कोशी अञ्चल तेह्रथुम जिल्ला ओयाकजुङमा वि.सं. २०३८ साल फागुन महिनामा साहित्यकार देवेन्द्र
सुर्केलीले यस धरतीमा पहिलो पटक आँखा खोल्नु भएको हो । विभिन्न पत्रपत्रिकाको सम्पादन साथै विभिन्न संघसंस्थमा आवद्ध रहेर क्रियासील भैरहनु भएको छ । खासगरि हाल मलेसीयामा विश्वविद्यालयको शिक्षा आर्जन गर्न जानु भएको हो । र त्यहाँ रहेर पनि साहित्य लेखनमा उनको हात निरन्तर चलिरहेको छ । त्यसैको कदर स्वरुप उनलेअन्तर्राष्ट्रिय पुरस्कार समेत पाउँन सफल हुनु भयो। उनै प्रखर साहित्यकार देवेन्द्र सुर्केलीसँग लिम्बुवान ब्लगका ब्लगर टंक सम्वाहाम्फेले कुराकानी गरेको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ । देवेन्द्र सुर्केलीको वैयक्तिक विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

१.हाल मलेसिया बसार्इको दिनचर्या तपाईको कसरी चलिरहेको छ ? समग्रमा मलेसियामा बसोबास गर्ने नेपालीहरूको स्थिति कस्तो छ ?
मलेसियामा मेरो जीवनयापन सामान्य रुपमै चलिरहेको छ । बिहान उठेदेखि नेपाली समाचार सुन्ने, पढ्ने र सम्पादन गर्नेदेखि लिएर मलेसियामा भएगरेका गतिविधिहरुको संकलन गर्ने कार्यमै दिन बितिरहेको छ । समग्रमा मलेसियामा बसोबास गर्ने नेपालीहरुको स्थिति बिचबाट नै बगेको छ । धेरै राम्रो पनि छैन । धेरै नराम्रो पनि छैन ।
२.मलेसियामा अध्ययनको क्रमसँगै नेपाली साहित्यलाई निरन्तर लेखिरहनु भएको छ यसरी विदेशमा रहेर पनि साहित्य लेख्नुपर्छ भनेर केले घचघच्याउँछ ?
२.मलेसियामा अध्ययनको क्रमसँगै नेपाली साहित्यलाई निरन्तर लेखिरहनु भएको छ यसरी विदेशमा रहेर पनि साहित्य लेख्नुपर्छ भनेर केले घचघच्याउँछ ?
बास्तवमा प्रवासको बसाइँ एकदम साहित्यिक माहौलभित्र रहेको हुन्छ । कम्पनीको होस्टलमा साहित्य हुन्छ । मेसिनमा साहित्य हुन्छ । घरको अभाव सुनेर साहित्य जन्मन्छ भने पूर्वपश्चिमका नेपालीहरुको एकापसमा मिलेर बस्दाको क्षणले पनि साहित्य जन्माइरहेको हुन्छ । म अध्ययनको क्रममा मलेसियामा रहेता पनि रोजगारीको निमित्त मलेसिया आएका नेपालीहरुसँगै सँधै रहन्छु । उनीहरुको मायाप्रेम, स्नेह, परस्पर सहयोग, दुःखपीडा इत्यादिले नै साहित्य लेखनमा घच्घच्याईरहन्छ ।
३.केहि समय अगाडी मलेसिया रहेर पनि नेपाली साहित्यमा निरन्तर क्रियासिल रहनु भएकाले पुरस्कार पनि पाउनुभयो यसलाई कसरी लिनु भएको छ ?
३.केहि समय अगाडी मलेसिया रहेर पनि नेपाली साहित्यमा निरन्तर क्रियासिल रहनु भएकाले पुरस्कार पनि पाउनुभयो यसलाई कसरी लिनु भएको छ ?
निश्चय नै म धेरै भन्दा धेरै खुशी हुनुपुगेको छु । किनभने मलेसियामा साहित्य फस्टाउँदो छ । फस्टाउँदो साहित्यको परिधिभित्र मैले मलेसियाको नेपालीहरुको विचमा ऐतिहासिक अन्तर्राष्ट्रिय पुरस्कार पाएको छु । यसले के देखाएको छ भने मलेसियामा रही अर्कालाई बेचेको समयलाई उवारेर गरिएको सिर्जनाको उचित मुल्याकंनको शुरुवात भयो भन्ने लिएको छु ।
४.तपाईको नयाँ कृति नआएको केहि समय भयो त्यसैले नयाँ कृति ल्याउँने तरखरमा पो हुनुहुन्छ कि ?
४.तपाईको नयाँ कृति नआएको केहि समय भयो त्यसैले नयाँ कृति ल्याउँने तरखरमा पो हुनुहुन्छ कि ?
मेरो दुर्इ कृति पहिले नै प्रकाशित भएका थिए । मलेसिया आएर पनि एक कृतिको तयारी गरेको छु । तर प्रकाशन कहिले गर्ने भनेर समय पर्खिरहेको छु ।
५.तपाई कवि तथा गीतकार मात्र नभएर साहित्यका विभिन्न विधामा कलम चलाई रहनु भएको छ यसरी विभिन्न विधामा कलम चलाउँदा तपाईलाई कस्तो महसुस हुन्छ ?
५.तपाई कवि तथा गीतकार मात्र नभएर साहित्यका विभिन्न विधामा कलम चलाई रहनु भएको छ यसरी विभिन्न विधामा कलम चलाउँदा तपाईलाई कस्तो महसुस हुन्छ ?
साहित्यको विभिन्न विधामध्ये कविता, गीत, कथा, उपन्यास, निबन्ध, मुक्तक इत्यादि पर्ने भएकोले र यी सबै कुरा लेख्ने भएकोले साहित्यकार हुन पुगेका हुन् । जसरी कथालाई बढि प्राथमिकता दिनेलाई कथाकार, गजललाई प्राथमिकता दिनेलाई गजलकार भनेझै सम्पूर्ण विधालाई समेट्न सके पूर्ण साहित्यकारको पंक्तिमा पर्न सकिन्छ । मैले पनि सबै विधालाई लेख्ने कोशिषमा छु, तर पनि कविता, गीत, गजल र कथाभन्दा अन्यमा पुगिहाल्न सकेको छैन । भरसक विभिन्न विधामा कलम चलाउन पाए आफूलाई पूर्ण साहित्यको बाटोमा लागे भन्ने महसुस हुनेछ ।
६.समाजको लागि एउटा लेखकको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ ? र, तपाई किन लेख्नु हुन्छ ?
६.समाजको लागि एउटा लेखकको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ ? र, तपाई किन लेख्नु हुन्छ ?
साहित्य समाजको दर्पण हो, वा साहित्यले समाज डोर्याउँछ भन्ने कुराहरु धेरै पुराना भए । साहित्यले सँधै समाजको आलोचना, समालोचना गरिरहेको हुन्छ । जसले अपूर्ण सामाजिक तत्वहरुलाई पूर्ण बनाउँछ भने समाज चलाउने व्यक्ति, परिवारको मनोवृति नयाँ शिराबाट चलाउन हरदम कोशिष गरिरहेको हुन्छ । लेखकले त्यही गर्छु वा लेख्छु भनेर लेखिरहेका हुँदैन तर लेखनी विषयवस्तु त्यसरी नै निकाली रहेको हुन्छ । जहाँसम्म मेरो लेखनीको सोधाई छ, म चाही बढि समाजमा घटिरहेको तर प्रस्फुरण नगरिएको विषयबस्तु खोज्नु रुचाउँछु ।
७.साहित्यको अलवा वेभ सञ्चारकर्मी पनि हुनुहुन्छ यसमा तपाईलाई कुनै कठिनाईहरू आईपर्दैन ? अथवा साहित्य लेख्नमा वाधा पार्दैन ?
७.साहित्यको अलवा वेभ सञ्चारकर्मी पनि हुनुहुन्छ यसमा तपाईलाई कुनै कठिनाईहरू आईपर्दैन ? अथवा साहित्य लेख्नमा वाधा पार्दैन ?
विशेषतः मेरो पेशा पूर्णरुपमा पत्रकारितातर्फ खिचिएको छ । थोरै ग्राफिक डिजाइनतर्फनमोडिएको होइन तर बढि चाही पत्रकारिताले जीतेको छ । घटनालाई छिटो रुपमा प्रस्तुत गर्दा समाचार बन्ने र त्यही घटनालाई विस्तृत पार्दा साहित्य बन्ने भएकोले कुनै घाटा पर्दैन । बरु सहयोग पुगिरहेको हुन्छ ।
८.मलेसिया बसेर नेपालको राजनैतिक वर्तमान परिस्थितिलाई कसरी मुल्याङकन गरिरहनु भएको छ ?
८.मलेसिया बसेर नेपालको राजनैतिक वर्तमान परिस्थितिलाई कसरी मुल्याङकन गरिरहनु भएको छ ?
नेपालको राजनीतिलाई नजिकबाट बुझ्न त प्रवास आउनपर्ने रहेछ । किनभने यहाँ सबै क्षेत्र, जाति, प्रदेशका मानिससँग प्रत्यक्ष सम्बन्ध राख्न सकिन्छ । देशको अवस्था कस्तो छ, देशलाई कसरी समिकरण गर्दा सजिलो हुन्छ भन्ने कुरा यहाँ प्रत्यक्ष बुझ्न सकिन्छ । अहिले नेपालको अवस्था तरल रहेको छ । तरलतामा बगिरहेको कारण जहाँ खाल्डो पर्यो त्यही जाकिने अवस्था छ । प्रवासमा हुनेहरुले नेपालको अर्थतन्त्रलाई सकेसम्म धानिरहेका छन् ।
९.तपाई लिम्बुवानको लिम्बू साहित्यकार हुनु भएकोले हालको संघीय लिम्बुवानको विषयलाई कसरी विश्लेषण गर्नु हुन्छ ?
९.तपाई लिम्बुवानको लिम्बू साहित्यकार हुनु भएकोले हालको संघीय लिम्बुवानको विषयलाई कसरी विश्लेषण गर्नु हुन्छ ?
धेरै पछिसम्म राज्यको स्वरुपमा रहेको एकमात्र भूभाग भनेको लिम्बुवान हो । फेरि संघात्मक स्वरुपमा पुनर्संरचना गर्दा पनि पहिले लिम्बुवान दिनुपर्ने हुन्छ । अहिले चलिरहेको देशको पुनर्संरचना विषयहरु जाति, भाषा, प्राकृतिक सम्पदा, भौगोगिक अवस्थाको आधारमा संघात्मक बनाउने सम्बन्धमा जातिको आधारमा संघात्मक राज्य हुने पहिलो अवसर लिम्बुवानलाई दिइनुपर्छ ।
१०.बिदेशमा रहेर लिम्बूभाषाको सर्वाङगीण विकास गर्न हामीजस्ता लिम्बू साहित्यकारहरूले कस्तो भूमिका निभाउँन सकिएला ?
१०.बिदेशमा रहेर लिम्बूभाषाको सर्वाङगीण विकास गर्न हामीजस्ता लिम्बू साहित्यकारहरूले कस्तो भूमिका निभाउँन सकिएला ?
संसारका सबै कुनामा रहेका लिम्बूहरुले लिम्बूवानको लागि जुट्नुपर्नेछ । भोलीको लिम्बुवान स्वायत्त राज्य स्थापना भएको खण्डमा विभिन्न मुलुकमा रहेका इन्जिनियर, डाक्टर, लेक्चरल, लिम्बुवानलाई नमुना राज्यको रुपमा खडा गर्नको लागि अहिलेदेखि नै तयारी अवस्थामा रहनुपर्दछ भने लेखक, साहित्यकारहरुले लिम्बुवानको साहित्यिक धरातलको आवश्यक तर्जुमा गर्दे लैजादा राम्रो होला ।
११.यो संसारमा जन्म लिनुलाई कसरी लिनु भएको छ ?
पहिलो प्राकृतिक नियम मानेको छु मैले जन्मलाई । त्यसपछि आउँछ सफलता र असफलताको कुरा । सृष्टिले एउटा खोक्रो शिशुको रुपमा जन्म दिएको हुन्छ, त्यसपछि नै मर्दा सफलता पाएर या असफलता भएर मर्छ । जन्मदेखि मृत्युसम्मको कुरा यति हुन् ।
१२.संसारमा सवैभन्दा माया लाग्ने बस्तु के हो तपाईको ? र जीवनमा गरुँगरुँ लागि रहने कुरा के हो ?परिवार र आफ्नो भूमि । किनभने विदेशका केही विकसित ठाउँमा पुगेपछि त्यो ठाउँले लोभ्याउनको सट्टा आफ्नो गाउँठाउँमा कहिले यस्तो बन्ला भनेर पिरलो लाग्न थाल्छ ।
१३.लिम्बुवान ब्लगस्पोट डटकमको तर्फवाट संसारभर छरिएर रहेका पाठकहरूलाई केही शन्देस दिन चाहनु हुन्छ कि ?

सबैभन्दा पहिले सकारात्मक सोँच राखौ भन्ने कुरा दिन चाहन्छु । केही नकरात्मक कुरा नै भएता पनि त्यहाँ सकारात्मक पक्ष छ कि छैन भन्ने कुरा खोजियो, विस्तारै सकारात्मकताले जित्दै जानेछ भन्ने कुरा नेपालमा रहनुहुने र संसारभर रहनुहुने पाठकहरुमा बाँड्न चाहन्छु ।
No comments:
Post a Comment