Mar 8, 2014

गीतकार ईशा लावती लिम्बूसंग गीती बार्ता

सन १९८२ असोजमा बाबा दलबहादुर लावती र आमा बिन्दा मायाँ सिबु लावतीको कोखबाट यस धरतिमा पहिलो पटक आँखा खोल्नु हुने गीतकार ईशा लावती लिम्बू मेची अन्चल झापा जिल्ला अन्तर्गत दमक नगरपालिका १० गोर्खाली टोलको स्थायी बासिन्दा हुनुहुन्छ ।३ दाजुभाई ४ दिदी बहिनी मध्ये वहाँ साईली हुनुहुन्छ ।गहिरो र गहन भाब भएको गीत लेख्न खप्पीस गीतकार ईशा लावती लिम्बूका गीतहरु हृदयस्पर्शी,मर्मस्पर्शी र मानबिय संवेदना छुने खालका छन ।बैदेशीक रोजगार अन्तर्गत ईजराईलमा रहेर आर्थिक मात्र कमाउँने कार्य गर्नु हुन्न । गीतबाट सामाजिक सेवा गर्ने उच्चभाब राख्नु हुन्छ ।प्रबास मै रहेर मन्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषद प्रबाश कार्य समिती ईजराईलको सहसचिब र राष्ट्रीय कलकार मन्च ईजराईलको सदस्य पदको दयित्व बहन गरिरहनु भएको छ ।यति ब्य
स्त रहदा रहदै पनि नेपाली आधुनिक गीति एल्बम पहिलो मायाँ श्रोताहरु माझ लिएर आउँने तयारी गर्दै हुनुहुन्छ ।उनै प्रतिभाशाली गीतकारसंग लिम्बुवान ब्लगस्पोट डटकम र फेसबुकको लागि लिईएको बार्ताको अंश यहाँहरुलाई प्रस्तुत छ । 

१,विदेश इजरायलमा बसेर पनि गीत लेखनको साथ साथै आफ्नो काम गर्न पनि कसरी समय मिलाई रहनु भएको छ ? 
उत्तर:-सर्वप्रथम प्रश्नको लागि यहाँलाई हार्दिक धन्यवाद छ ।जहाँ ईच्छा त्यहाँ उपाय भन्ने उक्ति झैं यहाँको कामको समय तालिका संगसंगै आफ्नो फुर्सदको समयलाई मिलाएर गीत लेख्ने गरेकोछु गर्दै आएको छु | र ईच्छालाई कामले नरोक्ने पनि रहेछ । वास्तबमा गीत लेख्ने नै समय हुदैन ।थोरै बचेको समय गीत लेखनमा लगानी गर्दै आएको छु ।नेपाली गीत लेखनमा केही टेवा दिन सकिन्छ कि भनेर । 

२,एउटा राम्रो गीत लेख्नको लागी के के हुनु पर्छ जस्तो लाग्छ तपाइलाई ? 
उत्तर :-मेरो विचारमा एउटा राम्रो गीत लेखनको निमित्त कुनै पनि विषय वस्तुको भाब समातेर त्यसको गहिराई भित्र डुबल्कि खेल्न सक्नु पर्छ भन्ने लाग्छ ।अर्को कुरा मानबिय संबेदनालाई छुने सरल शब्दमा हृदयस्पर्शी,मर्मस्पर्शी प्रेमील वा कारुणीक कुराहरु आउँनु पर्छ जस्तो लाग्छ ।तर हरेक गीतकारको आआफ्नै भाबभुमी र बिचार हुने भएकोले यस्तै हुनु पर्छ भनेर किटान चाहिँ गर्न सकिन्न । 

३.तपाइले नयाँ सिडी एल्बम पहिलो मायाँ कहिले सम्ममा श्रोताहरु माझ ल्याउने तरखर गर्दै हुनुहुन्छ ? र क कसको स्वर र संगीत रहेको छ होला ? 
उत्तर :-यो मेरो पहिलो मायाँ शिर्षकको गीति एल्बम सांगीतिक कोसेली स्वरुप यहि २०१४ भित्रै ल्याउँने तयारीमा लागि छु ।हालसालै मात्र टाईटल गीतको रेकर्डिङ्ग कार्य सम्पन्न भैसकेको छ ।र अन्य गीतहरु धमाधम रेकर्डिङ्ग भैरहेको अवस्थामा छ ।मेरो एकल गीति लेखनमा संगीतकारहरु क्रमश अशोक लोहरुङ राई /सुरेश अधिकारी /बसन्त सापकोटा /महेश खड्का र मनोज चौलागाई रहेका छन ।त्यसरी नै गायक गायिकाहरुमा दिपक लिम्बु /अन्जु पन्त / रिमा गुरुङ/प्रमोद खरेल/शिव परियार /श्रेयसी चेम्जोङ आदि हुनुहुन्छ । 

४,तपाइले कहिले देखि गीत लेख्न शुरु गर्नु भएको हो ? किन गीत नै लेख्नु मन् पराउनु भो नी ? 
उत्तर :- खासगरी मैले २०६० सालतिर देखि नै गीत कोर्न शुरु गरेकी थिए । र गीत नै लेख्न मन पराउँनुको खास कारण म आफै गीतसंगीत जोडीएकोछु सानैदेखि ।सानो छदा बढी नृत्य गर्थे । नृत्य बिधा गीतसंगीतसंग जोडीएको बिधा हो । त्यसैले पनि गीत लेख्न मन पराए । र गीत संगीत मार्फत छिटोभन्दा छिटो श्रोतहरु माँझ आफ्नो बिचार,भावना पुर्यांउन सकिने भएकोले म गीत लेख्न तिर तानिएको हुँ । 

५,गीत लेखनबाट तपाइले के के गर्ने विचार गर्दै हुनुहुन्छ ? कहिले सम्म गीत लेख्ने विचार गर्नु भएको छ ? 
उत्तर :- गीत लेखनबाट सबै भन्दा बढी समाज सेवा गर्ने विचार गरेको छु । मेरो पहिलो मायाँ सिडी एल्बमको बिक्री बितरणको रकमलाई नेपालको शीक्षा,गीतसंगीत साथसाथै दुखी असाहायलाई सहयोग गर्ने संस्थालाई केही आर्थिक सहयोग गर्ने योजना बनाएको छु । कहिले सम्म गीत लेख्ने भन्ने कुरामा म के भन्न चाहन्छु भने गीत नै मेरो जीवन हो । त्यसकारण जीवन रहुन्जे गीत लेखनलाई निरन्तरता दिने मेरो लक्ष्य रहेको छ । 

६.गीतलाई आफ्नो जीवनसंग कतिको नजिक भएको ठान्नु हुन्छ र तपाईं आफ्नो गीतमा आफै कतिको प्रस्तुत भए जस्तो लाग्छ ?
उत्तर :- गीत संगीत नै मेरो जीवन भई सकेकोछ ।झन गीत त हरेक दिन नलेखी हुँदै हुन्न ।ल तपाईं नै भन्नुहोस म गीतसंग कति नजिक रहेछु । जहाँसम्म लाग्छ म मेरो गीतमा आफै सतप्रतिशत प्रस्तुत भएको अनुभुत गर्छु ।तर पाठ्क तथा श्रोताहरुले मैले लेखेको गीतमा मलाई कसरी देख्नु हुन्छ भेट्नु हुन्छ ।त्यो चाहिँ मैले सोधानी गर्ने बेला भएको छ । 

 ७.गीत लेख्नु पर्छ भन्ने ज्ञान कसरी प्राप्त गर्नु भो ? साथै कस्तो प्रकारको गीत बढी लेख्न रुचाउँनु हुन्छ ? 
उत्तर :- गीत लेख्नु पर्छ भन्ने ज्ञान मैले गीत के हो भन्ने कुरा थाहा पाए देखि नै हो ।तर मेरो ब्यावहारिक र प्राबिधिक कारणले लेख्न सकि रहेको थिईन ।ती सबै कुराहरुलाई पन्छाएर मैले गीत लेख्न र रेकर्डीङ्ग गर्न सुरु गरे ।अहिले मेरो क्रम त्यसरी नै बढ्ने वा बिकसित भैरहेको छ । म प्राय सबै प्रकारको गीत लेख्न रुचाउँछु ।त्यो एउटा गीतकारको कार्यकुशलता र दायित्व पनि हो । बडी जस्तो म देशभक्ति,चेतनामुलुक लगायत सबै प्रकारको गीत लेख्न ललायित हुन्छु । 

८.गीत लेखनको वृद्धि भएपनी ब्यावसायीकता वा बजार पाएन भन्छन तपाईं पनि राम्रो गीतकार भएको हैसियतले कस्तो अनुभव गर्दै हुनु हुन्छ ? 
उत्तर :-मेरो गीत लेखन व्यसायिकताको निम्ति नभएर गीत लेखन उत्थान र बिकासको लागि हो ।हाम्रो नेपाली गीत लेखनको अभिबृद्धी र समृद्धिको लागि हो।बजार पाएन वा ब्यावसायीकता भन्ने पक्षमा पनि छुईन।किनभने राम्रो गीतकारहरुले राम्रो आय पनि आर्जन गरेका छन ।यस कुरामा हामी आशाबादी बनौ ।मैले लेखेको गीत भनेको देश समाज र ब्यक्तिको लागि हो ।त्यसकारण म अहिले नै व्यसायिकता खोज्दिन । मेरो अनुभबमा नेपाली गीत लेखन निक्कै आशा लाग्दो नै छ ।किनकी गायन लेखन र रेकर्डिङ्गको कार्य जारी छ । 

९.बिदेश बसेर पनि नेपाली गीत लेखन गरेर रेकर्ड गर्दै हुनुहुन्छ किन यति महङ्गो काम गर्दै हुनु हुन्छ ? के यसको सम्बोधन देशले गर्न सक्छ जस्तो लाग्छ ? 
उत्तर :-मैले बिदेश बसेर पनि नेपाली गीत लेखन गरेर रेकर्ड गर्नुलाई दायित्व सम्झेको छु ।म गीत लेख्न सक्छु र पो यो कार्य गर्छु ।मैले मेरो ठाउँबाट अघि बढ्नु पर्छ भन्ने सोच्छु र बढी पनि रहेको छु । अर्को महङ्गो त निश्चित रुपमा हो ।एउटा एल्बम निकाल्ने पैशाले खेतबारी वा घरको तला थप्न सक्छु ।तर म नेपाली गीतसंगीतमा समर्पित गीतकार भएकोले नेपाली गीतसंगीत उत्थानको लागि महङ्गो कार्य गर्न रुचाए ।यो मेरो कार्य देखेर अरुले पनि यस्तो योगदान गरून् भन्ने सोच्छु ठान्छु ।मेरो अभिष्ट पनि हो ।सक्दो देशले सम्बोधन गरोस भन्ने ठान्छु ।तर सम्बोधन गरोस नगरोस म मेरो कर्म गरीरहन्छु ।किनकी म कर्ममा बिश्वास गर्छु । 

१०.नयाँ गीतकारहरुलाई गीत लेख्ने केही आधारभुत ज्ञान दिनु सक्नु हुन्छ कि ? र कस्तो प्रकारको गीत लेखे राम्रो होला त ? 
उत्तर :-म आफै पनि यात्रारत गीतकार हुँ ।मैले जाने बुझेको कुरा राख्न चाहन्छु । 
१.बिषयबस्तु वा प्लट राम्रो रोज्ने 
२.गेय बिधा भएकोले मिटर मिल्न जरुरी छ । 
३.छोटो जनजिब्रोमा अड्किने शब्द चयन गर्ने 
४.६देखि १२ लाईन भित्र गीत टुङ्ग्याएको राम्रो 
५.भद्दा शब्द गीतमा नल्याउँने 
६.भर्सक नयाँ नौलो शब्द प्रयोग गर्ने 
७.जीवन र जगतमा आधारीत भएर लेख्ने 
८.गहिरो शब्द भाब हृदयस्पर्शी,मर्मस्पर्शी 
९.गहन बिचार मानबिय संवेदना छुने शब्द 
यी माथिका बुँदाहरु सम्पुर्ण होइन ।अरु धेरै गीत सम्बन्धी पुस्तकहरु अध्यायन गर्न जरुरी छ राम्रो गीतकार बन्नको लागि ।म प्राय यहि आधारभुत कुराहरुमा रहेर लेख्ने गर्छु । 

११.बिश्वभर छरीएर रहनु भएका सम्पुर्ण गीतका पाठक श्रोताहरुलाई आफ्नो केही सन्देश दिनुहोस न ? 
 उत्तर :- नेपाल तथा बिश्वभर छरीएर रहनु भएका सम्पुर्ण गीतका पाठक श्रोताहरुलाई म के भन्न चाहन्छु भने मैले लेखेका र रेकर्ड गरेर ल्याएका गीतहरु धेरै धेरै सुनी दिनुहोस ।पढी दिनुहोस। मायाँ गरि दिनुहोस ।नेपाली गीत क्षेत्रमा समर्पित भएर लागि परेको छु ।त्यसकारण मेरो सक्दो यस क्षेत्रबाट सेवा गरीरहनेछु ।धन्यबाद ।