बि.सं.२०३०।०३।१६ हल्दिबारी गा.वि.स.वडा नं. - ८ ,मेची,झापामा जन्मनु भएका गीतकार कृष्णकला वनेम गीत,कविता,कथा तथा गायन बिधामा हाल सक्रिय हुनुहुन्छ ।वहाँले द रेयुकार्इ नेपालव्दारा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगीतमा मा प्रथम – २०५२,द रेयुकार्इ नेपालव्दारा आयोजित राष्ट्रब्यापी लोकगीत प्रतियोगीतमा सान्त्वाना – २०५२,द रेयुकार्इ नेपालव्दारा आयोजित क्षेत्रिय लोकगीत प्रतियोगी इटहरीमा सान्त्वाना – २०५३ सम्मका पुरस्कारहरु हाँसील गरी सक्नु भएको छ । साथै नारीको पाश्चताप - एकांगी नाटक - २०५४ मा मञ्चित, उनको सम्झनामा - गीति नाटक – २०५३ प्रकाशोन्मुख छन् ।विभिन्न वेवपत्रिकाहरुमा दर्जनौ गीत,कविता र कथा प्रकाशित भैसकेका छन् । हालसालै इजरायलको बैदेशिक रोजगारको ब्यस्ततालार्इ चिर्दै विर्सीएका गीतहरु गीतिसंग्रह – २०६८ प्रकाशित गरी सक्नु भएको छ ।उनै प्रतिशाली गीतकार कृष्ण कला वनेमसंग मैले लिम्बुवान ब्लग र फेसबुकको लागि टंक सम्वाहाम्फेले कुराकानी गरेको अंश यहाँ प्रस्तुत छ । धन्यवाद ।
१. तपार्इले हालसालै मात्र बिर्सीएका गीतहरु गीति संग्रह प्रकाशनमा ल्याउँनु भएको छ । उमेर अनुसार त धेरै पछि मात्र प्रकाशनमा ल्याउनु भयो नि कारण के होला ? कि धेरै पछि मात्र लेखन सुरु गर्नु भएको हो ? यसरी कृति अलिपछि मात्र निस्कनु के ब्यावहारीक कारण नै हो त ? साथै आफ्नो लेखन र कृति बारे के भन्नु हुन्छ ?
मेरो गीती संग्रह प्रकाशन ढिलो हुनुको कारण लेखन यात्रा नै ढिलो भएर हो।लेखन यात्रा ढिलो हुनुको कारण सबै पारीवारिक र ब्यावहारको ब्यस्तताले गर्दा हो।गीती लेखनमा भने मेरो सानै देखीको चाख भने पक्कै थियो।तर मेरो त्यस्तै परीबन्ध थियो कि चाहेर पनि मैले त्यो बेला समय मिलाउँन सकिन।आज म रोजगारको अवशरमा ईज्रायल आई पुग्दा मेरो एक्लो पनको साथी नै साहित्य बन्यो।मेरा ती लेख्ने चाहनाहरु मनमा जिवीतै थियो। त्यसैले होला दुई दशक पछी पनि मेरो गीत लेख्ने मनोलिप्सा अंकुरिन थाल्यो।त्यसलाई आत्मसाथ गर्दै गए।मैले लेख्न सुरुवात गरेको दुई बर्ष नपुग्दै बिर्सिएका गीतहरु गीती संग्रहको जन्म भयो।यिनै बिबिध समस्याहरुले यो संग्रह आउँन ढिलो भएको हो। आज मेरो अडतिसौ बर्षको उमेरमा यो मेरो पहिलो कृती सबै सामु सार्बजानिक गरेकीछु।म आफु त गीती लेखन प्रती अहिले नै सन्तुष्ट त भएकी छुईन।सिकी रहेकोछु तर कुनै दिन सन्तुष्टी हुनेछु भन्ने अपेक्षा लिएकीछु। गीतमा आफ्नो जिन्दगीका हरेक अनुभुतीहरु समेटेर लेख्ने प्रयास गरेकीछु।गीत, गीत जस्तो नहुन सक्छ |त्यती अनुभव बटुली सकेकी छुईन।जानेर लेखे या नजानेर लेखे होला। यो मेरो पहिलो प्रयासको कृती आज तपाईहरुको हात सम्म पुर्याएकीछु। यस्मा धेरै असुद्द, भुल, तृटीहरु हुन सक्छ।गीतमा हुनु पर्ने पुर्ण भावहरुको अभाव कमी कम्जोरी हुन सक्छ। त्यसमा आदणिय अग्रज स्रष्टा सर्जक तथा साहित्य अनुरागी पाठकज्युहरुसंग सल्लाह सुझावको अपेक्षा गर्दछु ।
२.बिर्सीएका गीतहरु गीति संग्रहमा खास गरेर कस्ता प्रकारका गीतहरु समेट्नु भएको छ ? गीत बढी कस्ता प्रकारका लेख्न रुचाउँनु हुन्छ साथै गीतलार्इ कसरी प्रस्तुत गर्न चाहनु हुन्छ ? गीत लेखी सकेपछि कस्तो अनुभूति प्राप्त हुन्छ ?
यो गीती संग्रहमा बिषेश गरेर प्रेम बिछोड, बियोग, देश भक्त, गाउँबेशी समेटिएका गीतहरुछन।वास्तबमा मलाई प्रेमिल गीतहरु लेख्न मन पर्छ।तर यो संग्रहमा भने बढी भन्दा बढी बिछोड र बियोगका गीतहरु समेटिएकाछन। सायद म आफु नै बिदेशमा रहेको हुनाले बिछोडको पिडामा तड्पिएर यस प्रकारको भावनामा बडी डुबेर लेखे होला जस्तो लाग्छ।मेरो सबै गीतहरु एकदमै सरल सब्दमाछन।मलाई लाग्छ बालक देखी बृद सम्मले त्यो गीत सुन्ने बितीकै उस्को अन्तर मन छुवोस र सजिलै बुझोस। र गीतलाई सहज ढंगले नै प्रस्तुत गर्न रुचाउँछु।जब म गीत लेखी सक्छु तव मलाई एक प्रकारको आनन्द महशुस हुन्छ।मन भित्र गुम्सिएर रहेका, मौखिक ओकाल्न नसकेका ती सब्द भावनाहरु गीत मार्फत सबै सामु पुर्याउन पाउँदा आफुले बोकेको निक्कै गर्हौ बोझ बिसाए झै लाग्छ र हर्षित हुन्छु।
३.इजरायल बसेर पनि साहित्यिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । ब्यस्तताको बाबजूद पनि लेख्नु हुन्छ समय मिलि रहेको छ त ? गीत लेखन संगसंगै अरु बिधामा पनि कलम चलाउँनु भएको छ कुनले बढी सन्तुष्टि दिए जस्तो लाग्छ ? खास गरेर साहित्य किन र कस्को लागि लेख्नु हुन्छ ?
म अनेसास ईज्रायल च्याप्टरमा आवद्दछु। म संग समय नभएको कारणले गर्दा अन्य संघ संस्थालाई समय दिन सकेको छुईन। लेख्ने समय भनेको ड्युटी गर्दै अलि अलि बाँचेखुचेको समयलाई सदुपयोग गरेर लेख्ने र पढ्ने गर्छु। मैले कलम त धेरै बिषयमा चलाए तर पनि मेरो चाख लाग्दो बिधा भनेको गीत र कथा लेखन हो।अब आउँने मेरो दोस्रो कृती कथा संग्रह रहनेछ। मलाई गीतमा आफ्नो संस्कृती, भेषभुसा, मौलिकता, माया, बिछोड, बियोग अनि देश प्रेम यि बिभिन्न प्रकारका गीतमा आफ्नो मनको बह गीतमा पोख्न पाउँदा ज्यादै सन्तुष्टी पाउँछु। साथै कथामा रुढीबादी, कुरिती, हत्या, हिंसा, जात पात, धर्म, अत्यचार र कुसंस्कारको अन्त्य गराउँने बिचार, दर्शन, र चिन्तन समेटेर समाजमा केही परिबर्तन र सेवा पुग्ने खालका कथा लेख्दा स्वर्ग झै आनन्दभुती गर्छु। त्यसैले साहित्य लेखनको मेरो मुल उदेश्य नै सामाजिक सेवा हो। देशको र बिश्वको सेवा हो।
४.साहित्य आफ्नै जीवन,परीवार,समाज,देश र बिश्वसंग जोडीएको पाउँनु हुन्छ हुन्न ? र साहित्यले तपार्इलार्इ के दिए जस्तो र पाए जस्तो लाग्छ ? र अहिले बिश्वभरी लेखिने नेपाली साहित्यलार्इ कसरी मुल्याङकन गर्नु हुन्छ ?
अवश्य साहित्य आफ्नो जीवन, परीवार, समाज, देश अनि बिश्व संग जोडिएको हुन्छ।साहित्यमा आफ्नो जीवन, परिवार, समाज, देश अनि बिश्वको बिचार, दर्शन चिन्तन नै उलङ्घन गर्न सकिएन भने त्यो साहित्य को कुनै अर्थ हुदैन ।साहित्य हाम्रो एउटा नभै नहुने अंग जस्तै हो।सबै मानिसको जीवन संग साहित्य जोडिएको हुन्छ। साहित्य बिना हामी संधै अधुरो हुन्छौ। आज मलाई साहित्यले धेरै कुरा दिएकोछ। सबै भन्दा ठुलो मैले आफ्नो स्थान पाएकोछु।ईज्वत, सम्मान र दुनियाँले मलाई हेर्ने शुन्दर दृष्टी पाएकोछु। र मैले पनि मेरो लेख रचना सृजना मार्फत साहित्यलाई केही योगदान पुर्याए जस्तो लाग्छ। अहिले आएर बिश्वभरी नेपाली साहित्यको प्रभाव उम्दोछ।एकसे एक नेपाली डायस्पोरा सृजनाहरु जन्मी रहेकाछन।हामी नेपाली जहाँ रहेर साहित्य कोरे पनि हाम्रो परीवार ,समाज, देश र बिश्वकोलागी कोर्ने गर्छौ।त्यसैले नेपाली बिश्वसाहित्य धेरै भन्दा धेरै उर्बर हुदै गै रहेछ।
५.तपार्इ गीत लेखनसंगै गायनमा पनि आवद्ध हुनुहुन्छ ? गीत लेख्नु र गाउँनुमा के कति फरक पाउँनु हुन्छ ? लेख्न सजिलो की गाउँन सजिलो ? कहिलेसम्म गीत लेख्ने र गाउँने बिचार लिनु भएको छ ? नयाँ गीतकार र गायक बन्न चाहनेलार्इ कस्तो सुझाव दिनुहुन्छ त ?
वास्तबमा म साहित्यप्रती आकर्शित हुनुको कारण नै गायनबाट हो।जुन बेला म गीत गाउन मन भरी चाहना बोकेर भौतारिन्थे त्यो बेला मैले गायन क्षेत्रलाई आत्मसात गरेर अंगाल्न सकिन।त्यही आक्रोसले होला सायद आज म लेखन यात्रामा लागे। मलाई गीत गाउँने रहरले नझक्झक्याएको भए म यो क्षेत्रमा पक्कै आज लिप्त हुने थिईन।जब मेरो गाउँने सपनाहरु अधुरा रहे त्यस पछी गीत लेख्न थाले।गायन क्षेत्रमा पनि सन्यास त लिएकी छुईन प्रयासरत नै छु।मलाई यो दुबै पक्ष सजिलो चाही लागेन।गीत लेख्न र गाउँन दुबै सार्हो बिषय लाग्यो।तर पनि मलाई यही बिषयमा नै बढी चाखछ।यस्लाई म जब सम्म समय र परिस्थीतीले साथ दिन्छ तब सम्म यो दुबै पक्षमा संघर्ष गरी रहनेछु। र एक दिन सबैको सामु आफुलाई चिनाउँने ढृडता समेत लिएकीछु |साथै नयाँ गीतकार अनि गायक बन्न चाहने ब्याक्तीहरुलाई म के भन्न चाहन्छु भने सबै भन्दा ठुलो प्रयास र संघर्ष हो। संघर्षले नै मानिसलाई लक्ष्यमा पुर्याउँछ। हर क्षेत्रमा जित गराउँछ।
अन्त्यमा प्रश्न कर्ता नेपाली साहित्य प्रतिष्ठान हंगकंग अध्यक्ष टंक सम्बाहाम्फे ज्यु र लिम्बुवान ब्लगस्पोट डट कम साथै सम्पुर्ण साहित्य स्रष्टा, साहित्य अनुरागी पाठक ज्युहरुमा म आभार प्रकट गर्दछु , धन्यवाद |
No comments:
Post a Comment