्यही बेलाको रुचि अहिले आएर प्रफुश्टित भएको जस्तो लाग्छ | र कस्तो कथा लेख्ने सवालमा चाही, म एक सामाजिक प्राणी हुँ, समाजको लागि नै केहि गर्नुपर्छ र सेवा गर्नुपर्छ भन्ने भावना राख्दछु | यसैले म, सामाजिक कथाहरु लेख्न रुचाउछु | जुन कथाले समाजमा केहि न केहि मार्ग दर्शन दिओस र समाजमा मानविय भावना र सदभाव कायम होस् | 
२.नेपाल बाहिर बसेर नेपाली साहित्य लेखेर छाप्दा के कस्तो कठिनाई भोग्नु पर्यो त ? नेपाल बाहिर रहेर नेपाली साहित्य लेख्नेलाई नेपालभित्र बसेर लेख्ने साहित्यकारहरुको दृष्टिकोण कस्तो रहयो ? नेपाल बाहिर र भित्र साहित्यको प्रकाशन कस्तो पाउनु भयो त ? 
मैले यी कथाहरुको अन्तिम रुप मात्र विदेश बसेर पुरा गरेको हो | कथाहरुको जुन स्केच छ, त्यो त म स्कूल छदादेखि नेपालमा कलेज पढ्ने बेलामा पनि दिमागमा थियो र अलि अलि लेखेको पनि थिए | म रोजीरोटीको सिलसिलामा विदेश लागेपछि अभाग्यवस केहि कविताहरु, कथाहरु हराए पनि उबेलाको स्मिर्तीलाई पुन: जगाएर पुरा गरेको हुँ | विदेश जस्तो ज्यादै ब्यस्त हुने ठाउँमा बसेर साहित्यमा समय दिनु भनेको निकै गाह्रो काम हो | तथापी मलाई आफ्नो रुचि भएको क्षेत्रमा थोरै थोरै समय निकालेर भए पनि यो क्षेत्रमा लागिरहेको छु | अब नेपाल बाहिर रहेर लेखिने साहित्यलाई नेपाल भित्र रहनु भएका साहित्यकारहरुले सौतेनी आमाको छोरा जस्तो व्यवहार गर्छन भन्ने सुनेको छु | तर मेरो कथा संग्रहको बारेमा खासै टिप्पणी सुनेको छैन | तर मेरो एउटा अनुरोध छ, नेपालमा रहनु भएका अग्रज साहित्यकारहरुलाई, हामी संसारको जुनसुकै भूगोलमा रहे पनि हाम्रो अस्तित्व भनेको नेपाली नै हो | हामी विदेशमा बस्ने नेपाली मुलका नेपालीले जहाँ बसे पनि हामी सदा नेपाललाई नै सम्झी रहेका छौ | त्यसैले तपाईहरुले त्यो भावनालाई आफ्नो मनबाट निकाली दिनोस | होइन भने आसाम, भुटान, दार्जीलिंग, देहरादुनबाट नेपाली साहित्यलाई टेवा पुगेको त हाम्रो इतिहास साक्षि नै छ | अहिले आएर युरोप, अमेरिका, जापान, हंगकंग आदि देशहरुबाट लेखिएका साहित्यलाई त्यो व्यबहार नगर्न अनुरोध गर्दछु | आखिर हामी पनि नेपाली साहित्यलाई अझ उचाईमा पुर्याउन आफ्नो तर्फबाट लागि परेको होनी, होइन र ? अब प्रकाशनको बारेमा भन्नु पर्दा, विदेशमा भन्दा नेपालमा प्रकाशन सस्तो पर्न आउछ | र अर्को कुरा हाम्रो ७५% पाठकहरु त नेपाली नै हुन् नी त | त्यसैले मैले नेपाली साहित्य प्रतिष्ठान हंगकंगको सहयोग लिदै नेपालबाट नै प्रकाशित गरेको हुँ | 
३.नेपाल बाहिर बसेर बढी कस्तो नेपाली साहित्य लेखेको पाउनुभयो ? नेपाल बाहिरको नेपाली कथा नेपाली साहित्यका लागि कति उपयोगी हुन्छ होला ? यसरी विदेश बसेर लेखिएको साहित्यको मुल्यांकन नेपाल सरकारले कतिको गरेको जस्तो लाग्छ ? 
यो बारेमा भन्नुपर्दा प्रवासबाट सिर्जित मैले म्याक्सिमम कविता संग्रह बढी देखे | कविता द्वरा सर्जकहरुले आफ्ना मात्र नभएर सम्पूर्ण परदेशी नेपालीहरुको दु:ख दर्द र भावनालाई पोखेका छन् | दु:ख, पीडामात्र नभएर खुशीका, रमणीय ठाउका वर्णनहरु, त्यहाका सामाजिक संरचनाका बारेमा लेखेको पाएको छु | अब नेपाल बाहिरको नेपाली कथा भन्नुभयो,......मैले अघि नै भनि हाले नी, आखिर हामी नेपाली जहाँ गएपनि थातथलो त नेपाल नै हो | हाम्रो जन्मेदेखिको संस्कार उही नेपाली नै हो | त्यसैले हामीले लेख्ने कथा पनि नेपालको गाउ ठाउँसंग जोडिंदै विदेशी भुमि पुग्ने हो | र कथा कहिले नेपालमा शुरु भएर विदेशमा टुंगिन्छ त, कहिले विदेशमा शुरु भएर नेपालमा टुंगिन्छ | र यस्ता कथाले नेपालभित्र रहनु भएका सम्पूर्ण नेपालीहरुलाई विदेशको बारेमा केहि न केहि जानकारी गराउछ नै साथै जनचेतना पनि गराउछ | विदेशमा सुखै सुख हुन्छ या त रुखबाट पैसा झर्छ या त विदेशी मान्छेहरु देउता जस्तै मानविय हुन्छन भन्ने भ्रमलाई चिरी दिन्छ | अब आयो साहित्यको मुल्यांकन,......यो चाही अलि गाह्रो प्रश्न गर्नुभयो, प्रवासमा रहेर लेख्ने साहित्यकार साथीहरुको गुनासो सुन्दा होकी जस्तो पनि लाग्छ | नेपाल सरकारले विदेशमा लेखिएका साहित्यलाई खासै मुल्यांकन गरेको पनि देखिदैन | अर्कोतिर प्रवासमा लेखिएका कमै साहित्यमात्र खारिएको हुन्छ भन्ने, नेपालमा रहनु भएका अग्रज साहित्यकार औल्याऊछन् | हुन सक्छ नेपालभित्र रहनु हुने अग्रज साहित्यकारहरुको पहुचको कारण यो आवाज नेपाल सरकारलाई नपुगेको जस्तो लाग्छ | आखिर सरकार भनेको नै कसैले सुनाएपछि, प्रतिवेदन दिएपछि बल्ल ब्युझिने होनी, होइन र ? 
४.अमेरिका बसोबास गर्ने नेपालीको कथा र नेपाल बस्ने नेपाली कथामा कस्तो कति भिन्नता पाउनु भयो ? तपाईले लेख्नु भएको कथाले अमेरिकाको वस्तु स्थिति मात्र नसमेटेर अन्य देशका कथा पनि समेट्नु भएको छ, त्यो कसरी सम्भव भयो त ? 
अमेरिका मात्र नभएर नेपाल बाहेक जुन सुकै देशमा पुगेका नेपाली कथाकारको कथामा विशेष गरि प्रवासी नेपाली जनजीवनसंगै त्यहाको रहन सहन संस्कृति र समाजको चित्रण हुन्छ र उनीहरुका कथामा विदेशदेखि नेपालसम्म अथवा नेपालदेखि विदेशसम्मका दर्शनहरु समेटिएका हुन्छन | तर नेपाल भित्रका लेखकले नेपाल भित्रको मात्र प्रतक्ष्य अनुभव गरि लेख्न सक्छ अरु त पढेको भरमा या त कल्पनाको भरमा लेख्ने न हुन् | म १७ वर्षको उमेरमा काठमाडौँमा आफै संघर्ष गर्न होमिएको थिए साथै २२ वर्षको उमेरमा प्रथम पटक अरब भुमि दुबईमा रोजीरोटीको लागि पुगेको थिए | कालान्तरमा म दुबई मात्र नभएर कतार, ओमान हुदै एटलान्टिक महासागरको बर्मुडा टापुमा काम गर्न पुगे, साथै युकेको भ्रमण पनि गरे | र भर्खरै २०१० मा म अमेरिका प्रवेश गरेको हुँ | त्यसैले यी बिभिन्न मुलुकमा पुगेका सुखद तथा दु:खद क्षणका अनुभवलाई समेटेर नै यो कथाको जन्म हुन पुगेको हो | ती देशहरुमा रोजगारको लागि पुग्नु भएका नेपाली दाजु भाइ, दिदि बहिनिहरुको चित्रण साथै त्यहाको बहु सांस्कृतिक समाजमा नेपालीहरुले भोग्न पुगेका मर्मस्पी कुरालाई उतार्न खोजेको हुँ | ५.अमेरिका बसेर लेखेका कथाहरु नेपालमा प्रकाशन तथा विमोचन कार्य गर्नु भो र पुस्तक बाल सचेतना केन्द्र, नेपालका अध्यक्षलाई पुस्तक हस्तान्तरण गरेर मानविय तथा सामाजिक कार्यमा पुस्तकलाई लगानी गर्नु भो नि ? र अरुले नगरेको यस्तो राम्रो कार्य गर्न कसरी विचार आयो ? मानविय सहयोग गर्नु साहित्यकारको दायित्व भित्र पर्छ पर्दैन ? 
मैले अघि नै भनि हाले नि, आखिर हामी जहाँ गए पनि नेपाली नै होनी, हाम्रो अस्तित्व भनेको नेपाल नै हो | जुन सुकै देशमा बसेर लेखे पनि नेपाली साहित्यलाई टेवा पुर्याउनु पर्दछ जस्तो लाग्छ मलाई | अर्को कुरा म विदेशमा भए पनि नेपाली साहित्य पढ्ने पाठकहरु त नेपाली नि होइनन् र ? त्यसैले मैले आफ्नो मातृभूमि नेपालमा नै यो पुस्तक विमोचन गरेको हो | अब आयो पुस्तक हस्तान्तरणको कुरा,.....हामी मानिस एक सामाजिक प्राणी हौ, म पनि त्यही समाजमा जन्मी हुर्केको एक प्राणी हुँ | हाम्रो समाजमा अझ पनि शिक्षा र स्वास्थ्य अनि चेतनाको कमि छ | त्यसैले म जन्मेको समाजको लागि मैले केहि त गर्नु पर्छ भन्ने हेतुले यी असहाय बाबु आमा नभएका टुहुरा बालबालिकाको शिक्षा र स्वास्थ्यको लागि यो सानो कदम चालेको हो | यसो भन्दा खेरि मेरा नितान्त व्यक्तिगत कार्यहरु, यो भन्दा पहिला नै २००८ तिर मैले आफुले पढेको स्कूलमा गेट बनाई दिएर, १०+२ पढाईको लागि रकम चन्दा दिएर साथै शिक्षाको खातिर छात्रवृति अक्षय् कोष खडा गरि दिएर, सकेको केहि गर्ने जमर्को गर्दै आएको छु | अब यसमा अरुले नगरेको कार्यभन्दा पनि आफ्नो मातृभूमि, जन्म ठाउंप्रतिको मेरो आफ्नो माया मोह हो, जहाँ म जन्मेर अहिले यो अवस्थामा छु, त्यो त कहाँ भुल्न सकिन्छ र | म विशेष गरि नेपालमा शिक्षा र स्वास्थ्यलाई जोड दिन चाहन्छु, समग्र देश विकाश हुनलाई सबभन्दा पहिले यिनै दुइ कुरा आवश्यक हुन्छ | अब आयो मानविय सहयोग गर्नु साहित्यकारको दायित्वको बारेमा,......समग्र मानव जाति समाजमा जन्म लिन्छ, उक्त समाजमा उसले सबै कुरा सिक्छ | त्यसैले जन्मेपछि अवश्य उसको पनि दायित्व हुन्छ समाजमा केहि गर्ने | आखिर साहित्यकार हुदैमा, या त अन्य पेशावाल हुदै समाजमा सहि बाटो देखाउने कार्यमा मुन्टो बटार्ने कार्य गर्नु राम्रो होइन | म त भन्छु, हामी मानिसले जहाँबाट जे सकिन्छ समाजको समृदीको लागि, देश र समाजको लागि आफ्नो आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरौ | आफ्नो समाज र राष्ट्रलाई माया गरौ, यो नै मानवता हो | अन्तमा, नेपाली साहित्य प्रतिष्ठान हंगकंग तथा लिम्बुवान ब्लग पोष्ट डट कम का सम्पादक, गीतकार, साहित्यकार टंक सम्बाहाम्फेप्रति आभार प्रकट गर्दछु | उहाँ मार्फत संस्प्रेसन भएको यस अन्तर्वार्ता पढ्नु हुने सम्पूर्ण पाठक वर्ग ज्यूहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु | र यस रोमान्चक "रुपकी रानी रुपा" कथा संग्रह अवश्य पढ्नु हुनेछ भन्ने आशा गर्दछु | धन्यवाद,

Aug 17, 2012

साहित्यकार कल्पना गिरी भावुकसंगको वार्ता

साहित्यकार कल्पना गिरी भावुकको जन्म कोशी अञ्चल धनकुटा जिल्लामा भएको हो। वहाँले आफ्नो कर्म घरको रुपमा काठमाडौ अथवा नेपालको राजधानीलार्इ बनाउँनु भएको छ । साहित्यका बिभिन्न बिधामा आफ्नो कलम चलाएर नेपाली साहित्य सेवालार्इ निरन्तर दिर्इ रहनु भएको छ । हालसालै मुक्तकहरुको संग्रह स्मृतिका पानाहरु प्रकाशन गरेर चर्चाको शिखरमा हुनुहुन्छ । १८६ संख्यामा संग्रहित मुक्तकहरु जुब्रो मै झुण्डिने खालका छन् जस्ले गर्दा पाठकहरुले पुस्तक पाउँन साथ एक बसार्इ मै पढी सक्छन् । आकर्षक पुस्तक आवरण रहेको पुस्तक त्यतिकै संग्रहनिय छ । खास गरेर यो मुक्तक संग्रहको असली हकदार पाठकलार्इ बनाउँनु भएको छ । हाल बैदेशीक रोजगार अन्तर्गत इजरायल कार्यरत हुनुहुन्छ । बिश्व नेपाली साहित्य महासंघको सदस्य रहनुका साथै बिभिन्न साहित्यिक वेभपेज र ब्लगहरुमा नियमित रुपमा रचना प्रकाशित भैरहेका छन् । उनैप्रखर स्रष्टासंग मैले फेसबुक र लिम्बुवान ब्लगको लागि लिएको कुराकानी यहाँहरु समक्ष प्रस्तुत छ ।
१.इजरायल बसेर तपार्इले मुक्तकहरुको संग्रह स्मृतिका पानाहरु प्रकाशित गर्नु भो यसको पाठक प्रतिकृया कस्तो आउँदै छ त ? संग्रह प्रकाशन गर्न के कस्तो कठिनार्इ भोग्नु पर्योठ होला ? मुक्तक लेखन प्रतिको लगाव कहिले देखि हो ? पुस्तकको बिक्री बितरण के कस्तो भर्इ रहेको छ त ?
,
एउटा हात तिमी सार अर्को हात मेरो हुन्छ
दुवै हात मिले पछी सफलताले शिखर चुम्छ
अमुर्त छन् चाहना सरीर मात्र मृत हो नी
निस्वार्थ छ दिल भने त्यहाँ अमर प्रेम हुन्छ!

# टंक जी सर्बप्रथम त यहाँलाई मेरो साहित्यिक अभिवादन। मेरो अंमुल्य कृति मुक्तक संग्रहको बारेमा यहाँले जुन चर्चा उठाई दिनु भयो त्यस्को लागी पनि धेरै धेरै धन्यबाद ! अहिले सम्म जति पनि पाठक प्रतिक्रिया आएका छन् त्यो सबै हौशला पूर्ण नै पाएकी छु! प्रकाशन को बारेमा त अलि अलि झमेला हुन्छ नै तर त्यसलाई मैले सहज रुपमा लिएकी छु। जहाँ सम्मा लेखन क्षेत्रमा हौसल्लाह र प्रेरणाको कुरा छ त्यो यहि मुहार पुस्तिकामा रहनु भएका अग्रज गुरुहरू र समकालीन मित्रहरुको मायाँ र रेडियो नेपाल बाट प्रसारित् हुने बिम्बप्रतिबिम्ब बाट चोटिला मुक्तकहरु रमेस पौड्याल ज्यु को स्वर्णिम स्वर बाट सुनी रहँदा त्यासै कार्यक्रम बाट प्रभावित भएर मुक्तक लेखन प्रति उत्प्रेरित भएकी हुँ। बाँकी बिक्रि वितरणको बारेमा भन्नु पर्दा मैले यो कृतिलाई व्यापारिक हिसाबले हेरेकी छैन त्यसैले जे जती बिक्री बितरण भयो र हुँदै छ म त्यस्मा सन्तुस्ट छु।
२ नारी स्रष्टाहरुले बिदेशमा गएर पनि प्रशस्तै साहित्यमा योगदान दिदै आएका छन के उनिहरुको मुल्यांकन भए जस्तो लाग्छ ? नारी स्रष्टाहरुलार्इ पुरुष स्रष्टाहरुले कतिको सहयोग गरेको पाउँनु भएको छ त ? र नेपालमा सम्मानको हिसावले नारी स्रष्टाहरुलार्इ कतिको सम्मानित गरे जस्तो लाग्छ ?
,
# यहाँ नारी श्रस्टाको कुरा गर्नु पर्दा जसले लगाबका साथै भित्रि मन बाटै म लेखन क्षेत्रमा लागेर केही गर्छु भनेर साहित्यिक यात्रा अगाडी बढाउने कार्य गर्नु भएको छ उहाहरुको मुल्यांकन राम्रै संग भएको पाएकी छु। प्रबाशमा मात्रै नभएर स्वदेशमै बसेर पनि साहित्यलाई माया गर्ने नारी श्रस्टा धेरै हुनुहुन्छ। उहाँहरु लाई पनि प्रतिभाको कदर गर्दै समाज र देशले गौरबका साथ गरोस भन्न चाहन्छु। जहाँ सम्म पुरुष बाट सहयोग पाएको कुरा छ त्यो पुरुष लाई नारीको र नारी लाई पुरुषको सहयोग त जिन्दगीको हर मोडमा चाहिन्छ नै। तर पनि आफैले संघर्स गरेर निडर साहसी र स्वावलम्बी भएर पाठकको मनमा बस्न सफल जो हुन्छ त्यो नै नारी श्रस्टाको सुन्दर भविस्यका लागी चुनौती बन्न सक्छ | पुरुष श्रस्टाको पनि साथ र सहयोग अबस्य नै चाहिन्छ र पाएकी पनि छु । नेपालमा सम्मानित नारी स्रस्टाको कुरा गर्नु पर्दा पुरुषको तुलनामा थोरै भएता पनि जो जो सम्मानित हुनु भएको छ उहाँ हरुको कला र साहित्यिक यात्राको राम्रै कदर गरिएको छ भन्ने लाग्छ र अर्को कुरा कती पय मिडिया र श्रस्टा तथा सर्जक अनी पाठक बर्ग बाटै पनि बाहिर आउने गरेको कुरा छ त्यो हो सिर्जना लाई भन्दा पनि सर्जक लाई सम्मानित गर्ने! म के भन्न चाहन्छु भने आउँदा दिन हरुमा सर्जक लाई भन्दा पनि पहिले सिर्जनाको उचित मुल्याङ्कन गरियोस र त्यही सिर्नजाको आधारमा सर्जक लाई सम्मानित गरियोस।
,
३.नारीबादी लेखनको अभाव नेपालमा खट्केको पार्इन्छ त्यसमा तपार्इले के कस्तो भूमिका निभाउँने बिचार गर्नु भएको छ त ? एउटा नारी स्रष्टा भएको हैसियतले नारीबादी लेखन अगाडी बढाउँनु पर्छ जस्तो लाग्दैन ? नेपालमा नारी स्रष्टाहरुको अवस्था के कस्तो पाउँनु भएको छ ?
# हिजोको दिनलाई फर्केर हेर्ने हो भने नारीलाई चुला चौका र लालन पालनमा मात्रै सिमित रहनु पर्छ भन्ने सोच र उस्को स्वतन्त्रता बाट बन्देज लागाउने हरुको कमि थिएँन हाम्रो समाजमा । त्यो अवस्थामा नारी श्रस्टा संख्यात्मक हिसाबमा कम हुनु स्वाभाविक नै हो । तर अहिलेको समयमा आएर जुन अवस्थामा नारी श्रस्टाको बिकास र त्यस्को बढावा जसरि पुरुष श्रस्टाले दिदै आउनु भएको छ यस अवस्थामा भने साहित्यिक क्षेत्रलाई माया गर्ने नारी श्रस्टा प्रति पुरुसले निभाउनु भएको हौशला पूर्ण भूमिकालाई म सम्मान गर्छु |म साहित्य प्रेमी हुँ ,साहित्य मेरो लागी जीबनको एउटा पाटो हो। म यो क्षेत्रलाई माया गर्छु र गरिरहन्छु | भोलिको दिनमा मैले यो क्षेत्रबाट त्यस्तो कुनै ठुलो उपलब्धी गर्न नसके पनि प्रिय पठाक बनेर साहित्यलाई माया गरिरहन्छु| जहाँ सम्म नारीलेखकको कुरा छ यसको बिकास हामी नारी बाटै हुनु पर्छ र आफुलाई कम्जोर नठानौ | पुरुषको तुलनामा नारी लेखक कम भएपनि यसको बिकास र बढावाको लागी हामी आफैं लागी परौ म यहिँ भन्न चाहन्छु| अहिले त नारी श्रस्टा हरु पनि पुरुष बराबर आगाडी आउन पाएका छौ यस्मा हामीले गर्ब गर्नु पर्छ | सबैको हौसला र प्रेरणाले साहित्यप्रती नारी लेखकका साहसिक पाईला हरुको बिकास तिब्र गतिमा अघि बढ्नु पर्छ र बढेको पनि पाएकी छु|
,
४.साहित्य लेखनमा तपार्इको परीवारको सरसहयोग छ कि छैन ? साहित्य लेखेर तपार्इले के गर्ने बिचार लिनु भएको छ ? नारी स्रष्टाहरुलार्इ समाचार माध्यमहरुले कति सहयोग गरे जस्तो लाग्छ ?

# यहाँ परिवारको सहयोग भन्दा पनि स्वयम लेखकमा निर्भर गर्ने कुरा आउँछ । जसले तन मन र लगाब दिएर लेख्छ उसलाई परिवार बाट सहयोग र हौसल्लाह अबस्य मिल्छ नै| जहाँ सम्म लाग्छ मेरो गक्ष र दक्ष ले भ्याएसम्म यो क्षेत्रलाई निरन्तरता दिई नै रहने छु |भोलि गएर समाज सेवा नै मानविय धर्म हो भन्ने ठानी मैले सामाजिक कार्यमा हात बढाउने बिचार गरेकी छु |नारी श्रस्टा मात्र नभइकन समग्रमा नयाँ तथा पुराना सम्पूर्ण लेखक हरुका लागी विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली लाई विभिन्न पत्रपत्रीका,वेब साइट तथा मिडिया मार्फत पूर्ण रुपमा हौसल्लाह र सहयोग गर्नु भएको छ र अझै यस्लाई प्राथमिकता दिनु पर्छ भन्ने म ठान्दछु।
,
५.साहित्यलार्इ कहिले सम्म अंगाल्ने बिचार लिनु भएको छ ? लेख्दा बढी कस्तो बिषयहरुलार्इ आफ्नो लेखनमा ल्याउँन रुचाउँनु हुन्छ ? साहित्यलार्इ नै रोज्नुको कारण के हो ? नयाँ स्रष्टाहरुलार्इ सल्लाह र सुझाव के दिनु हुन्छ ?

# मेरो नजरमा साहित्य सुख दु:ख को जीबन साथी भन्दा कम छैन| वास्तबिक कुरा भन्नु पर्दा मेरो जीबनको अन्तिम क्षणसम्म म साहित्यलाई मायाँ गरिरहन्छु |लेखनको यत्रामा आसुँ र हासो दुवै मिसिएका वास्तबिक लेखहरु नै मलाई मन पर्छ र डायस्पोरामा रहँदा बढी बिछोडका पल हरु नै यादगार हुने हुँदा त्यतै तिर कलम बढी सल्बलाउदो रहेछ। यस्लाई पनि समय र परिस्थिती अनुसार भाव र बिवशयवस्तु परिवर्तन गर्दै पस्कनु पर्छ र/छु| म प्राय गजल र मुक्तक नै लेख्ने गर्छु ती दुइटै बिधा मिलन र बिछोड कै धेरै कोरेकी छु त्यसमा सामाजिक र राजनीतिक बिषय बस्तु पनि मिसिएका छन्| साहित्यलाई नै रोज्नुको कारण त बिशेष एक्लोपना नै हो । र मातृभूमि प्रतिको अगाध प्रेम अनी परिवार प्रतिको सम्झना पनि हो|
,
बचेरालाई गुडमा छाडी सातसमुन्द्र पारि हुँदा
कस्तो होला यो आमालाई गोधुलिले मुटु छुँदा
जीबन साथी छोरा छोरी यिनै शब्द माने मैले
साहित्य नै साथी बन्यो एकान्तमा बसी रुँदा !!
,
मैले भन्नु पर्दा डायस्पोरामा रहेर जसजसले कलम चलाउन शुरु गर्नु भएको छ यसलाई निरन्तरता दिनुहोस् | घरबास बाट प्रबासमा जाँदा साहित्य हाम्रो जीबनमा माया र एक्लोपनाको साथी बनेर आयो यसलाई पूर्ण रुपले अंगाल्न नसके पनि सहयोगी पात्र बनेर साहित्यलाई माया गरौ| नेपाल र नेपाली लाई साहित्यिक क्षेत्रबाट विश्वसामु चिनाउन सहयोग गरौ चिनाउँ र चिनिन सफल होऔँ भन्दै साहित्य एउटा दु:ख र सुख को साथी हो यसको पूजा गरौ |
अन्त्यमा,
मलाई यस् पत्रिका मार्फत अग्रज तथा पाठक सामु पुग्न प्रेरित गर्नु हुने नेपाली साहित्य प्रतिष्ठान हङ्कङ अध्यक्ष टंक सम्बाहाम्फे ज्यु, मेरा आदरणीय सम्पूर्ण साहित्यिक मित्रहरु र अग्रजहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छु| मेरो पहिलो सिर्जानात्मक कोशेली मुक्तक संग्रह ( स्मृतिक पानाहरु) जो अहिले तपाइहरुको सामु बजारमा उपलब्ध छ, एक पटक पढेर सहि प्रतिक्रिया दिनु नै हुने छ भन्ने आशाका साथ बिनम्र अनुरोध गर्दछु । साथै टंकजी लाई फेरी पनि एकपटक न्यानो साहित्यिक अभिवादन टक्र्याउन चाहन्छु।।। धन्यबाद।।

Aug 11, 2012

गीतकार कृष्णकला वनेमसंगको बार्ता

बि.सं.२०३०।०३।१६ हल्दिबारी गा.वि.स.वडा नं. - ८ ,मेची,झापामा जन्मनु भएका गीतकार कृष्णकला वनेम गीत,कविता,कथा तथा गायन बिधामा हाल सक्रिय हुनुहुन्छ ।वहाँले द रेयुकार्इ नेपालव्दारा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगीतमा मा प्रथम – २०५२,द रेयुकार्इ नेपालव्दारा आयोजित राष्ट्रब्यापी लोकगीत प्रतियोगीतमा सान्त्वाना – २०५२,द रेयुकार्इ नेपालव्दारा आयोजित क्षेत्रिय लोकगीत प्रतियोगी इटहरीमा  सान्त्वाना – २०५३ सम्मका पुरस्कारहरु हाँसील गरी सक्नु भएको छ । साथै नारीको पाश्चताप - एकांगी नाटक - २०५४ मा मञ्चित, उनको सम्झनामा - गीति नाटक – २०५३ प्रकाशोन्मुख छन् ।विभिन्न वेवपत्रिकाहरुमा दर्जनौ गीत,कविता र कथा प्रकाशित भैसकेका छन् । हालसालै इजरायलको बैदेशिक रोजगारको ब्यस्ततालार्इ चिर्दै विर्सीएका गीतहरु गीतिसंग्रह – २०६८ प्रकाशित गरी सक्नु भएको छ ।उनै प्रतिशाली गीतकार कृष्ण कला वनेमसंग मैले लिम्बुवान ब्लग र फेसबुकको लागि टंक सम्वाहाम्फेले कुराकानी गरेको अंश यहाँ प्रस्तुत छ । धन्यवाद ।
१. तपार्इले हालसालै मात्र बिर्सीएका गीतहरु गीति संग्रह प्रकाशनमा ल्याउँनु भएको छ । उमेर अनुसार त धेरै पछि मात्र प्रकाशनमा ल्याउनु भयो नि कारण के होला ? कि धेरै पछि मात्र लेखन सुरु गर्नु भएको हो ? यसरी कृति अलिपछि मात्र निस्कनु के ब्यावहारीक कारण नै हो त ? साथै आफ्नो लेखन र कृति बारे के भन्नु हुन्छ ?
मेरो गीती संग्रह प्रकाशन ढिलो हुनुको कारण लेखन यात्रा नै ढिलो भएर हो।लेखन यात्रा ढिलो हुनुको कारण सबै पारीवारिक र ब्यावहारको ब्यस्तताले गर्दा हो।गीती लेखनमा भने मेरो सानै देखीको चाख भने पक्कै थियो।तर मेरो त्यस्तै परीबन्ध थियो कि चाहेर पनि मैले त्यो बेला समय मिलाउँन सकिन।आज म रोजगारको अवशरमा ईज्रायल आई पुग्दा मेरो एक्लो पनको साथी नै साहित्य बन्यो।मेरा ती लेख्ने चाहनाहरु मनमा जिवीतै थियो। त्यसैले होला दुई दशक पछी पनि मेरो गीत लेख्ने मनोलिप्सा अंकुरिन थाल्यो।त्यसलाई आत्मसाथ गर्दै गए।मैले लेख्न सुरुवात गरेको दुई बर्ष नपुग्दै बिर्सिएका गीतहरु गीती संग्रहको जन्म भयो।यिनै बिबिध समस्याहरुले यो संग्रह आउँन ढिलो भएको हो।  आज मेरो अडतिसौ बर्षको उमेरमा यो मेरो पहिलो कृती सबै सामु सार्बजानिक गरेकीछु।म आफु त  गीती लेखन प्रती अहिले नै सन्तुष्ट त भएकी छुईन।सिकी रहेकोछु तर कुनै दिन सन्तुष्टी हुनेछु भन्ने अपेक्षा लिएकीछु। गीतमा आफ्नो जिन्दगीका हरेक अनुभुतीहरु समेटेर लेख्ने प्रयास गरेकीछु।गीत, गीत जस्तो नहुन सक्छ |त्यती अनुभव बटुली सकेकी छुईन।जानेर लेखे या नजानेर लेखे होला। यो मेरो पहिलो प्रयासको कृती आज तपाईहरुको हात सम्म पुर्याएकीछु। यस्मा धेरै असुद्द, भुल, तृटीहरु हुन सक्छ।गीतमा हुनु पर्ने पुर्ण भावहरुको अभाव कमी कम्जोरी हुन सक्छ। त्यसमा आदणिय अग्रज स्रष्टा सर्जक तथा साहित्य अनुरागी पाठकज्युहरुसंग सल्लाह सुझावको अपेक्षा गर्दछु ।   

२.बिर्सीएका गीतहरु गीति संग्रहमा खास गरेर कस्ता प्रकारका गीतहरु समेट्नु भएको छ ? गीत बढी कस्ता प्रकारका लेख्न रुचाउँनु हुन्छ साथै गीतलार्इ कसरी प्रस्तुत गर्न चाहनु हुन्छ ? गीत लेखी सकेपछि कस्तो अनुभूति प्राप्त हुन्छ ?
यो गीती संग्रहमा बिषेश गरेर प्रेम बिछोड, बियोग, देश भक्त, गाउँबेशी समेटिएका गीतहरुछन।वास्तबमा मलाई प्रेमिल गीतहरु लेख्न मन पर्छ।तर यो संग्रहमा भने बढी भन्दा बढी बिछोड र बियोगका गीतहरु समेटिएकाछन। सायद म आफु नै बिदेशमा रहेको हुनाले बिछोडको पिडामा तड्पिएर यस प्रकारको भावनामा बडी डुबेर लेखे होला जस्तो लाग्छ।मेरो सबै गीतहरु एकदमै सरल सब्दमाछन।मलाई लाग्छ बालक देखी बृद सम्मले त्यो गीत सुन्ने बितीकै उस्को अन्तर मन छुवोस र सजिलै बुझोस। र गीतलाई सहज ढंगले नै प्रस्तुत गर्न रुचाउँछु।जब म गीत लेखी सक्छु तव मलाई एक प्रकारको आनन्द महशुस हुन्छ।मन भित्र गुम्सिएर रहेका, मौखिक ओकाल्न नसकेका ती सब्द भावनाहरु गीत मार्फत सबै सामु पुर्याउन पाउँदा आफुले बोकेको निक्कै गर्हौ बोझ बिसाए झै लाग्छ र हर्षित हुन्छु।

३.इजरायल बसेर पनि साहित्यिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । ब्यस्तताको बाबजूद पनि लेख्नु हुन्छ समय मिलि रहेको छ त ? गीत लेखन संगसंगै अरु बिधामा पनि कलम चलाउँनु भएको छ कुनले बढी सन्तुष्टि दिए जस्तो लाग्छ ? खास गरेर साहित्य किन र कस्को लागि लेख्नु हुन्छ ? 
म अनेसास ईज्रायल च्याप्टरमा आवद्दछु। म संग समय नभएको कारणले गर्दा अन्य संघ संस्थालाई समय दिन सकेको छुईन।  लेख्ने समय भनेको ड्युटी गर्दै अलि अलि बाँचेखुचेको समयलाई सदुपयोग गरेर लेख्ने र पढ्ने गर्छु। मैले कलम त धेरै बिषयमा चलाए तर पनि मेरो चाख लाग्दो बिधा भनेको गीत र कथा लेखन हो।अब आउँने मेरो दोस्रो कृती कथा संग्रह रहनेछ। मलाई गीतमा आफ्नो संस्कृती, भेषभुसा, मौलिकता, माया, बिछोड, बियोग अनि देश प्रेम यि बिभिन्न प्रकारका गीतमा आफ्नो मनको बह गीतमा पोख्न पाउँदा ज्यादै सन्तुष्टी पाउँछु। साथै कथामा रुढीबादी, कुरिती, हत्या, हिंसा, जात पात, धर्म, अत्यचार र कुसंस्कारको अन्त्य गराउँने बिचार, दर्शन, र चिन्तन समेटेर समाजमा केही परिबर्तन र सेवा पुग्ने खालका कथा लेख्दा स्वर्ग झै आनन्दभुती गर्छु। त्यसैले साहित्य लेखनको मेरो मुल उदेश्य नै सामाजिक सेवा हो।  देशको र बिश्वको सेवा हो।

४.साहित्य आफ्नै जीवन,परीवार,समाज,देश र बिश्वसंग जोडीएको पाउँनु हुन्छ हुन्न ? र साहित्यले तपार्इलार्इ के दिए जस्तो र पाए जस्तो लाग्छ ? र अहिले बिश्वभरी लेखिने नेपाली साहित्यलार्इ कसरी मुल्याङकन गर्नु हुन्छ ?
अवश्य साहित्य आफ्नो जीवन, परीवार, समाज, देश अनि बिश्व संग जोडिएको हुन्छ।साहित्यमा आफ्नो जीवन, परिवार, समाज, देश अनि बिश्वको बिचार, दर्शन चिन्तन नै उलङ्घन गर्न  सकिएन भने त्यो साहित्य को कुनै अर्थ हुदैन ।साहित्य हाम्रो एउटा नभै नहुने अंग जस्तै हो।सबै मानिसको जीवन संग साहित्य जोडिएको हुन्छ। साहित्य बिना हामी संधै अधुरो हुन्छौ। आज मलाई साहित्यले धेरै कुरा दिएकोछ। सबै भन्दा ठुलो मैले आफ्नो  स्थान पाएकोछु।ईज्वत, सम्मान र दुनियाँले मलाई हेर्ने शुन्दर दृष्टी पाएकोछु। र मैले पनि मेरो लेख रचना सृजना मार्फत साहित्यलाई केही योगदान पुर्याए जस्तो लाग्छ। अहिले आएर बिश्वभरी नेपाली साहित्यको प्रभाव उम्दोछ।एकसे एक नेपाली डायस्पोरा सृजनाहरु जन्मी रहेकाछन।हामी नेपाली जहाँ रहेर साहित्य कोरे पनि हाम्रो परीवार ,समाज, देश र बिश्वकोलागी कोर्ने गर्छौ।त्यसैले नेपाली बिश्वसाहित्य धेरै भन्दा धेरै  उर्बर हुदै गै रहेछ।

५.तपार्इ गीत लेखनसंगै गायनमा पनि आवद्ध हुनुहुन्छ ? गीत लेख्नु र गाउँनुमा के कति फरक पाउँनु हुन्छ ? लेख्न सजिलो की गाउँन सजिलो ? कहिलेसम्म गीत लेख्ने र गाउँने बिचार लिनु भएको छ ? नयाँ गीतकार र गायक बन्न चाहनेलार्इ कस्तो सुझाव दिनुहुन्छ त ?
वास्तबमा म साहित्यप्रती आकर्शित हुनुको कारण नै गायनबाट हो।जुन बेला म गीत गाउन मन भरी चाहना बोकेर भौतारिन्थे त्यो बेला मैले गायन क्षेत्रलाई आत्मसात गरेर अंगाल्न सकिन।त्यही आक्रोसले होला सायद आज म लेखन यात्रामा लागे। मलाई गीत गाउँने रहरले नझक्झक्याएको भए म यो क्षेत्रमा पक्कै आज लिप्त हुने थिईन।जब मेरो गाउँने सपनाहरु अधुरा रहे त्यस पछी गीत लेख्न थाले।गायन क्षेत्रमा पनि सन्यास त लिएकी छुईन प्रयासरत नै छु।मलाई यो दुबै पक्ष सजिलो चाही लागेन।गीत लेख्न र गाउँन दुबै सार्हो बिषय लाग्यो।तर पनि  मलाई यही बिषयमा नै बढी चाखछ।यस्लाई म जब सम्म समय र परिस्थीतीले साथ दिन्छ तब सम्म यो दुबै पक्षमा संघर्ष गरी रहनेछु। र एक दिन सबैको सामु आफुलाई चिनाउँने ढृडता समेत लिएकीछु |साथै नयाँ गीतकार अनि गायक बन्न चाहने ब्याक्तीहरुलाई म के भन्न चाहन्छु भने सबै भन्दा ठुलो प्रयास र संघर्ष हो। संघर्षले नै मानिसलाई लक्ष्यमा पुर्याउँछ। हर क्षेत्रमा जित गराउँछ।
अन्त्यमा प्रश्न कर्ता नेपाली साहित्य प्रतिष्ठान हंगकंग अध्यक्ष टंक सम्बाहाम्फे ज्यु र लिम्बुवान ब्लगस्पोट  डट कम साथै सम्पुर्ण साहित्य स्रष्टा, साहित्य अनुरागी पाठक ज्युहरुमा म आभार   प्रकट गर्दछु , धन्यवाद  |

Aug 9, 2012

साहित्यकार मुकेश रार्इ संगको बार्ता

बि.सं.२०२५ चैत्र ८ गते मेची अञ्चल इलाम जिल्ला अन्तर्गत पशुपतिनगर ४ मा जस बहादुरार्इ र रत्न कला रार्इको कोखबाट जन्मनु भएका प्रखर कवि तथा गीतकार मुकेश रार्इ हाल बेलायत बसोबास गर्नुहुन्छ । हालसालै अनुभूतिका रंगहरु कविता संग्रह प्रकाशन गरेर चर्चामा हुनुहुन्छ । फूटकर कविताहरु छाप्दाछाप्दै अलि ब्यस्तताका कारण अलि ढीलो मात्र कविता संग्रह पाठकहरुको सामु ल्याएका छन्। नेपाली प्रतिभा प्रतिष्ठान बेलायत,इलाम सोसाइटी बेलायतमा आवद्ध हुनुहुन्छ । यस पुस्तक पाश्चात नयाँ गीती एल्वमको तयारीमा जुट्नु भएको छ । पक्कै पनि केहि समयपछि नयाँ र हिट गीतहरु पस्केर हामीलार्इ मनोरञ्जन गराउँनु हुनेछ भन्ने कुरामा आशावादी छौ। उनै प्रतिभाका धनी कवि तथा गीतकार मुकेश रार्इसंग गरेको कुराकानी यहाँहरु समक्ष प्रस्तुत छ । धन्यवाद ।
१.तपार्इले हालसालै मात्र अनुभूतिको रङगहरु कविता संग्रह प्रकाशनमा ल्याउँनु भयो नि उमेर हेरेर त धेरै पछि मात्र प्रकाशन भयो ? कि धेरै अनुभूतिहरु संगालेर मात्र निकाल्नु भएको हो ? उमेरलार्इ हेर्दा त अलि धेरै कृतिहरु निस्कनु पर्ने हो यसमा केहि कारणहरु छन् ?
हो कृति निस्कन केही ढिलो भएको हो ! यसमा पहिले कारण त मेरो आफ्नै कार्य ब्यस्तता र कार्य स्थानान्तर भईरहनु पर्ने अवस्थाले गर्दा नै हो ! तर पनि फुटकर रुपमा विभिन्न पत्र पत्रीकाहरुमा आईरहेकै थियो ! उमेरको परिपक्वता सगैँ अनुभव थुप्रै नै सगाँलियो पातलै रुपमा भए पनि रचनाहरु गर्दै रहेँ प्रथम कृतिको रुपमा कवितासङ्रह अनुभूतिका रङहरु आयो तथापी मैले लेखन तर्फ सिक्ने क्रम जारी छ ! यस् अर्थमा मैले सिक्नु र गर्नु पर्ने धेरै नै छ !
२.अनुभूतिका रङगहरु कविता संग्रहमा खास गरेर कस्ता प्रकारका कविताहरु समेट्नु भएको छ ? कवितामा बढी कस्ता बिम्बहरु बढी प्रयोग गर्नु हुन्छ साथै कवितालार्इ कसरी परीभाषीत गर्न रुचाउँनु हुन्छ ? कविता लेखी सकेपछि कस्तो अनुभूति प्राप्त हुन्छ ?
अनुभूतिका रङहरुमा जीवन भोगाईका क्रममा देखिएका, भेटिएका अनेकानेक विविध कुरोहरु लगायत केही नोष्टाल्जिक, परदेशिनुको पिडानुभूतिहरु बहुआयामिक रुपमा समेट्ने प्रयास गरेकोछु !
प्राय : जसो म आफ्नो रचनाहरु सिर्जना गर्दा सकभर ज्यादै नै सरल अनि सहज शब्द, बिम्ब र प्रतिकहरुलाई प्राथमिकता दिने गर्दछु ! क्लिष्ट बिम्बहरुको प्रयोगले कविता दुर्बोध्य हुन जान्छ यसैले सर्जक, कविता र पाठक बिचको नाता जोडनको निम्ती सहज हुन आवश्यक छ भन्ने मेरो सोच रहेको छ ! भावना जब प्रफुस्टन हुन्छ ति कुनै न कुनै साहित्यका बिधाको रुप लिन्छ, जस्तो रुपमा प्रस्तुत भए पनि ति सार्वजनिक भएपछि सबैले बुझ्न सकोस भन्ने मेरो मान्यता रहेको छ् !
साहित्य सिर्जना कै एउटा विशिष्ट अनि सशक्त बिधा हो कविता ! यसको परिभाषा हरेक विद्वानहरुले आफ्-आफ्नै तरिकाले व्याख्या गरेका छन ! मेरो विचारमा कुनै ब्यक्ति बिशेषले कुनै पनि कुरोलाई आफ्नो कल्पना शक्तिले कलात्मक शैलीमा काब्यीक सिर्जना गर्छन् भने त्यो कविता हो ! मैले लेख्ने कविताहरु संरचनागत रुपमा प्राय अन्य कविहरुले लेख्ने जस्तै लघु या छोटो कविताहरु हुन्छन, लेखन पक्ष चाँही म स्वच्छन्द रुपमा अर्थात कुनै वादमा केन्द्रित नरहेर प्रगतिशिल धारका कविताहरु लेख्न रुचाउँछु !
३.बेलायतमा रहेर पनि बिभिन्न साहित्यिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । ब्यस्तताको बाबजूद पनि साहित्य लेख्न तम्सिनु हुन्छ । खास गरेर साहित्य लेख्नुको औचित्य के हो ? किन र कस्को लागि लेख्नु हुन्छ ? संघसंस्थामा रहेर कतिको नेपाली समाजलार्इ योगदान पुर्याए जस्तो लाग्छ ?
ब्यस्तताको वावजुद पनि म लेखन र पठन मेरो दैनिकीमा पर्ने एउटा महत्वपूर्ण कार्य हो ! मान्छेमा समयसगैँ परिपक्वता आउँछ अनि उमेरको उचाईँसगैँ सिकाईका क्रम पनि बढ्दै जान्छ ! कति कामले काम सिकाउँछ भने झैं आफ्नो अनुभवले सिकिन्छ भने कति अध्ययन गरेर सिक्न सकिन्छ ! साहित्य सिर्जना गर्नु र संस्थाहरुमा आबद्ध भएर काम गर्नु नितान्तै फरक कुरो हो जस्तो लाग्छ मलाई ! साहित्य लेखिनु भनेको रहर र सस्तो मनोरन्जन मात्रै होईन आफ्नो अनुभवले जानेको ज्ञान र सिप अरुसगँ शेयर गर्नु पनि हो अर्थात लिने दिने प्रकृया पनि हो जस्तो मलाई लाग्छ !
केही संघसस्थाँमा आबद्ध रहेको छु तर आफुले दिनु पर्ने योगदान भन्नाले ब्यक्तिगत रुपमा गरिने सिर्जनाका कार्य एउटा बिषय हो भने सस्थाँगत भनेको सामुहिक रुपमा एक्यबद्ध भएर सस्थाँको विधिवत नियम र लक्ष्य पहिल्याएर गरिने कुरा हुन ! म आबद्ध रहेको साहित्यीक् सस्थाँ भनेको नेपाली प्रतिभा प्रतिष्ठान बेलायत ब्रुनाइ अनि अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टर हुन ! जसले कुनै पनि विधाका नव प्रतिभा र उदियमान प्रतिभाहरुलाई उत्साहित गर्ने र उनीहरुको प्रतिभालाई बहिर ल्याउन सघाउ पुर्याउने अनि सम्पूर्ण साहित्यीक विचारका ब्यक्तित्वहरुलाई एकीकृत भएर कार्य गर्न मदत् पुर्याउंछ भने केही अन्य सस्थाहरु जस्तो ईलाम समाज बेलायतमा आबद्ध छु जसले आसक्त, असहाय अनि भवितब्य परेकाहरुलाई सकेसम्म च्यारिटबल कार्य गरेर आर्थिक सहयोग गर्ने कोशीश गर्छ !
आफ्नो क्षेत्रबाट निश्छल भावनाले सहयोग गर्ने हो यसमा यति नै योगदान पुर्याएँ भन्ने सोच मेरोमा कुनै छैन, यति हो कसैलाई मैले गरेको सहयोगले अलिकती मात्रै पनि राहत पुग्छ भने मलाई आत्म-सन्तुष्ट महसुस हुन्छ !
४.साहित्य र आफ्नै परीवार जोडीएको पाउँनु हुन्छ हुन्न ? र साहित्यले के दिए जस्तो र पाए जस्तो लाग्छ ? साथै डायस्पोरा नेपाली साहित्यलार्इ कसरी मुल्याङक गर्नु हुन्छ ?
>साहित्य समाजको दर्पण हो भने परिवार जीवन र समाजको निम्ती अति नै महत्वपूर्ण छ ! यसकारणले साहित्य र परिवार अर्थात जीवनको अति नै घनिष्ठ सम्बन्ध रहेको छ ! यसैले म आफ्नो जीवन, परिवार र समाज नै भनौं साहित्यसगँ अति नै नजिक रहेको पाउँछु ! साहित्यले स्वच्छ मनोरन्जन दिन्छ, त्यसपछि अझै गहिरिए चेतना, भाव विचार र अनेक खाले सन्देश पाउन र बुझ्न् सकिन्छ ! अहिले डायस्पोराबाट जन्मिएका नेपाली साहित्य लेखन एउटा कुनै बिन्दुसम्म मात्रै सिमित छैन ! संख्यात्मक अनि गुणात्मक दुवै सशक्त रुपमा आईरहेको अवस्था छ र यसको बिकासक्रम जारी छ !
५.बिदेशमा बसेर नेपाली साहित्य लेखिएको नेपालमा कतिको मुल्याङकन भएको पाउँनु भएको छ ? बिदेशमा नेपाली साहित्यको सेवा गरेर प्राज्ञ हुन पाउँने कि नपाउँने यसमा के भन्नु हुन्छ ? समग्रमा अबको नेपाली साहित्यले कसरी अगाडी बढे राम्रो होला ?
यो एकदमै गहन प्रश्न सोध्नु भयो र जटिल बिषय पनि हो ! बिशेषत जहाँ बसेर लेखिए पनि नेपाली भाषा साहित्य प्रतिको लगाव, राष्ट्र प्रतिको प्रेम अनि समर्पण पनि हो ! भनिन्छ भाषा मर्यो भने अस्तित्व पनि लोप हुन्छ ! हामी आफ्नो थात थालो छोडेर बाध्यतावश बिदेशिएका छौं तर आफ्नो कला संस्कृतिसगैँ भाषाको जगेर्ना गर्नु पनि लागिपरेका छौं ! हामी नेपालीहरु विश्वभर जहाँ जहाँ छरिएर रहेका छौं आफ्-आफ्नै तवर तरिका र पहुँचले भ्याएसम्म प्रतक्ष्य रुपमा नै सिर्जनात्मक कामहरु गरिरहेका छौं !
जहाँ रवि पुग्दैन त्यहाँ कवि पुग्छ भनिएता पनि कल्पना शक्ति र भावनामा पुगिएला यो सत्य हो तर यथार्थमा हामी जहाँ जहाँ पुगेका छौं त्यस नौलो स्थान र परिवेशको अनुभवहरु सगाँलेका ब्यक्ति बिशेषबाट नेपाली साहित्यको निम्ती केही न केही सिर्जना हुनु भनेको ज्यादै नै राम्रो अनि गहन कुराहरु हुन तर मेरो विचारमा त्यसको सहि मुल्यांकन भने भईरहेको छ जस्तो मलाई लाग्दैन !
अहिले नेपाल बाहिरका केही साहित्यिक सघंसस्थाहरुले देशसगँ जोड्ने जोडतोड्का साथ प्रयत्न गरिरहेका छन साथै देशका केही विशिष्ट ब्यक्तिवहरुले डायस्पोरिक नेपाली साहित्यलाई पनि उत्तिकै मान्यता दिएर यसका मुल्यांकन हुनुपर्छ भन्ने कुरो उठाईरहनु भएका छन, सहयोगका हातहरु बढाईरहनु भएका छन ! जुन ज्यादै नै सकरात्मक् पक्ष हुन !
जहाँ रहे पनि, जहाँ गए पनि कर्मक्षेत्र पो फरक हुन त हाम्रो पहिचान र राष्ट्रियता त नेपाल र नेपाली नै हुन ! यसकारणले कुनै पनि स्थानबाट साहित्यको निम्ती मात्रै होइन कुनै पनि महत्वपूर्ण क्षेत्रबाट राष्ट्रको शिर उच्चोँ पार्ने सुकार्य गरिएको छ भने सबैलाई उत्तिकै सम्मान गरिनु पर्छ ! स्थान र अन्य कुनै कुराहरुको आधारमा असमान ब्यवहार गरिनु हुन्न, कर्मको आधारमा उचित मान सम्मान र हक अधिकार पाउनु पर्दछ ! अन्त्यमा लिम्बुवान ब्लगमा आफ्नो मनका कुराहरु राख्ने मौका दिनु भएकोमा टंक सम्बाहाम्फे ज्यु लगायत ब्लगका सम्पूर्ण टिममा हार्दिक धन्यवाद ! सम्पूर्ण पाठकवर्गमा सेवा, आसेवारो

Aug 5, 2012

अमूर्तबोधी साहित्यकार खगेन्द्र लिम्बु पन्धाकसंगको बार्ता

बि.सं.२०३४ साल बैसाख १ गते कोशी अञ्चल तेह्रथुम जिल्ला अन्तर्गत पौँठाक - ४ हाङखाङला लावृमा जन्मनु भएका साहित्यकार खगेन्द्र लिम्बु साहित्य,दर्शन,चित्रकारीता,लोकगीत संङकलन - गायनमा निक्कै पहिले देखि नै लागि पर्नु भएको छ । हाल वहाँ बैङककमा बसेर अमूर्तवोधी दर्शन लेखनमा त्यतिक्कै ब्यस्त बन्नु भएको छ । लेखन,गायन र चित्रकारीता दिनचर्यासंग गाँसीएका बिषयवस्तु भएकाछन् साहित्यकार खगेन्द्र लिम्बु पन्धाकको । गेडी लेखनका प्रवर्तक समेत रहनु भएका साहित्यकार खगेन्द्र जीवन र जगतलार्इ अमूर्तरुपमा देख्नु हुन्छ । हालसालै अमूर्तबोधी साहित्यको प्रयोग गरेर एब्स्ट्रयाक्ट बैंकक उपन्यास प्रकाशन गरेर चर्चाको शिखर पुग्नु हुने बहुप्रतिभाशाली ब्यक्तित्वसंग मैले लिम्बुवान ब्लगस्पोट डटकम र फेसबुकको लागि गर्नु भएको कुरानीको अंश पाठकहरुको लागि यहाँ प्रस्तुत गरीएको छ ।

१.बिदेशीभूमिको दिनचर्या,ब्यक्ती,समाजको कथालाई उपन्यास मार्फत ल्याउँनलाई तपाईलाई के कुरा झकझकायो ? साथै अनुसन्धानात्क र खोजमूलक यथार्थ कथा भएकोले कति समय बिताउँनु भयो यो उपन्यासको लागि ?
बैंकक पूर्विय तथा पश्चिमा जीवनको फ्यूजन सहर हो । यो फ्यूजन सहरमा एसिया र संसारभरको सँस्कृति र जीवनलाई पढ्न सकिन्छ । यसर्थ:ले पनि बैंककलाई मेरो अध्ययनको केन्द्रथलो बनाएँ । यहाँको प्रभाव संसारको जुनसुकै कुना तुरुन्त पुग्न सक्ने हुनाले पनि यहाँको कथा लेख्नु त थियो नै । तर यहाँको प्रभाव त एसियामा झन चाँडो पुगि पनि हाल्दछ । यै फ्यूजन सहरमा भर्सटाइल जीवन बाँचेकी एक आदर्श पात्रको भेटले अमूर्तबोधी दर्शनको थप जीवन्त बयान गर्दछ भन्ने निश्चितताले मैले करीब ६ बर्ष उनको जीवन कथा र सम्बन्धित कथा तथा अवस्थाहरुको अध्ययन र अनुसन्धान गरेँ । जसलाई उपन्यासमा लेखेर सबैलाई बुझाउन सहज होस भनेर मैले ‘अब्स्ट्र्याक्ट बैंकक’ लेख्नु पर्यो । 
२.बिदेशी कथा त्यहि माथी नेपाली परीवेश भन्दा फरक त्यसलाई नेपाली स्टायलमा उपन्यास लेख्दा कथाले न्याय पाए जस्तो लाग्छ ? थाइलेण्डको कथा भएकोले त्यहाँका लेखकहरुसंग कुनै अन्तर्क्रिया गर्नु भयो यो एब्स्ट्रयाक्ट बैंकक उपन्यासको बारेमा ? अमूर्तबोधी साहित्य दर्शनको उद्देश्य के हो ? 
कथा अलग, प्लट फरक, जीवन, समाज र भूगोल अन्य वा विषयवस्तु विविध नै भए पनि मान्छेहरूको समवेदना मिल्दछ । भूगोलका जुनसुकै कुना, कुनै पनि दूर पटाङगिनी अर्थात इतिहाँसको जुनसुकै समयमा बाँचेको मान्छे नै होस्, सबैले जीवनमा सुख, खुशी, शान्ति र सम्पन्नता नै चाहेका हुन्छन् । नेपाली समाजको कुनै पनि ब्यक्तिले पनि यै चाहेका हुन्छन् र उपन्यासको नायिकाले पनि यै कुरा चाहेकी छिन् । त्यसैले कथा जहाँको भए पनि फरक पर्दैन । यति हो- सुख, खुशी, शान्ति र सम्पन्नताको प्राप्तिकालागि कुन दर्शन-चिन्तन आवश्यक र उपयुक्त हुन सक्दछ भन्ने अन्तर मात्र हो । मैले भनें-अमूर्तबोधी दर्शन उत्कृष्ठ हो ।भाषा नेपाली र मौलिक शब्द संस्कारले लेख्दैमा पनि यो नेपाली स्टाईल नै हो भन्दिन किन भने आजसम्म आधा दशक बिदेशी परिवेशलाई अध्ययन गरेर कुनै पनि नेपाली उपन्यास लेखिएका मलाई थाहा छैन । पुनश्च: यसमा अझै जीवित पात्र, संसारभरका बेनामे पात्रका सत्यकथालाई दर्शनमा ब्याख्या गरिएको छ । बैंककको बारेमा संसारका धेरै नामी लेखकले पनि उपन्यास लेखेका छन् । जस्तो कि-MURDER AT HORNY TOAD BAR :Dean Barret, PRIVATE DANCE: Stephen Leather, A NAIL THROUGH THE HEART & THE FOURTH WATCHER: Timothy Hallinan, BANGKOK 8: John Burdett, SPIRIT HOUSE: Chriistopher G. Moore आदि । तर यि उपन्यासहरूभन्दा पनि भिन्न तरिकाले ABSTRACT BANGKOK लेखिएको छ । मूख्य लेखन कला र दर्शनकलाले मैले उही परिवेशको उही कथा लेख्दा पनि यो फरक हुन पुग्यो । फरक छ । विश्वका बिभिन्न लेखक र स्थानिय थाई लेखकहरुसँग पनि दर्शनको बारेमा र यस पुस्तकको बारेमा चर्चा गरेकोछु । उनीहरु पोजेटिव प्रतिकृया दिएका छन् । कम्मनली ‘वन्डरफुल’ भनेका छन् ।अमूर्त बोधी दर्शनका बारेमा चाहीँ यो छोटो अन्तर्वार्तामा पूर्ण ब्याख्या गर्न सम्भव नहोला । तर यसलाई छोटकरीमा बताउनेछु । 
क) दर्शन, जीवन र जगतको उन्मुक्ति र उन्नयनप्रति सधैं सकरात्मक चिन्तन र नयाँ-भरपर्दा विकल्पहरुको विश्वासिलो सिद्धान्त हो । 
ख) परिपूरकको सिद्धान्तले जीवन र जगत आफैंमा पूर्ण छ । तर मानव जीवन आजसम्म आइपुग्दा पनि अझै अभावमा गुज्रिएकोछ । तसर्थ: परिपूरकका कारक अमूर्त कुराहरू, आविस्कार, सिर्जना आदिलाई अमूर्तबोधी दर्शनले बोध गरेर ल्याउँदछ । 
ग) १.आजसम्म मान्छेले गरेका जीवन र जगतका असल कुराहरुको सम्वर्धन, बिकास, बढावा र उजागर गर्ने ।२. जो नराम्रा काम गरिएका छन्, तिनलाई सुधार्ने, सुधार्न सम्भव नहुनेलाई पूर्णरुपमा निराकरण गर्ने ।३. जो अझै जीवन-जगतकोलागि पर्याप्त भएको छैन, त्यसलाई पूर्ति गर्ने । 
घ) १.आत्मज्ञान, २. बिज्ञान र ३. प्रकृतिको सम्मानको तादम्यता ।यसलाई कसरी practice र Utilize गर्ने भन्ने बारेमा पनि निकै लामो यसभित्र उपबूँदाहरू छन् । ति उपन्यासमा पनि बूँदागत रुपमा लेखिएका छन् र तपाईले नै लिनु भएको पहिलेको अन्तर्वार्तामा पनि केहि मूख्य बूँदाहरु टिपोट गराईसकेकोछु । यसलाई विस्तृत रुमा अनलाईमा मौखिक ब्याख्या दिनहुँ गरिरहेकोछु । यो Self Practice सँग पनि सम्बन्धित छ ।
३.तपाईले लेख्नु भएको एब्स्ट्रयाक्ट बैंकक उपन्यास डायस्पोरा नेपाली साहित्य क्षेत्रमा धेरै चर्चा छ तर नेपाली साहित्य बजारमा यसको प्रभाव कस्तो पाइरहनु भएको छ त ?
प्रथमत: म डायस्फोरा शब्द र त्यसको अर्थ्याईसँग सहमत छैन । जसले यो शब्दलाई नेपाली साहित्य र कलामा खुब उचालीरहेका छन् । एति भन्छु- ताप्लेजुङ्को रितिथिति, त्यहाँको समाज, भूगोल, रहनसहनबाट फुत्त निस्किएर अलग भूगोलमा रहेको काठमाडौको रितिथिति, समाज,सँस्कार, शासन आदिमा बसेर लेख्दा किन डायस्फोरा भएन ? यसको जवाफ कसैले नदिए पनि यसको बारेमा म कुनैदिन बोल्नेनैछु । तपाईको सङ्केतानुसार अहिले नेपाल बाहिर रहेका नेपाली पाठकले यो उपन्यासलाई अति नै मन पराइदिनु भएकोछ । यो सत्य हो । नेपालमा रहेका पाठकले पनि खोजी-खोजी पढेर मलाई सकरात्मक प्रतिकृया दिइरहनु भएकोछ । कुनै बिज्ञानपन, मेडिया, बिमोचनआदि बिना पनि पाठकले नै यो उपन्यासलाई बहुत चर्चित बनाईदिनु भएकोछ । प्रथम सँस्करण छोटो अवधी मै सकिएको अवस्था छ । 
४.नेपाली उपन्यासहरुको दोस्रो संस्करण धेरै कमले मात्र पाउँने गरेका छन् तर तपाईको एब्स्ट्रयाक्ट बैंकक उपन्यासले दोस्रो संस्करण छिटै पाउँने कुरा सुन्छु के यो सत्य हो ? र दोस्रो संस्करणमा अरु सुधारहरु आउँनेछन् होला नी ? 
कति सँस्करणसम्म नेपाली उपन्यास बिक्छन भन्ने मलाई थाहा छैन र यो मेरो चासोको विषय पनि होइन । असल चिन्तनले असल सिर्जना गर्नुपर्दछ भन्ने पूर्णत: आत्मविश्वासले काम गरेको मात्र हुँ । अन्तत: यसको प्रभाव राम्रो रह्यो । अबको सँस्करणमा जीवित पात्रको थपकथा, नयाँ आवरण, पाठक-समालोचकका बिचार, भाषा शुद्धिकरण तथा प्राविधिक स्तरलाई ध्यान दिएर निस्किनेछ । 
५.एब्स्ट्रयाक्ट बैंकक उपन्यासमा अमूर्तबोधी साहित्य दर्शनलाई प्रयोग गर्नु भएको छ ? के दर्शन नै हाल्दा मात्र उपन्यास सफल हुन्छ र ? दर्शन बारे जान्न,बुझ्नलाई साधारण पाठकलाई गाह्रो हुन्न र ? 
दर्शनबिनाको साहित्य त आत्माबिनाको मान्छे जस्तो हुन्छ । अझ भनौं प्राणबिहिन मान्छे जस्तो । मूर्दालाई मेरो कृति हो भनेर तपाईहरुसामू आउन सक्दिन,सकिन त्यसैले उपन्यासमा दर्शन त पस्ने नै भयो । साहित्यले जीवन-जगतको मङ्गलताको बारे कुनै ज्ञान वा उपयुक्त संदेश र सङ्केत दिँदैन भने त्यो साहित्य केकालागि ? र, अमूर्तबोधी दर्शन नै किन ? भन्ने प्रसङगमा चाहीं यो दर्शन नै जीवन र जगतकोलागि सबैभन्दा उपयुक्त दर्शन हो भन्ने मेरो पूर्ण मान्यता छ । मेरो बाँच्नेकलादेखि मेरो हरेक कार्य-सिर्जना यै दर्शनमा आधारित छन् ।मैले सिर्जना गरेको चित्र होस्, लेखेका कविता होस वा भाषण होस् । सबै अमूर्तबोधी दर्शनमा आधारित छन् ।दर्शनबारे स्पष्ट नहुँदा दर्शन भन्ने बितिक्कै धेरैको पसिना छुट्छ । तर उनीहरू आफैंमा पनि दर्शन छ, त्यो उनीहरुलाई नै थाहा हुन्न । त्यसैले यसरी थाहा नभएका अमूर्त कुराहरुलाई बोध गरेर ल्याउनु पनि अमूर्तबोधी दर्शन हो । माथि नै मैले दर्शनको छोटो परिभाषा भनिसकेकोछु । जीवनमा अनेकतासँग हरेकमा अनेक दर्शन छन् । सबैले जीवनलाई सुखमय, शान्तिमय, सम्पन्न र खुशीमय नै भोग्न चाहन्छन् । तर यसका प्राप्तिकोलागि अनेक जीवन झैं अनेक दर्शन आउँदछन् । ति अनेक दर्शनहरुका राम्रा र उपयुक्त कुराहरूलाई पनि समेटेर यो अमूर्तबोधी दर्शन अघी बढ्दछ ।यसको बारेमा ‘अमूर्तबोधी दर्शन’ को लेखन कुनै दिन हुनेनैछ । यस कुराकानीकालागि साहित्यकार टङ्क सम्बाहाम्फे र लिम्बूवान ब्लग डट कमलाई सबैको मङ्गलताको कामना सहित हार्दिक आभार ब्यक्त गर्दछु । अरु विवरणकोलागि www.khagendrapandhak.com 

Aug 4, 2011

साहित्यकार खगेन्द्र लिम्बुसंगको वार्ता

बि.सं.२०३४ साल बैसाख १ गते कोशी अञ्चल तेह्रथुम जिल्ला अन्तर्गत पौँठाक - ४ हाङखाङला लावृमा जन्मनु भएका साहित्यकार खगेन्द्र लिम्बु साहित्य,दर्शन,चित्रकारीता,लोकगीत संङकलन - गायनमा निक्कै पहिले देखि नै लागि पर्नु भएको छ । हाल वहाँ बैङककमा बसेर अमूर्तवोधी दर्शन लेखनमा त्यतिक्कै ब्यस्त बन्नु भएको छ । लेखन,गायन र चित्रकारीता दिनचर्यासंग गाँसीएका बिषयवस्तु भएकाछन् साहित्यकार खगेन्द्र लिम्बुको । गेडी लेखनका प्रवर्तक समेत रहनु भएका साहित्यकार खगेन्द्र जीवन र जगतलार्इ अमूर्तरुपमा देख्नु हुन्छ । उनै बहुप्रतिभाशाली ब्यक्तित्वसंग टंक सम्वाहाम्फेले लिम्बुवान ब्लगस्पोट डटकमको लागि गर्नु भएको कुरानीको अंश पाठकहरुको लागि यहाँ प्रस्तुत गरीएको छ ।
१.बिदेशी भूमिको बसार्इमा पनि लेखन,गायन र कलालाई कसरी समयको तालमेल मिलाएर त्यसको निरन्तरता दिईरहनु भएको छ ?
मेरो विदेशको बसाई केवल सिर्जनाको निमित्त सापेक्ष र अनुकूलताको लागि नै मात्र योजनावद्ध गरिएको कारण सहज भैरहेकोछ l
२.अमूर्तबोधी कला र लेखनमा होमीनु भएको छ यत्तातिर लागेर कतिको यो लेखन र कलाको विकास भए जस्तो लाग्छ ?
मैले जे-जति सिर्जना गरेकोछु अर्थात् जीवन र जगतलाई भोगे-देखे-बुझेकोछु त्यो अमूर्तबोधताबाट मात्र सम्भव थियो । त्यसोर मेरो सिर्जनशीलता मात्र अमूर्तबोधी दर्शनाधारित छैन, मैले भोग्ने जीवन नै यसैभित्र चलखेल गर्छ । जीवन सधैं प्रगतिशील,उन्मुक्तमुखी र बिकासमार्गी हुन्छ यी सप्पैको फाइदा म उठाईरहेछु ।
३.अमूर्तबोधी कला र लेखन नै रोज्नुको कारण र उदेश्य के हो ?
यो प्रश्नको जवाफमा प्रथमत: अमूर्तबोधी दर्शनको बारेमा केहि बुझ्न जरुरी छ । यसका केहि बुँदाहरु मात्र टिपोट गर्न चाहन्छु यहाँ -
क.अमूर्तबोधी दर्शन -हरेक मूर्त-अमूर्त तत्व-वस्तुहरुको अमूर्तसत्यहरुलाई बोध गर्न-गराउन प्रेरित गराउने दर्शन(जीवन-जगतलाई हेर्ने-बुझ्ने शैली)
ख.कुरूप सौन्दर्य मीमांसा-हरेक तत्व-वस्तुहरुमा बाह्य-आन्तरिक सौन्दर्य हुन्छ कुरूप तत्व-वस्तुहरुको सौन्दर्यभित्र र दिर्घकालिन सौन्दर्य रहन्छ ( महत्व,चरित्र,प्रवृत्ति,प्रकृति आदिबाट सौन्दर्यको मापन हुन्छ )कुरूप् तत्व-वस्तुको गौण सौन्दर्यलाई प्राप्त गर्नु
ग.दुरुहमार्गी चिन्तन -हरेक असहज यात्राबाट सहज गन्तब्यमा पुग्नु, हरेक अप्ठेराबाट जीवन र जगतलाई सुगममय भेट्नु ।
ग. सदुपयोगिताको सिद्धान्त -हरेक कुरालाई उचित ठाउँमा सदुपयोग गरेर त्यसको महत्व र अस्तित्वलाई उच्चरुपमा भेट्नू ।
घ. पागलवाद-निर्बांध-निडर, असाधारण र सत्यवादी हुनू ।
ङ. स्वसत्त्वबोध-आफ्नो अस्तित्वको महत्वलाई आत्मविश्वासमा सुरक्षित भेट्नू-बुझ्नू ।
च. अभ्यासात्मक प्रगतिशीलता -निस्सीम परिकल्पनालाई सिर्जना, प्रतिपादन र प्रतिप्रयोगमा स्थापित भेट्नू ।
छ. स्वकीय मन्जुरी-दबाबहीन स्वमुक्तिले परघातबिहिन स्वकीयताको फैसल्ला गर्नू ।
ज. गन्तव्यको फैसल्ला -अन्तिमसत्य जीवन-जगतको दिर्घकालिन मंगलमय निजत्व आदि ।
४.नेपाली साहित्यको बिकासमा डायस्पोरा नेपाली साहित्यकारहरुले कतिको सकरात्मक भूमिका खेले जस्तो लाग्छ ?
ग्लोबल विलेजको जमानामा संसारका कुनै पनि एक कुनाको असर अर्को कुनै पनि कुनामा तत्काल प्रभाव पर्न सक्छ र नेपाल केवल नेपाल मात्र हो ठान्नु गलत हुन्छ । अझै नेपालमा मुट्ठीवाद संकार छँदैछ । अझ धेरै नेपाली लेखकहरु केन्द्रिकृत मानसिकताले रोगी छन राजधानीलाई संसार भनेर बसेकाछन् । विश्व/परिवर्तन, चेतना,विकास, प्रगतिहरु डायस्फोरिक लेखकहरुले भित्र्याईरहेकाछन् जो अत्य्वास्यक छ । जसले नेपाली चेतनालाई विश्वस्तरमा तादम्यता मिलाउन सकारात्मक भूमिका खेलेकोछ/खेल्नेछ ।
५.नेपाली साहित्यमा योगदान दिने नेपाली डायस्पोरा लेखकहरुले नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको स्थान पाउँन जरुरी देख्नु हुन्छ कि हुन्न ? र नेपाली डायस्पोरा लेखकहरुलाई नेपाल सरकारले कतिको सम्बोधन गरे जस्तो लाग्छ ?
नेपालमा बसेर लेख्ने केहि गुटहरुले त डायस्फोराका लेखकलाई साहित्यकारको सूची मै गन्दैनन । राष्ट्रले के सम्बोधन गरोस । जसले नेपाली साहित्यलाई सेवा-टेवा-मेवा दिन सक्छ, उसलाई प्रज्ञाप्रतिष्ठानले स्थान दिनुपर्दछ । प्रज्ञाप्रतिष्ठान हामी सबै नेपालीको हो । लेखक र सर्जकको बसाईको भौगोलिक विभिन्नताले उसलाई निर्णय गर्नु अन्याय हुन्छ । यसको अर्थ यो होइन कि अबैधानिक नेपालीले प्रज्ञाप्रतिष्ठानको जागिर खान पाउनु पर्दछ । र अर्को कुरा त्यहाँ आसिन भएर मात्र साहित्यको सेवा गर्न सकिन्छ भन्ने ग्रस्त मनस्थितिमा सर्जक बस्नु हुन्न भन्ने मेरो आग्रह । बैरागी काईंला पनि हिजो बेदेश नै बसेर लेख्ने कवि हुन् । भारतमा बसेर लेखेका उनका साहित्यले नै उनलाई प्रज्ञाप्रतिष्ठानको जिम्मेवार नाइके हुन पर्याप्त आधार दियो । अरुले किन नपाउने ?
६.तपाई आफै लिम्बु जातिको नेपाली भाषाको लेखक तर तपाईलाई आफ्नो लिम्बु मातृभाषा साहित्यमा अमूर्तबोधी साहित्य लेखनलाई प्रस्तुत गर्न मन लाग्दैन ?
आफ्नो मातृभाषा,संस्कृति,धर्म आदि सबैको नश्लको रुपमा स्थापित भैसकेको हुनाले यो प्रश्नै हुँदैन कि कुनै लिम्बूलाई आफ्नो लिम्बू भाषा-संस्कृतिलाई प्रेम छ ? यसरी अमूर्तबोधी दर्शनले नश्लीय अस्तित्व र अधिकारलाई सम्मान गर्न अभिप्रेरित गर्दछ । तसर्थ: कुनै पनि जनजाती आदिबासीहरुलाई झैं लिम्बूहरुको अस्तित्वमा पनि अमूर्तबोधी दर्शनले बराबर चासो लिन्छ । मैले लिम्बू संस्कृतिका लोकसंस्कृति/कला र साहित्यलाई यसै अर्थमा नेपाली राष्ट्रियधारमा उभ्याउने कोशिस गरेकोथिएँ/छु ।
७.नेपाली भाषाको लोकगीत संकलक र गायक पनि हुनुहुन्छ के यी भाषाका गीतहरु मात्र गाएर आफ्नो जातिको भाषालाई न्याय गरे जस्तो लाग्छ ?
लिम्बू लोकसंगीत/कला/साहित्य तथा अन्य समाज,जाति,धर्म,संस्कारका लोक साहित्य/कलालाई राष्ट्रियधारमा लगेर स्थापना गर्न मैले कोशिस गरेको हुँ Netive and Mother Language मै गाउने-लेख्नेहरु त अरु पनि छन् नि । सबैले आफ्नो ठाउँमा बसेर सदुपयोगीताको सिद्धान्तमा काम गर्ने हो ।
८.तपाईले संकलन र गायन गर्नु भएको लोकगीतको संग्रह कति प्रकाशीत भैसकेका छन् होला ? र नयाँ आउँने संग्रहहरु पनि छन् कि ?
संख्या एति नै हो भन्ने यकिन छैन । अनुमानमा ६० जति संकलित र आफुले गएका २० जति होलान, संकलन गरेर रेकर्ड गर्न बाँकी लोकगीतहरु मसंगैछन् ।
९.अमूर्तबोधी साहित्यकार र सर्वसाधारण मानिसमा के फरक हुन्छ ? र अमूर्तबोधी नभएका लेखक र अमूर्तबोधी भएका लेखकमा के अन्तर पाउँनु हुन्छ ?
मैले व्याख्या गरेको अमूर्तबोधी दर्शनमा जे फरक हुन्छ, त्यहि नै फरक हो । त्यो माथिको बुँदामा अरुले आफ्नो दर्शन उभ्याएर बिचार्नू ।
१०.तपाईको हालसम्म प्रकाशित कुन कुन बिधाका पुस्तक के कति छन् ? र प्रकाशोन्मुख के कति छन् ?
उहिल्यै टिनेजमा २ वटा संयुक्त कविता संग्रह निस्किएकाछन् तिनलाई म कृतिको रुपमा मान्दिन मसंग अहिले विभिन्न विधाका ६ वटा पाण्डुलिपी छन् (Abstract Bangkok)-प्रयोग,दर्शन र जीवनीमा आधारित उपन्यास प्रकाशनको तयारीमा जुटेकोछ ।
११.तपाई चेताशील लिम्बु भएको हैसियतले अहिले संघीय लिम्बुवानको कुरा उठि रहेको छ नेपालमा त्यस बारेमा के धारणा राख्नु हुन्छ ? संघीय लिम्बुवानको आवश्यकता छ कि छैन होला ?
नेपालको परिप्रेक्षमा 'विघटन' सुगठनको सापेक्षमा सन्तुलित देखिंदैन । एकातिर लिम्बू तथा अन्य जातजाति आदिवासीमा 'स्वसत्त्वबोध' हुन जरुरी छ । 'दुरुहमार्गी चिन्तन' अवलम्बन गरेर राष्ट्रको निमित्त 'सदुपयोगिताको सिद्धान्त'मा उभिनु पर्दछ । राष्ट्रले पनि कुरूप सौन्दर्य मीमांसा अन्तर्गत असल निर्णय लिएर सबै नेपालीहरुलाई समान सम्मान र सम्बोधन गर्न जरुरी छ । अन्यथा दुर्घटना दोहोरिरहन्छ ।
१२.तपाई एउटा लेखक भएकोले वर्तमान नेपालको राजनितिलाई कसरी मध्यनजर साथै बिश्लेषण गरी रहनुभएको छ ?
नेपालको 'राजनीति' जननीति हुन सकेकोछैन । एउटा कथित दरबार ढलेर अकथित नगन्य दरबार,सामन्त,शोषक-शासकहरुको मनोमानी हाबी बढेकोछ । 'जनशक्तिको कोल्याप्स'लाई मौकाको फाइदामा राखेर विस्तारवादका भरौटेहरु अत्तिवादी-मुट्ठीवादी-एकाधिकारवादी भएर उदाएकाछन् 'विगठन'लाई सुत्र बनाएर यिनीहरु बलिया हुँदैछन् ।'फुटमा लुट' चलिरहेको अवस्था नबुझेसम्म नेपालीहरुको उन्मुक्ति सम्भव छैन । त्यसो र सांस्कृतिक चेतनाको विकासले मात्र यिनीहरुको सूत्रलाई निराकरण गर्दछ । सामान्य भाषामा भन्ने हो भने 'छिमेकीको घर जल्दा आफ्नो घर सुरक्षित रहन्छ' भन्ने भ्रमबाट मुक्ति लिनु आधुनिक नेपालको उन्मुक्तिको पहिलो कदम हुनेछ ।'एकता' -जनता हो, जनता नै देशका निर्णायक हुनु पर्दछ । नेताहरु जनताको आदेश पालक र भरौटे हुनुपर्दछ । स्वावलम्बनको निर्णयलाई लागु गरेर जनशक्तिको कोल्याप्सलाई निमिट्यान्न गर्नुपर्दछ । अन्यथा,ईतिहाँसमै अनुकूलताको सिद्धान्तमा चुकेर नेपाल र नेपाली दुर्लभ हुनेछ ।
१३.जीवन के हो ? तपाईको अमूर्तबोधी लेखनले जीवनलाई कसरी समेट्दछ त ?
'जीवन' माथि टिपोट भएका अमूर्तबोधी दर्शनका बुँदाहरुको अनुसासित संस्कार हो यो दर्शनको बारेमा माथि नै उल्लेख गरेको छु ।'जीवन-जगतको मङ्गलमयी कामना'को निमित्त जो राम्रो कार्य भए त्यसको निरन्तरता,समय सापेक्षिक संसोधन र बिकाश गर्ने, जो भएकै छैनन त्यो गर्ने, जो खराब गरिएका छन्, त्यसलाई निराकरण गर्ने यसका पहिला सर्त हुन् ।
१४.अमूर्तबोधी दर्शन कस्तो प्रकारको दर्शन हो ? यो दर्शनको शुरुआत र प्रयोग कसरी भैरहेको छ होला ?
यो दर्शनको बारेमा माथि नै उल्लेख गरेको छु । 'जीवन-जगतको मङ्गलमयी कामना'को निमित्त जो राम्रो कार्य भए त्यसको निरन्तरता,समय सापेक्षिक संसोधन र बिकाश गर्ने, जो भएकै छैनन त्यो गर्ने, जो खराब गरिएका छन्, त्यसलाई निराकरण गर्ने यसका पहिला सर्त हुन् ।
१५.गेडी लेखनको शुरुआत कहाँ,कस्ले र कहिले देखि भएको हो ? यसको विस्तार कसरी भैरहेको छ ?
गेडी लेखन मैले सुरुवात गरेकोहुँ । नेपाली साहित्य-साहित्यकार विभिन्न आगन्तुक विधाका अंगसंगति नबुझेर मरिररहेको अवस्थामा स्वसत्त्वबोधको बुँदाले नेपाली अस्तित्वमा नेपाली नश्लमा यसको जन्म भयो । यसको प्रवर्तन भयो २०१० अप्रिल १० मा यसको सार्बजनिक भयो । विश्वभर रहेका नेपालीहरुले यो विधामा स/प्रेम/गर्ब सिर्जना गरिरहेकाछन् । यो खुशीको कुरा हो । यसको बारेमा लामो लेख म उपलब्ध गराउनेछु । गेडी साधक टेकेन्द्र अधिकारीले यो विधाको सङ्ग्रह निकाल्दै छन् । अर्का गेडी साधक बिष्णुनन्द चामलिंगको गेडी संगीतकार दिनेश सुब्बाले संगीत गरेकाछन् । अब यो लिखत,गायन र श्रब्य भएर आउन थालेकोछ । यसलाई नेपालको मौलिक विधाको रुपमा दर्ता र सम्मान गर्न सम्बन्धित क्षेत्रका आधिकारिक,बौद्धिक र प्राज्ञ सबैलाई हामी हार्दिक अनुरोध गर्दछौं ।
१६.तपाईले जीवनमा भोग्नु भएको त्यस्तो अविस्मरणीय घट्नाहरु छन् कि ?
जीवनका हरेक घटना-परिघटना अविस्मरणीय लाग्छन ।
१७.जीवनमा सबै भन्दा बढी गरु लाग्ने र नगरी छाड्दिन भन्ने केहि कामहरु छन् कि ?
.सदुपयोगिताको सिद्धान्तमा आफुलाई सिर्जनशील र गतिशील राख्ने आफ्नो जीवनसँग सम्झौता भएकोछ । नेपाली चेतना परिवर्तन गर्दै नेपाली राजनीतिलाई सफा र सुकर्ममा लान तथा अनाथ असहायहरूको निमित्त काम गर्न पाउँदा भने व्यक्तिगत रुपमा खुशी हुनेछु भन्ने लाग्छ ।
१८.अवको नेपाली साहित्य लेखनले कस्तो र कतातिर मोडिन जरुर देख्नु हुन्छ ?
अमूर्तबोधी दर्शनमा भेट भएर हिजोका रुन्चे-पिन्चे लेखन,विलाप-विवशता र लाचारी प्रस्तुति,रोष-दोषको आक्षेप प्रवृत्ति, गुनासो-बिलौनाको आत्म लघुताभाष,रुखो नारावादी अकलात्मक प्रस्तुति,केवल बयान, हरिया डाँडाका गीत लिला-रसरंगको बुर्जुवा लेखन, हजुरिया र ढोग-पत्र लेखन,आत्मचर्चामुखी 'वाद' फेशन सप्पैलाई संसोधन र निराकरण गरेर जीवन र जगतको उन्मुक्तिमा कला सौन्दर्य र दर्शन सौन्दर्यको विशिष्ट भेटमा साहित्य पुग्नु पर्दछ ।
१९.नेपाली समाजमा तपाई आफूलाई कुन रुपले स्थापित गराउँन चाहनुहुन्छ ? र किन ?
एउटा सामाजिक स्वयम्सेवक ! समाज विकासक !
२०.लिम्बुवान ब्लगस्पोट डटकम मार्फत विश्वभरी छरिएर रहनु भएका पाठकहरुलाई केहि शन्देश दिन चाहनु हुन्छ कि ?
'स्वसत्त्वबोध'ले अमूर्तबोधी दर्शनलाई भेट्नू ! त्यसरी नै जगतको निमित्त जीवनलाई र जीवनको निमित्त जगतलाई माया गर्नू !

Jun 8, 2011

गायीका सीता सिंगक लिम्बुसंगको कुराकानी

बुवा हस्त बहादुर लिम्वुतथा मुमा आश मायाँ फोम्वो लिम्बुको कोखबाट सन् १९८९ डिसेम्वर २२ तारीखका दिन कोशी अञ्चल तेह्रथुम जिल्लाको जलजले ४ मा गायीका सीता सिंगक लिम्बुले यस धरतीमा पाइला टेक्नु भएको हो। गाउँमा माध्यमिक तहको अध्यायन समाप्त गरेपछि हाल स्नातक तहको दोस्रो वर्षमा ललितपुर नक्खिपोपमा बसी गायनको साथसाथै अध्यायन क्रम जारी गरीरहेकी छिन् । गायन,नृत्य र यात्रा गर्न बढी रुची राख्छीन्। उनलाई नेपाली,अंग्रेजी,हिन्दी र लिम्बु भाषा वोल्ने राम्रो ज्ञान छ । हाल सम्म अविवाहित रहेकी गायीका सीता सिंगक लिम्बुले गायनलार्इ नै आफ्नो पहिचान बनाउँने लक्ष्य राखेकीछीन् । हाल सम्म १० भन्दा बढी नेपाली एल्वमहरुमा र लिम्बुभाषामा हाङनेर्इल्ले,लिम्बुवान,साक्मा,तुम्मुर्इ,हाक्पारे पालाम गाउँदै,यो मनको जलन आदिमा आफ्नो स्वर स्वराङकन गरीसकेकी छिन् । उनी फक्ताङलुङ सयङ काठमाडौ- २००८ को सदस्य पनि हुन् । त्यति मात्र नभएर मिस मंगोलमा समेत उनको सानदार सहभागिता रहेको कुरा उनी बताउँछिन्। उनै कोकील कण्ठका धनी गायीका सीता सिंगक लिम्बुसंग टंक सम्वाहाम्फेले लिम्बुवान ब्लगस्पोट डटकमको लागि गर्नु भएको कुराकानी पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।
१.अध्ययन, घरको काम र गायन यी सवै एकै समयमा कसरी समायोजन गरिरहनु भएको छ ?
समयको व्यवस्थापन गर्नुपर्छ । यी भन्दा धेरै काम भ्याउन सकिन्छ ।
२.गायन क्षेत्रमा लाग्नुको प्रमुख के हो तपाईको ?
रुची हो ।
३.गायन बाहेक अन्य विषयमा कतिको चासो लिनुहुन्छ ?
सामान्य ।
४.गायन क्षेत्रमा आउँनुमा कसैको प्रेरणा छ कि ?
लीला दिदी, भगत दाई र मेरो सपरिवार
५. आफुले गाउँदा गीत, संगीत र स्वर यी तिन पक्षलाई कुन हिसावले अध्यायन गर्नु हुन्छ ?
गीत या गायन भनेकै शब्द, संगीत र स्वरको समायोजन हो, यो कुनै पनि पक्षको मर्मलाई बुझ्न सकिएन भने गीत पूर्ण हुँदैन तर्सथ यी तीनै कुरालाई ध्यान दिन्छु ।
६.एउटा गीत पुरा हुनको लागि तपाई एउटा गायिकाको आँखाबाट गीतको कुन पक्ष सवल हुनु पर्छ होला जस्तो लाग्छ ?
शब्द, संगीत र स्वर तीनै पक्ष ।
७.दश भन्दा बढी नेपाली कलेक्सन् एल्वमहरुमा आफ्नो स्वरहरु दिईसक्नु भएको छ त्यसैले अव कहिले आफ्नै एल्वम मार्फत प्रस्तुत हुने बिचार गर्दै हुनुहुन्छ ?
तुरुन्तै त्यस्तो कुनै योजना छैन । अव हेरु.... -
८.नेपाली भाषाको गायन बाहेक लिम्बु र तामाङ भाषामा समेत आफ्नो स्वर दिई सक्नु भएको छ यसरी आफ्नो मातृभाषा र अरुको भाषामा गाउँदा कस्तो अनुभूति गर्नुहुन्छ ?
फरक त पर्छ नै । नेपाली गीत भन्दा अन्य गीत गाउँदा उक्त जातीको संस्कार संस्कृति रहन सहनलाई समेत ध्यान दिनु पर्छ । आफनो मातृभाषाको गीत गाउँदाको अनुभुती नै बेग्लै हुन्छ ।
९.तपाई एउटा लिम्बु गायिका भएकोले लिम्बुवानको विषयमा कतिको चासो लिनु हुन्छ ?
लिम्बु भएको हैसियतले र लिम्बुवानवासी भएको हैसियत ले लिनु त परयो नी । म किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालयको लिम्बुवान जनजागरण अभियानमा तेह्रथुम, संखुवासभा र धनकुटा जिल्लामा लिम्बुवानको गीत गाउँदै महिनौं हिँडेको छु र काठमाडौंमा हुने लिम्बुवान र आदिवासी जनजाति आन्दोलनमा निरन्तर सहभागी हुँदै आएको छु ।
१०.नेपालको वर्तमान परिस्थितीलाई तपाईले कसरी हेरी रहनु भएको छ ?
नेपाल संक्रामणकालीन अवस्थामा गुज्रिरहेको छ । राजनीतिक दलहरु कुर्सी तानातानमै व्यस्त छन् । संविधान बनाउने काम नै विर्से जस्तो छ ।
११.नेपालको गायन क्षेत्रलाई कसरी मध्यनजर गर्दै हुनुहुन्छ ?
मुलधारको संगीत अर्थात खस भाषाको गीत संगीतलाई मात्र बढावा दिइएको छ । नेपालका अन्य जातिको गीतसंगीतलाई मुख्य सन्चार माध्यमहरुले स्थान दिएका छैनन ।
१२.गायन क्षेत्रमा लाग्ने गायिकाहरुलाई प्रेम प्रस्ताव धेरै आउँने गरेको पाइन्छ र तपाईलाई कतिको प्रस्ताव आईरहेको छ ?
नराम्रो होइननी ।
१३.कुनै एक श्रोताले तपाईको स्वर अति मन पराएर नजिक हुन खोज्यो भने कस्तो प्रकारको प्रतिक्रिया दिनु हुन्छ ?
धन्यवाद दिन्छु ।
१४.जीवन साथी कुन क्षेत्रको होस् भन्न बढी चाहनु हुन्छ ?
जुनसुकै क्षेत्रको भएपनि गीतसंगीत र समाज बुझेको होस ।
१५.गायनले अध्ययन साथै अन्य क्रियाकलापलाई कतिको वाधा पुर्याउँछ ?
समय व्यवस्थापन गरयो भने बाधा पुग्दैन ।
१६.हालसालै बजारमा आएको लिम्बुभाषाको भिसीडी एल्वम हाङनेइल्लेमा स्वर दिनु भएको म्यूजिक भिडियोले राम्रै चर्चा पाईरहेको छ यसलाई कसरी लिनु भयो त तपाईले ?
शब्द मार्मिक छ । शब्द र संगीतको संयोजन राम्रो छ । यसको संगीत तथा भिजुयललाई अझ राम्रो बनाउन पनि सकिन्छ ।
१७.बिदाको समयलाई बढी कसरी विताउँन रुचाउँनु हुन्छ ?
गीत, संगीत, अध्ययन ।
१८.यस क्षेत्रमा नलागेको भए तपाईले कुन क्षेत्रलाई बढी अङगाल्नु हुन्थ्यो होला ?
अध्ययन, नृत्य आदिमै हुन्थे ।
१९.गायन समयसापेक्ष हुनु पर्छ भन्छन् तर पुराना गीतहरुको संरक्षणको विषयमा कतिको चासो लिनु हुन्छ ?
Old is Gold भन्छन् नी । पुराना विना नयाँ हुँदैन । संरक्षण गर्नुपर्दछ । सम्मान गर्नुपर्दछ ।
२०. संसार भर छरिएर रहनु भएका तपाईका श्रोताहरुलाई केहि सन्देश दिन चाहनु हुन्छ कि ?
गीत संगीतलाई माया गरिरहनु होस् । धन्यवाद् ।