Aug 17, 2012

साहित्यकार कल्पना गिरी भावुकसंगको वार्ता

साहित्यकार कल्पना गिरी भावुकको जन्म कोशी अञ्चल धनकुटा जिल्लामा भएको हो। वहाँले आफ्नो कर्म घरको रुपमा काठमाडौ अथवा नेपालको राजधानीलार्इ बनाउँनु भएको छ । साहित्यका बिभिन्न बिधामा आफ्नो कलम चलाएर नेपाली साहित्य सेवालार्इ निरन्तर दिर्इ रहनु भएको छ । हालसालै मुक्तकहरुको संग्रह स्मृतिका पानाहरु प्रकाशन गरेर चर्चाको शिखरमा हुनुहुन्छ । १८६ संख्यामा संग्रहित मुक्तकहरु जुब्रो मै झुण्डिने खालका छन् जस्ले गर्दा पाठकहरुले पुस्तक पाउँन साथ एक बसार्इ मै पढी सक्छन् । आकर्षक पुस्तक आवरण रहेको पुस्तक त्यतिकै संग्रहनिय छ । खास गरेर यो मुक्तक संग्रहको असली हकदार पाठकलार्इ बनाउँनु भएको छ । हाल बैदेशीक रोजगार अन्तर्गत इजरायल कार्यरत हुनुहुन्छ । बिश्व नेपाली साहित्य महासंघको सदस्य रहनुका साथै बिभिन्न साहित्यिक वेभपेज र ब्लगहरुमा नियमित रुपमा रचना प्रकाशित भैरहेका छन् । उनैप्रखर स्रष्टासंग मैले फेसबुक र लिम्बुवान ब्लगको लागि लिएको कुराकानी यहाँहरु समक्ष प्रस्तुत छ ।
१.इजरायल बसेर तपार्इले मुक्तकहरुको संग्रह स्मृतिका पानाहरु प्रकाशित गर्नु भो यसको पाठक प्रतिकृया कस्तो आउँदै छ त ? संग्रह प्रकाशन गर्न के कस्तो कठिनार्इ भोग्नु पर्योठ होला ? मुक्तक लेखन प्रतिको लगाव कहिले देखि हो ? पुस्तकको बिक्री बितरण के कस्तो भर्इ रहेको छ त ?
,
एउटा हात तिमी सार अर्को हात मेरो हुन्छ
दुवै हात मिले पछी सफलताले शिखर चुम्छ
अमुर्त छन् चाहना सरीर मात्र मृत हो नी
निस्वार्थ छ दिल भने त्यहाँ अमर प्रेम हुन्छ!

# टंक जी सर्बप्रथम त यहाँलाई मेरो साहित्यिक अभिवादन। मेरो अंमुल्य कृति मुक्तक संग्रहको बारेमा यहाँले जुन चर्चा उठाई दिनु भयो त्यस्को लागी पनि धेरै धेरै धन्यबाद ! अहिले सम्म जति पनि पाठक प्रतिक्रिया आएका छन् त्यो सबै हौशला पूर्ण नै पाएकी छु! प्रकाशन को बारेमा त अलि अलि झमेला हुन्छ नै तर त्यसलाई मैले सहज रुपमा लिएकी छु। जहाँ सम्मा लेखन क्षेत्रमा हौसल्लाह र प्रेरणाको कुरा छ त्यो यहि मुहार पुस्तिकामा रहनु भएका अग्रज गुरुहरू र समकालीन मित्रहरुको मायाँ र रेडियो नेपाल बाट प्रसारित् हुने बिम्बप्रतिबिम्ब बाट चोटिला मुक्तकहरु रमेस पौड्याल ज्यु को स्वर्णिम स्वर बाट सुनी रहँदा त्यासै कार्यक्रम बाट प्रभावित भएर मुक्तक लेखन प्रति उत्प्रेरित भएकी हुँ। बाँकी बिक्रि वितरणको बारेमा भन्नु पर्दा मैले यो कृतिलाई व्यापारिक हिसाबले हेरेकी छैन त्यसैले जे जती बिक्री बितरण भयो र हुँदै छ म त्यस्मा सन्तुस्ट छु।
२ नारी स्रष्टाहरुले बिदेशमा गएर पनि प्रशस्तै साहित्यमा योगदान दिदै आएका छन के उनिहरुको मुल्यांकन भए जस्तो लाग्छ ? नारी स्रष्टाहरुलार्इ पुरुष स्रष्टाहरुले कतिको सहयोग गरेको पाउँनु भएको छ त ? र नेपालमा सम्मानको हिसावले नारी स्रष्टाहरुलार्इ कतिको सम्मानित गरे जस्तो लाग्छ ?
,
# यहाँ नारी श्रस्टाको कुरा गर्नु पर्दा जसले लगाबका साथै भित्रि मन बाटै म लेखन क्षेत्रमा लागेर केही गर्छु भनेर साहित्यिक यात्रा अगाडी बढाउने कार्य गर्नु भएको छ उहाहरुको मुल्यांकन राम्रै संग भएको पाएकी छु। प्रबाशमा मात्रै नभएर स्वदेशमै बसेर पनि साहित्यलाई माया गर्ने नारी श्रस्टा धेरै हुनुहुन्छ। उहाँहरु लाई पनि प्रतिभाको कदर गर्दै समाज र देशले गौरबका साथ गरोस भन्न चाहन्छु। जहाँ सम्म पुरुष बाट सहयोग पाएको कुरा छ त्यो पुरुष लाई नारीको र नारी लाई पुरुषको सहयोग त जिन्दगीको हर मोडमा चाहिन्छ नै। तर पनि आफैले संघर्स गरेर निडर साहसी र स्वावलम्बी भएर पाठकको मनमा बस्न सफल जो हुन्छ त्यो नै नारी श्रस्टाको सुन्दर भविस्यका लागी चुनौती बन्न सक्छ | पुरुष श्रस्टाको पनि साथ र सहयोग अबस्य नै चाहिन्छ र पाएकी पनि छु । नेपालमा सम्मानित नारी स्रस्टाको कुरा गर्नु पर्दा पुरुषको तुलनामा थोरै भएता पनि जो जो सम्मानित हुनु भएको छ उहाँ हरुको कला र साहित्यिक यात्राको राम्रै कदर गरिएको छ भन्ने लाग्छ र अर्को कुरा कती पय मिडिया र श्रस्टा तथा सर्जक अनी पाठक बर्ग बाटै पनि बाहिर आउने गरेको कुरा छ त्यो हो सिर्जना लाई भन्दा पनि सर्जक लाई सम्मानित गर्ने! म के भन्न चाहन्छु भने आउँदा दिन हरुमा सर्जक लाई भन्दा पनि पहिले सिर्जनाको उचित मुल्याङ्कन गरियोस र त्यही सिर्नजाको आधारमा सर्जक लाई सम्मानित गरियोस।
,
३.नारीबादी लेखनको अभाव नेपालमा खट्केको पार्इन्छ त्यसमा तपार्इले के कस्तो भूमिका निभाउँने बिचार गर्नु भएको छ त ? एउटा नारी स्रष्टा भएको हैसियतले नारीबादी लेखन अगाडी बढाउँनु पर्छ जस्तो लाग्दैन ? नेपालमा नारी स्रष्टाहरुको अवस्था के कस्तो पाउँनु भएको छ ?
# हिजोको दिनलाई फर्केर हेर्ने हो भने नारीलाई चुला चौका र लालन पालनमा मात्रै सिमित रहनु पर्छ भन्ने सोच र उस्को स्वतन्त्रता बाट बन्देज लागाउने हरुको कमि थिएँन हाम्रो समाजमा । त्यो अवस्थामा नारी श्रस्टा संख्यात्मक हिसाबमा कम हुनु स्वाभाविक नै हो । तर अहिलेको समयमा आएर जुन अवस्थामा नारी श्रस्टाको बिकास र त्यस्को बढावा जसरि पुरुष श्रस्टाले दिदै आउनु भएको छ यस अवस्थामा भने साहित्यिक क्षेत्रलाई माया गर्ने नारी श्रस्टा प्रति पुरुसले निभाउनु भएको हौशला पूर्ण भूमिकालाई म सम्मान गर्छु |म साहित्य प्रेमी हुँ ,साहित्य मेरो लागी जीबनको एउटा पाटो हो। म यो क्षेत्रलाई माया गर्छु र गरिरहन्छु | भोलिको दिनमा मैले यो क्षेत्रबाट त्यस्तो कुनै ठुलो उपलब्धी गर्न नसके पनि प्रिय पठाक बनेर साहित्यलाई माया गरिरहन्छु| जहाँ सम्म नारीलेखकको कुरा छ यसको बिकास हामी नारी बाटै हुनु पर्छ र आफुलाई कम्जोर नठानौ | पुरुषको तुलनामा नारी लेखक कम भएपनि यसको बिकास र बढावाको लागी हामी आफैं लागी परौ म यहिँ भन्न चाहन्छु| अहिले त नारी श्रस्टा हरु पनि पुरुष बराबर आगाडी आउन पाएका छौ यस्मा हामीले गर्ब गर्नु पर्छ | सबैको हौसला र प्रेरणाले साहित्यप्रती नारी लेखकका साहसिक पाईला हरुको बिकास तिब्र गतिमा अघि बढ्नु पर्छ र बढेको पनि पाएकी छु|
,
४.साहित्य लेखनमा तपार्इको परीवारको सरसहयोग छ कि छैन ? साहित्य लेखेर तपार्इले के गर्ने बिचार लिनु भएको छ ? नारी स्रष्टाहरुलार्इ समाचार माध्यमहरुले कति सहयोग गरे जस्तो लाग्छ ?

# यहाँ परिवारको सहयोग भन्दा पनि स्वयम लेखकमा निर्भर गर्ने कुरा आउँछ । जसले तन मन र लगाब दिएर लेख्छ उसलाई परिवार बाट सहयोग र हौसल्लाह अबस्य मिल्छ नै| जहाँ सम्म लाग्छ मेरो गक्ष र दक्ष ले भ्याएसम्म यो क्षेत्रलाई निरन्तरता दिई नै रहने छु |भोलि गएर समाज सेवा नै मानविय धर्म हो भन्ने ठानी मैले सामाजिक कार्यमा हात बढाउने बिचार गरेकी छु |नारी श्रस्टा मात्र नभइकन समग्रमा नयाँ तथा पुराना सम्पूर्ण लेखक हरुका लागी विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली लाई विभिन्न पत्रपत्रीका,वेब साइट तथा मिडिया मार्फत पूर्ण रुपमा हौसल्लाह र सहयोग गर्नु भएको छ र अझै यस्लाई प्राथमिकता दिनु पर्छ भन्ने म ठान्दछु।
,
५.साहित्यलार्इ कहिले सम्म अंगाल्ने बिचार लिनु भएको छ ? लेख्दा बढी कस्तो बिषयहरुलार्इ आफ्नो लेखनमा ल्याउँन रुचाउँनु हुन्छ ? साहित्यलार्इ नै रोज्नुको कारण के हो ? नयाँ स्रष्टाहरुलार्इ सल्लाह र सुझाव के दिनु हुन्छ ?

# मेरो नजरमा साहित्य सुख दु:ख को जीबन साथी भन्दा कम छैन| वास्तबिक कुरा भन्नु पर्दा मेरो जीबनको अन्तिम क्षणसम्म म साहित्यलाई मायाँ गरिरहन्छु |लेखनको यत्रामा आसुँ र हासो दुवै मिसिएका वास्तबिक लेखहरु नै मलाई मन पर्छ र डायस्पोरामा रहँदा बढी बिछोडका पल हरु नै यादगार हुने हुँदा त्यतै तिर कलम बढी सल्बलाउदो रहेछ। यस्लाई पनि समय र परिस्थिती अनुसार भाव र बिवशयवस्तु परिवर्तन गर्दै पस्कनु पर्छ र/छु| म प्राय गजल र मुक्तक नै लेख्ने गर्छु ती दुइटै बिधा मिलन र बिछोड कै धेरै कोरेकी छु त्यसमा सामाजिक र राजनीतिक बिषय बस्तु पनि मिसिएका छन्| साहित्यलाई नै रोज्नुको कारण त बिशेष एक्लोपना नै हो । र मातृभूमि प्रतिको अगाध प्रेम अनी परिवार प्रतिको सम्झना पनि हो|
,
बचेरालाई गुडमा छाडी सातसमुन्द्र पारि हुँदा
कस्तो होला यो आमालाई गोधुलिले मुटु छुँदा
जीबन साथी छोरा छोरी यिनै शब्द माने मैले
साहित्य नै साथी बन्यो एकान्तमा बसी रुँदा !!
,
मैले भन्नु पर्दा डायस्पोरामा रहेर जसजसले कलम चलाउन शुरु गर्नु भएको छ यसलाई निरन्तरता दिनुहोस् | घरबास बाट प्रबासमा जाँदा साहित्य हाम्रो जीबनमा माया र एक्लोपनाको साथी बनेर आयो यसलाई पूर्ण रुपले अंगाल्न नसके पनि सहयोगी पात्र बनेर साहित्यलाई माया गरौ| नेपाल र नेपाली लाई साहित्यिक क्षेत्रबाट विश्वसामु चिनाउन सहयोग गरौ चिनाउँ र चिनिन सफल होऔँ भन्दै साहित्य एउटा दु:ख र सुख को साथी हो यसको पूजा गरौ |
अन्त्यमा,
मलाई यस् पत्रिका मार्फत अग्रज तथा पाठक सामु पुग्न प्रेरित गर्नु हुने नेपाली साहित्य प्रतिष्ठान हङ्कङ अध्यक्ष टंक सम्बाहाम्फे ज्यु, मेरा आदरणीय सम्पूर्ण साहित्यिक मित्रहरु र अग्रजहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छु| मेरो पहिलो सिर्जानात्मक कोशेली मुक्तक संग्रह ( स्मृतिक पानाहरु) जो अहिले तपाइहरुको सामु बजारमा उपलब्ध छ, एक पटक पढेर सहि प्रतिक्रिया दिनु नै हुने छ भन्ने आशाका साथ बिनम्र अनुरोध गर्दछु । साथै टंकजी लाई फेरी पनि एकपटक न्यानो साहित्यिक अभिवादन टक्र्याउन चाहन्छु।।। धन्यबाद।।

No comments: