Nov 18, 2012

साहित्यकार इन्द्रनारायण चोङबाङसंगको बार्ता

बि.सं. २०३३।६।१३ बुधबार मेची अञ्चल ताप्लेजुङ जिल्ला अन्तर्गत साँघु-२ मा जन्मनु भएका इन्द्रनारायण चोङबाङले औपचारीक शिक्षा त्रि.बि.बाट एम.ए. गर्नु भएको हो। हालसालै नयाँ गीति संग्रह माटाका गीतहरु मुटुका गीतहरु प्रकाशन पूर्व २०५८ सालमा नै सहिदको रगत र मेरो सपना कविता तथा गीत संग्रह प्रकाशित भैसकेको छ । रेफ्यूजी हर्ट सामाजिक उपन्यास प्रकाशोन्मुख रहेको छ । हाल मकाउलार्इ कार्यक्षेत्र बनाएर नेपाली साहित्यको जगेर्ना तथा उत्थानमा लाग्नु जेहन्दार तथा कर्मठ युवा साहित्यकार इन्द्रनारायण चोङबाङसंग मैले फेसबुक तथा लिम्बुवान ब्लगको लागि लिएको बार्ताको अंश यहाँहरु समक्ष प्रस्तुत छ ।

१.केहि समय अगाडी माटोका गीतहरु मुटुका गीती संग्रह प्रकाशन गरेर फेसबुक मार्फत बिमोचन गर्नु भयो नि त्यसको प्रभाव के कस्तो रह्यो त ? र पुस्तकको बजार ब्यावस्था के कस्तो हुँदैछ ? 
आदरणीय टंक जी सेवारो -हजुरको सदभाब प्रेममय उपस्थिति प्रति हार्दिक स्वागत , हालसालै प्रकाशित '' मुटुका गीतहरु र माटोका गीतहरु '' फेसबुक बाट सार्बजनिक , औपचारिक रुपमा बिमोचन आवरण डट कम द्वारा आयोजित सिद्धार्थ कटेजमा गत भदौमा भयो , यस गीति संग्रह बिमोचन पश्चात यहिनै नतिजा आयो भन्न त म सक्दिन तर अपेक्षाकृत रुपमा म सन्तुस्ट छु , जहाँ सम्म बजारको व्यवस्था सम्बन्धि अलि स्पस्ट हुन् सकिन बिक्रि वितरण को कुरो गर्ने हो भने सत्य कुरो -कविता, गीत, गजल,उपन्यासका बिसुद्ध साहित्यिक किताब बजारमा बिक्दैनन यो सत्य हो , नेपाली साहित्यको लेखक भएर बाच्ने लेखक सायदै छन ,तर पनि मेरो हैसियत बाट पाठक सम्म पुग्ने जमर्को गरेको छु .. 
२.माटोका गीतहरु मुटुका गीतहरु गीती संग्रहमा गीतहरु बढी कवितात्मक भएका छन् भनेर समीक्षकहरुले आफ्नो भनाईमा राखेका छन् के गीतहरुलाई त्यसरी नै रचना गर्नु भएको हो त ? 
गीतको परिभाषा दिनु पर्दा सरल पद्य कविता नै हो अंग्रेजीमा ''लिरिकल पोइम'' भनिन्छ , यसको सर्बमान्य परिभाषा अझै मैले भेटेको छैन , सर्बमान्य संरचना यहि हो भन्ने देखेको छैन ...सामान्य पद्य देखि गध्य गीत प्रयोगमा देखिन्छन , संगीत गर्दा पनि संगीत संरचना अंक गणितीय हिसाब नभएर ज्यामितीय शैलीमा हुने गर्दछ , नेपाली गीति संरचना मलेवा देबी ,हरि प्रा रिमाल , नारायण गोपाल, भक्तराजका पाला देखि आज सम्मको उत्तरधुनिक शैलीका गीत नै हुन् नेपाली गीतका स्वरूप परिभाषा , जहाँ सम्म कविता आए होला मेरा गीतमा , कारण म कविता पनि लेख्ने गर्छु , कविता र गीत दुइ सन्तान हुन् एक आमाका ,धेरै समान केहि असमान गुण बोकेका , म गीतमा पनि प्रयोग खोज्छु नबिनता खोज्छु मौलिकता खोज्छु ...कारण फरक प्रवृति नै अफ्नतीपन हो 
३.हालसालै नेपालमा गएर नेपाली साहित्य बारे केहि नयाँ कार्य गर्नु भो कि ? नेपाली साहित्य र साहित्यकारहरुको हाल खबर के कस्तो छ ? -
बहुत गम्भीर सवाल हो यो , तर म लाचार उपस्थित छु , नेपाल गएर साहित्य सम्बन्धि काम गर्नु पर्ने जिम्मेवारी हामी युवाकै हो , देशलाई निर्णायक मोडमा लानका लागि हामी युवाले युग निर्माण गर्ने दिन हाम्रो हो , साहित्यको मध्यम बाट होस् वा शिक्षा क्षेत्र राजनैतिक दर्सनको मार्फत ..तर म र म जस्ता कैयौ युवा एकमानो चामल जोहो गर्दै बिदेशमा तातो रगत तातो जोस सेलाउदै छौ यो भन्दा खराब इतिहास देशको लागि केहि पनि हुन् सक्दैन , राज्य निर्माणको युग कोट्याउने युवा रेगीस्थानमा बालुवा ओसार्दै छन ,संस्कृतिक क्रान्ति गर्ने युवा शक्ति बँधुवा मजदुर बनेर चौधौ सताब्दीको अफ्रिकन निग्रो जस्तै कागज र अक्षरको फलामे संग्लोमा बाँधिएर विदेश हेलिदै छन यहि दुर्गमा हामी उभिएका छौ . नेपाली साहित्य र साहित्यकारको बिषयमा बोल्नु पर्दा , साहित्य र राजनैतिक परिस्थिति समाज संस्कार बीच बढो गहिरो सम्बन्ध राख्ने बिषय हो ,नेपाली साहित्य बजार लाइ मध्य नजर गर्दा खासै चित्त बुझ्दो स्थिति मैले देखिन , कारण नेपालमा हामी संख्या बढाउदै छौ गुण होइन , नेपाली साहित्यको बिषय बस्तु पारिजात ले १९६०को दसक पुर्याइन तर हामी पुन अठारौ सताब्दीको बिषय बस्तुमा फर्किदै छौ ''रुस्सो'' कै दर्सन जस्तै , यो आक्षेप् होइन पाठकीय अभिमत हो ... 
४.मकाउलार्इ कार्यक्षेत्र बनाएर साहित्य क्षेत्रमा लाग्नु भएको निक्कै भयो त्यहाँका बिम्वहरु आफ्नो लेखनमा के कति ल्याउँनु भएको छ त ? 
 यहि प्रश्न ले बढो तर्साउछ मलाई टंक जी ; म ताप्लेजुंगको साँघु गाबिस मा जन्मे त्यहिका ढुङ्गो माटो संग लुकामारी खेल्दै हुर्किए , उच्च शिक्षा लिन सहर पसे ,म बिसुद्ध गाउले केटो हु , मेरा हरेक तन्तु तन्तु उही गाउको हावा पनि माटोले बनेको छ ..मकाउ त म तिस बर्षको उमेरमा सपना बोकेर छिरेको हुँ , मेरा गीत कविता गजल ति पाखा पखेराका झंकर हुन जहाँ घास दाउरा गोठालो गरें ,मेरा बाल्यकालका सखी हरुको स्पर्श नै मेरो अतित हुन जुन शब्द बनेर आउछन ..म सपनामा जहिले पनि मेरो गाउका पाखा पखेरा खोला नाला मात्र देख्छु जबकी उनान्साठी साल देखि सुनसरी बसाइ सरें त्यो ठाउँ त सपनामा आउन् मकाउ त झन् टाढाको कुरो , यसको मतलब मकाउ मेरो लागि केहि होइन भनेको होइन तर सत्य कुरो यहाका बिम्बहरु मेरा लागि कुनै कामका छैनन् केवल अनुभब बाहेक .... 
५.बिदेशमा बसेर नेपाली साहित्य लेख्ने स्रष्टाहरु धेरै हुनुहुन्छ उनीहरुको नेपाली साहित्य क्षेत्रमा वा नेपालमा के कस्तो स्थान रहन्छ होला जस्तो लाग्छ ? 
हामी बिदेशी भूमिमा रोटी सेकाउदै नेपाली भाषा प्रति अघात प्रेम गर्छौ त्यसैले हामी गीत कोर्छौ गजल लेख्छौ कथा लेख्छौ उपन्यास तयार गर्छौ यो हाम्रो लगानी नेपाल र नेपालीको लागि उपहार हो नेपाली भाषा प्रति हाम्रो आरती हो पूजा हो , र अर्को कुरो साहित्य क्षेत्र सम्झिने समेट्ने मान्छेले स्थान हेर्ने होइन गुणात्मकता हेर्ने हो , नेपाली भूमिमा बसेर लेखे पनि बाहिर बसेर लेखे पनि उत्कृस्ट चेतना उत्कृस्ट विचार उत्कृस्ट भाबना दिन सक्यो भने सबै ठाउमा स्थान हुनेछ ,विचारमा उच्चता र प्रस्तुतिमा कला छ भने जहाँ बसेर लेखेपनि अमर कला जन्मिन्छ , तर आज भोलि नेपाली साहित्यमा डायस्पोरा भन्ने टर्म प्रयोग हुन थालेको छ यो टर्म आफैमा अपूर्ण र अतिरन्जित छ एक मुस्ट नेपाली साहित्य लाइ टुक्राउने कौटिल्य नीति भन्दछु .... 
६.साहित्य लेखन तपाईको परीवार,काम र रुचिसंग जोडिएको छ कि छैन होला ? अथवा परीवारमा साहित्य लेखन,पठनको प्रभाव आवश्यक छ कि छैन ? 
एकदम महत्व पूर्ण प्रश्न , ''यदि खराब बाताबरण परिवारमा छ भने कबि कलाकार अपराधी बन्न सक्छ '' बेसर्त यदि तन्दुरुस्त फल खाने हो भने बिउ देखी मलजल गोडमेल सबै मिल्नु पर्छ मिलेन भने ढुङ्गोमा मकै खेती सम्भब छैन , यसमा पनि कबि लेखक त चेतनाका सम्बाहक हुन , युग दर्सन दिने खुबी राख्नु पर्छ यिनीहरुले नत्र केटा केटी आए गुलेली खेलाए मटेंग्राको नास भन्ने उखान जस्तै मात्र हो , ''मेरो सवालमा बोल्नु पर्दा म कबि कलाकार गीतकार हुन खोज्ने रसिक मात्र हु कलाकार गीतकार लेखक होइन म मात्र सपनाको यात्री हु '' आज सम्म धनात्मक नै छन परिवारमा पनि ...
७.तपार्इ पनि फेसबुकमा सधै आफ्नो रचनाहरु सम्प्रेषण गर्नु हुन्छ त्यसैले फेसबुकले आफ्नो लेखनको प्रभाव बढेको जस्तो अनुभव गर्नु भएको छ ? 
अबश्य पनि फेसबुक संचारको माध्यम मद्धे एक हो , हामी जस्ता सिधै पत्र पत्रिकाको माध्यममा जान नसक्ने धेरै म जस्तै बनफूल र मनफूल ले आफ्नो विचार निर्धक्क राख्न पाएका छन , कला देखाउन पाएका छन , जाने श्रीखण्ड नजाने खुर्पाको बिड हो फेसबुक , यहि खोजे विद्वान भेटिन्छ राजनीतिज्ञ भेटिन्छ कलाकार भेटिन्छ संगीतकार भेटिन्छ भने अर्को तिर यहि फेसबुकमा नक्कली नाम बाट खराबी फैलाउने जगत पनि छन , म फेसबुक लाई एउटा प्लेटफम मान्दछु र मेरा गीत गजल कविता यहि बाट सम्प्रेषण गर्छु यहि म गुरु भेट्छु सहयोगी मन भेट्छु आफन्त भेट्छु ..यहाँ माग र लक्ष अनुसारको संगत पाइन्छ ... 
८.अहिले सम्मको नेपाली साहित्य लेखनको अनुभव के कस्तो रह्यो त र लेखनको श्रेय बढी कस्लार्इ दिन चाहनु हुन्छ ? आउँदो नयाँ उपन्यास रेफ्युजी हर्ट अहिले के हुँदैछ ? 
साहित्य लेख्न सिक्दै छु , नियम पढ्दै छु , गुरु आफन्त सित सिक्ने क्रम जारी छ आज सम्म खासै केहि सिर्जना यस्तो होस् जो युगौ नमरोस यस्तो सिर्जना गर्न सकेको छैन , ताते ताते बालक झैँ हिडी रहेछु , यो अनबरत यात्रामा सबै भन्दा बेशी लगानी त बाबा आमा कै हुन्छ जो कोहीको जिन्दगीमा पनि , आमा बाबा पछि मैले टेकेका माटाका डल्लाहरु ,पैतालामा गाडिएका काँडाहरु , निधारमा ठोकिएका ढुंगाहरु नै शब्दका वास्तविक आधार हुन जहाँ जहाँ अनुभूति गरे ति नै हुन बिम्ब प्रतिबिम्बहरु , यसबाहेक धेरै आफन्तमन हरु हुनुहुन्छ जसले निस्वार्थ साथ दिरहनु भएको छ ... ''रेफ्युजी हार्ट'' सामाजिक उपन्यास हो , यसको मुख्य पात्र राजनैतिक पृष्टभूमिमा बन्दि जीवन बिताउदै गरेको युवक जसले नेपालको राजनैतिक आर्थिक संस्कृतिक विश्लेषण गर्छ , नोस्टाल्जिक पेनारोमा हो , यो अहिले सम्पादन कार्य सकिएर स्वमुल्यांकनमा कैद छ , यसलाई प्रेसमा लाने जिम्मेवारी आएको छ मलाई , तर अलिकति भाषिक प्रस्तुति लेखन शैलीमा चित बुझिराखेको स्थिती छैन बक्य निर्माण कसिलो नभएको महसुस भैरहेको छ , 
९.साहित्य के हो जस्तो लाग्छ ? नयाँ योजना के बनाउँदै हुनुहुन्छ ? र अवको नयाँ साहित्य लेखन तथा पठन कसरी भयो भने राम्रो होला जस्तो लाग्छ ? 
शब्द संस्कार दोहोरो शैली बाट बिकाश हुने गर्छ एउटा शिस्टचारयुक्त र अर्को भल्गारिटी , साहित्य शब्द संस्कारको पहिलो बाटो हो जसको मातहत बाट समाजको सुन्दर तस्बिर प्रस्तुत गर्न सकिन्छ , समाजलाई अग्रगामी दिशानिर्देश गर्न सकिन्छ , चेतनाका दीप जलाउन सकिन्छ ,समाजलाई एकताको सुत्रमा बाध्न सकिन्छ , आपशी सदभाबका रेखा कोर्न सकिन्छ साहित्य सभ्यताको प्रतिक हो . नेपाली साहित्यको पाठक भएको हैसियतले नेपाली साहित्यले जीवन बोक्नु पर्छ भन्ने मान्यता राख्छु , नेपाली साहित्य इतिहासमुखी भो धेरै जीवन कला अत्यन्तै काम आयो , मेरो मतलब सन्तुलन आउनु पर्छ , कलामा दर्सन आएन भने त्यो कागजी फूल मात्र हुन्छ रस बिनाको .... 
१०.अन्त्यमा बिश्वभरी छरीएर रहनुभएका तपाईका साहित्यिक पाठकहरुलार्इ केहि सल्लाह सुझाव दिनु हुन्छ कि ? 
सर्बप्रथम त टंक जी लाई मुरी मुरी धन्यवाद ..अति व्यस्तताका बाबजुत पनि यो अन्तरक्रियामा सहभागी हुने अवसर दिनु भो यसको लागि हार्दिक आभार , हामी चाहे नेपाली भूमि भित्र बसौ या जीवनकलाको लागि बाहिर , जहाँ रहे पनि हाम्रो माटो हाम्रो आकाश हाम्रा पुर्खा हाम्रा नदीनाला हाम्रो रगतको कणमा दौडिरहेका छन दौडिरहने छन हामी नेपाली हौ हामी बिचको साहित्यिक राजनैतिक धार्मिक आर्थिक सांस्कृतिक नाता भन्दा बेशी हामी बीच प्राकृतिक नाता छ र म मानब निर्मित नाता भन्दा प्राकृतिक नाता लाई नै सार्बभौम ठान्छु -जय नेपाल !