Oct 21, 2010

राजनिती कर्मी मान बहादुर थोप्रासंगको अन्तरवार्ता

बि.सं.२०२२ फागुन ८ गते ताप्लेजुङ जिल्लाको ढुङगे साँघु गा.वि.स. वडा नं.७ तेम्वेमा जन्मनु भएका मान बहादुर थोप्राको वाल्य जीवन मात्र नभएर माध्यमिक विद्यालय नसकुन्जेल सम्म तेम्वे मै आफ्नो समय विताउँनु भएको थियो । पञ्चायतको डर लाग्दो समयमा पनि ज्यानको बाजी राखेर विद्यार्थी काल मै अनेरास्वयु ताप्लेजुङ जि.क.सदस्य,क्षेत्रिय कमिटी सहसचिव,स्ववियु सचिव सम्मको कार्यभार सम्हाली सक्नु भएको छ । त्यति मात्र नभएर ३५,३६ सालतिर ताप्लेजुङ जिल्ला मै आमहड्तालमा प्रत्यक्ष सहभागी जनाउँनु भएको थियो। धरान बहुमुखी क्याम्पसबाट स्नातक तह अध्यायनको क्रममा सक्रियरुपले विद्यार्थी राजनितिमा नलागे पनि कम्युनिष्ट विचारधारामा नै समर्थन रहदै आएको थियो । विद्यार्थी कालमा विरेन्द्र सिल्डमा दौड तर्फ तेस्रो र वाक्तृत्वकलामा पनि तेस्रो स्थान प्राप्त गर्नु भएको थियो। लामो समय वैदेशिक राजगारको लागि जापान र त्यसपछि हाल हङकङ बसोवास गर्दै आउनु भएका मान बहादुर थोप्रा हाल लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा हङकङको सचिव जस्तो गरिमामय पदमा रहेर काम गर्दै हुनुहुन्छ । उनै कुसल राजनिती कर्मीसंग लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गरेको कुराकानीको अंश पाठकहरुको लागि यहाँ प्रस्तुत गरिएको छ ।
१.हङकङ जस्तो व्यस्त ठाउँमा रहेर पनि राजनैतिक गतिविधिमा संलग्न हुनु भएको छ यो कसरी सम्भव भएको छ होला अथवा समय कसरी मिलाई रहनु भएको छ ?
पहिलो कुरा त मानिसमा र्इच्छाशक्ती हुनुपर्यो । चाहे राजनैतिक होस् वा आर्थिक,धार्मिक वा कुनै प्रवृतिको कार्य किन नहोस् । ति सवै आफ्नो र्इच्छाशक्तीले निर्देशन गर्ने भएको हुनाले मेरो जीवनमा पनि राजनिति प्रतिको झुकाव वा समय पनि त्यहि शक्तीले बिशेष महत्व राख्दछ । तर्सथ मैले पनि यस हङकङको ब्यस्त समयका बावजूद घरपविार,समाज,इष्टमित्र,आफ्नो रोजगार लगायत सम्पूर्ण कुराको उपयुक्त समयको संयोजन गर्दै मेरो प्रमुख उदेश्य राजनैतिक जीवनलाई त्यहि अनुरुप समय मिलाई यस गतिविधिमा अगाडी बढीरहेको छ ।
२.तपाई के विद्यार्थीकालमा पनि राजनैतिक गतिविधिमा संलग्न हुनुहुन्थ्यो ?
निश्चय नै म विद्यार्थीकाल देखिनै कम्यूनिष्ट बिचारधाराको राजनैतिक गतिविधिमा संलग्न थिए । तर त्यस वेलाको मेरो राजनैतिक बुझाई काँचो थियो । मैले कुनै राजनैतिक सिद्धान्तको बिश्लेषण गर्न सकेको थिइन । तथापि हाल आएर बिद्यार्थी जीवनको मेरो संलग्नताको निति उचित लागिरहेछ । किनकी हाम्रो नेपालमा आर्थिक हिसाबले हेर्ने हो भने यति डर लाग्दा खाल्डाहरु छन् । जहाँ एकछाक खान नपाउँने नेपाली देखि जहिले तहिले मोजै मोज गरेर जीवनयापन गर्नेहरु पनि छन् । त्यस्तै सामाजिक रुपले यति धेरै असमान र बिभेदहरु छन् । जुन भगवान देखि पशुसम्मको हाम्रै नेपालीहरुमा कायम छ । अन्य धार्मिक,संस्कृतिक आदि इत्यादिमा पनि बिरक्त लाग्दो अवस्थाहरु छन् । अझ राजनैतिक अधिकारको त कुरै छाडौं । यहाँ हामीले समस्या त देख्यौं तर ती समस्याको समाधान त्यति सरल छैन । सामान्य सुधार,सामान्य सहयोग र सस्तो धनले मात्र यी असमान खाल्डोहरु पुर्न र चिर्न सम्भव छैन । तसर्थ यी खाल्डाहरुव पुर्नको लागि हामीले उचित दर्शन विज्ञान वा समय सापेक्ष अनुरुपको नितिले मात्र सम्भव हुन सक्छ । यस्ता यी सम्पूर्ण कुराहरुको निरुपण गर्ने एक मात्र मार्क्सवादी दर्शन हो । अन्य राजनैतिक दर्शनबाट यी कुराहरु पुरा हुन नसक्ने भएकोले भएको हुनाले म विद्यार्थीकाल देखि हाल सम्म यहि बिचारधारामा समर्पित हुदै आइरहेको छु ।
३.राजनैतिक गतिविधि बाहेक तपाईले के के विषयबस्तुमा बढी चाख लिनु हुन्छ ?
प्रमुख मेरो चासो राजनिति नै हो । तर राजनिति भन्दैमा त्यस्तो बुर्जुवा राजनिति होइन । सच्चा राष्ट्रप्रेमी,जनता प्रेमी,आफ्नो जन्मभूमि नेपाली पहिचान र नेपालको गौरवतालाई डोर्याउन सक्ने सच्चा राष्ट्रवादी राजनिति नै मेरो प्रमुख चासो हो । जहाँ सम्म राजनिति बाहेक अन्य कुराको सवाल छ त्यसमा गौरव नेपाल बनाउनको लागि वा गौरवशाली नेपाली बन्नको लागि मैले मेरो औकात र पहुँचले भ्याए सम्म राजनैतिक,आर्थिक,शैक्षिक,भाषीक,संस्कृतिक वा लैङगीक बिकास र उत्थानको लागि तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सहयोग गरि समाजसेवा गर्दै कहिं न कतै बिकासका २,४वटा इट्टा थपेरै जाने मेरो इच्छा हुनेछ ।
४.तपाई लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा हङकङ प्रवास समितिको सचिव जस्तो गरीमामय पदमा हुनुहुन्छ यस पदलाई कसरी निभाई रहनु भएको छ ?
हो म लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा हङकङ प्रवास समितिको सचिव जस्तो गरीमामय पदमा कार्यरत छु । मेरो यो सचिव पदको जिम्मेवारीलाई कर्तब्यका साथ निभाई रहेको छु । खासै सजिलो पनि छैन किनकी म एक नया राजनैतिक विद्यार्थी भएको हुनाले मैले धेरै जान्न सिक्न बाँकी नै छ र यो क्रम निरन्तर चलिरहेछ । जसमा म सकारात्मक नै छु । र खासै असजिलो पनि छैन किनकी हाम्रो कमिटी एउटा राम्रै पृष्ठभूमिमा जन्मेको मोर्चा भएकोले आवश्यक वौद्धिक साधन,वौद्धिक खुराक देखि वौद्धिक ब्यक्तित्वहरु यस कमिटीमा भएको हुनाले हरेक पक्षमा सहयोग समन्वय निरन्तर चलिरहने भएकोले मेरो क्षमताले भ्याए सम्म बडो उत्साहका साथ मेरो जिम्मेवारीलाई कर्तब्य ठानी निर्बाह गर्ने प्रयत्न गरीरहेको छु ।
५.प्रवासमा लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा हङकङ प्रवास समितिको अवधारणा कसरी आयो होला ?यसरी प्रवासमा राजनैतिक संगठन खोल्नुको प्रमुख उद्देश्य के होला ?
प्रवास हङकङमा लिम्बुजातिहरुको पनि राम्रै संख्या भएकोले साथै लिम्बु जातिहरु नेपालका जातिहरु मध्ये उत्पीडीत आदिवासी जाति पनि हो । हिजो सम्म र्सवसम्पन्न लिम्बुवान र लिम्बुजातिहरु हाल आएर चरम उत्पीडनमा पर्नुको पछाडी यहाँ ठुल्ठुला षड्यान्त्रका पर्खालहरु तेर्स्याइएका छन् । यी षड्यान्त्रका पर्खाललाई ढाल्नको लागि वा भत्काउनको लागि २,४ जना लिम्बु र लिम्बुवानीहरुबाट मात्र सम्भव छैन । तर्सथ नेपालका तमाम लिम्बुवानवासी लिम्बुवानीहरु देखि प्रवासमा रहेका लिम्वु तथा लिम्बुवानीहरुले आआफ्नो पक्ष र क्षेत्रबाट आफ्नो क्षमता र औकातले भ्याए सम्म सबै तवरले एक ढिक्का भएर उत्पति भएको त्यो भयानक शक्तिले मात्र त्यो षड्यान्त्रको पर्खाल ध्वस्त पार्न सकिन्छ भन्ने हाम्रो बुझाई हो । त्यसैको परिणाम स्वरुप प्रवास हङकङमा पनि शसक्तका साथ यस मोर्चाको जन्म भएको हो । यसको प्रमुख उद्देश्य पनि पहिले कै राजनैतिक अधिकार देखि सम्पूर्ण अधिकारहरु फिर्ता गरार्इ स्वायत लिम्बुवान प्राप्ति गर्नु नै हो ।
६.हाल यस संगठन वा मोर्चाले हङकङमा कस्तो गतिविधि सञ्चालन गरीरहेको छ ?
यस मोर्चाले स्थापना काल देखि नै हाल सम्म निरन्तर जातिय अस्तित्व,जातिय पहिचान र जातिय राजनैतिक अधिकारको लागि औपचारिक तथा अनौपचारिक तवरले निरन्तर आवाज बुलन्द गर्दै सम्पूर्ण लिम्वुजातिहरु उपर भए्का उत्पीडन,दमन,शोषण,अन्याय,अत्याचार,भ्रष्टचार बिरुद्ध जन जागरण अभियान सञ्चालन गर्दै सम्पूर्ण लिम्बु दानुभाइ तथा दिदीबहिनीहरुलाई जनचेतना गराउने कार्यहरु गरीरहेको छ । आफ्नो मौलिक हक सहि सदुपयो गर्न वा अवसरवादी तत्वहरुले उनीहरुको स्वार्थ अनुकुल प्रयोग गर्न नसकुन भन्ने अभिप्रायले सम्पूर्ण लिम्बुजन्य समुदायसंग यस महान कार्यको सफलताको लागि हातेमालो गर्दै हाम्रो मोर्चाको विधान तथा केन्द्रको निर्देशन पालना गर्दै सामान्य प्रशिक्षण देखि विविध मनोरञ्जन कार्यक्रहरु,बिबिक्यू कार्यक्रम,अन्तक्रिर्या कार्यक्रम देखि बिचार गोष्ठी तथा बुद्धिजीबी परिषद सम्म गठन गरि ग्रास लेभल देखि बौद्धिक लेभल सम्मका बृहत जनसमुदायलाई समेट्ने प्रयास गर्दै प्रवास मै भएर पनि नया जोस जाँगरका साथ शसक्तरुपले अगाडी बढीरहेछ ।
७.नेपालको लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा र हङकङको मोर्चासंग के कस्तो सम्वन्ध रहि आएको छ ?
नेपालको लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा र हङकङको लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा एउटै हो । नेपालेको लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा केन्द्र हो । भने लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा हङकङ प्रवासको शाखा हो । यी दुबै एउटै भएकोले निती तथा कार्यक्रम,विधी विधान पनि एउटै हो र यो शाखा केन्द्रबाट निर्देशित तथा परिचालित हुन्छ । मात्र यो स्थानको फरक हो । तसर्थ एउटै भएको कारणले केन्द्र र शाखाको सम्बन्ध बडो सौहार्द्रपूर्ण छ । शाखाले चाहे अनुसारको आवश्यक संसाधना बौद्धिक खुराक,सरसल्लाह देखि प्रशिक्षण साथै नेपालका ताजा समसामयिक घटना शाखालाई सूचना सम्प्रेषण गर्ने कार्यहरु केन्द्रबाट भइरहेको छ । त्यस्तै प्रवास शाखाले पनि आफ्नो क्षमता र औकातले भ्याए सम्म प्रबासबाट गर्न सकिने गतिबिधीहरु सञ्चालन गर्दै केन्द्रको निर्देशन अनुसार राजनैतिक अभियानका साथ अर्थ सहयोग पनि रहेको छ । त्यसैले यी दुर्इ मोर्चा बिच आत्मियताको सम्बन्ध वा भातृत्वको न्यानो सम्बन्धका साथ नया युगको नया मोर्चाको नारामा घनिष्टता राख्दछ ।
८.एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) संग लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा सम्बद्ध भएर अगाडी बढी रहेको छ के यो मोर्चा माओवादी कै निति नियममा बाधिएर अघि बढ्ने राजनैतिक मोर्चा हो ?
लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) को निति नियममा बाधिएर अगाडी बढीरहेको जस्तो आभाष देखिएता पनि यथार्थमा यो सम्पूर्ण तवरले सत्य होइन तर पूर्णरुपले असत्य पनि होइन । लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चाले लिम्बुजातिको उत्पीडन शक्तीको लागि जुन राजनैतिक अधिकार र जुन सवालहरु सशक्त उर्ठाई रहेको छ । ति कुराहरु एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) ले मात्र सम्वोधन गर्न सकेको छ । वास्तब मै भन्ने हो भने नेपालमा वास्तविक क्रान्ति वा मुक्ती जनजातिहरुले नै गर्नु पर्दछ । यस देशको बहुसंख्यक जनजातिरुलाई तिरस्कार गरेर यो देशको उन्नति हुनेवाला छैन । बिश्व कम्युनिष्ट आन्दोलनको दौडानमा अहिले सम्म पनि यो बहुसंख्यक जनजातिहरुलाई गौण सम्झी बर्गीय मुक्तीलाई मात्र प्राथमिकता दिनु नै नेपालका कम्युनिष्टहरुको असफलता हो । त्यसैले यो यति लामो कम्युनिष्ट आन्दोलनको असफलता पाश्चात वास्तबिक समस्या के रहेछ भन्ने कुरा सहि बिश्लेषण गर्दै एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) ले वर्गको साथै जातिय सवाललाई सम्वोधन गर्न नसकिए नेपालमा क्रान्ति सफल नहुने बिश्लेषण गर्दै उसले आम आदिवासी जनजाति लगायत जातिहरुको समुष्ट र सहि सम्वोधन गर्दै नेपाली भूभागमा अवस्थित सम्पूर्ण नेपाली वसोवासीहरुलाई समान पहुँच,समान अधिकार र समान हैसियतमा रहुन् भन्ने अभ्रि्रायले पिछडीएका जातिहरु उपर एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) ले जोडतोडका साथ आवाज उठाएको हुनाले साथै हाम्रो चाहना पनि त्यहि भएकोले हामीले उठाउनु पर्ने बृहत एजेण्डाहरु एक प्रमुख राजनैतिक पार्टीले उठाएको हुनाले उसले उठाएको एजेण्डा र हामीले उठाएको एजेण्डामा तात्विक अन्तर नदेखिएकोले लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा र एनेकपा माओवादी एउटै जस्तो देखिएको मात्र हो । लिरामुमो र एनेकपा माओवादीको अधिकांश एजेण्डाहरु (नागरिक सर्वोच्चता,राष्ट्रिय स्वधिनता,गणतन्त्र,संघियता) आदि कुराहरुमा सहमत छौं । यसमा अग्रगामी परिवर्तनको लागि जहा सम्म हुन्छ त्यहा सम्म मुल्य चुकाउन तयार हुनेछ । तर यसो भन्दैमा लिरामुमो पुरापुर माओबादी चाहीँ होइन । लिरामुमो एक जातिय मोर्चा भएकोले यसको आफ्नै अस्तित्व र ब्याख्याहरु छन् । जुन अस्तित्व र ब्याख्याहरुमा एनेकपा माओवादीले सम्वोधन नगरेको खण्डमा वा तिरस्कार गरेको खण्डमा हामीले आफ्नो अस्तित्व र पहिचानको लागि एनेकपा माओवादीसंग टाँसी रहनु पर्ने अवस्था चाहीँ छैन । यसर्थ लिरामुमो एउटा विशुद्ध जातिय मोर्चा हो । तर अन्य जातिवादी,उग्र जातिवादी मोर्चा चाहीँ होइन । वर्तमान २१सौँ शताब्दिको आधुनिकतालाई आत्मसाथ गर्दै,वस्तुस्थिति अनुकुल,समयसापेक्ष,वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने एक उत्कृष्ट लिम्बुवानी जातिय मोर्चा हो ।
९.तपाई लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चाको प्रवास समिति हङकङमा आवद्ध हुनुको प्रमुख कारण के हो ? अरु लिम्बुवान पार्टीहरु पनि त छन् नी ?
लिम्बुवानमा धेरै लिम्बुजन्य संघ संगठन तथा मोर्चाहरु छन् । यो आफैमा मेरो दृष्टिकोणले नराम्रो चाहीँ होइन । किनकी हामी लिम्बुहरु वा हाम्रो लिम्बुवान नेपालकै जातिहरु मध्ये कम कज्याइएको क्षेत्र तथा जातिहरु हुन् । यसर्थ आफ्नो गुमेको अधिकार सुनिश्चित गर्नको लागि हामी सम्पूर्ण तवरले सम्पूर्ण क्षेत्रबाट सम्पूर्ण लिम्बु तथा लिम्बुवानवासीहरु तदारुकताका साथ लाग्नु पर्दछ , उठ्नु पर्दछ , गुमेको अधिकार खोज्नु पर्दछ , अनुनय गरेर नपाए खोस्नु पनि पर्दछ । तसर्थ ए देखि जेट् लेभल सम्मका लिम्बुहरु जाग्नु पर्दछ । राजनैतिक सुझबुझ हुनु पर्दछ । यहि अभ्रि्रायले राजनैतिक जागरणको अभियानमा यहाँ विभिन्न थरिका लिम्बुजन्य संगठन,मोर्चाहरु खोलिएका छन् जस्ले परोक्ष अपरोक्षरुपमा लिम्बुवान निर्माणमा २,४ इट्टा थप्ने काम गरेकै जस्तो लाग्छ । जहाँ सम्म आशा लाग्छ उत्पडिीत जातिहरुर्,वर्गहरु कहि न कतै राजनैतिक जागरणमा लागुन् । जो राजनितीको सुझबुझ तिर लाग्छ , उसले कुनै न कुनै दिन नितीको सहि तथ्य पत्ता लगाउने छ । समय लाग्ला तर सत्य सत्य नै सावित भएर छोड्छ । तसर्थ मेरो भन्नुको तार्त्पर्य नेपालमा धेरै लिम्बुजन्य मोर्चाहरु छन् म उनीहरुको विरोधी होइन समर्थक नै हो । तर समर्थक भन्दैमा अन्धजातिवादी भएर होइन, अहिलेको युग अनुकुल वर्तमान अवस्थाको माग र आवश्यकता अनुसारको परिवर्तनकामी प्रगतिवान क्रान्तिकारी र उन्नत मोर्चा वा लिम्बुवान संगठन नै मेरो रोजाइ हो । यी माथि उल्लेखित भएका मेरा बिचारहरु लि.रा.मु.मो.ले मात्र अवलम्बन गरेको हुनाले अन्य मोर्चा भन्दा यो मोर्चा उत्कृष्ट,बृहत अग्रगामी र वैज्ञानिक भएकोले अन्य मोर्चाको अलवा यस मोर्चामा आवद्ध भएको हुँ ।
१०.राजनैतिक मोर्चामा लागेर अघि बढ्दा घर परिवारको सरसहयोग कतिको पाउँनु भएको छ ?
मैले परिवारबाट राम्रै सहयोग पाइरहेको छु । यस राजनैतिक मोर्चाको लागि विशेष परिस्थिती वाहेक मैले चाहे अनुसारको समय मेरो परिवारबाट सहयोग र सहानुभूति नै रहेको छ । जस्मा मेरो परिवारलाई धन्यवाद टक्राउदछु । तर बिचारणिय कुरो के हो भने पहिलो कुरा हामी परिवारप्रति इमान्दार हुनु पर्यो ,कर्तब्यनिष्ठ हुनु पर्यो । वास्तविक समस्याको सहि पहिचान गरी समाधान गर्नु पर्यो,परिवारलाई आफुले गरेको कार्यहरु सहि छ सत्कर्म छ भनेर आफ्नो विषय,बिचारहरु प्रति सकेसम्म प्रशिक्षित गराउनु पनि पर्दछ । अर्को कुरा तपाई हामीमा सहि इच्छाशक्ति पनि हुनु पर्यो । सहि इच्छाशक्ति भएको खण्डमा हामीलाई सामान्य कुराले शायदै छेक्दैन । तसर्थ यी सम्पूर्ण तवरको समुचित संयोजन हामीले अवलम्वन गर्यौ भने परिवारबाट सकारात्मक नै सहयोग मिल्ने छ र मलाई पनि मेरो घरपरिवारबाट यसरी नै सहयोग मिलेको छ ।
११.जीवन र राजनितिलाई कसरी विश्लेषण गर्नु हुन्छ ? अथवा यसप्रतिको दृष्टिकोण तपाईको के हो ?
मेरो विश्लेषणमा जीवन भनेको जन्म देखि मृत्यु सम्मको उपलब्धि हो । यस अवधि भित्र मानवले धेरै उत्तारचढाव,आरोह अवरोह झेलेको हुन्छ । केहि केहि मानव सुखी होलान् केहि दुखि होलान् तथापी यो सवै जीवन नै हो । तर्सथ यी सुखदुखको सम्पूर्णताको जोड घटाउको समस्तरुप नै जीवन हो जस्तो लाग्दछ । जीवन पाश्चातको चिन्तन वा सोचको परिणाम नै राजनिती जस्तो लाग्दछ । मानवको आफ्ना आफ्नै सोचहरु हुन्छन् । धार्मिक ब्यक्तिहरु धर्मसंगै उनीहरुको जीवन अन्तरनिहित हुन्छ भने राजनैतिक ब्यक्तिहरु राजनितीसंगै उनीहरुको जीवन अन्तरनिहित हुन्छ । जहाँ सम्म मेरो सवालमा छ,म मेरो जीवनलाई एउटा राजनैतिक प्राणीको रुपमा लिनु नै उत्तम लाग्दछ । किनकी राजनितीमा मात्र यस्तो अस्त्र हो जुन अस्त्रले मात्र समाज,देश,विश्वमा विशाल परिवर्तन गर्न सक्दछ । वर्तमान विश्वमा जति पनि ठुल्ठुला परिवर्तन र बिकासहरु भएकाछन् ति परिवर्तन र विकास राजनितीले प्रत्यक्ष सरोकार राखेको हुन्छ । एकातिर विश्वमा विसाल परिवर्तन रर विकास यहि राजनितीले भएका छन् भने हाम्रो जस्तो नेपालमा न परिवर्तन नै हुन सकेको छ न बिकास नै हुन सकेको छ । अझ त्यसको विपरित चरम सामाजिक विभेद,चरम आर्थिक असमानताका भयानक खाल्डाहरु निर्माण भएका छन् । यी आर्थिक असमानताका खाल्डाहरु पुर्न सामाजिक विभेदका पर्खालहरु भत्काउन विद्यमान देशमा रहेका उत्पीडन,शोषण,भ्रष्टचारको अन्त गर्न २,४जनाले मात्र सम्भव छैन । तर्सथ यी विशाल समस्याका पर्खालहरु ध्वस्त पार्न तपाई हामी नेपाली दाजुभाइ दिदीवहिनी सबै एक ढिक्का भएको खण्डमा मात्र सम्भव छ । त्यसैले हाम्रो नेपाल उच्च बनाउँनु छ भने हामी सबैले राजनिती गर्नु पर्दछ वा न्युनतम सुझबुझ राख्नै पर्दछ भन्ने मेरो राजनैतिक दृष्टिकोण हो । तर यहाँ एउटा विचारणिय कुरा के छ भने हाम्रो राजनिती बुर्जुवा,सामन्ति,पुरातन सोच र यथास्थिती सोचको नभई सच्चा राजनिती हुनु पर्दछ । जस्ले अहिलेको आधुनिकतालाई आत्मसाथ गर्दै सम्वोधन गर्न सक्ने हुनु पर्दछ ।
१२.हाल नेपालमा संघीय लिम्बुवानको अवधारणा विभिन्न लिम्बुवानी पार्टी र अन्य राजनैतिक पार्टीहरुले पनि एजेण्डाको रुपमा उठाएकाछन् यसमा तपाई कतिको आशावादी हुनुहुन्छ ?
नेपालमा संघीय लिम्बुवानको अवधारणा तथा माग लिम्बु जन्य संघ,संगठन,मोर्चा देखी ठुला राजनैतिक दलहरुले समेत उठार्इरहेका छन् कतिले त आफ्नो एजेण्डा कै रुपमा उठार्इरहेका छन् । यो सवल पक्ष हो तर यहाँ विचारणीय कुरा के छ भने यो राजनैतिक पार्टीहरुको केवल देखाउने दाँत मात्र हो की साँच्चै खाने दाँत नै हो समयले देखाउने छ । किनकी लिम्बुवानी संगठन,मोर्चाहरु अहिले सम्म आलो काँचो नै छन् । यस्तो अपरीपक्क अवस्थामा सही दर्शन र सहि गतिको अभाव रहनु स्वभाविकै हुन्छ । यस्तो अवस्थामा अवसरवादीहरुले उनीहरुको स्वार्थ अनूकुल प्रयोग गर्दछन् । लिम्बु लिम्बु बिच षड्यान्त्र गरि भिषण टकराव सिर्जना गरिदिन्छन् । फलत लिम्बुवानमा लिम्बुहरुको शक्ति छिन्नभिन्न बनाई आफ्नो अनूकुल स्वार्थसिध्द गर्नु हो । एकातिर लिम्बुवानमा लिम्बु जन्य मोर्चा पार्टीको अवस्था यस्तो छ भने अर्कोतिर लिम्बु जन्य व्यक्तित्वहरुको राज्यको उच्चतह,राज्य संयन्त्रहरुमा नितिनिर्माणमा,शक्ति प्रयोग गर्ने ठाउँहरुमा,प्रशासनिक क्षेत्रमा,सैनिक उच्चतहहरुमा उपस्थिती छदै छैन । यस्तो स्थितीमा सम्पूर्ण राज्य सत्ताको चावी त्यहि लिम्बुवान (संघीय) को विरोधीको हातमा भएकोले लिम्बुवानको ग्यारेण्टि हुन्छ भन्नु निक्कै कठीन छ । तर वास्तविकता केहि भने नचाहेर पनि मन नलाग्दा नलाग्दै पनि ती तत्वहरुले लिम्बुवानको आवाज र शक्तिलाई बिश्लेषण गरेर लिम्बु र लिम्बुवानको मागलाई सम्बोधन गर्नेछ भन्ने मलाई लाग्दछ । र लिम्बुवानी संघ,संगठन,मोर्चा,पार्टीहरुले निरन्तर खवरदारी गरी रहयौं भने निश्चित रुपमा संघीय लिम्बुवानको सुनिश्चिततामा म आशावादी नै छु ।
१३.तपाईलाई जीवनमा नगरी नहुने काम के लाई ठान्नु हुन्छ ? अथवा कुन काम बढी गरौं जस्तो लाग्छ ?
मलाई जीवनमा नगरि नहुने भन्दा पनि बढी गरु जस्तो लाग्ने विषय चाहीँ राजनिति नै हो । किनकी मेरो जीवनको यहाँ सम्मको विश्लेषण गरे अनुसार संसारमा अति बिकसीत देखि अति बिकसीत देशहरु छन् । बिकसित देशहरुमा सम्पूर्ण राज्य श्रोतका संसोधनहरु निश्चित उचित प्रकृयाबाट परिचालित हुन्छ , जस्ले त्यो देशको हरेक क्षेत्रमा अग्रगति लिएको हुन्छ । यो सिस्टम राम्रो परिचलन नगरेको खण्डमा देशको उधोगति लिने छ भन्ने मेरो विश्लेषण हो । यो सम्पूर्ण सिस्टमहरुको निती निर्माण परिचालन सहि राजनितिले मात्र दिशा निदिष्ट गर्ने भएकोले देश बिकासको सबै भन्दा प्रमुख तथा महत्व पूर्ण औजार राजनिति नै हो । यो कारणले मलाई अन्य बिषय भन्दा राजनिति नै गरौ जस्तो लाग्दछ ।
१४.हालैको नेपालको राजनैतिक गतिविधीलाई कसरी हेरी रहनु भएको छ ?
बर्तमान नेपालको राजनितिलाई बिश्लेषण गर्दा दुर्इ राजनितिक खेमा वा दुर्इ राजनितिक बिचारको ध्रुबिकरण भई रहेको महसुस गर्दछु । एउटा खेमा पुरानै मनोब्यक्ति,पुरानै सोच मुल्य मान्यतामा आधारित रहेर यथास्थीति मै क नेपालको भूमण्डललीलाई राख्न चाहान्छ भने अर्को खेमा यी चिन्तन र सोचबाट अमुल परिवर्तन गरी अग्रगमी बैज्ञानिक शैलीमा नेपालको भूमण्डलीलाई लान चाहान्छ । तर यहा बास्तबिकता के हो भने यो बिपरित ध्रुबका राजनैतिक शक्तिहरुको कठोर घर्षण र उत्तर चढाब ले एक दिन न एक दिन एउटा त्यहा यस्तो मिलन बिन्दु फेला पर्नैछ ,जुन बिन्दु सन्तुलनको बिन्दु वा साझा बिन्दु हुने छ । अहिले सम्मको राजनैतिक कठिन तथा बिषम मोड त्यहि मिलन बिन्दुबाट सहमति र सहकार्य सुरु हुनेछ भन्ने कुरामा म बिश्वस्त छु ।
१५. लिम्बुवान ब्लग मार्फत बिश्वभरि छरिएर रहेका पाठक तथा शुभचिन्तकहरुलाई केहि शन्देस दिन चाहनु हुन्छ कि ?
सर्बप्रथम त मेरो बिचार तथा भावना बिश्वका सम्पूर्ण नेपाली दाजु तथा दिदी बहिनीहरुलाई सम्प्रेषण गर्ने मौका दिनु भएकोमा लिम्बुवान ब्लगस्पोट डटकम तथा तपाई ब्लगर टंक सम्बाहाम्फे ज्यूलाई हृदय देखि नै धन्यबाद दिन चाहान्छु । साथै बिश्वमा छरिएर रहेका आदरणिय नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई के भन्न चाहान्छु भने २१सौं सताब्दीको बैज्ञानिक र आधुनिक युगमा बिश्व कहाँ पुगी सक्यो तर हामी नेपालीहरु दिनानु दिन अझ तल तल झरीरहेका छौ । बिश्व सामु हाम्रो उचाई दिनानु दिन घटिहेको छ । दिनानु दिन नाक खुम्चिरहेको छ यो अबश्य हाम्रो सवल पक्ष होईन । तसर्थ हामीले हाम्रो नेपालको गौरबता राख्नु छ भने, गौरबशाली नेपाली बन्नु छ भने नेपाली पहिचान सहित बिश्व सामु शिर ठाडो पार्नसक्नु पर्दछ । त्यसैले हामी बिश्वभरी छरिएर रहेका नेपालीहरु जहाँ जतै बसे पनि आफ्नो देश,आफ्नो क्षेत्र मातृभूमीको माया गरौ । हामी सबैको संगालोले मात्र यी कुराहरु सम्भब छ । तसर्थ हामी दिशा बिहीन कतै अलमलिएर चौबाटोमा छौ भने पनि सहि बाटोको पहिचान समय मै रोज्न सिकौ र हिडौ भन्ने आपेक्षा राख्दछु । धन्यबाद । आसेवारो ।

May 26, 2010

रविन कुमार नाल्बोसंगको अन्तरवार्ता

मेची अञ्चल ताप्लेजुङ जिल्ला अन्तर्गत नाल्बु गा.बि.स.वडा नं.५ चाम्ब्रुङमा बि.सं.२०३२ फाल्गुन ४ गते जन्मनु भएका रविन कुमार नाल्बो(लिम्बु) हाल हङकङमा सपरिवार बसोवास गरी रहनुको छ । पाटन बहुमुखी क्याम्पसबाट प्रमाण पत्र तहसम्मको शिक्षा ग्रहण गरि हङकङ आउनु भएको हो वहाँले पहिले कोरीया ताई क्वान दो चुङ दो क्वान नेपाली समूहमा ८ वर्षसम्म आवद्ध भएर ३ डन सम्मको खेल उपाधि लिई सक्नु भएको छ । त्यसपछि आफैले कोरीया ताई क्वान दो चुङ दो क्वान सम्वद्ध भएर एभरेष्ट ताई क्वान दो एकेडेमी स्थापना गरे पाश्चात ४ डनको उपाधि पनि हाँसील गरेर ब्यावसायीक र सामाजिक सेवामा निर्लिप्त भएर लाग्नु भएको छ । एभरेष्ट ताई क्वान दो एकेडेमी स्थापनाको चारौ बर्षको क्रममा झण्डै २००भन्दा बढी नेपाली तथा गैरनेपालीहरु ताई क्वान दो खेलको प्रशिक्षण लिई रहेकाछन् । तेस्रो,चौथो अन्तर्राष्ट्रिय ताई क्वान दो च्याम्पियनसीपमा रजत र कास्य पदक समेत प्राप्त गरी सक्नु भएको छ । नेपाली महासंघ हङकङले सन् २००८ र २००९ मा कदर पत्र र मेडल साथै नेपाली पदक तेस्रोले विभूषीत हुनु भएको छ । र किरात यक्थुङ चुम्लुङ हङकङले पनि सम्मान पत्र दिएको छ । हङकङमा भएका ताइ क्वान दो च्याम्पियनसीपहरुमा अफिसियल जज र रेफ्रीको भूमिका पनि असल तरिकाले पूरा गरी सक्नु भएको छ । यिनै दिग्गज खेलाडी गुरुसंग लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरीएको छ ।
१.ब्यवहारीक काम,सामाजिक कामसंगै खेलकुदको समयलाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
हङकङ जस्तो ब्यस्त ठाउँमा सम्पूर्ण काम गर्नु पर्ने भएकोले ब्यवहारीक काम,सामाजिक कामसंगै खेलकुदको समयलाई आफ्नो कर्तब्य सम्झेर निरन्तर रुपले अगाडी बढ्ने काम गरी रहेको छु । विशेष खेलकुदमा ताई क्वान दोलाई ,सामाजिक तथा पेशागत रुपले हङकङमा अङगाली रहेको छु । त्यसै भएकोले यी सारा कामहरुको तालमेल मेरो आन्तरीक इच्छाशक्तीले भएको हो ।
२.तपाईले ताई क्वान दो खेलको चार डन लिई सक्नु भएको ब्यक्ति हुनु भएकोले यो खेलमा प्राप्त गर्नु भएको अनुभव छोटकरीमा बताई दिनु होस् ?
खासगरी म ताई क्वान दो खेलमा लागेको लगातार १२ बर्षपुग्यो । र यहाँ लाग्नुको प्रमुख कारण यस प्रकार छ । सबै भन्दा पहिले खेलले शारीरीक,मानसिक,बौद्धिक र नैतिक,आत्मरक्षा र ब्यतित्व बिकास गर्दछ तसर्थ यीनै कारणले आकषिर्त गरेर यता लागेको हुँ । त्यहि अनुरुप मैले यस क्षेत्रबाट यी सबै कुरा सिक्ने ,जान्ने अवसर पाए । जस्ले गर्दा आज म आफ्नै खुट्टा उभ्न सक्ने सक्षम ब्यक्ति भए । र यस शिक्षालाई हङकङमा बसोबास गर्नुहुने नेपाली तथा गैरनेपालीहरुमा बाड्ने काम एभरेष्ट ताई क्वान दो एकेडेमी स्थापना गरेर हङकङको बिभिन्न स्थानहरुमा प्रशिक्षण कक्षाहरु सञ्चालन गरीरहेको छु । युवा युवती देखि लिएर प्रौढ सम्मका ब्यक्तिहरुलाई कुलतबाट बचाउँन साथै आत्मरक्षा, शारीरीक,मानसिक,बौद्धिक र नैतिक र ब्यक्तित्व बिकासको लागि यो कार्यमा निरन्तर लाग्दै आएको छु । र आज सम्म मैले प्राप्त गरेका अनुभवहरु यिनै नै हुन् ।
३.ताई क्वान दो खेलमा लागेर आज सम्ममा तपाईले कुनै पदक तथा सम्मानहरु प्राप्त गर्नु भएको छ ?
यस ताई क्वान दो खेलमा लागेर सन् २००३ मा अमेरीकामा भएको तेस्रो अन्तर्राष्ट्रिय ताई क्वान दो च्याम्पीयनसीप इस्पायरीङ खेलमा सबै भन्दा पहिले रजत पदक प्राप्त गरे साथै सन् २००५ सालमा चौथौं अन्तर्राष्ट्रिय ताई क्वान दो च्याम्पीयनसीप इस्पायरीङ खेलमा पनि मैले काश्य पदक प्राप्त गरेको थिए । च्याम्पीयनसीप होस्टिङ कमिटीको सदस्य र आर्थिक सहयोग विभागको अध्यक्ष समेत भएको थिए । यस क्षेत्रमा क्रियाशील रुपले लागेको हुँदा किरात याक्थुङ चुम्लुङ हङकङले सन् २००५ मा सम्मान पत्र र नेपाली महासंघ हङकङव्दारा सन् २००८ मा कदर पत्र साथै मेडल र सन् २००९ मा नेपाली तेस्रो पदकव्दारा सम्मानित भएको छु ।
४.ताई क्वान दो खेलकुद क्षेत्रमा लाग्नुको प्रमुख कारण के हो ?
खासगरी म ताई क्वान दो खेलमा लाग्नुको प्रमुख कारण शारीरीक,मानसिक,बौद्धिक र नैतिक,ब्यक्तित्व बिकासको लागि नै हो । साथै यसक्षेत्रबाट सामाजिक प्रतिष्ठा र सम्मान पनि प्राप्त गर्न सकिने भएकोले खेल क्षेत्रबाट अगाडी बढेको हुँ । हङकङ ताई क्वान दो एसोसीएसनबाट एड्भान्स कोच (प्रशिक्षक)गरेको छु साथै क्वैलिफाइड रेफ्रीको रुपमा पनि काम गरी रहेको छु । वल्ड ताई क्वान दो फेडेरेसन कुकीवनबाट अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स सन् २००७ मा पुरा गरी सकेको छु ।
५.ताई क्वान दो खेलले मानिसको जीवनमा कस्तो प्रकारको प्रभाव पार्दछ ?
ताई क्वान दो खेलले मानिसको जीवनमा सकारात्मक प्रभाव पार्दछ । जस्तो की नेपालको ताई क्वान दो खेल क्षेत्रलाई फर्केर हेर्दा सबै भन्दा पहिले सन् १९८८ को साउथ कारीया सिउल ओलम्पीकबाट बिधान लामाले कास्य पदक प्राप्त गरेका थिए । जस्ले गर्दा सिङगो नेपाललाई बिश्वभरी चिनाएका छन् । त्यसरी नै बिश्वलाई नेपाल चिनाउनेहरुमा राज कुमार राइ,सीता राइ,सङगीना वैद्य,रेनुका मगर,दीपक बिष्ट आदि हुन् । तसर्थ ताई क्वान दो खेलले मानसम्मान साथै बौद्धिक,नैतिक,शारीरीक र मानसिक,ब्यक्तित्व बिकास गर्ने भएकोले मानिसको लागि ज्यादै महत्वपूर्ण कुरा हो । राष्ट्रलाई बिश्वमा चिनाउदा देशले पनि उच्च सम्मानका साथ आर्थिक पुरस्कार दिने भएकोले खेलाडीको जीवनस्तरलाई धेरै सहयोग पुर्याएको छ । ताई क्वान दो खेलले गर्दा बैदेशीक रोजगार,बैदेशीक आत्मसम्मान साथै अन्य बिभिन्न अवसर समेत पाएका छन् ।
६.तपाई ताई क्वान दो खेलको गुरु हुनु भएकोले अन्य कार्यक्षेत्रमा पनि गुरुको चरित्र प्रदर्शन गर्नु हुन्छ की हुन्न ?अथवा खेल र कार्य क्षेत्रमा गुरुले निभाउनु पर्ने भूमिका वेग्लै हुन्छ ?
म एउटा ताई क्वान दो खेलको गुरु भएको नाताले के भन्न चाहन्छु भने खेल र कार्य क्षेत्रमा चरीत्र प्रदर्शन गर्नु पर्नेमा केहि फरक पर्दछ । किनकी ताई क्वान दो खेल अनुसारको निति नियम र निर्देशन पालना गर्नुपर्ने भएकोले त्यहि अनुरुप गुरुले आफ्नो चरीत्र प्रदर्शन गर्नु पर्दछ । साथै कार्यक्षेत्रमा कम्पनीको निति नियम र निर्देशन अनुसार बिभिन्न ओहदामा रहेर काम गर्नु पर्ने हुँदा त्यहि अनुरुप नै काममा प्रस्तुत हुनु पर्दछ । खेल र कामको प्रकृति नै फरक भएकोले परिस्थिती अनुसार म प्रस्तुत हुने गर्दछु ।
७.तपाई लिम्बुवानको लिम्बु खेलाडी भएको नाताले हाल नेपालमा लिम्बुवान स्वायत राज्यको कुरा आईरहेको छ यस बारेमा तपाईको बिचार के छ ?
म एउटा लिम्बुवानको लिम्बु खेलाडी भएको नाताले हाल नेपालमा लिम्बुवान स्वायत राज्यको कुरा आईरहेकोलाई सकारात्म रुपले हेरी रहेको छु । र त्यसको लागि सहयोग गर्नुपर्ने मानसिक तथा आर्थिक सहयोग पूर्णरुपले गरी नै रहेको छु । नेपालको इतिहासलाई पल्टाएर हेर्दा लिम्बुवान राज्य छुट्टै भएको देखिन्छ । तर शासकहरुले यस राज्यलाई तहसनहस गरी नामेट गराएका थिए । र पनि लिम्बुहरुको भाषा,धर्म,संस्कार,संस्कृति,लिपि कहिल्यै लोप भएर गएन । शायद यसकै कारणले होला लोकतन्त्रको आगमन पाश्चात लिम्बुवान शब्दले पुनर्जन्म पायो । त्यसैले अव म के भन्न चाहन्छु भने लिम्बुवान स्वायत राज्य नेपाल सरकारबाट नै घोषणा होस् । साथै अव बन्ने लिम्बुवान स्वायत राज्य लिम्बुहरुको मात्र नभएर गैरलिम्बुहरुको पनि हो । यसैले लिम्बुवानलाई सारा लिम्बुवानबासीहरुले माया गरौं ।
८.तपाईले हङकङमा एभरेष्ट ताई क्वान दो एकेडेमी समेत खोलेर खेलको बिकास र शिक्षा दिईरहनु भएको छ त्यसैले यस संस्थाको कार्य र उदेश्य के होला ?
एभरेष्ट ताई क्वान दो एकेडेमीको प्रमुख कार्य भन्नु नै ताई क्वान दो खेलको बिकास गर्नु हो । साथै यस संस्थाले खेलाडीहरुको मानसीक,बौद्धिक,शारीरीक,नैतिक र ब्यक्तित्व बिकास गर्ने कार्यमा लागि रहेको छ । खेलबाट नै सामाजिक र ब्यावसायीक सेवा गर्न सकिने भएकोले नेपाली तथा गैरनेपाली खेलाडीहरुमा यिनै उदेश्यहरु राखेर खेल प्रशिक्षण कार्य गर्दै आएको छ । यसै क्रममा हङकङ नेपाली महासंघले सन् २००८ म प्रशिक्षकलाई कदर पत्र प्रदान गरेको थियो भने २००९ मा संस्थालाई नेपाली तेस्रो पदकले समेत सम्मान गरेको थियो ।
९.तपाईले खेल क्षेत्र नै रोज्नुको कारण के होला ?यदि खेल क्षेत्रमा नलाग्नु भएको भए कुन क्षेत्रलाई रोज्नु हुन्थ्यो होला ?
म एक प्रकारले सानै देखि खेल खेल्नमा मरीहत्ते गर्थे । त्यसवेला मलाई खेलबाट समाजसेवा वा ख्याती कमाईन्छ भन्ने कुरा थाहा थिएन तर पनि खेलप्रति ज्यादै आकर्षित थिए । खासगरी म सानो छदा बिना हतियार बलियो हुन मन लाग्थ्यो । साथै माध्यमिक विद्यालय जादा ताप्लेजुङमा मैले औपचारी कराते खेल प्र दर्शन गर्ने मौका पाए । त्यसपछि क्याम्पस अध्यायन गर्दा काठमाडौंमा मैले औपचारीक रुपले ताई क्वान दो खेल खेल्ने र सिक्ने अवसर पाएको थिए । नेपालमा रहदा समय अभावले गर्दा ताई क्वान दो खेललाई निरन्तरता दिन सकिन । तर हङकङ अगमन पाश्चात भने कोरीया ताई क्वान दो चुङ दो क्वान हङकङको नेपाली समूहको प्रशिक्षार्थी र प्रशिक्षक भएर झण्डै ८ वर्ष त्यहा आवद्ध भए ।त्यसपछि भने मैले एभरेष्ट ताई क्वान दो एकेडेमी खोलेर यो खेलको प्रशिक्षण दिने कार्य पनि गर्दै आएको छु । हाल यो एकेडेमी चौथौं बर्षा प्रवेश गरीसकेको छ । म सानो छदाको खेल खेल्ने सपना अहिले आएर वास्तबिकतामा परिणत भएको छ । खेल नै मेरो सपना भएकोले खेल क्षेत्र रोजेको हुँ । यदि खेल क्षेत्रमा नलागेको भए नेपाल भने राजनितिक नेता नै हुन्थे होला । किनभने सानो छदा पनि राजनितिक गतिविधीलाई रुचाउथे । हङकङमा पनि खेललाई नरोजेको भए सामाजिक सेवा तिर खुलेर लाग्थे होला । खासगरी यहाँ मैले खेलबाट नै समाजिक सेवाको कार्य गरी नै रहेको छु ।
१०.ताई क्वान दो खेल क्षेत्रमा आउनु हुने नयाँ पुस्ताका खेलाडीहरुलाई कस्तो प्रकारको सल्लाह र सुझाव दिन चाहनु हुन्छ ?
ताई क्वान दो खेलको शुरुआत हुँदा मार्सल आर्टको रुपमा खेलिदै आएको थियो । तर पछि गएर पूर्णरुपले स्पोर्टको रुपमा परीणत भयो । त्यसपछि भने बिश्व कै लोकप्रिय खेलको रुपमा खेल्न थालियो । यो खेलको स्तर र महत्व दिनप्रति दिन स्तरीय बन्दै गयो जस्ले गर्दा बिश्वभरीमा १३४ देशबाट झण्डै १ करोड ८० खेलाडीहरु र ५० लाख भन्दा बढी प्रशिक्षकहरु मात्र रहेकाछन् । यसरी खेलाडीहरु दिनानु दिन वृद्धि हुनुको प्रमुख कारण मानसीक,नैतिक,वौद्धिक,शैक्षिक,ब्यक्तित्व र आर्थिकको समेत बिकास गर्ने भएकोले यो खेलमा लाग्नको लागि नयाँ पुस्ताका खेलाडीहरुलाई प्रेरीत गर्न चाहन्छु । यो खेलको भविष्य अहिले भन्दा पनि अझ गुणात्मक रुपले वृद्धि हुदै जाने भएकोले यो खेलको मुल्य र मान्यता बिश्वभरीमा नै उच्च रहेको छ । त्यसैले ताई क्वान दो खेल क्षेत्रमा लाग्न नयाँ पुस्ताका खेलाडीहरुलाई सल्लाह र सुझाव दिन चाहन्छु ।
११.तपाई हङकङमा रहनु भएकोले नेपालको वर्तमान राजनैतिक परिस्थितिलाई एउटा खेलाडी हैसियतले कसरी मुल्याङकन गर्दै हुनुहुन्छ ?
म अहिले हङकङमा रहे पनि नेपालप्रतिको मायाँ र स्नेह नेपाल रहनु हुने नेपालीहरुको जति नै छ । सायद बिदेशी भूमिमा बसीएकोले होला नेपाल प्रतिको माया झन प्रगाढ भएर आएको छ । खासगरी नेपाल दुइ ढुङगा बिचको तरुल भने पनि हुन्छ । दुइ बिश्व कै शक्तिसाली देशहरुको बिचमा रहेर राजनैतिक खिचलो मचाउनु निक्कै अशुभ कार्य हो किनकी भोलि गएर राजनैतिक तानातानले गर्दा राष्ट्रको नाम नै नामेट भएर जान सक्छ । त्यस कारण नेपालका ठुला साना सबै राजनैतिक पार्टीहरु एकजुट भएर राष्ट्रको हितमा अगाडी बढ्न जरुरी छ । र नेपालमा शान्तिको अमनचयन कायम गरी सारा नेपालीहरुको बाच्ने अधिकार सुरक्षित गर्नु पर्दछ । तब मात्र नेपालले बिकासतिर फड्को मार्ने सुअवसर प्राप्त गर्दछ । नेपाली नागरिकहरुको सम्पूर्ण हकअधिकार सुरक्षित गरी शैक्षिक,आर्थिक,नैतिक बिकास भएको म हेर्न चाहन्छु । जस्को लागि नेपालको राजनैतिक पार्टीहरुले प्रमुख भूमिका खेल्नु पर्दछ । चीन र भारत बिच राजनैतिक समन्वय कायम गरी अघि बढ्नु पर्दछ । तब मात्र नेपालको सार्वाङगीण बिकासको ढोका खुल्दछ । अहिलेको राजनैतिक परिस्थिति सकरात्मक र नकरात्मक दुबै पक्ष बिच गुज्रिरहेको छ । त्यसैले दुवै पक्ष मिलेर राष्ट्रको लागि अगाडी बढ्नु नै उचित ठान्दछु ।
१२.एउटा ताई क्वान दो खेलाडी गुरुको आँखाले खेल र जीवनलाई कसरी हेर्नु हुन्छ ?
एउटा ताई क्वान दो खेलाडी गुरुको हैसियतले म खेललाई मानिसको जीवनको अत्यान्तै जरुरी अथवा नभई नहुने कुराको रुपमा हेर्दछु । किनभने खेलले मानिसको ब्यक्तिगत जीवनलाई बिकास गर्न सहयोग गर्दछ । खेलले खासगरी शारीरीक,मानसिक,बौद्धिक,नैतिक,आत्मरक्षा,ब्यक्तित्व र आर्थिक हिसावले पनि अगाडी बढ्न मद्दत गरेको छ । ताई क्वान दो खेल ओलम्पीकको लोकप्रिय खेल मध्ये एकमा पर्दछ । र यो खेल बिश्व कै धेरै भन्दा धेरै मानिसहरुले खेल्ने गरेका छन् । मानिसको शारीरीक बिकासको लागि खेल ज्यादै आवश्यक पर्दछ । त्यसैले खेललाई मानिसको लागि नभई नहुने कुराको रुपमा हेर्दछु । किनभने बिश्वका मानिसहरु कुनै न कुनै खेलमा आवद्ध भएका हुन्छन् । मानिसले जन्मे देखि अन्त्य सम्ममा महान कार्य गरेका हुन्छन् । जस्तै बैज्ञानिक,पाइलट,डाक्टर,इन्जिनियर,राजनेता,अभिनेता,भविष्यवेत्ता,मनोवैज्ञानिक,भूगर्भशास्त्री र अर्थशास्त्री आदि बन्छन् । त्यसरी नै खेलले गर्दा पनि मानिस लोकप्रिय खेलाडी रुपमा प्रस्तुत हुन सक्दछ । जस्तै राष्ट्रलाई चिनाउने खेलाडीहरु हुन्छन् । यसकारणले गर्दा मानिसको जीवनलाई खेलाडी गुरुको आखाले हेर्दा ज्यादै भिन्न रुपले देख्दछु ।
१३.यस खेलमा लाग्नको लागि कसैको प्रेरणा छ की ? साथै खेलमा प्राप्त गर्नुभएको श्रेय कस्लाई दिन चाहनु हुन्छ ?
खासगरी यस खेलमा लाग्नको लागि कसैको प्रेरणा छैन भन्दा पनि हुन्छ । म आफै त्यागी भएर लागेको हुँ । सुरुमा यस खेललाई अङगाल्दा कसैले पनि खेल क्षेत्रमा लाग्नको लागि प्रोत्साहन दिएनन् । बरु हतोत्साह गर्न खोजे तर मैले आफ्नो लक्ष्यमा पुग्नको लागि निरन्तर पाइला चाली रहे । जस्ले गर्दा म आज यस स्थानलाई ग्रहण गर्न पुगे । खेल क्षेत्रमा लागेर प्राप्त गरेको श्रेय खासगरी मेरो परिवारलाई दिन चाहन्छु । किनभने मेरो घर परिवारको सम्पूर्ण काम मेरी श्रीमति एक्लैले पुरा गरी दिएर सारा समय निकाली दिन्थिन् । त्यहि समयको सदुपयोग गर्दै खेल क्षेत्रबाट यस्तो उपलब्धि प्राप्त गरेको हुँ । यदि घरको सरसहयोग नहुने हो भने मेरो खेलको सपना अवश्य पुरा हुने थिएन ।
१४.लिम्बुवान ब्लगको माध्यमबाट बिश्वभर छरिएर रहनु भएका पाठकहरुलाई केहि सन्देश दिन चाहनु हुन्छ ?
सर्वप्रथम यस ब्लगमा मलाई आफ्नो दुइ शब्द राख्ने मौका दिनु भएकोमा तपाई टंक सम्वाहाम्फेलाई धन्यवाद दिन चाहन्छु । र बिश्वभर छरिएर रहनु भएका मेरा साथीभाइ सम्पूर्ण सुभचिन्तकहरुलाई र्सबप्रथम कुनै पनि खेलमा लागेर खेलको बिकासमा जुनसुकै देशमा वा स्थानमा रहेर पनि योगदान दिन सक्नु हुनेछ । खासगरी खेलले ब्यक्तित्व,नैतिक,वौद्धिक,शारीरीक,मानसिक,आत्मरक्षा र आर्थिक बिकासमा सहयोग पुर्याउने भएकोले यस क्षेत्रमा लागेर तपाईहरु सधै अगाडी बढी रहनुहोस् । जहाँ रहे पनि हाम्रो देश नेपाल र नेपालीलाई माया गर्नुहोस् । खेल अहिले समयसापेक्ष सवैले खेल्नु नै उचित ठान्दछु ।

Apr 16, 2010

नवराज सुब्बासंगको अन्तरवार्ता

म मातृभाषामा पनि लेख्छु र मातृभाषालाई पनि उत्तिकै माया गर्छु ।
कवि,गीतकार तथा गायक नवराज सुब्बा हाङपाङ आठर्राई जिल्ला ताप्लेजुङमा जन्मनु भएको हो । उहाँले एम.ए. (नेपाली), एम.पी.एच (जनस्वास्थ्य) शिक्षा ग्रहण गरिसक्नु भएको छ भने विद्यावारिधि गर्ने क्रममा हुनुहुन्छ ।जीवन मेरो शब्दकोशमा -कवितासंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,जनस्वास्थ्य पाटा, बाटा र अनुभूति -लेखसंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,राजबंशी समुदायको स्वास्थ्यस्थितिको अध्ययन, स्वास्थ्य सुधार कार्यक्रम लगायत जनस्वास्थ्य क्षेत्रका अध्ययन अनुसंधान सम्बन्धी ६ वोटा पुस्तकहरू प्रकाशित भैसकेका छन् ।वाणी प्रकाशन विराटनगर, नवरङ्ग साहित्य प्रतिष्ठान झापा, नेपाली भाषा एवम् ब्याकरण संरक्षण प्रतिष्ठान विराटनगर, नाट्येश्वर नृत्यकला प्रशिक्षण केन्द्र विराटनगर, किराँत याक्थुङ चुम्लुङ विराटनगर, नेपाल रेडक्रस, स्वाजन साहित्यिक समाज काठमाडौ, नेपाल जनस्वास्थ्य संघ, नेपाल स्वास्थ्य ब्यवसायी परिषद्मा समेत संलग्न हुनुहुन्छ ।गोरखादक्षिणबाहु, विज्ञान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित खुला रेडियो क्वीज प्रतियोगिता तथा पूर्वान्चल क्षेत्रिय स्तरको निवन्ध प्रतियोगिता साथै अन्तर्राष्ट्रिग वेवक्याम कविता गोष्ठिमा प्रथम पुरस्कार समेत ग्रहण गरिसक्नु भएको छ ।उनै बहुप्रतिभाशाली ब्यक्तिसंग लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।
१.घरयासी काम, जागीर र लेखनलाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
म प्राथमिकताका आधारमा समय व्यवस्थापन गर्दै काम, जागिर र लेखनको तालमेल मिलाउँछु । मेरो हालको प्राथमिकता राष्ट्रसेवा अर्थात् जागिर हो त्यसबाट बचेको समय लेखन अर्थात् सिर्जनामा उपयोग गर्छु ।
२.लेखन क्षेत्रतिर लाग्नुमा कसैको प्रेरणा छ कि ? लेखन क्षेत्र नै रोज्नुको प्रमुख कारण के हो ?
प्रथमतः लेखनमा प्रेरणा दिने मेरो मन नै हो । मनले मलाई चूप लागेर बस्न दिँदैन । सामाजिक दायित्व अर्को महत्वपूर्ण प्रेरणाको श्रोत हो । मलाई जन्म दिने हुर्काउने जगत र मानवजातिलाई मैले पनि केही गरेर मात्र मर्नुपर्छ भन्ने दायित्वबोध अनि धरतीको धुकधुकी अर्थात् देशको पुकार मेरो लेखनका प्रेरणा हुन् ।
३.तपाई गीत,संगीत,गायन र साहित्य यी सबै क्षेत्रमा लम्किरहनु भएको छ त्यसमा कुन क्षेत्रले बढी सन्तोष मिले झैं लाग्छ ? सन्तुष्टि हुनुको कारण के हो ?
साहित्य र संगीत कलाकै पाटाहरू हुन् । भावनाले कहिले साहित्य अनि कहिले संगीत खोज्छ । यसैले कहिले कोर्छु कविता, कहिले गजल कहिले निबन्ध । यतिमा म आफू निथ्रन्न क्यार ! आफूलाई व्यक्त गर्न कहिले गीत पनि लेख्छु अझै चित्त बुझदैन र कहिलेकाहीँ आफै गीत गाउँछु र नाच्छु । मलाई सबै बिधाले उत्तिकै सन्तुष्टि दिन्छन् । तैपनि संगीतमा डुब्दा मलाई कता कता इश्वरको बोली गुञ्जिए जस्तो लाग्छ र सरगमले लठ्ठ बनाउँछ ।
४.लिम्बुवान शव्द खासगरि लिम्बुजातिसंग जोडिएको छ तर अबका दिनहरुमा लिम्बुवान शब्दलाई कसरी परिभाषा गर्न जरुरी छ होला जस्तो लाग्छ ?
लिम्बूवान जातीविशेष भन्दा माथि छ । यो एउटा सिङ्गो सँस्कृति, भूगोल र इतिहास हो ।
५.तपाई लिम्बुवान क्षेत्रको लिम्बु तर मातृभाषामा साहित्य नलेखेर नेपाली भाषाबाट नै साहित्य लेख्दै हुनुहुन्छ के मातृभाषामा साहित्य लेख्नु पर्छ जस्तो लाग्दैन ? र मातृभाषामा साहित्य लेख्न कतिको जरुरी सम्झनु हुन्छ ?
जीविकोपार्जन, व्यक्तित्व विकास र मुलुकको विकासमा लाग्दा कमसेकम एउटा साझा सम्पर्कभाषा चाहिन्छ नै । हामीले खस भाषालाई नेपाली भाषा तथा राष्ट्रभाषा भन्यौ । मलाई लाग्छ लिम्बू भाषा पनि नेपाली भाषा नै हो यसको संरक्षण र प्रबर्धन गर्ने पहिलो दायित्व लिम्बूजातिको हो दोश्रो सरकारको र तेस्रो सबैको दायित्व हो । लिम्बूभाषा मात्र हैन लोपोन्मुख कुनै पनि भाषा र संस्कृतिलाई हामी सबैले संरक्षण गर्नुपर्छ । के लेख्ने, किन लेख्ने, कसलाई लेख्ने, कसरी लेख्ने भन्ने कुराको हेक्का लेखकले राख्नुपर्दछ । भाषा भनेको माध्यम हो, साधन हो । भाषालाई साध्य मानेर अतिवादी सोंच राख्नु व्यवहारिक हुँदैन । आज कतिपय लिम्बूलाई लिम्बूभाषा सिकाउन नेपाली वा अंग्रेजी भाषाको सहयोग लिनुपर्ने यथार्थ हाम्रो सामु छँदैछ । हामीले नेपाली, अग्रेजी, हिन्दी भाषा सिक्यौं, बोल्यौ, लेख्यौ र त आज मातृभाषाको महत्व बुझ्यौं । यसैले ढिलै भए पनि म मातृभाषामा पनि लेख्छु र मातृभाषालाई पनि उत्तिकै माया गर्छु ।
६.अग्राधिकार र आत्मनिर्णयको अधिकार तथा जातिय स्वायत्तताको अवधारणा अवको नयाँ संविधानमा उल्लेखित भएर आउनु पर्छ भन्ने ती जातिहरुको माग छ यसलाई अहिलेको संविधानसभाले कतिको मनन् गर्लान् जस्तो लाग्छ ?
मुलुकको अखण्डता र राष्ट्रिय एकतामा खलल नपर्ने गरि जातिहरूको मागलाई सम्बोधन गरिनुपर्छ यो समयको माग हो । म आशावादी छु ।
७.साहित्यकार नवराज सुब्बालाई नवराज सुब्बाले नै हेर्दा कस्तो देख्नु हुन्छ ?
आफैलाई देखेर म पनि कहिलेकाहीँ छक्क पर्छु । म किन सधैं यत्ति हतारोमा । अलि आराम गर्न किन मन मान्दैन । अनन्त सिर्जना किन फुर्फुराइरहन्छन् । कहिले आफैसित दिक्क लाग्छ अनि कहिले आफैलाई दया लाग्छ ।
८.संविधान जारी गर्नु पर्ने दिन अव कति पनि छैन अर्कातिर राजनैतिक खिचातानी पनि त्यसरी नै बढी रहेको छ त्यसैले नयाँ संविधान जारी हुन्छ भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ?
समुन्द्र मन्थन भनेको सायद यही होला । अमृत निस्केला आशा गरौं ।
९.एउटा साधारण मान्छे र एउटा साहित्यकार बीचको सम्वन्ध कस्तो हुनुपर्छ होला ?
"खुकुरी भन्दा कर्द लाग्ने" भने जस्तै साधारण मान्छे भनेको पिता हो साहित्यकार पुत्र हो । साहित्यकार आफूले जीवन र जगत सबै बुझेको ढोंग गर्छ र सबैलाई सिकाउन खोज्दछ, साधरण मान्छे उसका कुरा सुन्छ, गुन्छ र मुसुमुसु हाँस्छ । कतिपय कुरा चित्त नबुझे पनि विवाद गर्दैन ।
१०.साहित्यकारहरुले आदर्शमात्र लेख्ने गर्छन् भन्छन् तर तपाई आदर्शवान मात्रै हुनुहुन्छ कि व्यवहारीक पनि हुनुहुन्छ ?
जीवनमा आदर्शको कुरा गर्दा सबैले यसलाई आआफ्नो ढँगले हेर्छन् र बताउँछन् । सत्य र जगतलाई व्याख्या गर्ने दार्शनिक र सिद्धान्तकारहरू भन्दा हामीलाई साहित्यकारहरुले देखेको वा लेखेको आदर्श नै सुन्दर लाग्छ । एउटा आदर्श विनाको जगत त्यसमा पनि मानवजगत त असम्भव नै हुन्छ । साहित्य भोगेर लेखेको राम्रो हो । कमसेकम देखेर लेखेको ठिकै हो । कल्पनाको पनि सापेक्षित सीमा हुन्छ । कल्पना गर्दै लेखिने साहित्यमा सिर्जना र सकारात्मक गुण अन्तर्निहित भएमा त्यो पनि ग्राह्य हुन्छ तर नकारात्मक सोंचले कल्पना गरिएमा त्यसलाई अग्राह्य र अव्यवहारिक मान्नुपर्ने हुन्छ । जस्तै डाँडा वारिपारि बस्ने दुइ पे्रमीहरुले विछोडमा " मैं पंक्षी भए उडीमा आउँथें" भनेर गीत नगाएको भए सायद मानिसले यति चाँडो हवाईजहाज बनाइसक्ने थिएनन् होला । विश्वास गर्नुस् नक्कले आदर्श जस्तो छैन मेरो कवित्व जो म जस्तै यथार्थ र व्यवहारिक पनि छ ।
११.वर्तमान राजनैतिक परिस्थितिलाई कसरी दृष्टिपात गरिरहनु भएको छ ? र साहित्यमा राजनितिक विषयबस्तु आउनु पर्छ कि पर्दैन होला ?
दृष्टिपात गर्ने फ्रेम कत्रो लिने हो यसमा निर्भर हुन्छ यसको विश्लेषण र निष्कर्ष। एकदशकको फ्रेममा राखेर हेरेमा राजनीतिक परिस्थिति उत्साहजनक छ अनि एक वर्षो फ्रेममा राखेर हेर्ने हो भने यो अलि कम उत्साहजनक छ । साहित्यमा राजनीतिक विषयवस्तु आउँदैमा डराउनु पर्दैन तर यसमा कलात्मकता, शिष्ठता, सालिनताको पहिरन चाहिन्छ । विचारको भारी सिर्जनालाई बोकाएमा यो बढी बौद्धिक साहित्य कम हुनसक्छ । सिद्धान्तबाट प्रभावित रचना नारा हुन सक्छन् यदी यसका कलात्मकता, सुन्दरता र शिष्ठताको ख्याल राखिएन भने । संक्षेपमा, भावनाको लोली हृदयको बोली नै साहित्य हो ।
१२.अवका नयाँ पुस्ताका साहित्यकारहरुले कस्तो प्रकारको साहित्य लेखनलाई अंगाल्न आवश्यक छ होला ? तपाईको सल्लाह सुझाव केहि छ की ?
साहित्यकारका थुप्रै जिम्मेवारी छन् । समाजलाई बाटो देखाउने, समय र समाजको चित्रण गर्ने आदि । जसरी राजनीतिको केन्द्रविन्दु जनता हुन्छ साहित्यको केन्द्रविन्दु मानव हुनुपर्छ । यही नाता नै साहित्यले जन्माएको नाता हो ।
१३.साहित्य पढ्न लेख्न प्राय सबैले रुचाउँछन् जस्तै नेता,मन्त्री,कर्मचारी र सर्वसाधरण वास्तवमा तिनै मान्छे सरकारमा पुग्छन् तर सरकारी नितिमा साहित्यलाई बढवा दिन कन्जुस्याँइ गर्छन् यसो गर्नुको प्रमुख कारण के होला जस्तो लाग्छ ?
साहित्य प्राथमिकताको सूचीमा नपर्नुमा अरुलाई मात्र दोष दिएर पन्छिन मिल्दैन यसमा साहित्यजगत आफै पनि केही हदसम्म दोषी छ । साहित्यिक सामग्री जीवनोपयोगी हुन् यिनले पाठकको श्रोत र समयको बर्बादी नगरुन् । जीवन र जगतलाई तलतिर हैन माथि उचालुन् तब राज्यले पनि बाध्य भएर यस्ता साहित्यिक सामग्रीहरुको प्रबर्धन गर्न बाध्य हुनुपर्छ ।
१४.जीवनलाई तपाई कसरी परिभाषा गर्नु हुन्छ ? तपाईको जीवनमा घटेका केहि अविस्मरणिय क्षणहरु छन् कि ? छन् भने बताई दिनुहोस् न ।
आशा र जीवन सिक्काका दुइ पाटाहरु हुन् । पहिलो अनलाइन वेभक्याम विश्व कविता प्रतियोगितामा २०६४ मा मैले आशै नगरेको फल प्राप्त गरें । अनायाश प्रथम स्थान पाउँदा एकसाथ खुशी र अचम्म महसूस गरें ।
१५.लिम्बुवान ब्लगस्पोट डटकमबाट संसारभर छरिएर रहेका पाठकहरुलाई केहि सन्देश दिन चाहनु हुन्छ ?
इतिहासको यो कालखण्डमा सबैभन्दा बढी माया र ममता कतै यदी कसैले खोजेको छ भने त्यो नेपाल र नेपालीले तपाईसँग खोजेको छ । मनन् गरौं । धन्यवाद !