पहिले र अहिलेको लाहुरघर आकास धर्तीको फरक छ - टंक वनेम ।
झण्डै चार दशक अघि मैवा खोला चुम्लोक, ढुङ्गेसाँघु-८ ताप्लेजुङ्मा जन्मनु भएका साहित्यकार टंक वनेमले झण्डै ढेड दशकको समय पल्टन घरमा बिताउनु भएको थियो । वहाँले लाहुर घरबाट साहित्य चिन्तन,सामाजिक चिन्तन र अनुसाशन सिकेर अवकास लिनु भयो । हाल वहाँ वेलायतमा सपरिवार बसोबास गर्दै आउनु भएको छ भने वहाँले दुइ वटा राम्रा कृति पस्कि सक्नु भएको छ । लेखकको विशेषता भनेको नेपाली भाषा र लिम्बू भाषामा समानान्तर कलम चलाउनु हो । साहित्यको नजरले हेर्दा वहाँलाई जति राम्रो कवि भनेर चिनिन्छ त्यति नैं इतिहासविद् भनि चिन्न सकिन्छ । वहाँसंग गोरखालीको संम्बन्धमा,आदिवासीको संम्बन्धमा लोभ लाग्दो ज्ञान र अनुभव छ । त्यसो त वहाँ साहित्यका सबै विधामा उतिक्कै कलम चलाउनु हुन्छ । प्रस्तुत छ अनलाइन नेपाली साहित्य मञ्चको निमित्त शसक्त लाहुरे कवि टंक वनेम ज्यूसंग विश्वास दीप तिगेलाले गरेको हाँकाहाकी प्रश्नोउत्तर ?
१. तपाइ एक राम्रा स्रष्टा हुनुहुन्छ तर तपाई आफैले आफ्नो परिचय कसरी दिनुहुन्छ ?
सर्वप्रथम दाईलाई संम्झेर प्रश्नहरु पठाउनु भएछ धन्यवाद अनि पाठकहरुलाई बिजुली नमस्कार छ ।म एक राम्रो स्रष्टा हो वा होइन मैले मेरो परिचय दिनु भन्दा पाठक एबं श्रोताहरुले ठहर गर्ने कुरा हो । यो प्रश्नको उत्तर दिने जिम्मा पनि म उनै प्रिय पाठकहरुलाई नैं दिन चाहान्छु ।

२. यहाको कलमले मनपराउने विधा के हो - हाल सम्म यहाको के कति कृतिहरु छन् र कति उमेरका भए?
मलाई मन पर्ने विधा कविता हो । अरु कुन कुन विधामा साहित्यिक कफी गफ हुँदैछ त्यो कुरा पत्र पत्रिका भन्दा वेव साइटका पाठकहरुलाई बढी थाहा छ । कति वटा कृति र उमेर पनि सोधी हाल्नु भयो । ति दुइ जोडी कविता संग्रहका बैँस ढली सकेको छैन ।
३. तपाई एक भूतपूर्व सेना हुनुहुन्छ र हाल वेलायतमै बसोबास गरि रहनु भएको छ । आजकालका लाहूर घर र पहिलाको लाहूर घरको मुख्य फरक के छ ? त्यसको कारणहरु केके हुन ?
पहिले र अहिलेको लाहुर घर आकास धर्तीको फरक छ । हामी रुपैयाँ कमाउनकै लागि लाहुरे भएका हौं ।पहिलेका लाहुरेले माना पाउँथे अहिलेका लाहुरेले पाथी पाउँछन् । अहिलेका र्सबसाधरण जनताले सञ्चार माध्यमको जुन सुबिधा उपभोग गरि राखेका छन् । आजको दशक अगाडी थिएन । आजको लाहुर घरमा जुन स्वतन्त्रता छ तर दशक अगाडी अर्कै माहोल थियो । यो सबै समयको गति हो । बिर्सिनै नहुने अर्को कुरा हाम्रा अग्रज गोरखाली संघ सस्थाहरुले गरेको संघर्षको प्रतिफल हो ।
४. तपाइहरुको पालामा लाहूरघरमा साहित्यिक गतिविधि खासै हुदैन्थ्यो भन्ने सुनिन्छ । साहित्य सिर्जना र गतिविधि गर्न त्यसवेला तपाइ पनि खुबै डराउनु भयो होला हैन ?
माथी नैं उल्लेख भई सकेको छ कि लाहुर घरमा किन साहित्यिक गतिविधि हुदैन्थ्यो । झन हाम्रा बाजे बराजुहरु त लर्डाई गर्नकै लागि भर्ति हुन्थे । पछिल्लो पिंडीमा त्यो दुःखदायी समय नरहे पनि संञ्चार माध्यम र तिनै पुरानो सोंचको जरा गाडिएको हुँदा अहिले जस्तो परिस्थिति जन्मन सकेन । साहित्य सिर्जना गर्दा डराउने कुरो छ त्यस्तो डराउने भए मेरो साहित्यिक यात्रा धेरै पहिले थन्को लागी सक्ने थियो ।
५. साहित्य क्षेत्र पनि एउटा हल्ला गर्ने ठाँउ हो भन्छन् वास्तवमा साहित्य के हो ?
साहित्यलाई कुन रुपले ग्रहण गरिएको छ त्यसैमा भर पर्छ । अर्को कुरा साहित्य के हो भन्ने सवाल महासागर जस्तै छ त्यसको किनारमा उभेर सागरको गहिर्याई यति हो भन्नु जस्तै हो ।
६. सपरिवार वेलायतमा बस्दै आउनु भएको छ । साहित्य त दुःखमा सिर्जना हुन्छ भन्छन् कसरी यो क्षेत्र संग तपाइको साइनो लाग्यो ?
दुःखमा मात्र सिर्जना हुने साहित्य ब्याक्तिबादी साहित्य हो । पल्टन घर भित्र कुनै बेला त्यस्तो भएको थियो होला । तर वर्तमान लाहुरे साहित्य यो प्रलाप भन्दा धेरै माथि उठि सकेको छ । यो क्षेत्रसंग कसरी साइनो लाग्यो भन्ने उत्तरमा धेरै कुराहरु जोडिएका छन् । कुनैं दिन सुटुक्क भनौंला ।
७. वेलायतको जीवन स्तर उच्च छ र अहिले नेपालीहरुको संख्या पनि उच्चै छ भन्न सकिन्छ । वेलायतमा धेरै नेपालीहरु लेखपढको हाँक दिन्छन तर वेलायतमा नक्कली र्सर्टिफिकेटको पनि वेलावेला हल्ला सुनिन्छ । कोहि भन्छन वेलायतका प्रायः बुद्धिजिवी नेपालीहरु डेट एक्पाएर भएका हुन्छन, घरदेश र राजनीतिको बारे अनभिज्ञ हुन्छन वास्तवविकता चाहि के हो ?
वेलायतमा उच्च जीवन शैली छ कि छैना जस्ले भोगेको छ उसैलाई मात्र थाहा छ । नेपाली पढे लेखेका र हाँक दिने मान्छे को हुन ? किन वेलायतमा आएर हाँक दिएको हो ? बुद्धी जीबीको भ्रममा एक्सपाएर हुनु र नहुनुमा केहि सरोकार पनि राख्दैन । राजनिति वा अरु कुनै क्षेत्रमा केहि गर्छु भन्नेले कुनै न कुनै ठाउँमा केहि कुरामा योगदान पर्याएकै हुन्छ । अर्को कुरा यो साहित्यिक कफी गफमा र्सर्टिफिकेटको कुरा आयो । र्सर्टिफिकेटले साहित्य लेखिन्दैन साहित्य लेख्नको लागि हृदयको ब्याडबाट मनका रहर लाग्दै कलिला बिरुवाहरु उम्रनु पर्दछ ।
८. नेपाली साहित्यको लागि वेलायत मरुभूमि हो भन्ने कसैको अभिब्यक्ति आयो भने यहाको प्रतिक्रिया के हुन्छ ?
नेपाली साहित्यको लागि वेलायत मरुभूमि हो भन्ने आँट अब कसैले गर्न सक्दैन् । डायस्पोरिक चेतनाले जुर्मुराएका धेरै स्रष्टाहरु जन्मेका थिए/छन् । यति हो संञ्चार माध्यमको अभावले यसको गति केहि सुस्त भएको थियो । तर अब त्यस्तो हुने छैना । वेब साइटहरुमा हेर्न सक्नु हुन्छ । मुलधारमा बसेर लेख्ने स्रष्टाहरुका सिर्जना भन्दा कमसल साहित्यको खेति भएको देखिन्दैन् ।
९. केही समय यता तपाइका सिर्जनाहरु वेलायतको पत्रपत्रिकामा निरन्तर पढ्न पाइएको छ । भावि योजनाहरु केके छन् ?
एउटा स्रष्टाको धर्म नै पाठकहरुलाई नयाँ नयाँ सिर्जनाहरु पस्कदै जाँनु हो । यहि काम जारी रहने छ । पत्र पत्रिकामा निस्कने आफ्नो अभिब्याक्तिहरुको आयु ज्यादै छोटो भएकोले संग्रह गर्न योग्य सिर्जनाहरुलाई संग्रह गर्ने योजनामा छु ।
१०. आधुनिक विज्ञानको जमानामा तपाई चाहि आफ्नो लिम्बू भाषाको कविता लेख्नुहुन्छ । तपाइ कसरी यस्तो रुढीवादी तर्फप्रेरित हुनुभयो ?
मैले माथि पनि उल्लेख गरि सकेको छु । साहित्य भनेको महासागर जस्तै हो । यसको गहिर्याई नाप्न गाहृो छ । वर्तमान लेखिन्दै आएको साहित्यलाई सन साठीको दशकतिरै अस्विकार गरि उत्तर आधुनिकवादीहरुको विचार संसारमा फैलिएको थियो । उनिहरुको विचारमा तत्कालीन लेखिन्दै आएको साहित्यले यावत समस्याहरुको समाधान गर्न सक्दैन् । त्यस्तै नेपालमा जन्मी रहेको खस भाषाका साहित्यले समेट्न नसक्ने अरु साहित्यका फाँटहरु धेरै छन् । ति नेपाली भाषाले संगसगै डोर्याउन नसक्ने लिम्बू भाषा,मुन्धुम् र आख्यानहरुलाई लिम्बू भाषामा कविता लेखेर हराउन लागेको मिथक बिम्बहरुलाई जोगाई राख्नु एउटा लिम्बू साहित्यकारको धर्म हो । यहि धर्मलाई निभाएको छु । रुढीवादी मानशिकताले प्रेरित भएको भन्नु भन्दा जाडोमा भुवादार स्यालको कोट लाउँने मान्छेलाई हाँसोको पात्र बनाउँनु जस्तै हो । त्यसो हो भने त लिम्बू साहित्यमा योगदान पुर्याउने पदमसिं मुरिङलाको जीवनीमा आधारीत पुस्तक प्रकाशन र भिडीयो बनाउनु पनि रुढीबादीकै उपज भएन र भन्या ?
११. केही बर्षअघि केही पार्टीले जातियताको, संघियताको कुरा उठाउदा उनीहरुलाई विखण्डनकारी आरोप लाग्थ्यो । अहिले त स्वयं सरकार नै ति कुराहरु भुक्दैछन्, सारा देशनै विखण्डन तर्फजाने अवस्थामा छ । तपाई चिन्तक साहित्यकारको हैसियतले देशको भविश्य कस्तो देख्नुहुन्छ ?
रगत पानी भन्दा बाक्लो हुन्छ । रातो झण्डा फर्फाएर हिज जे भनियो त्यो बिस्तारै फेरिन्दै जाँदैछ । त्यहि भएर त मुन्धुम्को कविता फलाक्न नछोडेको हो । साहित्यकारको चिन्तन भनेको नैं त्यही गएर टुङ्गीन्छ । देस जस्तो सुकै अवस्थामा गुज्रे पनि एक दिन जनताको जीत हुन्छ हुन्छ । राजा ज्ञानेन्द्र जस्तो बाद शाहले घुँडा टेक्यो भने बिखण्डनबादी भन्नेहरुले चाँडै पुत्छर लुकाउँने छन् ।
१२. ताप्लेजुङ जिल्लाले तपाइलाई जन्मायो, हूर्कायो अहिले तपाई घरदेश देखि टाढा हुनुहुन्छ के तपाईसंग जन्मभूमिको लागि कुनै बोल्नमिल्ने, खोल्नमिल्ने केही सपनाहरु छन् की ?
स्व.बाबा सिंगराज वनेमको स्मृतिमा ६ भाइ छोराहरु र परिवारको ब्यक्तिगत लगानीमा ताप्लेजुङ जिल्लाकै दोश्रो ठूलो फुटबल (सिंगराज खेल मैदान) गिरान निमार्ण गरिएको छ । आफ्नै जग्गा उपलब्ध गराएर ठोठ्ने प्रा.बिलाई त्यही खेल मैदानमा सार्ने तयारी हुँदैछ । पुस्तकालयको ब्याबस्था र साहित्यको गतिबिधी गर्ने सपनाहरु साँचेको छु । शायद कुनै दिन त्यही बाबाको स्मृति मैदानमा कविता पाठ गदै हुने छु । त्यहाँ नेपाली साहित्यका विभिन्न साहित्यिक वादहरु मात्र नभएर फेदाङ्मा र झाक्री लयमा पनि कविता पाठ गरिने छ । तान्त्रिक एरो नचल्ने मुन्धुम्,हाक्पारे र ख्यालीहरुले गुञ्जने छ । त्यसबेला मात्र नेपाली साहित्यको कविता लेखनले पूर्णता पाएको ठान्ने छु ।
१३. साहित्यकार टंक वनेमलाई साहित्यले के दियो ?
साहित्यमा लाग्ने मान्छेहरु लिनु भन्दा दिनु भनेर अघि सरेका हुन्छन् । धेरै पाठकहरुले नचिने पनि केहि पाठकहरुले छिनेका छन् एउटा अवकास लाहुरेले नेपाली साहित्य र लिम्बू साहित्यलाई संगसंगै डोर्याई रहेको छ । साहित्यले दिएको उपलब्धि भनेकै यही हो ।
१४. मैले सोध्न बिषिर्एको तर तपाईले भन्नु पर्ने केही छ ?
नेपाली मानशिकतामा लाहुरेको जुन तश्विर नाची रहेको थियो त्यो तश्विरमा बौद्धिक गहनाले सजावट गरि अब अर्कै शैलीमा प्रस्तुत गर्नु पर्दछ । जसले त्यो पूरानो लाहुरेको बुर्जुवा आकृतिलाई पूर्ण रुपले परिवर्तन गर्न सकोस । धन्यवाद ।